शुक्रवार, 6 मई 2011

jindagi

धनमाय आज पनि विहानै उठेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना बनाउन मन लागेन मन पनि कसरी लागोस यस बुढेसकालमा एक्लो जीवन विताउन परेपछि हिजोआज त बाहिर निस्कदा केटा- केटीले बोक्सी बुढी भनेर जिस्काउछन् । हुन पनि यहा“ दा“त झरेपछि र केश फूलेपछि सबैले बोक्सी भन्न थाल्छन् । त्यही माथि एक्लो भएपछि जब बोल्न कोही हुदैन एक्लो जीवन देखि वाक्क भएर एक्लै भूत भूताउन सिवाय के पो गर्न सकिन्छ र यो त उसैलाई थाहा हुन्छ । जसले यस्तो जीवन विताइरहेको छ । त्यस्ताको हरेक चाल चलन समाजले शंकालु भएर हेदछन् । यहा“ सम्मकी नुहाएर धुप बाल्दा शरिरमा तेल मालिश गर्दा बोक्सी ज्ञानसिकेको भन्छन् । यस्तै छ हाम्रो रुढीबादी समाज ।



किन किन आज धनमायाको मन उदास छ उ अतितका घटनाहरुलाई सम्झदै कहिले रुने र हास्ने गर्छे आज पनि उ अतितका दिनहरुमा कता हर्राई कता ........ उसको मस्तिष्कमा आफू मात्र उन्नाइस (१९) वर्षो हुदाको घटना आउछ जनुबेला उ यस सानो गाउ“मा सबै भन्दा सुन्दर फूल थिई , जसलाई हेन युवा नयनहरु सधैं उसको घरको चारैतिर घुमी हिड्थ्ये । चारैतिर उसको गुणगान र सुन्दरताको प्रशंसा हुन्थ्यो । जवानीको बेला हो, कसैसित मन मिल्नु र घनिष्ट हुन त स्वभाविक नै हो यसै र उसको हेम खेम पनि यसै गाउको वलिष्ठ यूवक मैते सित पर्‍यो उ सधै गाउको हरेक कामना अघि बड्थ्यो ,सारै मिलनसार थियो शायद यही गुणले पनि होला धनमाया उ प्रति आकषिर्त भएकी । उ धेरै जसो खेतालापात जादा दाउरा घा“स जादा पनि मैते स“ग हुन्थ्योे । जनु कुरा यो सानो गाउ“मा आ“गो सरह फैलन स्वाभाविक पनि हो ।



धनमाया साह्रै डराउ“थी कारण उ पुरोहित बाजेकी एकलौटी छोरी र मैते सानो जानको अर्काको पाखुरेको छोरो यसैले पनि उनीहरुको प्रेम सफल हुने सम्भावना कम थियो । एक दिन यसरी नै मैते र धनमाया गाउ“ले ठिटा ठिटीहरुस“ग जंगल गएका थिए धनमायाले एकान्तमा पारेर मैतेलाई कति दिन बिताउने यसरी एक्लै लुक्दै छिप्दै कति दिन बिताउने जाउ यस गाउ“ छाडेर अन्यत्रै र विहे गरौं तर मैतेले भन्यो हैन धनमाया तिमीलाई थाहै छ त्रि्रो बुवाको यस गाउ“मा कत्रो इज्जत छ, फेरि नभन हामी भागेर पनि त कहा“ जाने बुढाको पुहच टाठा-टाठा सम्म छ मार्छन । धनमाया उत्तेजित हुन्छे हैन मैतेदाई हामी एक अर्कालाई मन पराउ“छौं हाम्रो जीवन सुखी हुन्छ किन समाजको डरमा जीवन बर्वाद गर्ने र मैतेले भन्छ हेर धनमाया हामी भागेर गए मेरो बुढी आमाको कस्तो विजोग हुन्छ म यो पाप गर्न सक्दिन् । धनमाया ठुस्किन्छे त्यसो हो भने आज सम्म तिमीले मलाई के सोचेर प्रेम गरेको त धनमायको आ“खाबाट आ“शु टलपल गर्नथाल्छ जो मैतेले सहन सक्दैन र भन्छ ठिक छ धनमाया हामी भागौं तर आमालाई .............. । मैतेको निम्ती यहा“ जटिल समस्या भईदिन्छ उसको बुढि आमा जसलाई उ यहा“ एक्लो छाडेर पनि त जान सक्दैन फेरि आमा पनि मान्नु हुन्न तब के गर्ने .........- तर उनीहरुको प्रेम यति अघि बढि सकेको थियो कि उनीहरु यी सब छाडेर भाग्न तत्पर भए तर गरिब मैते शहर नदेखेको ठिटो धनमायालाई लिएर कहा“ जाने उ अर्काे गाउ“मा शरण लिन पुगे तर पुरोहित बाजेको जजमान भएको गाउ“मा उनहिरुलाई समात्न पुरोहित बाजेलाई त्यति साह्रो परेन गाउ“मा ल्याएर धनमायालाई घरमा थुनेर राखे र मैतेलाई कुटेर गाउ“बाट खेदाए सारा समाज मिलेर ।



यसरी मजबुत धनमायाको प्रेमको हत्या भयो र पुरोहित बाजेले हवल्दार जेठोसित विवाह रचाए उ भर्खर रिटायर्ड भएर आएको थियो र पहिलो स्वास्नी केही वर्षअघि र्स्वर्गवास भएको थियो । तर हवल्दार जेठोले विहे गरेको केही दिनमै नाता भातिका कुरा सुनाउन थाले गाउ“लेहरुले र हवल्दार जेठो दिनरात जा“ड रक्सी खाएर घरमा धनमायालाई मैतेकी स्वास्नी मेरो सम्पत्तिमा रजाई गर्न आएकी भन्दै कुटपिट गर्न थाल्यो । दिनरात जा“ड रक्सी जुवा तासमा लागेपछि हवल्दार जेठोले भएभरको सम्पत्ति स्वाहा“ पार्‍यो र एकदिन गाउ“ छाडेर हिडेको कहा“ गयो कसैलाई पत्तो भएन गाउ“मा कोही भन्छन मर्‍यो भनेर कोही भन्छन अर्का लिएर शहरमा पस्यो । तर बास्विकता केहो आजसम्म धनमायालाई पनि थाहा छैन । उनीहरुको एउटा छोरो पनि थियो तर सुकेनाशले र खाना राम्रो नपाएर तीन वर्षै मरेको थियो ।



हुन त पुरोहित बाजेलाई आफ्नो भूलको अहसास नभएको हैन छोरीको यस्तो विजोक देखेपछि त्यसैले धनमायालाई माइतमा नै बोलाएर राखेका थिए र पछि छोरीको दुःख र सारा जिवन सोचेर मैतेलाई खोज्न पठाएका थिए तर मैते कहा“ गयो गयो कसैले भन्न सकेनन् । धनमायालाई भने अडकल थियो पक्कै पनि मैते आसाम गएको हुनर्ुपर्छ । मामाहरु उता छन भन्थे हुन त धनमायालाई भगाएर मैतेले आसाम लान चाहेको पनि हो तर त्यति टाढो कसरी पुग्ने विचरो गरिब मैतेमा पैसा नै कति थियो र नत्र आज शायद उनीहरुको जीवन कति सुखमय हुने थियो होला ।



जस्तै ठूलो चोटपनि समयको मलहम पट्टीले निको हुदोरहेछ बस कहिले नमिट्ने दाग रटाटो छाडेर धनमाया पनि अब त एता उता हिडडुल गर्न थालेकी थिइ ता गाउ“घरमा मानिसहरुले उसलाई कति लाश्रण लगाउथे उ यि सब सहने भइ सके की थिई । हुदा हुदा पुरोहित बाजे पनि मरेर गए अब धनमाया एक्ली छे साथमा अतितका घटनाहरु र अधुरो प्रेमहरु । हिजोआज धनमाया घर छाडेर हिड्न नथालेको पनि धेरै भयो । शायद बुढि भएर होला उसका ति सुन्दर केशहरु मुहार जम्मै कुरुप भएको छ बुढेस कालले गर्दा मुखका धेरै जसो दा“तहरु फुस्किएका छन् । बाहिर एक्लै निस्कदा केटाकेटीहरु तर्सन्छन र बोक्सी बुढी बोक्सी बुढी भन्दै जिस्काउ“छन् । तर विचरी धनमाया यि सब दुःख कष्ट सहेर पनि एउटै आशमा बा“चेकी छे र एउटै चाहनाले जिउदो राखेकी छे आफैलाई त्यो हो मर्न अघि एकपल्ट भएपनि मैतेको मुहार हेर्ने /
तुल्सी राम  पाण्डे सिमिचौर ८ राँगबास गुल्मी नेपाल
 इमेल tulsirampandey48@gmail.com    tulsirampandey48@yahoo.com
IMG0092A.jpgI