simichaur 8 gulmi
शुक्रवार, 6 जनवरी 2012
शुक्रवार, 6 मई 2011
sahitye
नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा अघि बढेको पाइन्छ । हुन त यसअघि नै \"सुवानन्ददासको कवितामा र पृथ्वीनारायण शाहका दिव्योपदेशका गद्यमा ध्वन्यात्मकरूपले व्यङ्ग्य आविर्भाव भएको\" समालोचक राजेन्द्र सुवेदीको भनाइ रहेको छ । उनका अनुसार त्यसबेला व्यङ्ग्यको आविर्भाव भए पनि कलात्मकरूपले सचेततापर्ूवक गरिने गरेका व्यङ्ग्य सो अवधिको शिल्पमा पाइँदैन । -नेपाली हास्यव्यङ्ग्य निबन्ध, काठमाडौैंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. ध) । समालोचक कृष्णचन्द्रसिंह प्रधानले कवि सुवानन्ददासको \'पृथ्वीनारायण\' शर्ीष्ाक कवितामा रहेको \"नाम रहया गजानी धरम त रे तरा भरले ते\" जस्ता पङ्क्तिबाट नेपाली साहित्यमा हास्यव्यङ्ग्य गर्ने प्रचलन सुरु भएको बताएका छन् । \'नेपाली साहित्यमा हास्यव्यङ्ग्य ः प्राप्ति र पर्यवेक्षण\', समालोचना, मधर्ुपर्क, हास्यव्यङ्ग्य अङ्क २०५४, पृ. छ) । नुवाकोट, ककनी कब्जा गर्ने कार्यमा समान योगदान दिएका गजानी र कवि सुवानन्ददासमध्ये सुवानन्द पछि परी सम्पर्ूण्ा श्रेय गजानीले पाएको प्रसङ्गलाई लिएर सुवानन्दले आफ्नो मनको भावना यो पङ्क्तिमार्फत प्रस्तुत गरेको पाइन्छ । साथै शक्तिबल्लभ अर्याल, राधाबल्लभ अर्याल, गुमानी पन्तलगायतका कविहरूले तत्कालीन युद्धका बेला युद्धको सेरोफेरोमा रहेर लेखेका कविताहरूमा पनि व्यङ्ग्यात्मक प्रस्तुति भेटिन्छन् । त्यस्ता कविताले राष्ट्रपे्रमका साथै विजय उन्माद, आपसी व्यक्तित्वको टकराव र अङ्गे्रजप्रतिको हेय भावनालाई प्रस्तुत गरेका छन् । \'तनहूँ भकुण्डो\', \'साँढयाको कवित्त\', \'धन्य गोर्खाली राजा\'जस्ता कवितालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यी कविताहरू हास्यव्यङ्ग्यतर्फका सचेत प्रयास भने होइनन् तर अङ्गे्रजसँगको युद्धको समाप्तिपछि भएको सुगौली सन्धिले हाम्रो स्वाभिमानमा ठूलो धक्का दियो र वीरकालीन उन्मादबाट स्रष्टाहरू भक्तिभावतिर उन्मुख हुन थाले । यिनै परिवेशमा नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अवतरण भएको देखिन्छ । नेपाली भाषामा मौलिक हास्यव्यङ्ग्य रचनाको सिर्जना गर्ने श्रेय भने आदिकविलाई नै जान्छ । उनका \'बिन्ती डिट्ठा बिचारीसित...\', \'रोज् रोज् दर्शन पाउँछू चरणको..\', \'गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछिन्\' जस्ता लघुकविताहरूले हास्यव्यङ्ग्यको मौलिक स्वरूप निर्धारण मात्र गरेन, नेपाली भाषामा सुरुमै उत्कृष्ट हास्यव्यङ्ग्य रचना गर्न सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखायो । भानुभक्त आचार्यका कविताले तत्कालीन सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिहरूलाई तीव्र प्रहार गरेका छन् । \"हास्यको मूल स्रोतको उठान विकृतिबाट र व्यङ्ग्यको मूल स्रोतको उठान विसङ्गतिबाट हुन्छ । यस सर्न्दर्भमा नेपाली समाजमा विकसित विकृति र विसङ्गतिको स्वरूपलाई देख्ने प्रथम सचेत द्रष्टा भानुभक्त आचार्य देखिएका छन् । सामाजिक जीवनमा देखिने विकृतिलाई र विसङ्गतिलाई, आपै+mले भोगेका विषम परिस्थितिलाई सचेततापर्ूवक साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले नै गरे । यसरी जीवनका पारिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिलाई भानुभक्तले साधारणीकरण गरेको स्थिति हामीले देख्न पाएका छौंँ । यसरी हर्ेदा नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रारम्भिक उठान भानुभक्तको लेखनसँगै भएको हो भन्ने तथ्य स्पष्ट रूपमा देख्न सकिन्छ । भानुभक्तको सामाजिक व्यङ्ग्यलेखन अत्यन्त तीव्र छ ।\" -\'नेपाली हास्यव्यङ्ग्य ः पृष्ठभूमि र विकास\', भूमिका, नेपाली हास्यव्यङ्ग्य निबन्ध, काठमाडौंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. न) । वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानका अनुसार पनि भानुभक्त आचार्यले \"विनोदी शैली, शालीन, स्वच्छ र परिहासयुक्त व्यङ्ग्यको प्रयोग गरेर सुरुमै हास्यव्यङ्ग्यलाई प्रतिष्ठा प्रदान गरे ।\" यस्तै ज्ञानदिलदास -१८७८-१९४०) का भजन र गीतहरू उदयलहरीमा सङ्गृहीत छन् र तिनमा ब्राहृमणवादप्रति तीव्र व्यङ्ग्य भेटिन्छन् । उनका रचनामा धार्मिक अन्धविश्वास र रुढिवाद, सामाजिक विसङ्गतिलाई विषय बनाएको पाइन्छ । यसपछि माध्यमिककालमा रचिएका शृङ्गारिक कविताहरूमा फाटफुटरूपमा हास्यव्यङ्ग्यका झिल्काहरू भेटिन्छन् । मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, कृष्णप्रसाद रेग्मी, रेवतीप्रसाद उपाध्यााय, गोपीनाथ लोहनी, शिखरनाथ सुवेदी, पहलमानसिंह स्वाँरआदिका रचनालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यसै अवधिमा प्रकाशित सङ्गीत चन्द्रोदय, गफाष्टक श्लोकसङ्ग्रह, शृङ्गार्रदर्पण, कविता कल्पद्रुम, शिखरनाथ भाष्य, सूक्तिसिन्धु, विवाहलीलाजस्ता कृतिमा फुटकर हास्यव्यङ्ग्यात्मक कविताहरू रहेका छन् । यसताक शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल, सोमनाथ सिग्द्याललगायतका साहित्यकारहरूले पनि हास्यव्यङ्ग्यात्मक रचनाको लेखनमा दृष्टि दिएको पाइन्छ । सोमनाथ सिग्द्यालको हास्यपर्ूण्ा अपर्ूण्ा प्रहसन दिगम्बर विवाह वि.सं. १९६३ मा सुन्दरीमा प्रकाशित भएको समीक्षक नरनाथ लुइँटेलले उल्लेख गरेका छन् । यसरी हास्यव्यङ्ग्य शैली कविता विधामा मात्र सीमित भइरहेको तत्कालीन स्थितिमा सिग्द्यालको प्रयासलाई महìवपूण्ा मान्नुपर्छ । tulsiram pandey simichaur 8 rangbas pachase gulmi nepal email tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
sandesh
बीस वर्षमा प्रेम विवाह गरेकी सुनिता (नाम परिवर्तन) श्रीमान्को विश्वासघातका कारण एचआईभी संक्रमित बन्नुपर्यो । बिहेअघि श्रीमान्लाई एचआईभी भइसके पनि उनलाई थाहा दिइएन । श्रीमान् बिरामी भएर अस्पताल लैजाँदा डाक्टरलेसमेत उनलाई जानकारी दिएनन् । असुरक्षित यौन सम्पर्क नराख्न मात्रै सल्लाह दिए । उनले बारम्बार खोतल्ने प्रयास गरेपछि जानकारी दिइयो । श्रीमान्को दुई वर्षअघि मृत्यु भएपछि त्यसको दोषसमेत उनीमाथि थोपार्ने काम गर्यो परिवारले । परिवारबाट छिः छिः र दुरदुर मात्रै सहनुपरेन, घरबाट नै निकालिनुपर्यो उनले ।
सामाजिक संरचना र श्रीमान्को लापरबाहीका कारण एचआईभी/एड्स संक्रमित बन्न पुगेका निर्दोष महिलाको उदाहरण हुन् सुनिता । लैंगिक असमानता र सामाजिक संरचनाका कारण महिला एचआईभीबाट प्रभावित भइरहेका छन् ।
सन् २००३ को अन्त्यसम्म नेपालमा करिब ६० हजार जनसंख्या एचआईभी/एड्स संक्रमित भएको फेमिली हेल्थ इन्टरनेसनलको तथ्यांक छ । त्यसमध्ये महिलाको संख्या १६ हजार छ । तर यो संख्या राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकसँग मेल खाँदैन । केन्द्रको तथ्यांकअनुसार २००५ सेप्टेम्बर ३० सम्म ५ हजार ४ सय ६५ संक्रमितमध्ये महिलाको संख्या १ हजार ४ सय ९२ छ । ती मध्ये ६ सय २ यौनकर्मी र ७ सय २८ गृहिणी छन् । परीक्षण सुविधाको अभाव, निःशुल्क परीक्षणको न्यूनता, व्यक्तिगतरूपमा परीक्षण गरिएका केसको अभिलेख नहुँदा नेपालमा एचआईभी एड्सको अभिलेख न्यून देखिएको हो ।
एड्सको बहस सुरु भएको झन्डै १५ वर्ष भइसके पनि अझै यसलाई लैंगिक मुद्दा बनाउन सकिएको छैन । महिला अधिकारका 'ठूला कुरा' भित्र एचआईभी बहस अझै अटाउन सकेको छैन । तर एचआईभीबाट बढी मारमा परेको वर्ग यही नै हो । न्ाारीवादी आन्दोलनले एचआईभी/एड्स प्रभावित महिलाका बारेमा सशक्त आवाज उठाउन सकेको छैन । महिला, मानवअधिकारवादीलगायत राजनीतिक क्षेत्रमा यो मुद्दा सशक्तरूपमा उठाउन नसकिएको अधिवक्ता सपना प्रधान मल्ल बताउँछिन् । 'राजनीतिक, आर्थिक कुरा सबैले गर्छन्,' उनको भनाइ छ, 'तर यौनिकतासँग गाँसिएकाले यसबारे बोल्न उनीहरू हिच्किचाउँछन् ।' मानवअधिकारसँग गाँसिएकाले मानवअधिकार आयोगले यसलाई अझ प्राथमिकताका साथ उठाउनुपर्ने उनको धारणा छ ।
एड्स संक्रमित पुरुष आफ्नो अधिकारको खोजीमा संगठित हुन थालिसकेका छन् । तर महिला संस्थागतरूपमा आउने क्रम निकै कम छ । पुरुष एचआईभी संक्रमितका संस्थाले महिलाका मुद्दालाई पर्याप्त स्थान नदिने हँुदा उनीहरू नै सक्रिय हुन आवश्यक छ ।
एचआईभी भन्ने बित्तिकै यौनकर्मी महिला भन्ने भ्रम समाजमा व्याप्त भएकाले पनि सामाजिक हेय भोग्नुपर्ने डरले महिला संस्थागत रूपमा अघि बढ्न नसकेको धारणा एक्सन एडका एचआईभी/एड्स कार्यक्रमका थिम लिडर प्रवोध देवकोटाको छ ।
एचआईभी/एड्सजस्तो जटिल र संवेदनशील विषयमा संक्रमित महिला खुलेर अगाडि आउनु कम चुनौती होइन । सामाजिक संरचनाकै कारण थुप्रै महिला रोग लुकाएर बस्नुपर्ने अवस्था छ । श्रीमान्बाट रोग सरे पनि आफूमाथि दुराचारको आरोप लाग्ने डरले उनीहरू खुल्न सक्दैनन् । उपचार गर्न गइहाले पनि प्रायः स्वास्थ्य चौकीमा पुरुष स्वास्थ्यकर्मी नै रहने हुँदा उनीहरू आफ्नो समस्या भन्न हिच्किचाउँछन् र उपचारबाट वञ्चित छन् ।
अझै पनि महिलाको 'आफ्नो शरीरमाथि आफ्नो अधिकार' छैन । पुरुषले चाहेका बेला संसर्ग गर्न तयार नभए बलात्कार हुनुपर्ने अवस्था छ । 'बलात्कारमार्फत एचआईभी सर्यो भने त्यो झन् गम्भीर हुन जान्छ,' मल्ल भन्छिन्, 'तर यससम्बन्धी कानुन मौन छ ।' चाहेर पनि महिलाले सुरक्षाका उपाय अपनाउन सकेका छैनन् ।
अल्पसंख्यक यौन समूहको अधिकार प्रत्याभूत नहुँदा पनि एचआईभीको जोखिममा महिला पर्ने गरेको मल्लको अनुभव छ । सामाजिक संरचनाका कारण खुलेर सार्वजनिक हुन नसके पनि नेपालमा थुप्रै समलिंगी रहेको अनुमान छ । समलिंगीले परिवारको दबाबका कारण बिहे गर्न बाध्य भएकाले पनि श्रीमती एचआईभीको जोखिममा पर्ने सम्भावना बढी रहेको उनी बताउँछिन् ।
पछिल्लो समयमा थोरै भए पनि एचआईभी संक्रमित महिला संगठित हुन थालेका छन् । काठमाडौं, चितवन र मकवानपुरमा एचआईभी संक्रमित महिला सशक्तीकरणका लागि क्रियाशील हुन थालेको देवकोटा बताउँछन् ।
सुरुमा आफू एचआईभी संक्रमित भएको थाहा पाएर जीवन नै त्याग्ने निर्णयमा पुगेकी सुनिता डाक्टरको परामर्शबाट अहिले जनचेतना जगाउने काममा सक्रिय छिन् । स्थानीय जुनकीरी क्लबमार्फत उनले एचआईभी/एड्सविरुद्धको लडाइँमा आफूलाई समर्पित गर्दै आएकी छन् । समयमै उचित परामर्श र सहयोग पाए एचआईभी संक्रमित महिला पनि अघि बढ्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छन् उनले । तर उनीहरूले सरकार, एनजीओ तथा आईएनजीओबाट नैतिक/आर्थिक सहयोग पाउन सकेका छैनन् ।
एक्सन एडको सहयोगमा मकवानपुर, चितवन र काठमाडौंमा एचआईभी प्रभावित तथा संक्रमितहरूको संस्था सञ्चालनमा छ । यस्ता संस्थाले महिलाको पक्षमा वकालत गर्छन्, पुरुषलाई पनि सेवा प्रदान गर्छन् । एचआईभी प्रभावित तथा संक्रमित महिलालाई संस्थागत रूपमा अगाडि ल्याउन भने सजिलो छैन । चिन्ताग्रस्त मानसिक अवस्थाबाट उन्मुक्ति दिनमात्रै होइन, उनीहरूको नेतृत्व विकासका लागि संस्थागत संयन्त्र स्थापित गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको देवकोटा बताउँछन् ।
'राष्ट्रिय एचआईभी/एड्स रणनीति -२००२-२००६), राष्ट्रिय कार्ययोजना -२००३-२००७) दुवै लैंगिक दृष्टिले संवेदनशील कार्यक्रम तथा गतिविधि विकासका लागि स्पष्ट मार्गनिर्देशिका बनाउन सकिएको छैन,' डा. शरद वन्तद्वारा प्रस्तुत एक कार्यपत्रमा भनिएको छ, 'राष्ट्रिय रणनीतिले महिलामा सेवाको पहुँच अभिवृद्धि गर्न आवश्यक छ । खासगरी 'केयर एन्ड सपोर्ट' कार्यक्रममा यसको अभाव खड्कन्छ ।'
महिला र एचआईभीको कुरा गर्दा सबैभन्दा बढी जोखिममा रहेको वर्ग यौनकर्मी महिला हुन् । अझै पनि उनीहरू सुरक्षित यौनव्यवहार अपनाउन सकेका छैनन् । खासगरी ग्राहकले कन्डम प्रयोग गर्न नमान्ने र आफूले कन्डम लिएर हिँड्दा प्रहरीले दुःख दिने गरेको गुनासो उनीहरूको छ । उनीहरूलाई लक्षित गरी पर्याप्त कार्यक्रम बन्न सकेका छैनन् । नेपालमा करिब २० हजार यौनकर्मी भएको अनुमान गरिन्छ । तीमध्ये ७ हजार काठमाडौं उपत्यकामा छन् । सन् २००० मा यौनकर्मी महिलामा एचआईभी संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ, जब कि यो १९९६ मा २ दशमलव ७ प्रतिशत थियो ।
द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित महिला एचआईभीको पनि जोखिममा छन् । एकातिर आन्तरिक द्वन्द्वले विस्थापित भएर वैकल्पिक रूपमा यौन पेसा अपनाउनुपरेको छ भने अर्कोतिर द्वन्द्वकै कारण बिदेसिएका श्रीमान्बाट संक्रमित बनेका छन् । सुदूरपश्चिममा यस्ता कार्यक्रम छिर्न सकेका छैनन् । एचआईभी संक्रमित महिलाको ठूलो हिस्सा यसै क्षेत्रमा छ । डोटी र अछाममा सन् २००१ मा १० महिलाको रगत परीक्षण गर्दा पाँचजनामा एचआईभी पोजेटिभ देखापरेको थियो ।
तथ्यांकअनुसार मुम्बईमा रहेका नेपाली आप्रवासी कामदारमध्ये १० प्रतिशतमा यो पाइएको छ । रोजगारको खोजीमा भारत पसेका श्रीमान्बाट उनीहरू संक्रमित बन्ने गर्छन् । शिक्षा, जनचेतना अभावका कारण यसप्रति उनीहरू अनभिज्ञ छन् । अर्कोतर्फ रगत परीक्षणका लागि उपकरण अभावका कारण आफू एचआईभी संक्रमित भए/नभएको जानकारीसमेत पाउन सकेका छैनन् । आमा एचआईभी संक्रमित भए पनि समयमा ध्यान दिन सके बच्चालाई नलाग्न पनि सक्छ भन्ने सूचना गाउँ/गाउँसम्म पुग्न सकेको छैन ।

jindagi
धनमाय आज पनि विहानै उठेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना बनाउन मन लागेन मन पनि कसरी लागोस यस बुढेसकालमा एक्लो जीवन विताउन परेपछि हिजोआज त बाहिर निस्कदा केटा- केटीले बोक्सी बुढी भनेर जिस्काउछन् । हुन पनि यहा“ दा“त झरेपछि र केश फूलेपछि सबैले बोक्सी भन्न थाल्छन् । त्यही माथि एक्लो भएपछि जब बोल्न कोही हुदैन एक्लो जीवन देखि वाक्क भएर एक्लै भूत भूताउन सिवाय के पो गर्न सकिन्छ र यो त उसैलाई थाहा हुन्छ । जसले यस्तो जीवन विताइरहेको छ । त्यस्ताको हरेक चाल चलन समाजले शंकालु भएर हेदछन् । यहा“ सम्मकी नुहाएर धुप बाल्दा शरिरमा तेल मालिश गर्दा बोक्सी ज्ञानसिकेको भन्छन् । यस्तै छ हाम्रो रुढीबादी समाज ।
किन किन आज धनमायाको मन उदास छ उ अतितका घटनाहरुलाई सम्झदै कहिले रुने र हास्ने गर्छे आज पनि उ अतितका दिनहरुमा कता हर्राई कता ........ उसको मस्तिष्कमा आफू मात्र उन्नाइस (१९) वर्षो हुदाको घटना आउछ जनुबेला उ यस सानो गाउ“मा सबै भन्दा सुन्दर फूल थिई , जसलाई हेन युवा नयनहरु सधैं उसको घरको चारैतिर घुमी हिड्थ्ये । चारैतिर उसको गुणगान र सुन्दरताको प्रशंसा हुन्थ्यो । जवानीको बेला हो, कसैसित मन मिल्नु र घनिष्ट हुन त स्वभाविक नै हो यसै र उसको हेम खेम पनि यसै गाउको वलिष्ठ यूवक मैते सित पर्यो उ सधै गाउको हरेक कामना अघि बड्थ्यो ,सारै मिलनसार थियो शायद यही गुणले पनि होला धनमाया उ प्रति आकषिर्त भएकी । उ धेरै जसो खेतालापात जादा दाउरा घा“स जादा पनि मैते स“ग हुन्थ्योे । जनु कुरा यो सानो गाउ“मा आ“गो सरह फैलन स्वाभाविक पनि हो ।
धनमाया साह्रै डराउ“थी कारण उ पुरोहित बाजेकी एकलौटी छोरी र मैते सानो जानको अर्काको पाखुरेको छोरो यसैले पनि उनीहरुको प्रेम सफल हुने सम्भावना कम थियो । एक दिन यसरी नै मैते र धनमाया गाउ“ले ठिटा ठिटीहरुस“ग जंगल गएका थिए धनमायाले एकान्तमा पारेर मैतेलाई कति दिन बिताउने यसरी एक्लै लुक्दै छिप्दै कति दिन बिताउने जाउ यस गाउ“ छाडेर अन्यत्रै र विहे गरौं तर मैतेले भन्यो हैन धनमाया तिमीलाई थाहै छ त्रि्रो बुवाको यस गाउ“मा कत्रो इज्जत छ, फेरि नभन हामी भागेर पनि त कहा“ जाने बुढाको पुहच टाठा-टाठा सम्म छ मार्छन । धनमाया उत्तेजित हुन्छे हैन मैतेदाई हामी एक अर्कालाई मन पराउ“छौं हाम्रो जीवन सुखी हुन्छ किन समाजको डरमा जीवन बर्वाद गर्ने र मैतेले भन्छ हेर धनमाया हामी भागेर गए मेरो बुढी आमाको कस्तो विजोग हुन्छ म यो पाप गर्न सक्दिन् । धनमाया ठुस्किन्छे त्यसो हो भने आज सम्म तिमीले मलाई के सोचेर प्रेम गरेको त धनमायको आ“खाबाट आ“शु टलपल गर्नथाल्छ जो मैतेले सहन सक्दैन र भन्छ ठिक छ धनमाया हामी भागौं तर आमालाई .............. । मैतेको निम्ती यहा“ जटिल समस्या भईदिन्छ उसको बुढि आमा जसलाई उ यहा“ एक्लो छाडेर पनि त जान सक्दैन फेरि आमा पनि मान्नु हुन्न तब के गर्ने .........- तर उनीहरुको प्रेम यति अघि बढि सकेको थियो कि उनीहरु यी सब छाडेर भाग्न तत्पर भए तर गरिब मैते शहर नदेखेको ठिटो धनमायालाई लिएर कहा“ जाने उ अर्काे गाउ“मा शरण लिन पुगे तर पुरोहित बाजेको जजमान भएको गाउ“मा उनहिरुलाई समात्न पुरोहित बाजेलाई त्यति साह्रो परेन गाउ“मा ल्याएर धनमायालाई घरमा थुनेर राखे र मैतेलाई कुटेर गाउ“बाट खेदाए सारा समाज मिलेर ।
यसरी मजबुत धनमायाको प्रेमको हत्या भयो र पुरोहित बाजेले हवल्दार जेठोसित विवाह रचाए उ भर्खर रिटायर्ड भएर आएको थियो र पहिलो स्वास्नी केही वर्षअघि र्स्वर्गवास भएको थियो । तर हवल्दार जेठोले विहे गरेको केही दिनमै नाता भातिका कुरा सुनाउन थाले गाउ“लेहरुले र हवल्दार जेठो दिनरात जा“ड रक्सी खाएर घरमा धनमायालाई मैतेकी स्वास्नी मेरो सम्पत्तिमा रजाई गर्न आएकी भन्दै कुटपिट गर्न थाल्यो । दिनरात जा“ड रक्सी जुवा तासमा लागेपछि हवल्दार जेठोले भएभरको सम्पत्ति स्वाहा“ पार्यो र एकदिन गाउ“ छाडेर हिडेको कहा“ गयो कसैलाई पत्तो भएन गाउ“मा कोही भन्छन मर्यो भनेर कोही भन्छन अर्का लिएर शहरमा पस्यो । तर बास्विकता केहो आजसम्म धनमायालाई पनि थाहा छैन । उनीहरुको एउटा छोरो पनि थियो तर सुकेनाशले र खाना राम्रो नपाएर तीन वर्षै मरेको थियो ।
हुन त पुरोहित बाजेलाई आफ्नो भूलको अहसास नभएको हैन छोरीको यस्तो विजोक देखेपछि त्यसैले धनमायालाई माइतमा नै बोलाएर राखेका थिए र पछि छोरीको दुःख र सारा जिवन सोचेर मैतेलाई खोज्न पठाएका थिए तर मैते कहा“ गयो गयो कसैले भन्न सकेनन् । धनमायालाई भने अडकल थियो पक्कै पनि मैते आसाम गएको हुनर्ुपर्छ । मामाहरु उता छन भन्थे हुन त धनमायालाई भगाएर मैतेले आसाम लान चाहेको पनि हो तर त्यति टाढो कसरी पुग्ने विचरो गरिब मैतेमा पैसा नै कति थियो र नत्र आज शायद उनीहरुको जीवन कति सुखमय हुने थियो होला ।
जस्तै ठूलो चोटपनि समयको मलहम पट्टीले निको हुदोरहेछ बस कहिले नमिट्ने दाग रटाटो छाडेर धनमाया पनि अब त एता उता हिडडुल गर्न थालेकी थिइ ता गाउ“घरमा मानिसहरुले उसलाई कति लाश्रण लगाउथे उ यि सब सहने भइ सके की थिई । हुदा हुदा पुरोहित बाजे पनि मरेर गए अब धनमाया एक्ली छे साथमा अतितका घटनाहरु र अधुरो प्रेमहरु । हिजोआज धनमाया घर छाडेर हिड्न नथालेको पनि धेरै भयो । शायद बुढि भएर होला उसका ति सुन्दर केशहरु मुहार जम्मै कुरुप भएको छ बुढेस कालले गर्दा मुखका धेरै जसो दा“तहरु फुस्किएका छन् । बाहिर एक्लै निस्कदा केटाकेटीहरु तर्सन्छन र बोक्सी बुढी बोक्सी बुढी भन्दै जिस्काउ“छन् । तर विचरी धनमाया यि सब दुःख कष्ट सहेर पनि एउटै आशमा बा“चेकी छे र एउटै चाहनाले जिउदो राखेकी छे आफैलाई त्यो हो मर्न अघि एकपल्ट भएपनि मैतेको मुहार हेर्ने /
तुल्सी राम पाण्डे सिमिचौर ८ राँगबास गुल्मी नेपाल
इमेल tulsirampandey48@gmail.com tulsirampandey48@yahoo.com

| I |
sahitye
परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर । हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु । आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथ्र्यो । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्ािन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् । मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्दैडुल्दै रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु ग्ााेरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थ्ो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो । डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग्ा । खुव तैले मलाइ माया गर्छे नविनाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ । मन गरुङगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्। म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि । के नविनाको खुशी मेरो खुशी होइन्ा र विनोद नविनाकॊ उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग्ा आएर के पाउथिन् र । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो । आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र नविनाकॊ पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो फर्कन्छु कि फर्कन त्यो चिन्ताको विषय भएन् । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु ।लाजले घुम्टो नछोपे ल । तुल्सी राम पाण्डे
yo manis
संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।
जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाईगोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।
वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।
तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?
संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छप्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।
मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छयुगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ । tulsirampandey48@yahoo.com tulsirampandey48@gmail.com
जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाईगोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।
वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।
तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?
संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छप्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।
मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छयुगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ । tulsirampandey48@yahoo.com
सदस्यता लें
टिप्पणियाँ (Atom)