शनिवार, 30 अप्रैल 2011

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल

रुरु ताल:



        रुरु क्षेत्रमा पर्यतन प्रबर्धन गर्ने उद्देश्यले काली गण्डकीको टतमा रुरु तालको निर्माण गरिएको हो।  बर्खामासमा गण्डकीले बगाएर लैजाने भएपनी अन्य समयमा आउने पर्यतकहरु लाइ लक्षित गरी यो तालको निर्माण गरिएको हो। सातजना ब्यक्तीहरुको निजी प्रयासमा निर्माण गरिएको यो ताल प्रत्येक बर्ष पुनरनिर्माण गर्ने लक्ष्य रहेको छ्। अहिले यो तालमा मत्स्य पालन भइराखेको छ्।

भिम्सेन पौवा:


          बिक्रम सम्वत १८७९ मा तत्कालिन प्रधानमन्त्री भिमसेन थापा द्वारा यो पौवाको निर्माण गरिएको हो। त्येसैले यसको नामपनी उनैको नाम बाट भिम्सेन पौवा राखिएको हो। यसै पौवाको बगलमा उनले आफ्नी आमाको इच्छा बमोजिम सत्येश्वोर महादेवको मन्दिर पनि निर्माण गरेका छन। यो मन्दिर र पौवाको बारेमा नेपालको इतीहासमा पढ्न पाइन्छ।
   
अर्गली दरबार: 


           बिक्रम संवत १९९७ सालमा तत्कालिन श्री३ प्रधानमन्त्री जुद्धशम्सेर राणा द्वारा निर्माण गरिएको अर्गली दरबार संम्रक्षणको अभावमा भग्नाबशेषमा परीणत हुन थालेको छ्। जुद्धशम्सेरले आफ्नो जिबनको उत्तरार्धमा रुरुक्षेत्रमा कल्पबास बस्नको लागि यो दरबारको निर्माण गरेका थिए। जुन दरबारमा बसेर उनी प्रत्येक दिन रिडी कालीगण्डकीमा स्नान गर्न आउथे। रुरुक्षेत्रको ईतिहास र पहिचान बनेको यो दरबारको संम्रक्षण हुन नसक्दा यहाँ भित्रका सामाग्रीहरु चोरिने क्रमले  दरबारको अस्तित्व नै मेटिने अवस्थामा पुगेको छ्।

 सत्यवती पोखरी:


          यो पोखरी रिडीको कुँडापानीमा रहेको छ्। अर्गली निवासी गणपती भट्टराई द्वारा निर्माण गरिएको यो पोखरीको समिपमा सत्वती मन्दिर पनि रहेको छ्। सुन्दर बगैचाको बिचमा रहेको यो पोखरीमा श्रावन महिनामा पुस्करिणी स्नान मेला लाग्ने गर्छ भने राम नवमी र शिवरात्रीमा बिशेष मेला लग्ने गर्छ। यो स्थान बनभोज गर्नेहरुको लागि अत्यन्तै लोकप्रिय स्थान मानिन्छ।

हनुमान थान:


 
            रिडी बजारको पुर्बिय भागको पहाडमा ठुलो हनुमान शिला रहेको छ्,जसलाई रुरु क्षेत्रमा हनुमान थान भनेर चिनिन्छ। धार्मिक मान्यता अनुसार भगवान ह्रिशिकेशको दर्शन गर्नको लागि हनुमान यो स्थानमा आएर बसेको भन्ने भनाइ रहेको छ्,जुन ह्रिशिकेश मन्दिरको सम्मुखमा पर्छ्। मनिसहरु यो स्थानमा हनुमानको दर्शन तथा बन भोजको लागि जाने गर्छ्न।

अचम्मेश्वोर गुफा :


          यो गुफा रिडी बजार भन्दा करीब ४ किलोमिटर टाढा साँघुरेमा रहेको छ्। दुइ वटा पहाडको बिचको अत्यन्तै साँघुरो स्थान बाट कालीगन्डकी बगेको हुनाले यस स्थान लाइ साँघुरे भनिएको हो। यही चट्टानले बनेको पहाडको अत्यन्तै कठिन स्थानमा यो गुफा रहेको छ्। गुफा भित्र बिभिन्न आक्रतीका मुर्तीहरु तथा शिवलिङ रहेको छ्। जुन आपसेआप उत्पत्ती भएको हो। विश्वाश यो गरिन्छ कि यो गुफामा बसेर ऋशीमहर्शीहरुले तपस्या गर्थे। अत्यन्तै जोखिम पूर्ण स्थानमा रहेको यो गुफामा केही बर्ष अघी सम्म मानिसहरु डुंगा र डोरीको सहायताले जाने गर्थे,जुन यात्रा अत्यन्तै खतरनाक मानिन्थियो। हाल यो गुफामा शिव रात्री एक दिनको लागि स्थानिय मानिसहरु द्वारा बाँसको भर्याङ बनाइ सजिलै सँग जान सकिने बनाइएको छ्। अरु समयमा पानीको तिब्र बहाब तथा बर्षामा बाढी आउने भएकोले यस स्थानमा बनाइने बाँसको भर्याङ हटाइन्छ। यहाँ प्रत्येक शिवरात्रीको दिन मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्छ। 

गल्फुले गुफा(परिसर):


         रिडी बजार भन्दा केही माथी रहेको यो परिसरले पौराणीक महत्वो राख्ने गर्छ। यसै गल्फुल परिसरमा देवदत्त ऋषीकी पुत्री रुरु कन्याको जन्म तथा तपस्या स्थल रहेको विश्वाश गरिन्छ। यहाँ करीब ६ वटा वोडारहरु रहेको छ् जुन ओडारमा बसेर रुरु कन्याले तपस्या गरेको विश्वाश रहेको छ्। त्यसैले यस स्थानमा रुरु कन्याको मन्दिर निर्माण गरिएको छ्। यसै परिसरमा देवदत्त ऋशीको १३ फिट अग्लो मुर्तीपनी निर्माण गरिएको छ्। शान्ता र रमणिय रहेको यो स्थल पर्यटकहरुको लागि आकर्षणको केन्द्र बन्ने गरेको छ्। यो स्थल बनभोजको लागि उपर्युक्त मानिन्छ।   

कमल पोखरी गुफा:       

     
             यो गुफाको निर्माण उद्दालक अबधुत बाबाले गरेका हुन । यसको समिपमा हनुमानको मन्दिर पनि निर्माण गरिएको छ्। गुफामा बाह्रै महिना घाम लाग्न नसक्ने हुनाले शितल रहेको छ् भने यो स्थान शान्तमय समेत रहेको छ्। त्यसैले यहाँ कुनैन कुनै सन्त महन्तहरुको वास हुने गरेको छ्। यो गुफा कमल पोखरीमा रहेको छ्। 


भिर्गुतुङेश्वोर गुफा: 


            यो गुफा रिडीको पुलक्याम्प(चन्डीभञ्ज्याङ गाबिस अन्तर्गत)मा रहेको छ्। पौराणिक मान्यता अनुसार यसै स्थानमा सतीदेवीको दन्त पतन भएको विश्वाश गरिन्छ,जुन कुरा स्वस्थानी कथामा समेत उल्लेख गरिएको छ्। यस गुफा भित्र शिव,पार्बती र गणेश भगवानको मुर्ती रहेको थियो जसको माथिलो भाग बाट नियमित रुपमा जल बर्षा हुने गर्थियो। तर २०४२ सालमा आएको भीषण बाढीका कारण यो गुफा पुरिन गयो। हाल यसको उत्खनन गरिएको छ् जहाँ गणेश र पार्वतीको मुर्ती मात्रा फेला परेको छ्। दर्शनार्थीहरुको यस गुफामा बिशेषगरिकन शिवरात्री,फागुपुर्णिमा र श्रावण महिनामा भिड लाग्ने गर्छ। 


आनन्द कुटी:   





          यो  कुटी  काली गण्डकीको तत नजिक रमणिय बगैचाको बिचमा रहेको छ्। यसको निर्माण बैष्णब कप्टान राणा र पूर्ण मान प्रधानले गरेका हुन। अहिले यो कुटी संरक्षणको अभाबमा जिर्ण बनेको छ्। यसको आसपासमा आँप,इमिली र अमलाको रुखहरुले घेरिएर अती सुन्दर बगैचा बनेको छ्। जहाँ गर्मी मौशममा मनिसहरु घुम्न तथा फलफुल खान जान्छन।

देव्दत्त ऋषीको मुर्ती :


       २०६६ सालमा रुरु रेशुङा सम्रक्षण तथा पर्यतन बिकास समितीले यो मुर्तीको निर्माण गरेको हो। गलफुल परिसरमा निर्माण गरिएको यो मुर्तीको उचाइ १३ फिट रहेको छ्। यसै स्थानमा देवदत्त ऋषीकी पुत्री रुरु कन्याले तपस्या गरेर मुक्ती पाएकिले देवदत्त ऋषीको मुर्ती यहाँ निर्माण गरिएको हो जहाँ रुरु कन्याको मन्दिर समेत रहेको छ्। 

रिडी खोला जल बिद्युत आयोजना:

       
            करीब ४० करोड रुपैयाको लागतमा निर्माण गरिएको रिडी हाइड्रोपावरको बिद्युत क्षमता २।४ मेघावात रहेको छ्। २०६४ भाद्र २३ बाट निर्माण सुरु गरिएको यो परीयोजनाले ०६६ कार्तिक १० गते बाट  ब्यबसायीक उत्पादन स्रुरु गरेको हो। बिद्युत उत्पादनको लागि यसको बाँध दिगाम गाबिसको सातमुरेमा निर्माण गरिएको छ् भने पावर हाउस रुरु गाबिसको ७ नं वडामा निर्माण गरिएको छ्। यहाँ बाट उत्पादन हुने बिद्युत गुल्मी,पाल्पा र अर्घाखाँची लगायतका जिल्लाहरुमा आपुर्ती हुने गर्छ। यो परीयोजनाले रिडी बजार लाइ मात्र नभइ समग्र गुल्मी जिल्ला लाईनै लोडसेडिङ मुक्त बनाएको छ।

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र ,रिडी

रिडी बहुमुखी क्याम्पस

क्याम्पस सन्चालन गरीएको भवन।
          रिडी बहुमुखी क्याम्पस,रिडीको स्थापना २०६६ सालमा भएको हो। दशकौ पहिले देखी नै यहाँ बहुमुखी क्याम्पस खोल्ने चर्चा भएपनी ०६६ सालमा आएर मात्र यो सपना पुराभएको हो। स्थानिय समाजसेवी तथा बुद्धीजिवीहरुको पहलमा चन्दा संकलन गरी यसको स्थापना गरिएको हो। हाल यस क्याम्पसमा स्नातक तह बाणिज्य संकाय(BBS)को पढाई हुनेगरेको छ्। यस क्याम्पसको आफ्नै भवन नभएपनी रिडी उच्च माबीको भवनमा क्याम्पस सन्चालन हुँदै आएको छ्। भबिस्यमा आफ्नै भवन निर्माण गर्ने लक्ष रहेको यो क्याम्पसले छात्रावास भवनको भने ब्यबस्था गरीसकेको छ्।  



*******************************************************************


रुरु संस्क्रित क्याम्पस (बिद्यापिठ) 

क्याम्पस भव
      रुरु संस्क्रित बहुमुखी क्याम्पस(बिद्यापिठ)को स्थापना २०४६ फाल्गुन २५गते भएको हो। यस क्याम्पसको बिधीवत कक्षा प्रारम्भ भने सं मा बि,रिडीको भवनमा २०४६।१२।१३ देखी भएको हो। पछी रिडीको रातामातामा क्याम्पसको आफ्नै भवन निर्माण गरिएको हो जसको उदघाटन ततकालिन राजा बिरेन्द्र द्वारा २०५६ सालमा गरिएको थियो। यहाँ उत्तर मध्यमा(प्रमाणपत्र तह) देखी स्नातक तह सम्मको पढाई हुने गरेको छ्। यहाँ पढ्ने छात्रछात्राहरु लाई उत्साह र आकर्षण बढोस भन्ने उद्देश्यले संस्क्रित बिश्वोबिद्यालयले सबै विद्यार्थीहरुलाई छात्रब्रित्तीको ब्यबस्था समेत गरेको छ्।


*************************************************************************


रिडी उच्च माध्यमिक बिद्यालय   

रिडी उच्च मा. बि. को भवन
     बिक्रम सम्बत २००६ साल श्री पञ्चमीको दिनमा गुल्मी मिडिल स्कुलको नाम बाट यो स्कुलको स्थापना भएको थियो। स्वर्गिय प्रयागलाल कक्षपतीले संस्थापन गर्नु भएको यो स्कुलको सुरुवात पाँच जना विद्यार्थी बाट गरिएको थियो । त्यो बेलामा १ देखी ५ कक्षा सम्म यहाँ पढाई हुने गर्थ्यो । जसको सन्चालन धैरेनी पौवामा गरिएको थियो। २०२० सालमा यसको नाम परिवर्तन गरी ह्रिशिकेश बिद्यालय राखिएको थियो भने २०२१ सालामा पुन यसको नाम परिवर्तन गरी रिडी हाइस्कुल राखियो। त्यस्तै २०५४ सालमा उच्च शिक्षा(११ र १२)सन्चालन हुन थालेपछी यसको नाम रिडी उच्च माबी रहन गएको हो। अहिले यहाँ ६ देखी १२ कक्षा सम्म पढाई हुने गर्छ।

**********************************************************************

संस्क्रित तथा साधारण माध्यमिक बिद्यालय

संस्क्रित तथा साधारण मा. बि. भवन,बिष्णु पञ्जर
            नेपालकै सबैभन्दा पुरानो तथा गुल्मी जिल्लाको पहिलो बिद्यालय मानिएको यो बिद्यालय स्थापनाको वास्तविक मिती थाहा नभएपनी यसको स्थापना बिक्रम सम्वत १९६९ मा भएको मानिएको छ्। स्थापनाका सुरुका दिनहरुमा गुरुकुल परंपरालाई आधार मान्दै चन्डी,रुद्री,वेद,कौमुदी र अमरकोष आदी बिषयको पठन पाठन हुन्थ्यो। त्यो समयमा यसलाई संस्क्रित पाठशालाको रुपमा चिनिन्थ्यो। तर पछी २०१५ सालमा ततकालिन  राजा महेन्द्रको निर्देशन् पछी यस बिद्यालयलाई संस्क्रित प्रधान पाठशालामा समुन्नत गर्दै S.L.C. सम्मको पढाई सुरु भयो। त्यस्तै २०२७ सालमा विद्यार्थीहरुले आधुनिक बिषयमा पढाई हुनपर्ने भन्दै अनशन सुरुगरेपछी ततकालिन श्री ५ को सरकारले आधुनिक बिषयको अध्यन अध्यापनको लागि अनुमती दिएको थियो। देशमा नयाँ शिक्षा लागु भए पछी यसको नाम परिवर्तन गरी संस्क्रित माद्यमिक बिद्यालय राखीएको थियो। तर समय परिस्थिती बदलिदै जाँदा संस्क्रित बिषय प्रती मानिसहरुको रुची कम हुन थाले पछी संस्क्रित माबीलाई परिवर्तन गरी संस्क्रित तथा साधारण माध्यमिक बिद्यालय बनाइएको हो। यसै कारण हाल यस बिद्यालया संस्क्रित बिषय ऐक्षिक बनेको छ्। 


**************************************************************************

रुरु प्राथमिक बिद्यालय

रुरु प्रा. बि. भवन भगवती टोल।
         यो बिद्यालयको स्थापना २०२२ सालामा भएको हो। पहिले रिडी हाइस्कुलको नामले परीचित यो स्कुल २०२२ सालमा यस बाट अलग भइ अनीवार्य निशुल्क प्रथमिक स्कुलको नाम बाट सन्चालन गरिएको थियो। पछी २०३१ सालमा यसको नाम परिवर्तन गरी रुरु प्राथमिक बिद्यालय राखीएको हो। स्थापनाका सुरुका दिनहरुमा कक्षा १ देखी ३ सम्म मात्र पढाई हुने गर्थ्यो भने २०२४ सालमा आएर ४ र ५ कक्षा खोलिएको थियो। त्यो बेलामा बिद्यालय सँग आर्थीक र भौतीक अवस्थाको कमीले गर्दा भगवती मन्दिरमा रहेको पौवामा पढाई सन्चालन गरिएको थियो। पछी २०३० सालमा श्याम कुमार कसजू र डा. राज कुमार श्रेष्ठले संयुक्त रुपमा बिद्यालय भवन निर्माणको लागि जग्गा दान गरे पछी बिद्यालयको आफ्नै भवन निर्माण गरिएको थियो। हाल यो बिद्यालयमा बाल शिशु कक्षा देखी ५ कक्षा सम्मा पढाई हुने गरेको छ्।


**************************************************************************

रुरु  बिद्या ज्योति बोर्डिङ  स्कुल


रुरु बिद्या ज्योति बोर्डिङ स्कुलको भवन
          रुरु बिद्या ज्योति बोर्डिङ स्कुलको स्थापना २०४२ सालमा दार्जिलिङ बाट आएका शिक्षकहरु द्वारा भएको हो। रुरु ईंग्लिश बोर्डिङ स्कुलको नाम बाट स्थापित यो स्कुल सुरुमा नर्सरी देखी तीन कक्षा साम्म पढाई हुने गर्थ्यो। तर बिभिन्न कारणले शिक्षकहरुले स्कुल परीत्याग गर्ने तथा ब्यबस्थापन परिवर्तनको श्रिङ्खला जारी रह्यो। यसै क्रममा २०५२ सालमा रिडी बजारका स्थानिय ब्यक्तीहरुको सकृयतामा बिद्यालयको पुनर गठन गरीयो। यस पछी यस स्कुलको नाम परिवर्तन गरी बिद्या ज्योति बोर्डिङ स्कुल राखिएको हो। यसै समयमा यहाँ कक्षा नर्सरी देखी ८ कक्षा सम्म पढाई हुन थालेको थियो। यसै क्रममा ब्यबस्थापनमा देखीएको असहजताका कारण २०६१ सालमा पुन यसको ब्यबस्थापन परिवर्तन गरीयो। यो ब्यबस्थापनले पनि यसको नाम परिवर्तन गरी रुरु बिद्या ज्योति बोर्डिङ स्कुल राखेको हो। हालै(२०६७।११।२५मा)बिद्यमान ब्यबस्थापन समितीलाई पुनर् गठन गरि नवराज कालीराजको संयोजकत्वमा नयाँ ब्यबस्थापन समितीको बनाइएको छ्। स्कुललाई नयाँ स्वरुपमा सन्चालन गर्ने लक्ष राखेको नयाँ ब्यबस्थापनले यसै २०६८ साल देखी थप कक्षा ९ र १० पनि सन्चालन गर्ने भएको छ्।    

शुक्रवार, 29 अप्रैल 2011

अघोषित सम्बन्ध

सरी है," हतारमा एक युवतीसँग ठक्कर खाएपछि झसंग हुँदै मैले भनें।
उसले आँखाको कालो ठूलो गगल्स निकाल्दै मलाई हेरी।
कता-कता चिनेको अनुहारझैँ लाग्यो।
"तिमी कहिले आयौ लन्डनबाट?" उसको प्रश्नले बल्ल उसलाई ठम्याएँ।
ऊ पाँच वर्षअघिको क्याम्पसे जीवनकी मेरी सहयात्री सरिना थिई।
चार वर्षअघि हामी छुट्टिएका थियौँ।
त्रिभुवन विश्वविद्यालयमा एउटै कक्षामा पढ्थ्यौँ। पढाइ सकेर म पैसाको लोभमा विदेशिएँ तर ऊ आफ्नै देशमा केही गर्छु भन्ने ढिपी कसेर बसेकी थिई। त्यतिबेला ऊ चुलबुले थिई।
कति दिन त हामीले एउटै थालमा भात खाएका थियौँ। कति दिन सँगै भोकै पनि बस्यौँ।
विश्वविद्यालयको खाली चौरमा रूखको फेदमुनि बसेर कोर्सभित्र र बाहिरका ठूल्ठूला पुस्तक पढ्थ्यौँ। घर, परविार, आफन्त र विद्यार्थी जीवनको काठमाडौँ बसाइका बारेमा कुरा गर्थ्यौं। क्याम्पसे जीवनमा केटाहरूले हातले कोरेर दिएका प्रेमपत्र एकअर्कालाई सुनाएर ठट्टामा उडाइदिन्थ्यौँ।
तर, आज ऊ ठट्टा गर्ने मुडमा थिइनँ। गम्भीर देखिन्थी। हरियोमा सेतो मिसिएको कुर्ता-सुरुवाल लगाएकी सामान्य देखिन्थी ऊ। चर्को घामबाट आँखालाई जोगाउन गगल्स लगाएकी थिई।
पाँच वर्षपछि उसलाई भेटेपछि आफ्नो हतारो बिर्सिएँ मैले। क्याम्पसे जीवनकी मेरी एक मात्र मिल्ने साथी थिई ऊ। भेट्दा झ्वाम्म अँगालो हाल्ने उसको स्वभाव थिएन। हामी उसैले प्रस्ताव गरेको दरबारमार्गको त्यही क्याफेमा पुग्यौँ। अस्ताउँदो सूर्यले विश्राम लिन हतार गररिहेको थियो। हामी रूखको छायाँ परेको फलामे कुर्सीमा बस्यौँ। दुवैबीच निकैबेर एक किसिमको मौनता छायो।
"के गर्दै छेस्, कहाँ छेस्?" मौनता चिर्दै मैले सोधेँ।
लामो सास फेर्दै ऊ बोली, "बाँचेकी छु, पुराना याद ताजा गराउन साँझपख यहाँ आएकी।" वेटर आयो मैले कफी अर्डर गरेँ। त्यसमा उसले चुरोट र वाइन थपी।
"तँ वाइन र सिग्रेट पनि पिउन थालिस्?" मैले सोधेँ। अस्ति जस्तो लाग्छ क्याम्पसको क्यान्टिनमा कोही बसेर चुरोट खायो भने हातले धूवाँ हम्किँदै ऊ गाली गरेर खेदाउँथी।
एक दिन मेजर इङ्लिस पढाउने प्राध्यापकले मादक पदार्थ सेवन गरेर कक्षामा आएछन्।
अगाडिको सिटमा बसेकी उसले प्राध्यापकको यस्तो करामत थाहा पाएर झगडा गरेकी थिई। प्राध्यापकसँग झगडा गरेको आरोपमा क्याम्पस प्रमुखको कार्यकक्षमा हामी दुई स्पष्टीकरण दिन पुगेका थियौँ।
तर, आज ऊ आफैँ त्यसको अर्डर गररिहेकी छ।
उसका आँखा नदेखे पनि उसले लगाएको कालो गगल्सभित्र म आफ्नो सानो अनुहार देखिरहेकी छु। अनि, आफैँलाई सोधिरहेकी छु, "यसलाई के भयो?"
एकैछिनमा उसले मोबाइलको एउटा तस्बिर देखाई। मोबाइल हातमा लिएर हेरेँ। रातो वर्णको, उमेरले पाको र अग्लो कदको मान्छे छ त्यहाँ।
"को हो यो?" मैले सोधेँ। चुरोटको धूवाँ आकाशतिर उडाउँदै उसले भनी, "त्यही हो, जसले मलाई जिन्दगी चिनायो, जिउन सिकायो। नदी तर्न किनारमा भौतारँिदै थिएँ,नदी तर्न साथ दिन्छु भन्दै हात समातेर बीचधारमा लगेर छाड्यो।"
ऊ सम्बोधनमा तिमीबाट 'तँ'मा झरसिकेकी थिई।
"तँ विदेश जानुअघिदेखि नै यो मान्छेलाई म सामान्य चिन्थेँ। एक दिन हिँडिरहेका बेला उसको र मेरो यही ठाउँमा जम्काभेट भयो। हामीले यही कुर्सीमा बसेर कफी खाएका थियौँ। मेराबारेमा सोध्यो, बताइदिएँ। सबै बेलीविस्तार लगाएँ। त्यो दिन उसले मसँग यति नजिक भएर कुरा गर्यो कि मैले आफूले आफैँलाई उसको नजिक ठेलेर पुर्याएँ," ऊ भन्दै थिई।
"यत्रो सहरमा आफूले आफैँलाई एक्लो नठान्नू, तिम्रो आफ्नो मान्छे पनि कोही छ, केही समस्या परे, एक्लो महसुस गरे मलाई सम्झनू, एउटा असल साथीको भूमिकामा म सधैँ रहिरहन्छु। तिमी ठूलो मान्छे बनेको हेर्न चाहन्छु," यस्तै यस्तै लामो कुरा गर्यो।
चुरोटको अर्को लामो सर्को तानेर धूवाँ अस्ताउन लागेको सूर्यतिर फाल्दै संकेत गरेर बोली, "सानैदेखि हेलाँको जिन्दगी बाँच्दै आएकी मेरो जीवन सधैँ यस्तै छ।"
म उसका कुरामा चाख दिन थालेँ। त्यो मान्छेसँगको उसको सम्बन्ध के हो? किन ऊ यसरी टुटी? के यो अब यस्तै रहिरहन्छे? मेरा लागि चाखलाग्दा विषय बने।
"अनि?" मैले एउटा प्रश्न तेस्र्याएँ।
"तँलाई त थाहा छ म टुहुरी केटी। आमा सानैमा बितेपछि बाबुले अर्की आमा ल्याए। सानीआमाको रातदिनको टोकसो सहँदै एसएलसी सकेर म सहर आएकी हुँ। यहाँ पनि अर्काको घरमा बसेर उनीहरूकोे जुठो खाएर जुठा भाँडा माझेर पढाइ गरेँ।"
"बच्चैमा आमा गुमाएकी मलाई केही थाहा थिएन। माया के हो? कस्तो हुन्छ? तर, उसँगको सामीप्यले मलाई यी सबै कुरा सिकायो। मेराबारेमा धेरै नै चिन्ता लिन्थ्यो उसले। मेरो मनमा यति गहिरो गरी स्थान दिएको उसलाई अहिले चाहेर पनि निकाल्न सकेकी छैन।"
यति भन्दा उसले दुईवटा चुरोट फुकिसकेकी थिई भने वाइन नि दुई ग्लास। फेरि अर्को सल्काई। उसका कुरा सुन्दा मलाई लागिरहेको थियो, म कुनै कथा सुनिरहेकी छु। जुन मलाई नौलो लागिरहेको छ।
उसले कुरा अघि बढाई, "त्यहीबीचमा म उसको सरकारी कार्यालयनजिकको एक कम्पनीमा काम गर्न थालेँ, ३ हजार ५ सय रुपियाँ तलबमा। उसले फुर्सद पाउनेबित्तिकै फोन गथ्र्यो, "तिमी कता? मेरो काम सकियो।" मलाई लिन आउँथ्यो। हामी टाढाटाढा गएर निकै लामो समय बिताउँथ्यौँ। उसको छातीमा टाउको अडेस लगाएर म स्वर्गीय आनन्दमा डुब्थेँ। उसले मेरो कपाल मुसार्दै पीर नगरी काम गर्ने हौसला दिन्थ्यो। म पनि अफिसको काम छिटोछिटो सकेर उसलाई भेट्न हतारिन्थेँ।
ऊसँगका दुई वर्ष यति छिटो बिते कि मैले पत्तै पाइनँ। मैले मेरा समस्या भनिनँ भनेर ऊ रिसाउँथ्यो पनि। म टुहुरीले यति धेरै माया पाएकी, जो सम्हाल्न कठिन भयो।
तर, पछिल्लो समयमा उसको व्यवहारमा निकै परविर्तन आयो। भेटघाट त परै जाओस्, फोन आउने क्रमसमेत घट्यो। मैले गर्दा नि झर्किन थाल्यो। चोर-पुलिसको झैं कथा चलिरह्यो। साँच्चै ऊ निकै बदलियो। म उसलाई जति माया गर्थें, त्यसभन्दा बढी सम्मान पनि।
"म उसँग डराउँथे नि ! मलाई थाहा थियो। ऊ स्वास्नी, छोरा-छोरी भएको झन्डै मेरो बाबुसँग उमेर मिल्ने मान्छे हो। तैपनि, म उसको व्यवहारबाट आकर्षित थिएँ।"
"बिहान ओछ्यान नछाड्दै फोन आउँथ्यो, "उठ्यौ? उठ उठ, धेरैबेर सुत्न हुन्न। अर्काको घर जाने छोरीले छिटो उठ्ने बानी गर्नुपर्छ।" अनि, म प्याउली भएर भन्थेँ, "टाढा भएर उठाउँदा त हजुर यसो भन्नुहुन्छ, नजिक भए त कान तान्नुहुन्थ्यो होला?" "मसँग नजिस्क बाबा, छिटो उठ !" ऊ फोन राख्थ्यो।
"ऊ मेरो साथी मात्र होइन, एउटा असल अभिभावक पनि थियो। अफिसको काममा केही अप्ठ्यारो परे उसैलाई सोध्थेँ। मैले ऊसँगको सम्बन्धको गलत फाइदा कहिल्यै उठाइनँ, न त उसले नै उठायो। विश्वास गर्थ्यौं हामी एकअर्काप्रति। तर, जब उसको फोन आउन छाड्यो। भेट्न आएन। मलाई एक्लै छाड्यो। म सहरमा नितान्त एक्ली भएँ। मन बहलाउने कोसिस नि नगरेकी होइन, काम छाडेर दुई चार दिन बरालिएँ। अँह ! तर, सकिनँ। जागिर पनि छाडिदिएँ।" ऊ भनिरहेकी थिई। म मूर्तिवत् सुनिरहेकी थिएँ।
मैले मलाई देखाई दे म कुरा गर्छु पनि भनेँ, अहँ तर सरिनाले मानिन। भन्थी, "मेरो कारणले उसको जिन्दगी बिगार्नु हुँदैन। म ऊ खुसी भएको हेर्न चाहन्छु।"
चुरोटको ठुटो टे्रमा राख्दै भनी, "सबै थोक गुमाएँ केही छैन अब मसँग।" अनि, लामो सास तानी।
रातको ८ बज्न लागेको छ। वेटरले बिल ल्यायो।
फोन नम्बर मागेँ। मोबाइल बोक्दिन भनेर उसले ढाँटी मलाई। तर, त्यो फोटो उसले एकछिन अघि मात्र मोबाइलमै देखाएकी थिई। ऊ दिन चाहन्न भनेँ मैले नि जबरजस्ती गरिनँ।
"धेरै बाँच्नु छ, जिन्दगी सुधार," भनेँ। "कसका लागि सुधारौँ? किन सुधारौँ?" ऊ बोली, "बच्चैदेखि हेलाँ, तिरस्कृत र घृणापूर्ण जिन्दगीको भारी बोकेर बाँच्दै आएकी हुँ, मलाई अब सुध्रिनु छैन।"
म निरुत्तर भएँ।
तीन घन्टा उसँग यसरी बिताउँदा मैले केही ठम्याउन सकिनँ। के भयो यसलाई? के यो अब यसरी नै बाँच्छे त? किन त्यसले उसलाई यो हालतमा छाड्यो? के सरिनाको गल्ती नै थियो त? प्रश्नैप्रश्नले मेरो मस्तिष्क भरियो।
उत्तर खोजिरहेँ तर पाइनँ। म रातभरि उसैका बारेमा सोच्दै निदाएँछु। सपनामा पनि उसैलाई देखेँ। ऊ उसैको प्रेमीसँग विवाह गाँठोमा बाँधिएर लजाउँदै विवाह मण्डपमा विस्तारै घुमिरहेकी थिई। सपनामै भए पनि म रमाएँछु र उसलाई अँगालो हाल्न पुगेँछु। अँगालो हाल्दा सिरकलाई मेरा पाखुराहरूले स्पर्श गरेछन्। यसले म अचानक ब्युझिंएँ। बिहान भइसकेको रहेछ। कतिबेलादेखि मेरो फोनको घन्टी बजिरहेको थियो। मैले फोन उठाएर हेलो भनेँ। उताबाट कुनै पुरुषले मेरो नाम सोध्यो, मैले उसले सोधेको नामको महिला म नै हुँ भनेँ। फोनमै त्यो पुरुष स्वरले भन्यो, "म टिचिङ् हस्पिटल, महाराजगन्जबाट बोल्दैछु, तपाईं सरिना भन्ने महिलालाई चिन्नुहुन्छ?" मैले आश्चर्य मान्दै स्वीकारोक्तिमा जवाफ दिएँ।
त्यो पुरुषले भन्यो, "हामीले सरिनाको ब्यागमा तपाईंको भिजिटिङ् कार्ड पायौँ र फोन गरेको। तपाईं कृपया उहाँको लास बुझ्न तुरुन्तै आउनू होला।" अनि, म छाँगोबाट खसेजस्तो भएँ। के, किन, कसरी? भन्ने अनेकौँ प्रश्नहरूको घेराबन्दीमा म बाहिर निस्केँ र एउटा ट्याक्सीमा बसेर अस्पतालतिर लागेँ। मलाई यसबेला दुईवटा प्रश्नले बारम्बार घोचिरहेको छ? रातारात यो के गरी सरिनाले? त्यो पनि मलाई भेटेपछि । र, अबको उसको लास म एक्लैले कहाँ लगेर दाहसंस्कार गर्नू? म यतिबेला साँच्चै संवेदनाहीन भइरहेकी छु। साथी गुमाउनुभन्दा उसको दाहसंस्कारको पीरले मलाई पिरोलिरहेको छ। म रुन चाहेर पनि रुन सकिरहेकी छैन। सायद मेरो जीवनको अग्निपरीक्षा पनि यही हो । समस्यामा सायद मानिसको संवेदना पनि हराउँदो रहेछ ।

उचाइ

गाडीबाट ओर्ले रवीन्द्र । मोबाइल हातमै थियो । 'गगल्स' आँखामा, बेकरीक्याफे अगाडि नै पार्किङ गर्न नपाइएला भन्ने सोचाइमा थिए तर भर्खरैमात्र कसैले गाडी निकालेको थियो । रवीन्द्रलाई प्रायः यस्तै हुन्छ । कोही कसैले ठाउँ छोडिदिएका हुन्छन् र मौका परिहाल्छ । क्याफेमा पनि त कोही भर्खरै मात्र उठेको कुर्सीमा थचारिन पुगेका थिए रवीन्द्र । शेरचन के बसेका मात्र थिए, हीराचन पनि टुप्लुक्की हालेँ । तीनतारे, चारतारे, पाँचतारेमा नै प्रायः जम्ने हो तर बेकरीक्याफे पनि कहिलेकाहीँ छनोटमा परिहाल्छ । स्वाद लिने नै हो ठाउँठाउँको । केही न केही फरक हुन्छन् नि आइटम पनि । रवीन्द्रले प्रायः चाखिसकेका छन् सबैतिरका । दिनदिनै कतै न कतै स्वाद लिने हो । यतिखेर केही फुर्सद पाएका छन् रवीन्द्रले । मन्त्रीको अघिपछि जहाँ पनि सँगसँगै पुग्नुपर्ने हस्याङफस्याङ । मन्त्रीले अह्राएका । धेरै काम आफैँ फत्ते गर्थे । मन्त्रीले पूरै जिम्मा दिएका थिए । सुरुसुरुमा त प्रायः नसोधी कुनै पनि काम गरिहाल्न हिच्किचाउँथे तर मन्त्रीले नै खास सोधिरहन नपर्ने, आफैँ भन्ने/गर्ने भनेपछि रवीन्द्र बढी हौसिएका थिए ।
गुरुङ, लामा, थापा, कार्की, भट्टचन धेरैले दररेट, भागबारे पूरै स्पष्ट पारिसकेकाले रवीन्द्र झन् उत्साहित भएका थिए । त्यसमाथि मन्त्रीले सचिव, जीएम, डाइरेक्टरलाई तुरून्त काम गर्ने गराउन रवीन्द्रले भनेअनुसार गर्ने भनेर कान फुकिसकेका थिए । मन्त्रालयले ठूलो क्षेत्र ओगटेको थियो । पर्यटकहरू दिन दुगुना रात चौगुना बढिरहेका थिए । द्वन्द्वको चपेटामा परेको पर्यटन व्यवसाय एकाएक फैलिएको थियो । ट्राभल एजेन्ट, होटल, एयरलाइन्स सबै जागरूक थिए र बढीभन्दा बढी व्यापार भित्र्याउन र आफूतिर खिच्न दौडादौडमा थिए । नयाँनयाँ प्रस्ताव दिनदिनै आइरहन्थ्यो । रवीन्द्रले कुरा बुझिसकेका थिए । जतिसक्दो बढी असुल्नु थियो, असुल्थे पनि । व्यापारी, उद्यमी एक पाइलो अगाडि नै पर्न चाहन्थे, सबै । मुनाफा प्रशस्तै हुने कारोबारको जति भने पनि भाग छुट्याउन प्रायः तयार हुन्थे ।
धेरै काम फत्ते गरिसके पनि केही काम टुङ्ग्याउन बाँकी थियो । तिनै कामबारे थप कुराकानी गर्न शेरचनलाई बेकरी क्याफेमा भेट्ने समय मिलाएका थिए । केही दिनदेखि फुर्सद प्रशस्त भएकाले कोही न कोहीलाई यसरी नै दिनदिनै भेटघाट गरेर कुरा अगाडि बढाउँदै थिए रवीन्द्र । मन्त्रीले बाँकी कामकुरा चाँडै टुङ्ग्याउनु भनेकाले पनि हतारिएका थिए । अर्को मन्त्री, अर्कै पीए आइसकेकाले बाँकी काममा बाधाअड्चन आउन सक्ने त छँदै थियो, केही कामको अगाडि नै भागबण्डा तय भइसकेकोले पनि रवीन्द्र हतारिएको मनस्थितिमा देखिन्थे । 'कतै काम टुङ्गेन भने पार्टी महासचिवलाई भनेर पनि काम गराएरै छाडौँला, हाम्रै पार्टीको मन्त्री न हो' भन्दै चिन्तित नहुन शेरचनलाई भनिरहेका थिए रवीन्द्र । आफू भने भित्रभित्रै बढी सशङ्कित नै थिए, हतासिएका थिए ।
पत्रकार पनि हुन् रवीन्द्र । नेताको, व्यापारीको काम लाग्ने आफन्तजनको सम्बन्धमा प्रशस्तै लेखेका छन् । प्रतिपक्ष, सत्तापक्ष जुनसुकै अखबारसँग राम्रै सम्बन्ध छ, उनको । कसलाई वैशाखी टेकाउनुपर्ने, कसको ढन्डेसो सेक्नुपर्ने, कुनचाहिँलाई फकाउनुपर्ने सबैको राम्रै मेसो छ । आन्दोलन, सभा, सम्मेलन, पार्टी, महामन्त्री, अध्यक्षको छेउछाउ प्रायः देखापरिरहन्छन् । अझ टीभी क्यामेरा छन् यताउता भने त नेताको पछाडि उभिएकै हुन्छन् । बेलुकी समाचार प्रसारण हुनुअघि कतिलाई समाचार हेर्नु भनेरै फोन पनि गरिहाल्छन् भने कतिले चाहिँ समाचार हेरेर फोन गर्छन् । 'ज्यान ठूलै र अग्लै भएकाले केही त अवश्य नै हुँ नि म' भन्ने केही अहम् सुरूदेखि छँदै थियो रवीन्द्रमा । कतिलाई भन्न पनि थालेका थिए, 'स-साना काम पट्याउनु भनेको भुसुना मार्नुजस्तै हो मेरा लागि । ठूलै काम पनि अब त मिलाइन्छ, आफ्नै नातेदार मन्त्री छँदै छन्, हेर्दै जाऊ न कसरी पावर खेलाउँछु म । मान्छेले थाहै पाउने छैनन् मैले मन्त्री, नेता नचाएको, एकदम आफ्नै बनाएको ।' अलिकति राम्रो खाले हृविस्की खान थालेपछि त्यसैत्यसै हौसिन्छन् रवीन्द्र ।
रवीन्द्र राजधानी छिरेको धेरै त भएको छैन । पढ्न नै भनेर आएका हुन् काठमाडौँ । अखिलका विद्यार्थी पनि हुन् । केही नहुने कमजोर आर्थिक अवस्थाका विद्यार्थी बढी अखिलतिर तानिन्छन् । रवीन्द्र पनि तानिएका हुन्, कमजोर भएरै अखिलतिर । विद्यार्थी भएर मात्रै रहन नसकिने भएरै रवीन्द्रले पत्रिकामा संवाददाताको काम थालेका थिए । समाचार सङ्कलन गर्न यताउति हिँड्दाहिँड्दै रवीन्द्रले नेता, व्यापारीको समाचारलाई बढी महत्त्व दिन थालिसकेका थिए । प्रशासन, प्रहरीको पनि नजिक पुगे, केही महिनामै । अतिरिक्त कमाई गर्न पनि जानिसकेका थिए । व्यापार, राजस्व र प्रहरीतिरको समाचार सङ्कलन गर्दा खामभित्र नगद पाउन थाले, रवीन्द्रले । पहिलोपटक व्यापारीले नै दिएका हुन्- खाम, पकेट खर्च भनेर । प्रायः रित्तो रहने रवीन्द्रको खल्तीमा पहिलोपटक नगदसहितको खाम घुसारिदिँदा व्यापारीले, अतिरिक्त कमाई हुने कममा लागेर राम्रै पो गरिएछ भन्ने सोच्दै दङ्गदास भएका थिए, रवीन्द्र । राजस्व र प्रहरीसम्बन्धी समाचार बनाउँदा पनि अझ बढी अतिरिक्त कमाई गरेका थिए । अनि त राजस्वको कर्मचारी, प्रहरी र व्यापारीबीच निकै उठबस गर्न थाले । उनको हाउभाउ, रूपरङ सबै फेरिँदै गयो । पिलन्धरे अनुहार, शरीर हृष्टपुष्ट हुँदै गयो । भङ्गेरे छाती फैलँदै गयो । विद्यार्थीमाझ, पत्रकारमाझ, नेताको अघिपछि पनि उत्तिकै देखापर्थे ।
चुनाव नभएपछि पदाधिकारीहरूको थप म्याद पनि सकिएपछि सरकारले कर्मचारीहरूलाई नै जिल्ला र नगरका सबै जिम्मेवारी सुम्पियो । हरिभक्त शर्मा, कार्यकारी र प्रमुख दुबै पद सम्हाल्न पुगे । आफ्नै भेगको आफ्नै मान्छे प्रशासक, महानगरको प्रमुख व्यक्ति नियुक्त भएपछि रवीन्द्र अर्यालले अन्तर्वार्ता लिने नै भए, लिए पनि । पूरै पृष्ठ ओगटेको अन्तर्वार्तामा हरिभक्तको पूरै जीवनी सङ्क्षेपमा छापिएका थिए । तीनतिर फर्केको तस्बिर पनि ठाउँठाउँमा सजाएका थिए । तीन अर्बको बजेट खर्च गर्दा काठमाडौँ पूरै फेरिने, निकै सफा, हराभरा र सुन्दर बनाउने विचार प्रवाह गरेका थिए हरिभक्तले । महानगरमा भइरहेको ढिलासुस्ती, अनियमितता सबै बढार्ने र स्वच्छ, स्वस्थ बनाउने सङ्कल्प पनि थियो, प्रमुखको । अखबार छापेको दिन ५० प्रति त रवीन्द्रले महानगरको टेबुलटेबुलमा फिँजाएका थिए । प्रमुखको कोठाको टेबुलभरि पनि सजाएका थिए । अन्य ५-७ वटा पत्रपत्रिकामा पनि हरिभक्तको अन्तर्वार्ता, जीवनी छाप्ने चाँजोपाँजो मिलाएका थिए, रवीन्द्रले ।
सञ्चार क्षेत्रमा यत्रो पहुँच भएको रवीन्द्रले प्रेस सल्लाहकार पनि, पीएको काम पनि गर्छु भन्ने रूचि देखाएपछि हरिभक्तले सँगै छुट्टै कोठा मिलाएर चाहिएजति सुविधाको व्यवस्था पनि गरिदिएका हुन् । अझ बीए, बीकम पढिरहेका दुई चेलीलाई महानगरमा जागिर खुवाएर कार्यकारीको र आफ्नो पनि सहयोगीको रूपमा काम लगाउने पनि तय भयो । त्योभन्दा अगाडि नै काठमाडौँभन्दा २०-३० किमी परका स्तरीय रिसोर्टमा पुर्‍याउन, पुग्न दुबै सफल भइसकेका थिए । महिला भनेपछि हुरूक्कै हुने हरिभक्तसमक्ष यसअघि नै रवीन्द्रले दुई-तीनवटीलाई प्रस्तुत गरिसकेका थिए । आफ्नै कोठामा आफैँले ताल्चा मारेर भित्र भने हरिभक्त र एउटी महिलालाई घण्टौँ छाडिदिएका थिए । आफ्नो मनसाय, चाहना, रूचि सबै बुझिदिने रवीन्द्रलाई कार्यकारी प्रमुख हरिभक्तले एकदम आफ्नो मान्छे ठानिसकेका थिए ।
कुर्सीमा बसेर फोन घुमाउन थाले रवीन्द्र । आउनेलाई चिया, कफी पनि खुवाउन थाले । केही दिनमा नै महानगरको विकासको काम गर्ने ठेकेदारहरूसँग राम्रो हिमचिम बढाउन सफल भए । पाँच प्रतिशतमात्रै भनेर पचास करोड नगरको मुख्य काम जुजुमानलाई नै मिलाउन सफल भए । 'को-कसलाई कहाँ कति बुझाउनुपर्छ, बुझाउनुस्, ठाउँठाउँमा तर कार्यकारी प्रमुखलाई भने म मार्फत् ५ प्रतिशत भए पुग्छ' भनेका हुन् रवीन्द्रले । हरिभक्त पनि एक करोड ग्यारेन्टी भएकोमा दङ्गै थिए । ५० लाख बुझाएर आएका थिए उनी, महानगरमा । अर्को ठेकेदारले पनि राम्रै नगद कबोलिसकेकोले चयनको निद्रा सुत्न थालिसकेका थिए हरिभक्त । केही लाखका कामको पनि कमिसन त आइहाल्थ्यो, निकासा चाँडै दिए आफ्नो कमिसन पनि छिट्टै प्राप्त हुने भएर रवीन्द्रले केही महिनामै धेरै चेक कटाउन सफल भए, महानगरपालिकाबाट ।
बेलैमा अधिकांश कमिसन प्राप्त गरेपछि प्रमुखलाई पनि खुसी बनाउन सफल भए रविन्द्र । ठेकेदार त्यसै दङ्ग, आफूमा बढेको उमङ्ग थामिनसक्नु थियो । ५० को पाँच प्रतिशत त २.५ भएन र ! १ नं दिए प्रमुखलाई, १.५ त बाँकी नै रहृयो । अहो ! यत्रो पैसा ! त्यसैत्यसै उम्ले रवीन्द्र, भित्रभित्रै, रौनकै अर्कै भयो । अर्कै चालचलन, रहनसहन । फूर्ति, उत्साह चुलियो । महँगो जग्गा पनि किने, सस्तो जग्गा पनि किने । एक वर्ष पनि नहुँदै हरिभक्तलाई मन्त्रालय सरूवा गरेर के भयो त ! जे गर्नुपथ्यो त्यो सम्पन्न भएपछि दुवै दङ्ग नै थिए । रवीन्द्र भने संसार जित्न सफल भएका थिए । एकाएक चिट्ठा परेजस्तै डेढ करोडको ! आफ्नो भागमा प्रमुखलाई भन्दा ५० लाख बढी पार्न सफल भएकाले रवीन्द्र धेरै उताउलिएका थिए, भुइँमा खुट्टा टेक्नै छोडेका थिए । साथीभाइलाई झिँगा, भुसुना देख्न थालिसकेका थिए र धेरै ठूला र धनी बराबरको आफूलाई ठान्न लागेका थिए ।
कहिलेकाहीँ एक्लै पनि कुनै उचाइबाट काठमाडौँलाई हेर्ने गर्छन् रवीन्द्र । नबनेको घर बनाउनु छ, इन्जिनियरले बनाउला नै नक्सा । काठमाडौँमा बढेका घरहरूजस्तै त के बनाउनु, सोच्दैछन् रवीन्द्र । वरिपरि पहाड छन्, फूलचोकी छर्लङ्ग्ौ देखिन्छ, हिमाल पनि त देखिन्छ, गाउँ देखिन्छ, मोटरबाटो, बत्तीपानी नपुगेको ठाउँ पनि जताततै देखिन्छ । काठमाडौँ उपत्यकाभित्रकै पहाड, खोँचमा गाउँ छ, सुदूरका गाउँजस्तै घर छ, मान्छे छन्, गाईवस्तु छ, कोदो, मकै फल्ने पाखाबारी छ, धान फल्ने खेत पनि छ तर मान्छेले बनाउने भौतिक विकास भन्ने कुरा केही पनि छैन । त्यहाँबाट हेर्दा काठमाडौँ ठाउँठाउँमा गुजुमुजु देखिन्छ । राति त झिलीमिली ! यस्तै हो सहर, यही सहरको, यही बस्तीको बीचमा अरूले नबनाएको घर बनाउनु छ, रवीन्द्रलाई । एकैपटक दुई ठाउँमा दुइटा घर बनाऊ कि जस्तो पनि लागेको छ । जग्गा त सहरतिर पनि, गाउँनजिक पनि जोडेका छन् रवीन्द्रले काठमाडौँमा ।
गाउँमा बिहे गरिदिएका थिए बाबुआमाले एसएलसी पास गर्नेबित्तिकै । त्यो ठाउँमा ती बाहुनी सुहाउँछिन्, यो सहर, यो रमझममा उच्च घरकी एउटी त अर्को बिहे गर्नैपर्छ । हिँडडुल, मनोरञ्जन गरेर मात्रै हुँदैन, एउटी त गतिलो, प्रशस्त दाइजो ल्याउने परिवारको बिहे गर्ने नै अठोट गर्छन् रवीन्द्र । दुईवटी श्रीमती भएपछि काठमाडौँभित्र दुईवटा घर भएको राम्रो । अनि गाडी पनि दुईवटा नै प्रयोग गर्ने, अलगअलग घरमा फरकफरक गाडी ! आईएसम्म पढेकी गाउँकी श्रीमती पनि त बिस्तारै बुझ्दै जान्छे नि, कुरा, चालचलन, रहनसहन सहरको । काठमाडौँबासी सबै गाउँ, पहाड, तराई, हिमालबाटै त आएका हुन् । म आफैं नै यहाँ आएको कति नै भयो र ! पाँच-सात वर्षमा नै काकताली परेर आफ्नै ठाउँमा आफ्नै मान्छे महानगरको कार्यकारी प्रमुख पनि, पर्यटनमन्त्री पनि भएरै त मैले दुई-चार करोड जोड्न सफल भएको हुँ । यसरी नै अरूले पनि रातारात पैसा कुम्ल्याएर काठमाडौँमा यति धेरै घर बनेका ! गाडी कुदेका कति नि ! अनि बैङ्क, फाइनान्स र सहकारी पाइलैपिच्छे ! यस्तै रातारात कमाएका छन् कतिले, सोच्दैछन् रवीन्द्र-परपर क्षितिजसम्म आँखा तानेर ।
एकाएक नजिकै देखिने चौबाटोमा आँखा खुम्चिन्छ, रवीन्द्रको । गाडीले साइकललाई हुत्याएको रहेछ । मान्छेहरू जम्मा भइहाले । बुटवल, भैरहवा झरेपछि अझ काठमाडौँ पुगेपछि कलेज जाँदा अनि काममा पुग्न हिँड्दा एउटा साइकल भए छिटोछरितो हुने थियो, सजिलै भ्याइने थियो । काम गर्दै पढ्दै काम गर्दै गर्नेलाई साइकल भए असाध्यै सजिलो हुने कुरा थाहा थियो रवीन्द्रलाई- सहर नआउँदै, गाउँमा हुँदै । सहर त आए रवीन्द्र तर नयाँ साइकल किन्नसक्ने क्षमता भने थिएन । सामान्य कृषक र पुरेत्याइँ गर्ने परिवारका परे रविन्द्र । जिनतिन सरकारी क्याम्पसमा पढाइ मात्रै पुग्ने खर्च आउने हो, त्यो पनि केही महिनाका लागि, जागिर नपाउञ्जेल तर जागिर पाइहाले पत्रिकामा संवाददाताको । निकै चलाख थिए, केही महिना साइकल चढे पनि, छोडिहाले । बस, माइक्रो, ट्याम्पो चढ्न पुग्ने पैसा कमाउन थालेपछि कार्यालयले दिएको साइकल नचढ्ने निधो गरेका थिए । यतिखेर साइकल चढ्न रहर गर्ने त्यतिखेरको रवीन्द्र ठानिरहेछन् आफूलाई । अनि त्यो ठक्कर दिने गाडी आफ्नै र गाडी चढ्ने मान्छे पनि सम्झिरहेछन् आफैँलाई । साइकल चढ्ने पनि, गाडी चढ्ने पनि आफैँ । साइकल पनि आफ्नै, गाडी पनि आफ्नै । अनि ठोक्किने र ठोक्काउने पनि आफैँ । यतिखेर तिरमिर/भाउन्न भइरहेछ, रवीन्द्रलाई ।

नीला आँखा भएकी केटी

जीवनमा कहिलेकाहीँ विगतका घटना वा आइलागेका प्रसंगहरू स्मृतिपटलबाट हट्दा रहेनछन्, बिर्सिइँदा पनि रहेनछन्। हामी ती घटना वा प्रसंगहरूको सम्झना गरौँ नगरौँ तर ती मानौँ यादहरूको भुमरी बनेर हामीभित्रै पत्र-पत्रजस्तो टाँसिएर बसेका हुँदा रहेछन्। यस्तै घटना र प्रसंगहरूमध्ये एउटा छ- एउटी युवतीसित भएको मेरो जम्काभेट। त्यो अपरिचित युवती थिई, नीला आँखा भएकी केटी।
अनायास मेरो भेट भएको थियो ऊसित। र, पहिलो हेराइमै म (र, सायद ऊ पनि) हायल कायल भएको थिएँ। म औसत उचाइको २०-२२ वर्षको एक अविवाहित स्वस्थ तन्नेरी। अनि, ऊ?
सुहाउँदो उचाइ भएको भरिलो शरीरकी स्वामिनी ऊ। गोरो वर्ण। लामो कालो कपाल। निधारमा सानो चिटिक्कको टीका। कुनै गहिरो सफा तालको पानीजस्ता नीला आँखा र त्यो पनि हल्का गाजलले सिँगारिएका। बाक्ला र गह्रौँजस्ता लाग्ने काला आँखीभौँहरू। स्याउजस्ता राता र दूधले धोइएका भन्न सुहाउने गाला। र, ती सबैमा सबैभन्दा बढी सुहाएका उसका सुन्तला केस्रे ओठहरू।
उसको पहिरन सामान्य थियो तैपनि मलाई विशेष लागेथ्यो, सेतो रंगको कुर्ता सलवार र त्यसमाथि नीलो रंगको सल। त्यो लुगामा उसको रूप, रंग र व्यक्तित्व नै केही बेग्लै किसिमको भान भइरहन्थ्यो।
म सम्झनाहरूको आँखीझ्यालबाट चियाउन थाल्छु।
उसको नाम के थियो होला? यतिका धेरै वर्षपछि मलाई ठ्याक्कै सम्झना हुन सकिरहेको छैन। उसितै सोधेजस्तो लाग्छ मलाई। उसले भनेकी पनि थिई, सायद नीलम? सायद नीलिमा? सायद नीलिफा? सायद नीला? सायद नीलोफर? सायद नीलकमल? सायद नीरा? सायद नयना? सायद नवीना? सायद नीता? सायद नीतिजा? सायद नीतिका? सायद निज्मा? सायद निर्मला? सायद नमुना? सायद निरूपमा? सायद नीरूता? या सायद निहारकिा? या सायद ...?
"किन? नाममा के छ र?" मैले अचानक नाम सोधिदिँदा, सेक्सपियरको ज्ञान बोकेकी नारीजस्तो प्रतीत हुने, ऊ पहिले त अकमकिएझैँ देखिएकी थिई। केही बेरपछि सामान्य बन्दै उसले आफ्नो नाम भनेकी थिई। साथै, हल्का मुस्कान पनि छोडेकी थिई।
हठात् सम्झनाहरूको भुमरीमा एउटा सापटी कविता तरंगिएको थियो ः हुनु भयो नहुनु भयो एउटा मुस्कान ठोक्किएर आँखामा...।
सुन्दरता आँखामा हुन्छ या हाँसो र मुस्कानमा? म आफैँभित्र अल्मलिन्छु। र, फेरि सोच्न थाल्छु- सुन्दरता हेर्नका लागि मात्र हुन्छ, छुनका लागि होइन। छोयो भने त सुन्दरतामा दाग लाग्न सक्छ, त्यो ओइलाउन सक्छ, त्यसरी नै जसरी अंगुर किसमिसमा फेरिन सक्छ।
नीला आँखा भएकी त्यो केटी आफ्ना केही संगिनीहरूसित बसेर कुराकानी पनि गर्दै थिई। उनीहरू कुनै क्याम्पसअगाडि फलैँचामा थिए। सबै केटीहरू एकसाथ बोलिरहेका बेला पारखी हातले बजाएको तानपुराका तारमा झंक्रित धुनजस्तो भान हुन्थ्यो, चराहरूको चिरिबरजस्तो, धेरै कोइलीहरू एकैपटक कुहुकुहु गरिरहेजस्तो। मनले भन्यो- तपाईं जता जानूस्, जता विचरण गर्नूस्, विश्वको कुनै छेउ पुग्नूस्- नवयौवना केटीहरू जुनकुनै भाषामा कुरा गरिरहेका होऊन्, उनीहरूको मुखबाट निरन्तर निस्किरहने कुराहरू किन किन सुमधुर र लयात्मक लाग्ने गर्छन्। भाषा बुझिरहनु पर्दैन, बस् त्यो सुरिलो झंकार सुनिरहे पुग्छ।
(त्यसैगरी, यहाँनिर मलाई आफ्नो यो अनविज्ञता प्रस्तुत गर्नु पनि सर्वथा उचित लाग्छ- कुनै स्वस्थ युवकको नम्र बोली र मृदु मुस्कानबाट अथवा धेरै युवकहरू एक ठाउँ भेला भएर कसैको आवाज नचिनिने गरी मिश्रित बोली बोलिरहेका छन् भने त्यस्तो अवस्थालाई युवतीहरूले कसरी ग्रहण गर्दा हुन्? अनि, आफैंलाई लाग्छ- यो भावना म एक पुरुषभित्र जैविक तवरले रहेको नारी आकर्षणको सहज उद्बोधन थियो? अथवा, आधुनिक नारीवादीहरूले चिच्याइचिच्याई भनिरहने पुरुष अहं (मेल सौभिनिज्म)को नजानिँदो अभिव्यक्ति?)
तर, ती सबै ऊहापोहहरूबाट पृथक्, यहाँ त सुन्दरता आफैँ मसित नजिक आउन, मसित साइनो गाँस्न र सायद मसित अँगालोमा बेरिन उत्सुक देखिएको थियो।
मसित आँखा जुझेपछि ऊ फेरि एकपटक मुुसुक्क हाँसी। ओ माई गाड ! त्यो फगत एक मुस्कान थियो वा नजरले कसैको हत्या गर्ने बलियो प्रयास ! म केवल स्तब्ध मात्र हुन सकेँ- अवाक्, चुपचाप मात्र उभिइरहन सकेँ। केही बोल्न सकिनँ, बस्, हेरी मात्र रहन सकेँ !
ओहो, त्यो हाँसो थियो या कुनै क्षेप्यास्त्र ! फगत हाँसो मात्र थियो या मतिर सोझ्याइएको कुनै अर्थ-वाण ! अथवा सुन्तला-केस्राभित्र लुकाइराखिएका अनार-दानाहरूको निर्भय प्रदर्शन थियो? स्पष्ट नबुझे पनि मैले आफूलाई सम्हालेँ र उसको हाँसोमा मैले आफ्नो हाँसो मिसाइदिएँ। कुनै प्रयास गरिनँ उसको हाँसोलाई बुझ्ने। त्यो हाँसो मायाको थियो? स्नेहको थियो? संघर्षको थियो? विषाद्को थियो? हर्षको थियो? केही थाहा भएन। मलाई त बस् उसको हाँसो मन परेको थियो- कस्तो शान्त, सरल, शुभ्र, निश्छल ! निरन्तर निरन्तर हेरी मात्र रहुँजस्तो !
कतै पढेको सम्झना हुन्छ- मानिस मात्र यस्तो प्राणी हो, जो हाँस्छ। एकपटक मात्र पाइने जीवन बाँच्ने क्रममा मानिस अत्यन्त धेरै संघर्ष र पीडाबाट ग्रस्त छ। यस्तै अनेकौँ पीडा र संघर्षबाट त्राण पाउन र तीबाट बच्नका लागि हाँसोको आविष्कार गर्नुपर्ने भएको हो। हाँसोबिनाको जीवन पनि के जीवन? तैपनि, मानिस-मानिसका हाँसोहरूमध्ये कति हाँसो छद्म हुन्छन् भने कति हाँसोमा आँसु भरिएका हुन्छन्। नजिक भएर पनि मसित नजिक हुन नसकेकी त्यो केटीको मधुर मुस्कान कस्तो थियो- छद्म अथवा आँसु भरिएको? हत्पति थाहा हुनै सक्दैन्थ्यो। किनभने, ऊ आफैँमा एक पृथ्वी थिई, एक अन्तरिक्ष थिई, एक ब्रह्माण्ड थिई। र, सृष्टिको सर्वाधिक सुन्दर रचना थिई ।
उसले मसित केही भन्न खोजिरहेकी थिई तर सायद अन्य संगीसाथीहरू सँगै भएर होला, ऊ मसित खुलेर कुरा गर्न सकिरहेकी थिइन। ऊ फगत मतिर हेर्थी, केही मुस्कुराउँथी, केही भन्न खोजेको जस्तो गर्थी तर हामीबीच थप केही संवाद हुन सकेको हुँदैन्थ्यो। यस्तो लाग्थ्यो, कतै एउटा मौन चिच्याहट छ, जसले हामीलाई एकअर्कासित नजिक जान हुट्हुटी लगाइरहेको छ ! तर, त्यो मौन चिच्याहट हामीबाट धेरै धेरै टाढा भएजस्तो महसुस भइरहन्थ्यो।
मलाई लागेथ्यो, पहिलो भेट र पहिलो हेराइमा कस्तो पो प्रेम हुन सक्थ्यो र ! त्यसकारण सायद त्यो प्रेम थिएन। किनभने, प्रेम इच्छा गर्दैमा त हुने गर्दैन, त्यसलाई पाउनका लागि कठोर तपस्या र त्यागको आवश्यकता पर्छ। त्यहाँ त न मैले कुनै त्याग गर्नुपरेको थियो, न कुनै तपस्याकै दरकार थियो। थियो त केवल पहिलो हेराइको पहिलो आकर्षण मात्र। (तर, कसरी अस्वीकार गरूँ म- त्यही हेराइमा पनि भावी सम्बन्धको बीजाङ्कुरण हुने सम्भावना त त्यत्तिकै थियो नि !) म उसलाई यत्तिकै भन्न पनि त सक्दिनँ थिएँ- म तिमीलाई कति माया गर्छु, त्यो त भन्न सक्दिनँ तर यतिचाँहि भन्न सक्छु- तिमीबिना म बाँच्न सक्दिनँ। (यसो भन्नु बहुतै हतारो हुने थियो)।
कुन्नि किन मेरो सोच धेरै परपरसम्म पुग्छ। नेत्रहरूले कतै केही हेरिरहेजस्तो लाग्न थाल्छ, प्रणय (जुन दुई प्राणीबीचको प्रेमको उत्कर्ष पनि हो) भनेको केवल शारीरकि सुख-भोग मात्र होइन, त्यसमा त संस्कृतिको पनि प्रभाव रहन्छ। दुई शरीरको मिलनबाट तेस्रो शरीरको जन्म हुन्छ- यो कुरा त सांसारकि हुनुको कर्तव्य पनि हो। र, त्यसैले गर्दा यसमा समाजको रुचि भएको हो, परिवारहरूको विकास भएको हो। जन्म, प्रेम, विवाह, सन्तान, परिवार- यी सबै कुरा प्रकृतिका विशिष्ट यान्त्रिकता हुन् र यसमा रोमाञ्च, उत्तेजना, हर्ष, विस्मात्, सुखदुःख सबै पक्ष मिसिएका छन्। प्रकृतिको यो यान्त्रिकता खल्बलियो भने जीव, जन्तु, वनस्पति सबै लुप्त हुँदै जानेछन् र फगत धूलोमाटोबाहेक केही रहने छैन।...(तसर्थ यो अवर्णनीय प्रकृतिको अपरिवर्तनीय अंश हो)।
यसो त म मोहनी मायामा परेर वा मायाजालमा रमाएर त्यसमै हराउन पनि सक्दिनथेँ। कतिपय व्यक्तिगत, पारिवारकि र सामाजिक दायित्वहरू मैले पूरा गर्नैपर्ने थिए (र, छन्)। त्यसैले म आधुनिक समयको मजनू, राँझा, महिवाल, रोमियो वा एन्टनी र कोही बन्न सक्दिनथेँ । यिनीहरू सबै दुःखान्त्य नायक हुन् र मलाई उनीहरूजस्तो 'ट्रयाजिक हिरो' बन्नु पनि थिएन। मेरो प्रखर युवा सोचाइ हुन्थ्यो, माया-प्रेमका अतिरत्तिm दुनियाँमा अरू धेरै कामहरू गर्न बाँकी छन्। उही एउटा हिन्दी सायरीमा भनिएझैँ के त... और भी गम हैं दुनियाँ में मोहब्बत के सिवा...।
सम्झनामा एउटा बस यात्रा आयो। खाली सिट नभएकाले उभिएरै यात्रारत थिएँ। बसमा कतै लेखिएको थियो, 'आफ्नो सामानको सुरक्षा आफैँ गर्नुहोला।' कतै लेखिएको थियो, 'पाकेटमारदेखि होसियार।' ढोकामा लेखिएको थियो, 'श्री पशुपतिनाथले तपाईंको यात्रा सफल पारून्।' तर, अर्को एक ठाउँ लेखिएको कुराले मेरो ध्यान अलि धेरै नै तान्यो, मैले त्यसलाई झन्डै कण्ठस्थ पारेजस्तै पटकपटक पढेको थिएँ। लेखिएको थियो ः
त्यो रूख के रूख जसमा छायाँ छैन।त्यो मानिस के मानिस जसमा माया छैन।।
हो, ममा प्रेमको अभिलाषा थियो (र, सधैँ रहनेछ), त्यस्तो अभिलाषा जसभन्दा तीव्र अरू कुनै अभिलाषा हुनै सक्दैन। तर, प्रेममा पनि नैतिकताको सवाल हुन्छ। भारतका सहिद-शिरोमणि सरदार भगतसिंहले लेखेका छन्- प्रेम एक निश्चित रेखा हो, जो कहिल्यै मेटिन्न। प्रेम अनन्तको त्यो चहकिलो चहक हो, जो अत्यन्तै सुमधुर र सुन्दर छ भन्ने मात्र ज्ञान हुन्छ। तर, हामीले सोच्नुपर्ने कुरा हो, प्रेमको नैतिक स्तर के हो? स्वयंमा यो अर्थात् प्रेम केही पनि होइन, केवल एक आवेश मात्र हो। तर, यो पाशविक वृत्ति होइन, पशुत्व होइन। यो त बरू एउटा अत्यन्तै मधुर र स्िनग्ध मानवीय भावना हो।
प्रेमले सधैँ मानिसको चरित्र उचो पार्छ, कहिल्यै मानिसलाई होच्याउँदैन र तल पनि पर्न दिँदैन। तर, आधार कति मात्र हो भने प्रेम साँचो अर्थमा प्रेम हुनुपर्छ। त्यो प्रेम होइन, जो कुनै पनि परिवर्तनमा परिवर्तित बन्छ। कामवासनाको तुच्छताभन्दा प्रेमको स्तर धेरै माथि हुन्छ, झन्डै अतुलनीय हुन्छ। कतै पढेको सम्झन्छु- प्रेम नै त त्यस्तो कुरा हो, जहाँ सानो-ठूलो वा धनी-गरिब र तल्लो-माथिल्लो भन्नेजस्ता सारा भेदभावहरू हराउँछन्। प्रेम त त्यो हो, जसले छुनासाथ अन्धकार जूनिलो हुन्छ, रात दिन हुन्छ, साँझ बिहान हुन्छ, नरक स्वर्ग हुन्छ र अपराध सत्कार्य हुन्छ।
अन्यथा जानिफकारले त्यसै त भनेका होइनन्, जीवनमा हरियाली भर्ने भए अमर प्रेम गाँस्न सिक्नुपर्छ। जीवनलाई बुझ्ने हो वा जीवनलाई बुझ्न चाहने हो भने प्रेम गर्नुपर्छ। त्यो प्रेम जुन छाती चिरेर गर्नुपर्छ, मुटु भक्कानिएर गर्नुपर्छ, नशानशामा रगत जस्तै माया बगाएर गर्नुपर्छ र आँसुको भल बगाएर पनि गर्न सक्नुपर्छ। त्यो प्रेम जुन आफैँले आफ्नो बाटो बनाउँछ र कतिबेला कसरी दुई मुटुभित्र प्रवेश गर्छ, कसैले जान्न पनि सक्दैन र भन्न पनि सक्दैन।
म अझै जान्न चाहन्छु- कहाँ छ होली त्यो नीला आँखा भएकी केटी, जसका लागि मेरा नजर तिर्खाएका थिए, मन लोभिएको थियो, मस्तिष्क चक्कराएको थियो र हृदयमा प्रेमको दियो पनि बलेको थियो। त्यो एकपटकपछि ऊसित फेरि कहिल्यै भेट भएन। मैले धेरैपटक धेरै ठाउँहरूमा चक्कर लगाउँदै समय बिताएँ तर सबै प्रयास विफल रहे। समयको दशकौँ लामो यो अन्तरालपछि अचेल सायद ऊ दुईतीन सन्तानकी आमा बनेर कतै सांसारकि दायित्व पूरा गर्दै बसिरहेकी होली। अब त उसको गल्ली र मेरो कुर्सुलो फरक-फरक भएका छन्। तर, जिन्दगीका धेरै गराहरू नाघिसक्दा पनि त्यो युवती, उसको गोरो अनुहारमा सजिएका नीला आँखा र तिनले जन्माएका भावहरू, कुनै गीतमा भनिएजस्तै, सधैँसधैँ मेरो सम्झनामा आइरहन्छन् ःहृदयमा बलिरहेको प्रेमको दियो दुनियाँका आँधी-हूरीहरूबाट निभ्न सक्ला र के यो?
तर, किन-किन मलाई सधैँ यस्तो लागिरहन्छ, मानौँ त्यो नीला आँखा भएकी केटी टाढा कतै क्षितिजमा उभिएर मलाई नै हेरिरहेकी छ, मानौँ मेरै बाटो कुरिरहेकी छ र मानौँ मसँग केही प्रश्न गरिरहेकी छ- फूल फुल्छ ओइलाउनलाई? मिलन हुन्छ बिछोड हुनलाई? के यसै गरी मात्र बुझ्नुपर्ने हो जीवनलाई?
तर, समयका ती एकान्त पलहरूमा, निरूत्तर म केवल टोल्हाइ मात्र रहन्छु। मेरा आँखाहरू क्षितिजतिर एकोहोरिएका हुन्छन् ।

पछुतो

एउटा गाउँको एउटा घरमा उसकी आमा र राम मात्र बस्दथे । रामको बुबा पैसा कमाउन विदेश गएका थिए । त्यो घरमा कहिल्यै पनि राम्रो हुन सकेन । लक्ष्मी पनि त्यस घरदेखि पर-पर भाग्थिन् ।
एकदिनको कुरा हो, रामका बाबु विदेशबाट फर्केर घर आए । बुबा फर्केर आएको देखेर सबै खुसी भए । समय बित्दै गयो, तर उनीहरूको घरमा कहिल्यै पनि शुभ काम भएन । उसको बाबुले उसको विवाह गर्ने सोच बनाए । भोलिपल्ट बाबु र छोरा भएर पल्लो गाउँमा केटी खोज्न गए । उनीहरूको भेट एउटा बूढासँग भयो । कुराकानीको क्रममा त्यो बूढो पनि आफ्नी एक्ली छोरीको विवाह गर्नका लागि केटा, खोज्न हिँडेका रहेछन् । दुवैको कुरा मिलेपछि, दुईजनाको विवाह हुने टुङ्गो लाग्यो । लगन जुराएर दुवैको बिहे पनि भयो । जब रामले विवाह गरेर दुलहीलाई घर भित्र्यायो, त्यस दिनदेखि उसको घरमा लक्ष्मीले बास गर्न थालिन् । घरमा शुभ-शुभ काम हुन थाल्यो । भण्डार अन्नले भरिपूर्ण भयो । खेतीपाती पनि राम्रो हुन थाल्यो । त्यस मानिसकी दुलही बत्तीस लक्षणले युक्त थिइन् ।
रामकी पत्नी पशु वाक्य पनि बुझ्न सक्थिन् । एकरात उनले एउटा स्याल कराइरहेको सुनिन् । त्यो स्यालले खोलामा एउटा मुर्दा बगिरहेको छ र त्यो मुर्दाको गलामा हीराको हार छ । कसैले यो मुर्दा मलाई खान देऊ र त्यो हीराको हार लैजाऊ भनिरहेको थियो ।
बुहारीले बुझनि् र खोलामा गइन् । ससुराले बुहारी कता जान लागेकी रहेछ भनेर उनको पिछा गरे । बुहारी खोलामा गइन् र मुर्दालाई समातिन् र हीराको हार झक्िन थालिन् । गाँठो बलियो भएकाले उनले दाँतले गाँठो तानिन् । मुर्दा स्याललाई दिएर हीराको हार आफूले राखिन् । ससुराले यो सब हेरिरहेका थिए । उनले त बुहारीलाई बोक्सी ठानेछन् । उनले बुहारीले त राती मुर्दा पो टोक्दी रहिछ भनेर शङ्का गरे । भोलिपल्ट बुहारीलाई माइत पुर्‍याउने विचार गरेर उनी बुहारीलाई माइत लिएर हिँडे । बाटामा एउटा काग कराइरहेको थियो । त्यस कागले भनिरहेको थियो कि "यस रूखमुनि एउटा घैँटो छ त्यस घैँटोभित्र दही छ र घैँटोमुनि सुनका सिक्काहरू छन् । मलाई दही खान दिएर ती सुनका सिक्काहरू लैजाउ ।"
बुहारीले कागको भाषा बुझनि् र रूखमुनि खनेर दहीको घैँटो कागलाई दिएर सुनका सिक्काहरू आफूले राखिन् । पैसा ससुरालाई दिएर दुवै अगाडि बढे । बूढालाई अझै शङ्क लाग्यो । उनले यो त भूतप्रेत रहिछे भनेर सोचे । आफूलाई पनि मार्न सक्ने विचार लिएर उनले बुहारीलाई खोलामा खसालेर मारिदिए ।
घर फर्केर उनले छोरालाई सबै कुरा भने । छोरा पनि खुसी भयो । केही समयपछि उनले छोराको अर्को विवाह गरिदिए । तर दोस्रो विवाह गरेपछि त्यस घरमा समस्यै-समस्या देखिन थाल्यो । अन्नहरू चाँडै नै सकिए । खेतीपाती हुन छाड्यो । लक्ष्मीले पनि बास गर्न छाडिन् । नयाँ बुहारीले केही काम गर्दिनथी । आखिरमा त्यो घर मसानघाट जस्तो भयो । बूढालाई पहिलेको बुहारी मारेकोमा पछुतो लाग्यो । उनले आफूलाई धिक्कारे ।

आवाजहरू

सवितायै नमः" गाडीभित्रैबाट हामीले दुई हात जोडेर सूर्य भगवानलाई नमस्कार गर्‍यौँ । पूर्वबाट आगोको फिलिङ्गो जस्तै रातो डल्लो आकाशमा उकालो लाग्दै थियो । हामीलाई केही न्यानो महसुस हुँदै थियो, सूर्यको होइन गाडीभित्रको हिटरको । सूर्य पूर्व आकाशमा उकालो लाग्दै गर्दा हामी पश्चिमबाट पूर्वतिर हान्निँदै थियौँ । देवहरिजीले भन्नुभयो -"हामी आउँदाभन्दा जाडो निकै बढ्यो हगि !""हो" मैले सही थापेँ ।
हामी यात्रामा थियौँ र धनगढीबाट नेपालगञ्जका लागि रवाना भएका थियौँ । सूर्यको किरणले धरती चुम्नुपूर्व नै हामीले अतरिया छिचोलिसकेका थियौँ । ड्राइभर आफ्नो हातले स्टेरिङ्गमा चलाउँदै थियो र गोडाले एक्सिलेटर दबाउन व्यस्त थियो । लाग्दथ्यो, ऊ एक्सिलेटर थिच्ने माहिर खेलाडी हो, गाडीको गति देखाउने सियोले एक सयको अङ्क स्पर्स गरेको थियो । हामी बाहिरको दृश्य अवलोकनमा व्यस्त थियौँ । गाडीमा हामी तीन जना सवार थियौँ, देवहरिजी, म र ड्राइभर । देवहरिजी र म पछिल्लो सिटमा बसेका थियौँ ।
बाहिरको दृश्य हेर्दै देवहरिजीले भन्नुभयो - "गोरुलाई खेत जोत्ने कार्यमा प्रयोग गरिँदैछ, जहीँतहीँ खेत जोत्न गोरु नै प्रयोग गरेको देखिन्छ, गोरुजस्तै गाईलाई प्रयोग गर्न मिल्छ कि मिल्दैन ? "
"गाई नारेको मैले अहिलेसम्म देखेको र सुनेको छैन तर जताततै समानताको कुरा उठिरहको बेला यस्तो हुन पनि सक्छ" मैले जवाफ दिएँ ।
देवहरिजीले पुनः थप्नुभयो -"राँगोलाई नारेेर जोतेको थाहा छ तपाईंलाई ? "
"गाडा तानेको चाहिँ थाहा छ, जोतेको चाहिँ थाहा छैन," मैले भनेँ ।
ड्राइभरले प्रष्ट्यायोे - "राँगोलाई पनि जोत्न प्रयोग गर्न सकिन्छ ।"
"भैंसीलाई नि ?" देवहरिजीले पुनः प्रश्न राख्नुभयो । यस पटक ड्राइभरको उत्तरको प्रतीक्षामा म मौन बसेँ । ड्राइभरलाई पनि राम्रो जानकारी रहेनछ "देखेको छैन" मात्र भन्यो ।
देवहरिजीले पुनः अर्को प्रश्न राख्नुभयो - "एउटा गोरु र एउटा राँगो नारेर जोत्न मिल्छ ?" मैले "मिल्दैन" भनेँ । "किन ?" देवहरिजीले पुनः अर्को जिज्ञासा राख्नुभयो । "व्यालेन्स मिल्दैन" मैले यतिमात्र भनेँ र चुप लागेँ । "उत्रैउत्रै भयो भने त मिल्छ होला नि !" उहाँले पुनः अर्को जिज्ञासा तेस्र्याउनु भयो । "भेँडा भेँडासित बाख्रा बाख्रासित भन्ने उखानै छ नि" मैले उहाँको जिज्ञासा टुङ्ग्याउने आशयले भनेँ ।
"आइमाईले गोरु जोत्न हुँदैन भनेको होइन ?" देवहरिजीले पुनः अर्को आशय राख्नुभयो । ड्राइभरले "हो" भन्यो । यसपालि मेरो बोल्ने पालो आएन ।
"ऊ त्यहाँ हेर्नोस् त" देवहरिजीले पर खेतमा देखाउनु भयो । हामीले हेर्‍यौँ । एउटी आइमाई हलो जोत्दै थिइन् ।
"स्वास्नी मानिसको शरीर कोमल हुन्छ, गोरु जोत्ने काम कष्टकर छ, गाह्रो काम कोमल शरीरबाट हुन सक्तैन । पुरुषको शरीर महिलाको दाँजोमा कडा हुन्छ, त्यसैले गोरु जोत्ने काम पुरुषबाट गरिनु पर्छ भनी हाम्रा पूर्वजहरूबाट नियम बनेको हो । आजको समानताको युगमा सक्नेले जे गरे पनि हुन्छ ।" मैले भनेँ ।
गाडीको गति चलिरहेको थियो । गाडी चलाउँदै ड्राइभर बोल्यो -"जोतिन्छ गोरु, गाई जोतिँदैन । गाडा तान्छ राँगो, भैंसीले तान्दैन । काटिन्छ खसी बोका, बाख्रा होइन । बलि दिइन्छ भाले, पोथी होइन । के यो पक्षपातपूर्ण छैन ?"।
"अचेल त्यस्तो कठोर नियम छैन गुरुजी ! काठमाडौँमा प्रायः मम भैंसीको बन्छ, राँगोको होइन ।" मैले प्रतिकार गरेँ । उसले मानेन प्रतिवाद गर्‍यो- "झुक्याएर काट्ने अलग कुरा हो, खानेले राँगो सम्झेर खान्छ, भंैंसी सम्झेर खाँदैन । काट्ने कुरा गर्ने हो भने त काठमाडौँमा खसीको नाममा बूढी बाख्री पनि काटिन्छ तर भन्दा त खसी नै भन्छन् नि होइन र ?"
"समानताको सिद्धान्त अङ्गकिार गरेको होला" ठट्यौलो पारामा देवहरिजीले भन्नुभयो ।
तर ड्राइभरलाई अझै चित्त बुझेको रहेनछ, पुनः थप्यो - "जहीँतहीँ नारी समानताको कुरा उठाइन्छ, समावेसीको कुरा उठाइन्छ, तर मार्ने काट्ने कुरामा किन कसैले समानता अथवा समावेसीको कुरा उठाउँदैन ? अब त ३३ प्रतिशत पोथी जनावर काटिनु पर्ने होइन ? छ/सात वटा खसी, राँगा काटिँदा तीन/चार वटा बाख्रा, भैँसी काटिनु पर्‍यो नि !"
ऊ बोल्न छोडेपछि मैले भनेँ -"कहाँको तथ्याङ्क पेस गर्दै हुनुहुन्छ गुरुजी ? तपाईंको घरको अथवा ससुराली घरको ? त्यसो हो भने त तपाईंको तथ्याङ्क मिलेको होला, अन्यथा सहर बजार मात्र होइन, सहर बजारको हावा लागेका गाउँबस्तीहरूसमेतमा कुन जनावर काटिन्छ, कसलाई के थाहा ! म त भन्छु त्यहाँ ३३ प्रतिशत होइन ६७ प्रतिशत बाख्रा, पाठा र भैँसी काटिन्छन् र काट्ने काम सकेपछि लिङ्ग परिवर्तन गरिन्छ । परिवर्तनपछिको लिङ्ग तपाईं हेर्नुहुन्छ र स्त्रीलिङ्गीलाई पुलिङ्गी सम्झेर स्वाद लिएर आहार गर्नुहुन्छ ।"
ड्राइभर फेरि बोल्यो - "तपाईंको कुरा गलत हो भनेर म भन्दिन सर ! तर कटु सत्यतर्फ पनि ध्यान दिनु उपयुक्त हुन्छ बाराको वरियारपुरमा २० हजार राँगा काटिए, एउटा भैंसी काटेको सुन्नुभो, लाखौँ बोका काटिए, बाख्रा काटेको सुन्नुभो ? खै कहाँ हरायो समानताको आवाज, कहाँ बिलायो समावेसीे नारा ?"
गाडी गुड्दै थियो र निकै अघि बढिसकेको थियो । गाडीभित्र एकछिन शान्ति छायो अर्थात् हामी तीनै जना चुपचाप थियौँ । मुख थकाई मार्न व्यस्त भए पनि आँखा र मन थकाई मार्न मञ्जुर थिएनँ । बाहिरको दृश्य निहार्न हामी व्यस्त थियौँ । सडक किनारमा लहरै छाप्राहरू देखापरे । सानो छाप्रोको छानामाथि, छाप्रोभन्दा ठूलो परालको कुन्यू देखेर हामी छक्क पर्‍यौँ । कुन्यूको बोझले कतै त्यो छाप्रो भत्किने त होइन ? हामीलाई यस्तो लाग्यो । कथंकदाचित कुन्यूको बोझले त्यो नर्कटको छाप्रो भत्क्यो भने त्यसभित्र गुजारा चलाउँदै गरेका मानव शरीरको के हविगत होला ! हामी सम्भावित दुर्घटनाको चिन्ताले त्रसित भयांै ।
"यस्तो नहोला भगवान्को दृष्टि नपुगेको कहाँ छ र ?" देवहरिजीले नजानिँदो किसिमले उनीहरूको सुरक्षित जीवनका लागि भगवान्सित प्रार्थना गर्नुभयो ।
मैले भने - "वास्तविक नेपालको तस्बिर त हामी भर्खर देख्दैछौँ" ।
ड्राइभरले थप्यो- "वास्तविक नेपाल होइन सर तपाईंले आधा नेपाल देख्नुभयो । वास्तविक नेपाल हेर्न त तपाईंले त्यो छाप्रोभित्र छिर्नुपर्छ । त्यो छाप्रोभित्रको अभाव अनिकाल भोकमरी अथवा नाङ्गा शरीरहरू भोका पेटहरू जब तपाईंको दृष्टिमा अटाउँछ तब मात्र वास्तविक नेपाल देख्नुहु्नेछ ।"
देवहरिजी बोल्नुभयो - "के मिलेको छैन हाम्रो नेपालमा ? विदेशी सहयोगको बाढी उर्लेको उल्र्यैछ, ग्रामीण विकासका लागि नेताहरूमार्फत लाखौँ रकम गाउँ भित्रेको भित्र्यै छ । गरिबी निवारण कोष ग्रामीण विकास परियोजनालगायत विभिन्न एनजीओ आईएनजीओ क्रियाशील छन् तर पनि नेपालीको जीवनस्तर जहीँको तहीँ छ ।"
"एकातिर यस्तो छ भने अर्कोतिर तपाईं हामीले हेर्दा हेर्दै हिजो एक छाक खान नपाउनेहरू पाँच तारे होटलमा लन्च खाने भइसके, हिजो चप्पल लाउन नसक्नेहरू आज गाडी चढ्ने भइसके, गाउँमा झुप्रा नहुनेहरू सहरमा हवेली ठड्याउने भइसके । विकास नभएको कहांँ हो र, दुई चार टाठाबाठाहरूको व्यक्तिगत विकास भएको छ सामूहिक विकास भएन हुन सकेन, समानुपातिक विकास योजना लागू हुन सकेन । गरिब र गरिबीको नाममा टाठावाठाहरूले हसुरे, राष्ट्र र राष्ट्रियता बन्धक राखे आफ्नो झोली भरे व्यक्तिगत विकास गरे, सहरमुखी बने, गाउँ जस्ताको तस्तै रह्यो । निरीह ग्रामीण जनता जहीँको तहीँ रहे ।" ड्राइभरले थप्यो ।
गाडी गुड्दै थियो, गुडिरह्यो । हाम्रा आँखाहरू गाडीको सिसाबाट परपर देखिने परिवर्तित दृश्यहरू निहार्न व्यस्त थिए । यतिबेला हाम्रा आँखाले जङ्गल मात्र देखिरहेका थिए । अर्थात् गाडी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र गुड्दै थियो । देवहरिजी र म आरामसाथ गाडीको सिटमा अडेस लागेर करिब करिब सुतेको अवस्थामा बस्यौँ । एकछिन गाडीभित्र सुनसान छायो । जङ्गल नै जङ्गल हेर्दा हेर्दै अनायास केही छाप्राछुप्रीको सानो बस्ती देखियो । ड्राइभरले गाडी साइड लगायो । गाडीको चक्काले सडक नाप्नबाट विश्राम लियो ।
ड्राइभरले भन्यो- "चिया पिऊ सर ! भूरीगाँउ आइपुग्यो ।"
हामी चियाको प्रतीक्षामा बस्यौँ । एउटा बस आइपुग्यो र रोकियो । २०/२५ जना उत्रिए बसबाट । कोही हामी बसेको होटलभित्र छिरे कोही अर्को होटलतिर लागे । उनीहरूले आ-आफ्नै किसिमले खानेकुराको अर्डर गरे । आ-आफ्नो ग्रुपमा बाँडिएर बसे । आ-आफ्नै किसिमले गफको प्रसङ्ग सुरू गरे । कतै पढाइको गफ, कतै प्रेमको प्रसङ्ग, कतै राजनीतिक गफ । एउटा मान्छेले साहूलाई झण्डै खाउला जस्तो गरी हपार्‍यो र एक प्लेट चना माग्यो । साहूले तत्काल चना उसको अगाडि राखिदियो । उसले एक चम्चा चना मुखमा हाल्यो । चपाएर निल्न पनि भ्यायो भ्याएन, तत्काल प्रतिक्रिया देखायो - "छ्या ! कस्तो चना, यस्तो पनि कहीँ तरकारी हुन्छ, उसिनेर राखेको हो कोही बिरामीलाई खुवाउन ?"
बोल्दा बोल्दै ऊ जुरुक्क उठ्यो, चनाको प्लेट बोक्यो, बाहिर निस्क्यो र प्लेटैसमेत चना हुत्याइदियो । उसले चना नखाए पनि साहुलाई पैसा चुक्ता गर्नु पर्ने हो हाम्रो विचारमा, किनकि साहुले पनि किनेरै ल्याएको हो तर उसले पैसा दिने त कुरै पर जाओस्, पैसाको विषयमा एक शब्द पनि बोलेन । आफ्नै शुरमा हिँड्यो, सरासर गयो, अर्को होटलमा छिर्‍यो । साहुले पनि ऊसित केही बोलेन, बोल्ने आट गरेन । उसको यो हर्कत देखेर हामी तीनछक् पर्‍यौँ ।
"एक प्लेट चना उत्पादन गर्न एक वर्ष कुर्नु पर्छ एकातिर भने अर्कोतिर कैयन गरिब जनता एक छाक खान नपाएर भोक भोकै छन्, यहांँ यसरी मिल्किन्छ, सिरियसली सोच्ने हो भने यो राष्ट्रिय क्षति भयो कि भएन । यस्तो किसिमले खानेकुरा फाल्नेलाई यस्तो सजाय हुन्छ भन्ने कुनै कानुन छैन । अनि जसले जे गरे पनि भै हाल्यो ?" कसैको प्रतिक्रियाको आश नगरी म एक्लै बड्बडाएँ ।
देवहरिजीले अप्रत्यासित मेरो सहमति जनाउनु भयो तर त्यहांँ उपस्थित जमातलाई मेरो कुरा चित्त बुझेनछ, ममाथि खनिए - "सम्झनोस् कानुन छ, त्यो गर्न पाइन्न, गरेमा सजाय हुन्छ, नगद जरिवाना हुन्छ, कैद हुन्छ । अब भन्नोस् कसले गर्ने सजाय उसलाई ? मैले, तपाईंले, उसले, कसले ? त्यो काम गर्नु हुँदैन । नैतिक हिसाबले पनि हुँदैन तपाईंलाई थाहा छ, मलाई थाहा छ, हामी सबैलाई थाहा छ तर उसको कर्तुत हामी सबैले देख्याँै, हेर्‍यौँ मूकदर्शक बनेर, कोही केही बोल्यौँ ? अह ! तपाईं बोल्नुभयो, त्यो पनि ऊ गइसकेपछि । प्रत्यक्ष असर पर्ने विचरा साहू त बोल्न सकेन । के हुन्छ त्यस्तो कानुनले । अहँ ! केही लछारपाटो लगाउँदैन ।" एउटाले बोल्यो ।
"कानुन बनाउनेले आफैँ कानुन मिच्दा त कसैले केही बोलेन, केही गर्न सकेन, के हुन्छ यो देशमा । लाग्छ नेपालको कानुन शक्ति हुनेहरूका लागि होइन, निरीहहरूका लागि मात्र हो" अर्कोले थप्यो ।
"हो त जिल्लाभरिको शान्ति सुरक्षा कायम गर्ने कर्तव्य बोकेर जिल्ला पुगेको प्रमुख जिल्ला अधिकारी आफ्नै सुरक्षा गर्न सक्तैन, कसले कसको सुरक्षा गर्छ यहाँ !" अर्कोले पुनः समर्थन गर्‍यो ।
"के कानुन निर्माताहरूले कानुन अर्काका लागि मात्र निर्माण गर्ने हो, आफूले बनाएको कानुन आफूले नमाने पनि हुन्छ ? त्यसो हो भने कानुन बनाउँदा सांसदका लागि यो कानुन लागू हुँदैन, मन्त्रीका लागि यो कानुन लागू हुँदैन, यो कानुन निरीह जनताका लागि मात्र हो भनेर प्रष्ट उल्लेख गरिदिनु नि ।" अर्कोले थप्यो ।
"मन्त्रीले सीडीओ कुट्न पाइन्छ भनेर नयांँ कानुन निर्माण गरे भै हाल्यो नि । कानुन पास गर्ने अरूले होइन क्यार उनीहरू आफँैले हो ।" अर्कोले समर्थन गर्‍यो ।
"सबैतिरबाट कारबाहीको माग भैरहँदा पार्टीको तर्फबाट वकालत हुन्छ, जे भएको छ ठीक भएको छ त्यो कुटिनै पर्ने व्यहोराको सीडीओ हो कुटियो ठीक भो । सरकार भने यो सब हेर्छ सुन्छ र कानमा तेल हालेर बस्छ । यसको अर्थ, बल हुनेले निर्धालाई जे गरे पनि हुन्छ भन्ने हो ?" अर्को बोल्यो ।
"चिया लिनोस्," हाम्रो हातमा चियाको गिलास आइपुग्यो ।
"तातो तातो समोसा पाकिरहेछ एक/एक वटा समोसा खाने हो कि ?" देवहरिजीले आफ्नो मनसाय राख्नुभयो ।
मैले स्वीकृति दिए । समोसा आइपुग्यो । हामीले एक हातमा चियाको गिलास समातेका थियाँै, अर्को हातले समोसा समात्याँै । मैले समोसा एक पटक टोकँे र चपाउन थालँे । एउटा झिङ्गा उड्दै आयो र मेरो हातको समोसा टोकेको भागमा बस्न खोज्यो । मैले झिङ्गा नबसोस् भनेर समोसा समातेको हात हल्लाएँ, हात हल्लाउँदा मेरो हात देवहरिजीको हातमा ठोक्कियो । मेरो हातको समोसा भूइँमा खस्यो ।
"कृष्णार्पण !" मैले भनेँ "मेरो भागमा रहेनछ खस्यो ।"
"त्यसो भनेर पाइन्छ ? अघि चना फालिँदा राष्ट्रिय क्षति भयो, भन्दै हुनुहुन्थ्यो अहिले समोसा मिल्किँदा राष्ट्रिय क्षति भएन ? एक प्लेट चना, एउटा समोसा गर्दै कति खाद्यान्न मिल्किन्छ, हिसाब किताब छ तपाईंसित, अहिले एकछिनमा हाम्रा आँखा अगाडि यति मिल्किन्छ भने दिनभरिमा कति मिल्किन्छ ? अझ देशभरिको तथ्याङ्क सङ्कलन गर्ने हो भने कति जनाले कति दिन खान पुग्ने खाद्यान्न मिल्किन्छ ? यो राष्ट्रिय क्षति हो कि होइन ?" मेरो एकछिन अगाडिको भनाइलाई देवहरिजीले च्याप्प समात्नु भयो ।
मैले फालुँ भनेर फालेको त होइन, नचाहँदा नचाहँदै हातबाट खस्यो, देवहरिजीको भनाइप्रति विमति हुने मेरो मनसाय पनि होइन, त्यसैले चुपचाप चिया सुर्काई रहेँ । देवहरिजीले अर्को समोसा मागेर खान मलाई आग्रह गर्नुभयो, तर मैले आवश्यक ठानिनँ ।
हामी चिया सुर्काउदै थियौँ । एक आपसमा चल्दै दसवाह्र वर्ष जतिका दुई बाल अनुहार हाम्रा अगाडि देखा परे । हेर्दा दुवैको अवस्था उस्तैउस्तै देखिन्थ्यो । चरचर फुटेका हातगोडा, मयल कट्कटिएको अनुहार र जीऊ । जिग्रिङ्ग परेको कपाल । जाडोको मौसममा ठाउँठाउँमा च्यातिएको नाम मात्रको कपडा उनीहरूको शरीरमा थियो । दुवै हाम्रा अगाडि एकछिन उभिए, यताउति आँखा दौडाए । एउटाले अघि फ्याकिएको चना टिपेर मुखमा हाल्न थाल्यो, अर्को मेरो अगाडि खसेको समोसा टिपेर टोक्न थाल्यो । देवहरिजी र म एक आपसमा हेराहेर मात्र गर्‍याँै ।
ड्राइभर बोल्यो - "काठमाडाँैमा बसेर कहांँ वास्तविक नेपाल देखिन्छ सर ! वास्तविक नेपाल त यो हो र वास्तविक नेपाली यिनीहरू हुन् ।"
"काठमाडौंँमा पनि यस्ता बालबालिका प्रसस्त छन् गुरुजी ! नभएका होइनन्, तपाई हाम्रो हेर्ने आखा मात्र नभएको हो ।" मैले प्रष्ट्याएँ ।
काँधमा गर्‍हौँ लाग्ने झोला भिरेको एउटा युवक टुप्लुक्क देखापर्‍यो हाम्रा अगाडि । झोलाबाट केही पत्रिका निकाल्यो र "कान्तिपुर सर!" भन्दै हामी तिर तेस्र्यायो ।
"कहिलेको हो? " मैले प्रश्न गरे ।
"आजको " उसले तत्काल जवाफ दियो ।
"यति चाँडै आजको पत्रिका!" मैले आश्चर्य प्रकट गरें ।
"नेपालगञ्जमा छापिन्छ सर" उसले मेरो उत्सुकता मेटायो ।
देवहरिजीले पँाच रुपियाँ दिनुभयो र एउटा पत्रिका लिनुभयो । ऊ अर्कोतिर लाग्यो हेर्दाहेर्दै उसले पाँचसात वटा पत्रिका बिकायो । पत्रिका किन्नेहरू पत्रिका फिँजाएर पढ्न व्यस्त देखिए ।
"रुकुममा गाँजा खेती फस्टायो" एउटा करायो ।
नजिकै बस्ने साथीले थप्यो- "कम गार्‍हो छ गाँजा खेती गर्न, एक दुई वर्ष मैले पनि गरेँ ।"
पत्रिका पढ्दै गर्ने मान्छे बोल्यो - "कहाँ हुन्छ गार्‍हो, यहाँं त 'गाँजा खेती अन्न नहुने जग्गामा पनि फस्टाउँछ । अन्न बालीभन्दा खेती गर्न सजिलो हुने भएकाले कृषकहरू गाँजा खेतीतर्फ आकृष्ट भएका छन्,' भनेर लेखेको छ ।"
साथीचाहिँले अझ प्रष्ट पार्दै भन्यो - "सही कुरा हो, गाँजा खेती जहांँ पनि फस्टाउँछ, अरू बालीमा जस्तो मिहिनत पनि गर्नु पर्दैन तर..... "
"तर के ?"
"तर के भने गाँजा खेतीको सत्रुजीव धेरै छन्, आज एउटा आउँछ, यो अवैध धन्दा हो, तलाई थुनिदिन्छु, भन्छ पैसा झार्छ, भोलि अर्को आउँछ, सबै खेती काटेर निमिट्यान्न पार्नुपर्छ, यो अवैध हो, भन्छ पैसा झार्छ, पर्सी अर्को आउँछ, यो पुरै जलाउनुपर्छ, यो खेती गर्ने अनुमति छैन भन्छ, पैसा धुत्छ, जान्छ । यसरी खेती सुरू भएदेखि बाली कटान गरेर बिक्री नगरुञ्जेल पाइला पाइलामा पैसा बिछ्याउनु पर्छ । पसलबाट हुने फाइदाको आधा हिस्सा त पुलिस प्रशासनलाई थाम्पुरो लगाउनमै सिद्धिन्छ ।"
पत्रिका पढ्दै गरेका मान्छेहरू आफ्नो रुचिअनुसार समाचार पढ्दै थिए र नजिकैका साथीलाई सुनाउँदै थिए ।
"आकस्मिक लाभ, मलाई त आज लाभ हुने भयो , तेरो राशि के हो ? " एउटा पत्रिका पढ्दा पढ्दै बड्बडायो ।
"सुन तोलाको ३५ हजार नाघ्यो रे ।" अर्को मान्छे पत्रिका पढ्दै करायो ।
"तोलाको ३२ हजार भए पनि बिक्री कम भएको छैन । पैसा कहांँबाट आउँछ मान्छेलाई? ग्रामीण जनताहरू बाँच्नका लागि सङ्घर्ष गर्दैछन्, चाउरी परेको पेट बोकेर भारी खेप्दैछन्, खेत जोत्दैछन्, वनपात गर्दैछन्, कोही भने बत्तीस हजार तोला सुन किन्न पछि पर्दैनन् ।" सँंगै बसेको उसको साथीले जिज्ञासात्मक प्रतिक्रिया पोख्यो ।
अर्काले पुनः थप्यो- "यो त एउटा नमुना मात्र हो, तपाई काठमाडौँको मालपोतमा एक घण्टा मात्र बस्नोस देख्नुहुन्छ । करोडाँैको कारोबार हुन्छ, राजस्व मात्र लाखाँै उठ्छ, आनाको १० लाख, २० लाखमा जग्गा खरिद/बिक्री हुन्छ, दलाली भन्नेहरूले कमिसन मात्र लाखौँ लाख कुम्ल्याउँछन् । कहांँबाट आउँछ पैसा, कहिल्यै कसैले एक निमेष पनि सोचेको छ ?"
अर्कोतर्फ पत्रिका पढ्दै गरेको मान्छे ठूलो स्वरमा पढ्न थाल्यो -
"शान्ति सम्झौताको तीन वर्ष बितिसक्दा पनि यसको मूल कार्यसूचीअनुसार काम हुन सकेन, माओवादी लडाकुको समायोजन तथा पुनः स्थापना, संविधान निर्माण र पीडितलाई न्याय दिने प्रमुख तीन प्रतिवद्धता अलपत्र ।"
अर्को मान्छे अर्कोतर्फ अर्को समाचार पढ्दै थियो-
"नागरिक सर्वोच्चता, राष्ट्रपतिको कदम र राष्ट्रिय सरकारको विषय प्याकेजमा टुङ्गो लगाउनु पर्ने माओवादी निष्कर्ष ।"
"कोइराला सिङ्गापुरबाट उपचारपछि आइतबार र्फकने रे ।" अर्काले अर्को समाचार पढ्यो ।
समाचार पढ्नेहरू पढ्दै थिए, विश्लेषण गर्नेहरू गर्दै थिए । एउटाको विश्लेषण यस्तो थियो
"जीवनजल नपाएर जाजरकोटलगायतका विभिन्न क्षेत्रमा दैनिक सयौंँ नेपालीले ज्यान गुमाएको समाचार सुन्दासुन्दा हामी आजित भयौँ । राष्ट्रको आलो घाउमा राम्ररी खाटा बस्नै सकेको छैन, मुठ्ठीभर मान्छेहरू रूघा लाग्दा, सिङ्गापुर, बैङ्कक, दिल्ली, युरोपका विभिन्न मुलुकका महँगा अस्पतालहरूमा उपचार गराउन व्यस्त छन् । पानी पँधेरो छ यिनीहरूका लागि विदेशका महँगा सहरहरूको भ्रमण । यति मात्र कहांँ हो र विदेशी अस्पतालको बेडमै वार्ता पनि हुन्छ रे समस्या समाधानको तर वार्ता के हुन्छ, निचोड के निक्लिन्छ, अनभिज्ञ छन् जनता । हुनसक्छ वार्ता सत्ताको हुन्छ, संविधान निर्माणको होइन । हुनसक्छ वार्ता भागवण्डाको हुन्छ, शान्ति सुरक्षाको होइन । वार्ता जनताको आँखामा छारो फाल्ने हुन्छ, देश निर्माणको होइन । वार्ता वार्ताका लागि हुन्छ, निष्कर्षका लागि होइन, समाधानका लागि होइन । उपचारका नाममा साँच्चिकै उपचार हुन्छ अथवा अरू केही हुन्छ ? विदेश भ्रमण पक्का हुन्छ, राजनीति हुन्छ, दाउपेच हुन्छ र अनि एउटा कुरा पक्का हुन्छ, जनताले तिरेको करको केही हिस्सा विदेशिन्छ ।"
अर्कोले अर्को समाचार पढ्यो -
"पर्साका सरकारी कार्यालयहरू पूरै बन्द । कर्मचारीहरूले सबै कार्यालयमा ताल्चाबन्दी गरे ।"
विश्लेषण सुरू भयो -
पहिलो विश्लेषक - "स्यावास कर्मचारी वर्गहरू ! तिमीहरूको आँटका लागि । एउटा बहालवाला मन्त्रीले शान्ति सुरक्षाको सिपाहीलाई हातपात गर्ने, पाइन्छ यस्तो गर्न ? कानुन बनाउनेले कानुन हातमा लिने, ठीक गर्‍यौ तिमीहरूले । अन्यायीलाई कारबाही नहुन्जेल निरन्तर आवाज उठाउनुपर्छ, हड्ताल गर्नुपर्छ ।"
दोस्रो विश्लेषक- "च.च.. दया लागेर आउछ सीडीओप्रति । आफ्नो कार्यकक्षमा आफूमाथि हातपात हँुदा चुप लागेर बस्यो । तत्काल थुन्ने अधिकार थियो, गोली ठोक्ने अधिकार थियो तर केही गरेन । जनताजस्तै अन्याय सहेर बसिरहृयो । हरे शिव ! "
तेस्रो विश्लेषक - "त्यसो होइन सीडीओले जे गर्‍यो ठीक गर्‍यो । उसले प्रतिवाद गरेको भए अथवा अधिकारको प्रयोग गरेको भए आज मन्त्री विरुद्ध उर्लेको आवाज सीडीओ विरुद्ध उर्लिने थियो । उसले खाएको पिटाई गौण हुन्थ्यो । आफ्नो सरकार ढल्ने डरले अन्यायी मन्त्रीलाई कारबाही गर्न अग्रसर नहुने सरकार सीडीओ विरुद्ध खनिन्थ्यो र ऊ कारबाहीको भागिदार बन्थ्यो । सीडीओलाई कारबाही गर्दा सरकार कसैले ढाल्दैनथ्यो र विचरा सीडीओ भनेर कसैले भन्दा पनि भन्दैनथ्यो ।"
चौथो विश्लेषक - "उनका लागि भोट हाल्ने हातहरूले साइकलको हान्डिल समात्न पाएका छैनन्, उनीलाई गाडी चढ्न पाएर नपुग्ने, चिल्लो गाडी चाहिने, के जनताले चिल्लो गाडी चढ्ने आशीर्वादको भोट दिएका हुन् उनका लागि अथवा संविधान निर्माणको भोट हालेका हुन् ?"
पाँचौ विश्लेषक - "गाडी थोत्रो भयो भनेर एउटी मन्त्रीले मुड्कीले हानेर गाडी फुटालेको समाचार पढेको धेरै दिन भएकै छैन, फेरि अर्की मन्त्रीले गाडी पुरानो भयो भनेर सीडीओ कुटेको समाचार पढ्न पाइयो । के मन्त्रीहरू गाडी चढ्नकै लागि जन्मिन्छन् अथवा राष्ट्रियताको क्लेस मात्र पनि भाव बोकेका हुन्छन् ?"
हातमा नेपाल पत्रिकाको नयाँ अङ्क बोकेको मान्छेको विश्लेषण- "गुदी कुरो त अर्कै रहेछ, मन्त्रीको श्रीमान् भन्ने मान्छे रक्सोल, वीरगञ्ज निकासीपैठारी व्यापार गर्दोरहेछ, सीडीओले उसको व्यापारमा सहयोग गरेन रे त्यसैले पिटेको रे ।"
यता मन्त्री र सीडीओको विश्लेषण हुँदै थियो, अर्को एकजनाले कराएर समाचार पढ्यो -
"सचिवहरू महँगा गाडीमा । ८० प्रतिशत सचिवहरूसँंग दुईवटा गाडी । सञ्चार, ऊर्जा र भौतिक योजना सचिवको गाडीको मूल्य डेढ करोड । प्रधान न्यायाधीश र मुख्यसचिवका पनि दुईवटा गाडी । अतिरिक्त गाडी परिवारको प्रयोगमा । भौतिक योजना तथा निर्माण सचिवले डेढ करोड पर्ने गाडीका अतिरिक्त तीन वटा छुट्टै गाडी राखेका छन् । सरकारी नम्बर प्लेट गैह्र कानुनी रूपमा परिवर्तन गरी निजी नम्बर प्लेट राख्ने सचिवको सङ्ख्या पनि कमी छैन ।"
"ओहो ! गरिब देशका धनी सचिवहरू बधाइ तिमीहरूलाई । देश धमिरा लागेको घरजस्तै खोक्रो भैसक्यो, कुन दिन ढल्ने हो थाहा छैन, तिमीहरूलाई डेढ करोड पर्ने गाडी चढ्न पुगेको छ, त्यो पनि तीन चार वटा । त्यसका लागि इन्धनमा कति खर्च लाग्ने हो ! तलवले पुग्छ तेल हाल्न गाडीमा, अथवा त्यसका लागि पनि सरकारी ढुकुटीमा धमिरा थपिने हो । जनता नुन खान नपाएर अलिनो खाँदैछन्, हाम्रा सचिवहरू लाखौँको नाजवाफको चर्तिकलामा छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई यतिबेला हामीले सहानुभूति प्रकट गर्नु सिवाय अरू के गर्न सक्छाँै, उसको आँखा बन्द भएकोमा । पशुपतिनाथले रक्षा गरेको देश । यसरी नै रक्षा भै रहोस् । शुभकामना ।"
हामीले चिया पिई सकेका थियौँ । हाम्रो यात्राको कोषाध्यक्ष देवहरिजीले चिया, समोसाको पैसा चुक्ता गर्नु भयो । हामीलाई समयले लखेटिसकेको थियो । यात्राको नियमितता प्रदान गर्न हामीलाई हतारो भैसकेको थियो । राष्ट्र - राष्ट्रियताको वहसलाई चटक्क छोडेर हामीले हाम्रा पाइला गाडीतर्फ बढायौँ । पाइला चाल्दाचाल्दै मेरो कानमा ठोकियो -
"सरकारी दलालहरू !, दैनिक भ्रमणभत्ताको नाममा सरकारी ढुकुटीको रकम खाएर, सरकारी गाडी चढेर, देश दर्शनमा हिँडेका छन् ।"
मैले पुलुक्क मुण्टो फर्काएर आवाजतिर हेरेँ । बोल्दै गर्ने मानिसको चोरऔँलो हामीतिर ठडिएको थियो । मैले देखेर पनि नदेखेझँैं
गरेँ, सुनेर पनि नसुनेझँैं गरें । चुपचाप गाडीभित्र छिरें, सिटमा बसेंँ । देवहरिजीले पनि त्यसै गर्नुभयो । ड्राइभर पहिल्यै सिटमा बसिसकेको थियो । उसका हात पहिलेजस्तै स्टेरिङ्गमा सल्बलाउन थाले, गोडा एक्सिलेटर थिच्न व्यस्त देखिए । हाम्रो सेतो नम्बर प्लेटको गाडी बेजोडले हुइकियो पश्चिमबाट पूर्वतिर हामी यतिबेला आरामपूर्वक गाडीको सिटमा लेटिरहेका थियौँ ।