बीस वर्षमा प्रेम विवाह गरेकी सुनिता (नाम परिवर्तन) श्रीमान्को विश्वासघातका कारण एचआईभी संक्रमित बन्नुपर्यो । बिहेअघि श्रीमान्लाई एचआईभी भइसके पनि उनलाई थाहा दिइएन । श्रीमान् बिरामी भएर अस्पताल लैजाँदा डाक्टरलेसमेत उनलाई जानकारी दिएनन् । असुरक्षित यौन सम्पर्क नराख्न मात्रै सल्लाह दिए । उनले बारम्बार खोतल्ने प्रयास गरेपछि जानकारी दिइयो । श्रीमान्को दुई वर्षअघि मृत्यु भएपछि त्यसको दोषसमेत उनीमाथि थोपार्ने काम गर्यो परिवारले । परिवारबाट छिः छिः र दुरदुर मात्रै सहनुपरेन, घरबाट नै निकालिनुपर्यो उनले ।
सामाजिक संरचना र श्रीमान्को लापरबाहीका कारण एचआईभी/एड्स संक्रमित बन्न पुगेका निर्दोष महिलाको उदाहरण हुन् सुनिता । लैंगिक असमानता र सामाजिक संरचनाका कारण महिला एचआईभीबाट प्रभावित भइरहेका छन् ।
सन् २००३ को अन्त्यसम्म नेपालमा करिब ६० हजार जनसंख्या एचआईभी/एड्स संक्रमित भएको फेमिली हेल्थ इन्टरनेसनलको तथ्यांक छ । त्यसमध्ये महिलाको संख्या १६ हजार छ । तर यो संख्या राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकसँग मेल खाँदैन । केन्द्रको तथ्यांकअनुसार २००५ सेप्टेम्बर ३० सम्म ५ हजार ४ सय ६५ संक्रमितमध्ये महिलाको संख्या १ हजार ४ सय ९२ छ । ती मध्ये ६ सय २ यौनकर्मी र ७ सय २८ गृहिणी छन् । परीक्षण सुविधाको अभाव, निःशुल्क परीक्षणको न्यूनता, व्यक्तिगतरूपमा परीक्षण गरिएका केसको अभिलेख नहुँदा नेपालमा एचआईभी एड्सको अभिलेख न्यून देखिएको हो ।
एड्सको बहस सुरु भएको झन्डै १५ वर्ष भइसके पनि अझै यसलाई लैंगिक मुद्दा बनाउन सकिएको छैन । महिला अधिकारका 'ठूला कुरा' भित्र एचआईभी बहस अझै अटाउन सकेको छैन । तर एचआईभीबाट बढी मारमा परेको वर्ग यही नै हो । न्ाारीवादी आन्दोलनले एचआईभी/एड्स प्रभावित महिलाका बारेमा सशक्त आवाज उठाउन सकेको छैन । महिला, मानवअधिकारवादीलगायत राजनीतिक क्षेत्रमा यो मुद्दा सशक्तरूपमा उठाउन नसकिएको अधिवक्ता सपना प्रधान मल्ल बताउँछिन् । 'राजनीतिक, आर्थिक कुरा सबैले गर्छन्,' उनको भनाइ छ, 'तर यौनिकतासँग गाँसिएकाले यसबारे बोल्न उनीहरू हिच्किचाउँछन् ।' मानवअधिकारसँग गाँसिएकाले मानवअधिकार आयोगले यसलाई अझ प्राथमिकताका साथ उठाउनुपर्ने उनको धारणा छ ।
एड्स संक्रमित पुरुष आफ्नो अधिकारको खोजीमा संगठित हुन थालिसकेका छन् । तर महिला संस्थागतरूपमा आउने क्रम निकै कम छ । पुरुष एचआईभी संक्रमितका संस्थाले महिलाका मुद्दालाई पर्याप्त स्थान नदिने हँुदा उनीहरू नै सक्रिय हुन आवश्यक छ ।
एचआईभी भन्ने बित्तिकै यौनकर्मी महिला भन्ने भ्रम समाजमा व्याप्त भएकाले पनि सामाजिक हेय भोग्नुपर्ने डरले महिला संस्थागत रूपमा अघि बढ्न नसकेको धारणा एक्सन एडका एचआईभी/एड्स कार्यक्रमका थिम लिडर प्रवोध देवकोटाको छ ।
एचआईभी/एड्सजस्तो जटिल र संवेदनशील विषयमा संक्रमित महिला खुलेर अगाडि आउनु कम चुनौती होइन । सामाजिक संरचनाकै कारण थुप्रै महिला रोग लुकाएर बस्नुपर्ने अवस्था छ । श्रीमान्बाट रोग सरे पनि आफूमाथि दुराचारको आरोप लाग्ने डरले उनीहरू खुल्न सक्दैनन् । उपचार गर्न गइहाले पनि प्रायः स्वास्थ्य चौकीमा पुरुष स्वास्थ्यकर्मी नै रहने हुँदा उनीहरू आफ्नो समस्या भन्न हिच्किचाउँछन् र उपचारबाट वञ्चित छन् ।
अझै पनि महिलाको 'आफ्नो शरीरमाथि आफ्नो अधिकार' छैन । पुरुषले चाहेका बेला संसर्ग गर्न तयार नभए बलात्कार हुनुपर्ने अवस्था छ । 'बलात्कारमार्फत एचआईभी सर्यो भने त्यो झन् गम्भीर हुन जान्छ,' मल्ल भन्छिन्, 'तर यससम्बन्धी कानुन मौन छ ।' चाहेर पनि महिलाले सुरक्षाका उपाय अपनाउन सकेका छैनन् ।
अल्पसंख्यक यौन समूहको अधिकार प्रत्याभूत नहुँदा पनि एचआईभीको जोखिममा महिला पर्ने गरेको मल्लको अनुभव छ । सामाजिक संरचनाका कारण खुलेर सार्वजनिक हुन नसके पनि नेपालमा थुप्रै समलिंगी रहेको अनुमान छ । समलिंगीले परिवारको दबाबका कारण बिहे गर्न बाध्य भएकाले पनि श्रीमती एचआईभीको जोखिममा पर्ने सम्भावना बढी रहेको उनी बताउँछिन् ।
पछिल्लो समयमा थोरै भए पनि एचआईभी संक्रमित महिला संगठित हुन थालेका छन् । काठमाडौं, चितवन र मकवानपुरमा एचआईभी संक्रमित महिला सशक्तीकरणका लागि क्रियाशील हुन थालेको देवकोटा बताउँछन् ।
सुरुमा आफू एचआईभी संक्रमित भएको थाहा पाएर जीवन नै त्याग्ने निर्णयमा पुगेकी सुनिता डाक्टरको परामर्शबाट अहिले जनचेतना जगाउने काममा सक्रिय छिन् । स्थानीय जुनकीरी क्लबमार्फत उनले एचआईभी/एड्सविरुद्धको लडाइँमा आफूलाई समर्पित गर्दै आएकी छन् । समयमै उचित परामर्श र सहयोग पाए एचआईभी संक्रमित महिला पनि अघि बढ्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छन् उनले । तर उनीहरूले सरकार, एनजीओ तथा आईएनजीओबाट नैतिक/आर्थिक सहयोग पाउन सकेका छैनन् ।
एक्सन एडको सहयोगमा मकवानपुर, चितवन र काठमाडौंमा एचआईभी प्रभावित तथा संक्रमितहरूको संस्था सञ्चालनमा छ । यस्ता संस्थाले महिलाको पक्षमा वकालत गर्छन्, पुरुषलाई पनि सेवा प्रदान गर्छन् । एचआईभी प्रभावित तथा संक्रमित महिलालाई संस्थागत रूपमा अगाडि ल्याउन भने सजिलो छैन । चिन्ताग्रस्त मानसिक अवस्थाबाट उन्मुक्ति दिनमात्रै होइन, उनीहरूको नेतृत्व विकासका लागि संस्थागत संयन्त्र स्थापित गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको देवकोटा बताउँछन् ।
'राष्ट्रिय एचआईभी/एड्स रणनीति -२००२-२००६), राष्ट्रिय कार्ययोजना -२००३-२००७) दुवै लैंगिक दृष्टिले संवेदनशील कार्यक्रम तथा गतिविधि विकासका लागि स्पष्ट मार्गनिर्देशिका बनाउन सकिएको छैन,' डा. शरद वन्तद्वारा प्रस्तुत एक कार्यपत्रमा भनिएको छ, 'राष्ट्रिय रणनीतिले महिलामा सेवाको पहुँच अभिवृद्धि गर्न आवश्यक छ । खासगरी 'केयर एन्ड सपोर्ट' कार्यक्रममा यसको अभाव खड्कन्छ ।'
महिला र एचआईभीको कुरा गर्दा सबैभन्दा बढी जोखिममा रहेको वर्ग यौनकर्मी महिला हुन् । अझै पनि उनीहरू सुरक्षित यौनव्यवहार अपनाउन सकेका छैनन् । खासगरी ग्राहकले कन्डम प्रयोग गर्न नमान्ने र आफूले कन्डम लिएर हिँड्दा प्रहरीले दुःख दिने गरेको गुनासो उनीहरूको छ । उनीहरूलाई लक्षित गरी पर्याप्त कार्यक्रम बन्न सकेका छैनन् । नेपालमा करिब २० हजार यौनकर्मी भएको अनुमान गरिन्छ । तीमध्ये ७ हजार काठमाडौं उपत्यकामा छन् । सन् २००० मा यौनकर्मी महिलामा एचआईभी संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ, जब कि यो १९९६ मा २ दशमलव ७ प्रतिशत थियो ।
द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित महिला एचआईभीको पनि जोखिममा छन् । एकातिर आन्तरिक द्वन्द्वले विस्थापित भएर वैकल्पिक रूपमा यौन पेसा अपनाउनुपरेको छ भने अर्कोतिर द्वन्द्वकै कारण बिदेसिएका श्रीमान्बाट संक्रमित बनेका छन् । सुदूरपश्चिममा यस्ता कार्यक्रम छिर्न सकेका छैनन् । एचआईभी संक्रमित महिलाको ठूलो हिस्सा यसै क्षेत्रमा छ । डोटी र अछाममा सन् २००१ मा १० महिलाको रगत परीक्षण गर्दा पाँचजनामा एचआईभी पोजेटिभ देखापरेको थियो ।
तथ्यांकअनुसार मुम्बईमा रहेका नेपाली आप्रवासी कामदारमध्ये १० प्रतिशतमा यो पाइएको छ । रोजगारको खोजीमा भारत पसेका श्रीमान्बाट उनीहरू संक्रमित बन्ने गर्छन् । शिक्षा, जनचेतना अभावका कारण यसप्रति उनीहरू अनभिज्ञ छन् । अर्कोतर्फ रगत परीक्षणका लागि उपकरण अभावका कारण आफू एचआईभी संक्रमित भए/नभएको जानकारीसमेत पाउन सकेका छैनन् । आमा एचआईभी संक्रमित भए पनि समयमा ध्यान दिन सके बच्चालाई नलाग्न पनि सक्छ भन्ने सूचना गाउँ/गाउँसम्म पुग्न सकेको छैन ।