मंगलवार, 3 मई 2011

हजारेको आन्दोलन, नेपाललाई पाठ

 हामी नेपालीहरू विश्वका जताततै पुगेका छौँ। अनि, हाम्रो मुलुकमा पनि विश्वका विभिन्न क्षेत्र प्रतिनिधित्व गर्ने बासिन्दाहरू आइपुगेका छन्/आइपुग्ने गर्छन्। विश्व रंगमञ्चका घटनाहरू अब टीभीका प्रतिविम्ब मात्र रहेनन्, प्रभावका माध्यम बनेका छन्। उदाहरणका लागि लिबियाको द्वन्द्वले हामीलाई छोयो। जीविका चलाउन त्यहाँ पुगेका नेपालीहरू र्फकनुपर्‍यो। युद्धग्रस्त त्यस क्षेत्रमा बसिरहने कुरै भएन, तब न आफ्नो मातृभूमिको महत्त्व, मातृभूमि नहुँदो हो त कहाँ जाने? छिमेकका घटनाक्रमले त हामीलाई झनै छुने गर्छन्, नजिकै जो भए ती। चीन र भारतका घटनाक्रम हामीसित जोडिन आइपुग्छन्, हाम्रो पनि चासोको विषय बन्छ।

दक्षिणको छिमेकीसित हाम्रो जति संसर्ग छ, तुलनात्मक रूपले उत्तरको छिमेकीसित छैन। शिक्षा, तीर्थाटन, व्यापार, बिहेबारीजस्ता क्रियाकलापले त्यतापट्ट िबढी संसर्ग स्थापित गरेको हो। त्यताको परविर्तनले हाम्रोतर्फ पनि प्रभाव पर्छ। नेपालमा राणाशासनको अन्त्य महात्मा गान्धीको अहिंंसावादी आन्दोलनले सिर्जना गरेको परविर्तनको सिलसिलाको एउटा प्रभाव थियो। त्यस सिलसिलाका नेता अब नेपालमा छैनन्, सन्दर्भ पनि भिन्नै छ।

गुयरनिका नामक राजनीति र साहित्यसम्बन्धी पत्रिकालाई दिएको अन्तर्वार्तामा भारतीय लेखिका अरुन्धती राय भन्छिन्, "भारतको वर्तमान सामाजिक राजनीतिक परविेश स्वतन्त्रता आन्दोलनतिरको जस्तो छैन।" ठूला बाँध निर्माणका कारण विस्थापित भएका व्यक्तिहरूले भोगेको अन्याय विरोध गर्ने संवेदनशील रायले आणविक ऊर्जा, भूमण्डलीकरणसम्बन्धी वा कश्मीरबारे दिएका अभिव्यक्ति भारतीय मूलधारको अनुमोदनमा पर्दैन। गुयरनिकाका अनुसार, उनको घरको ढोकामा टाँसिएको सन्देशले भन्छ, "हिजोआज हामी चनाखो रहनुपर्छ किनभने...।" भारतको प्रजातान्त्रिक यात्रामा मानवीय संवेदना समेट्ने र बुझ्ने लेखिका यसरी एक्लिनु सकारात्मक सन्देश होइन !

केही वर्षयता गान्धीले प्रतिनिधित्व गरेको सामाजिक न्यायका मूल्य र अन्याय प्रश्न गर्ने सामाजिक आन्दोलन छायाँमा परेका छन्। यस्तो लाग्थ्यो, धनाढ्यहरूको गाथा, तिनको जीवनपद्धति, सोच-विचार र त्यसले अघि ल्याएको सार्वजनिक र निजी क्षेत्रको हातेमालोको अवधारणा नै राज्य सञ्चालनको विधि हो। त्यो आख्यान पढ्दा-सुन्दा यस्तो लाग्थ्यो, आर्थिक वृद्धिदर मात्रै समृद्धिको मानक हो, सामाजिक र वातावरणीय न्यायका प्रश्नहरू बिर्से पनि हुन्छ। हाम्रैतिर प्रस्ताव गरएिका विकासका नीतिहरू पनि फरक छैनन्। यो दृष्टिकोण भन्छ, योजना निर्माण मात्रै उद्देश्य हो, त्यस क्रममा कसैले प्रभाव त भोग्नैपर्छ। अम्लेट खान अन्डा फोर्नैपर्‍यो नि ! यस्तो सन्दर्भमा सभ्य विमत कसरी प्रकट गर्ने? सामाजिक न्यायका मान्यता कसरी स्थापना हुन्छन्?

भारत स्वतन्त्र भएपछिको कालखण्डमा प्रस्तुत भएका तर्क पनि माथि भनिएको भन्दा फरक थिएनन्। तर, विकासको त्यस बाटोले खासगरी पानीको क्षेत्रमा साह्रै अन्याय भयो, अन्याय अझै हुन्छन्। अन्यायप्रति प्रश्न गर्दै भारतमा १९७० को दशकमा सशक्त सामाजिक आन्दोलनहरू सुरु भए। आन्दोलनहरूले सामाजिक न्याय, विकासको वैकल्पिक अवधारणा एवं बहुलवादी प्रजातन्त्र स्थापना गर्ने मान्यताहरू अघि ल्याए। अर्थात्, प्रजातन्त्र भनेको भोट हाल्नु र सरकार छान्नु मात्रै होइन, शासन पद्धतिमा नागरकिको साँच्चिकै सहभागिता प्रत्याभूत हुनु हो।

आर्थिक वृद्धिदर मात्रै गन्तव्य हो भन्ने अति घमण्डको एउटा नकारात्मक प्रभाव देखापर्‍यो, संस्थागत भ्रष्टाचार, अकल्पनीय स्तरमा। केही समयअगाडि नेपाल आएका भारतको सामाजिक आन्दोलनमा सहभागी एक मित्रले बताए, "हाम्रोतिर त आफ्नो गुठी-गुठियारको मूल्यांकन गर्ने तरकिा नै के भयो, के !" उनका अनुसार, गुठियारहरू दु:ख मनाउँछन्, 'मेरो फलानोले त १० करोड मात्र कमाएछ, ढिस्कानोले एक हजार करोड कमायो। हाम्रो त बेइज्जत नै भयो।" साह्रै पीडादायी थियो उनको यो स्वीकारोक्ति।

होइन रहेछ, यो स्िथति स्वीकार्य रहेनछ, भारतीय समाजलाई। त्यो विरोध प्रतिनिधित्व गर्दै आफ्नो जिन्दगी सामाजिक रूपान्तरणमा समर्पण गरेका गान्धीवादी अभियानकर्ता अन्ना हजारे अनशनमा बसे। भारतमा प्रचलित संस्थागत भ्रष्टाचार स्वीकार छैन, त्यसको नियमनका लागि कानुन आवश्यक छ, उनले माग गरे। घटनाले अप्रत्यासित रूपमा राजनीतिक आन्दोलनको रूप लियो। उनको आन्दोलनमा भारतका हरेक तप्का सहभागी भए। ओझेलमा परेको सामाजिक न्यायको दर्शन फेर िजुर्मुराएर उठ्यो। भारतको केन्द्र सरकार बाध्य भयो, नयाँ परििस्थतिसित सम्झौता गर्न र हजारेको माग स्वीकार गर्न।

यस घटनाले समाजमा बहुलवादी प्रजातन्त्र स्थापना गर्न कस्ता आधार आवश्यक हुन्छन् भन्ने पाठ प्रस्तुत गर्छ। भारतका सामाजिक आन्दोलनहरू त्यस मुलुकको राजनीतिक परविेश र संविधानले प्रत्याभूत गरेका अधिकार हुन्। सो अधिकार प्रत्याभूत गर्न लामो कालखण्डसम्म बेलायती शासनबाट स्वतन्त्र हुन चलेको राजनीतिक आन्दोलन र त्यसले स्थापना गरेको मूल्य केन्द्रविन्दुमा रह्यो। अन्ना हजारे यही परविेशका उपज हुन्। भारतको प्रजातान्त्रिक व्यवस्थाले भ्रष्टाचार स्वीकार्य छैन भन्ने माग उठाउने तप्का ज्यूँदो राख्यो।

सरकार र बजारले समाजमा पार्ने भूमिका आ-आफ्ना छन्। कुनै हदमा ती दुईबीच सहकार्य आवश्यक होला तर केही वर्षदेखि वादका रूपमा प्रतिपादित सार्वजनिक-निजी क्षेत्र हातेमालोले बृहत् स्तरमा सामाजिक हित गरेन, भारतको भ्रष्टाचार यसैको प्रतिफल हो। यो अमान्य परििस्थति परविर्तन गर्ने वास्तविक माग न त सरकारबाट आयो, न निजी क्षेत्रबाट नै। माग आयो, यी दुई संरचनाभन्दा पृथक् रहेको अन्ना हजारेको सामाजिक आन्दोलनबाट।

हैकमवादी राजनीतिक व्यवस्थामा यस खालको सामाजिक आन्दोलन सम्भव हुँदैन। आर्थिकदर वृद्धि त होला तर समृद्धिको प्रजातान्त्रीकरण हुँदैन। जो सत्तामा छन्, जो शक्तिशाली छन्, ती धन-दौलत कुम्ल्याउन सफल त हुन्छन् तर समाज समृद्ध बन्दैन। नेपालको राजनीतिक यात्राले अन्ना हजारेको आन्दोलनबाट लिनुपर्ने पाठ यही हो, कसैको पनि हैकम स्वीकार्य हुनुहुँदैन ।

हुनसक्छ, कौतूहल

गौरवका साथ भन्न सकिन्छ, नेपाल खुला म्युजियम (संग्रहालय) हो । विदेशीले अबार्ंै रुपियाँ लगानी गरेर मात्र स्थापना गर्न सक्ने यस्ता म्युजियम हाम्रा टोलटोलमा छन्, जहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तु हेर्न रकम खर्चिनुपर्दैन । यस्ता सम्पदाले इतिहास बताउँछन्, तत्कालीन जीवनशैली बोल्छन् । र, कला विकासको गति प्रस्ट्याउँछन् । चर्चा गर्न खोजिएको विषय हो, १ हजार ६ सय वर्षसम्म निरन्तर एउटै विषयमा बनाइएका मूर्तिकलाका शृंखलाको । त्यो हो, परम्परागत नेपाली मूर्तिकलाको आयामिक महत्त्व उजागर गर्ने उमामहेश्वरको मूर्ति शृंखला ।

उमामहेश्वरका मूर्ति नेपालमा कति छन् त ? यसको लेखाजोखा कसैसँग छैन । काठमाडाँै उपत्यकाको पुरानो बस्तीको कुनै पनि ठाउँबाट पाँच मिनेट हिँड्ने हो भने यस्ता पाँचवटासम्म मूर्ति भेट्न सकिन्छ । ढुंगेधारा, पाटीपौवा जता पनि भेटिन्छन् । उमामहेश्वरका जति धेरै मूर्ति छन्, महत्त्व पनि त्यत्तिकै । यसले नेपाली कलाको इतिहास मात्र प्रदर्शन गर्दैन, तत्कालिक समाज चियाउने आँखीझ्याल पनि हो ।

कैलाश पर्वतमा आनन्दले बसेका शिव र पार्वतीको रूप नै उमामहेश्वरको मूर्ति हो । शिवको यो सौम्य रूप हो । पार्वतीलाई अँगालोमा राखेर उनले छातीमा हात राखेका छन् । उनको वाहन नन्दी पनि छेउमा छ । दोस्रो/तेस्रो शताब्दीमा निर्मित उमामहेश्वरको मूर्ति यस्तैमा सीमित थियो । जस्तो- चाँगुनारायणको छिन्नमस्ताभित्रको, पशुपतिनाथ अरुणधाराको र पाटनको चामुण्डा मन्दिर परसिरका मूर्ति यस समूहमा पर्छन् ।

कथा कुमारीआमाहरूको

हेटौँडा, बस्तीपुरकी कस्तूरी शर्मा, २५, नारायणगढ बस्ने सम्झना थापामगर, २० र माडी कल्याणपुरकी कल्पना क्षेत्री, २१, बीच कम्तीमा एउटा समानता छ। यी तीनै ख्यालख्यालमै कुमारीआमा बनेका हुन्। प्रेमको कमजोर धरातलमा फक्रिएको सम्बन्ध र त्यसैको परण्िाामका रूपमा उनीहरूले खेप्नुपरेको सामाजिक दुत्कार यी तीनको साझा नियति हो। हेटाँैडा, भैँसेकी उर्वशी विष्ट र हटिया माइत भई हाल कमानेमा बस्ने कौशिला ठकुरी पनि यस्तै पात्र हुन्, जसले कुमारीआमा बनेपछिको सामाजिक सास्ती खेपिरहेका छन् र आँखाभर िआँसु बहाइरहेका छन्।

यो परदिृश्य चितवन जिल्लाको हो। कहानी यत्तिमै सकिन्न। चितवन र छिमेकी जिल्ला मकवानपुरमा कुमारीआमाहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ र यो एउटा सामाजिक समस्याका रूपमा पनि देखा पर्दैछ।


कुमारीआमाहरूको विषयमा काम गररिहेको संस्था आदर्श गृहका अनुसार, चितवनमा मात्रै बर्सेनि १२ देखि १५ युवतीहरू कुमारीआमाको लाइनमा आइपुग्ने गर्छन्। गृहकी अध्यक्ष मीना खरेल भन्छिन्, "समाजभित्रै गुपचुप रहने यस्ता घटना कति छन् कति!" उनका अनुसार, कुमारीआमा बन्नेहरूमध्ये अधिकांश २५ वर्षमुनिका हुन्छन्। एसएलसी पनि पास नभएका स्कुले केटीहरू नै यस्तो समस्याको सिकार बन्ने गरेका छन्। चितवन जिल्ला अदालतमा मात्रै यतिखेर कुमारीआमासम्बन्धी सातभन्दा बढी मुद्दा दर्ता छन्। खरेलको अनुभवमा अधिकांश घटनामा माइती पक्षकाहरू कुमारीआमाका सन्तानलाई अरूको जिम्मा लगाएर छोरीलाई अरूसँग बिहे गर्न तम्सिन्छन्।


प्रेमपछिको गर्भाधान र त्यसपछि प्रेमीले छोडेर भोग्ने घटनाका धेरै पीडितहरूले सामाजिक तिरस्कार, घृणा र अपहेलना त सहेकै छन्, तीमध्ये धेरै अवसादग्रस्त पनि छन्। कहिलेकाहीँ त आत्महत्यासम्मका घटना पनि हुने गरेका छन्। जसको एउटा उदाहरण हुन्, तीन वर्षअघि काठमाडौँको कन्या क्याम्पसमा पढ्दै गरेकी पश्चिम चितवनकी एक कुमारीआमा। जसले आफ्नो सन्तानसहित आत्महत्या गरेकी थिइन्। स्थानीयका अनुसार, सामाजिक तिरस्कार खेप्न नसकेर तिनले आत्महत्या गरेकी थिइन्।


प्रेमी भागेपछि लोकलाज सहन गरेर माइतीकै शरणमा बस्ने बाध्यता छ, कुमारीआमाहरूलाई। जस्तो- पूर्वी चितवनको वीरेन्द्रनगरकी सम्झना थापामगर, २०। स्थानीय एक युवकसँगको प्रेमसम्बन्ध शारीरकि सम्पर्कमा विकसित भएपछि आमा बनेकी सम्झना अहिले माइतीकै शरणमा छिन्। केही महिना उनले आफ्नो बेपत्ता प्रेमीको खोजी पनि गरनि्। तर, प्रेमीको अत्तोपत्तो नलागेपछि उनी दु:खका दिनहरू काटिरहेकी छन्।

७ कक्षामा पढ्दै गरेकी चितवन, माडी कीर्तनपुरकी कल्पनाको पनि त्यस्तै कथा हो। आफ्नै स्कुलको कक्षा ९ का आपना पुरुष सहपाठीको प्रेमजालमा परनि्। किशोरी उमेरमै उनीहरूबीच शारीरकि सम्बन्ध कायम भयो र कल्पनाले माइतमै बच्चा जन्माइन्। तर, उनका प्रेमी पनि गाउँ छोडेर भागे। कल्पनाको दु:खको कथा यहीँबाट सुरु हुन्छ। सन्तान जन्माएको डेढ महिनापछि कल्पना प्रेमीको घर छिरनि्। स्थानीय बासिन्दाको पहलमा भगौडा प्रेमी खोजेर नवजातको न्वारान पनि गरयिो। तर, न्वारानपछि कल्पनाका प्रेमी फेर िगायब भए। कल्पना केही महिना कष्टसाथ गोठमा बसिन्। चरम कष्टका बीच उनी माइती फर्किन्। अहिले उनको बच्चा झन्डै पाँच महिनाको भइसकेको छ। तर, बाबुको अनुपस्िथतिमा जन्मदर्ता हुन सकेको छैन। कल्पना सुकुम्बासी माइतमा दु:खजिलो गरेर बसेकी छन्। न विवाह गरेको कुनै प्रमाण छ, न प्रेमी र प्रेमीका परविारले नै स्वीकाररिहेका छन्।

महिलाहरूलाई कानुनी हक दिने अभियानमा लागेकी जिल्ला बार एसोसिएसनकी पूर्वउपाध्यक्ष फूलमाया रानाभाट मोबाइल फोनबाटै प्रेमसम्बन्ध गाँस्न सकिने भएपछि कुमारीआमा बन्नेहरूको संख्या बढिरहेको बताउँछिन्। हेटौँडा घर भएकी कस्तूरी उप्रेती मोबाइल फोनका कारण पीडित बन्नेहरूमध्येकी त्यस्तै एउटा उदाहरण हुन्। उनी अहिले घर न घाटकी भएकी छन्। सुन्दा काल्पनिक कथाजस्तो लागे पनि कस्तूरी स्वयं त्यस घटनाकी मुख्य पात्रा हुन्। मोबाइलबाट जोडिएको प्रेमसम्बन्ध र त्यसैको जगमा टेकेर गरएिको विश्वासले अहिले उनी अलपत्र परेकी छन्। हेटाँैडाकी महिला अधिकारकर्मी मन लामाका अनुसार, ८० प्रतिशतभन्दा बढी घटनामा मोबाइल नै प्रारम्भिक माध्यम देखिन्छ।

जिल्ला प्रहरी कार्यालय, चितवनको महिला सेलकी उषा ढुंगानाका अनुसार, वाषिर्क आधा दर्जनको हाराहारीमा कुमारीआमाका घटनाहरू महिला सेलमा आउने गरेका छन्। उनी महिलाहरू नै चेतनशील नबनेसम्म यस्ता समस्या समाधान नहुने बताउँछिन्।

मोबाइल फोनबाट प्रेम गाँसेका कुमारीआमाहरूको व्यथाको अर्को पाटो हो, प्रेमी बेपत्ता भएपछि खोज्नै नसकिनु। जस्तो- डेढ वर्षअघि दिदीको घर गोरखा, खोप्लाङ पुगेर फर्केकी कस्तूरीको अनुभवले नै त्यो बताउँछ। फकर्ंदा उनी छेपेटारमा गाडी कुर्दै थिइन्। त्यहीबेला एक युवक उनीसँग चिनजान गर्न आइपुगे र कुराकानीकै क्रममा उनले मोबाइल नम्बर दिइन्। स्नातक दोस्रो वर्षकी छात्रा कस्तूरी हेटाँैडास्िथत आपनो घर पुगेपछि महेन्द्र नामका ती युवकसँगको निरन्तर सम्पर्कमा रहिन्। उनीहरूबीच दैनिक टेलिफोन आदानप्रदान हुन्थ्यो। टेलिफोनबाटै उनीहरूबीच प्रेमको टुसा अंकुरायो। कस्तूरी भन्छिन्, "त्यतिखेर विश्वास नहुने कुरै भएन।" यही विश्वासको डोरी समातेर कस्तूरीले महेन्द्रलाई दुईपटकसम्म भेटिन्। महेन्द्र पनि उनलाई नै भेट्न भनेर कतिपल्ट त हेटौँडासम्म धाउँथे। भेटघाट बाक्लिएपछि उनीहरूबीच यौनसम्पर्क भयो र कस्तूरी गर्भवती बनिन्। कस्तूरीकै शब्दमा बिहेको आश्वासन दिएपछि उनले गर्भपतन गर्ने विचारसमेत त्यागिन्।

प्रेमीकै पछि लागेर उनी नारायणगढ आएर एउटा होटलमा बसिन्। सात दिनसम्म होटलमा सँगै बसेपछि महेन्द्र उनलाई छोडेर भागे। एकातिर खर्चको अभाव र अर्कातिर बच्चा जन्मिने दिन पनि नजिकिँदै गर्दा होटलधनीले उनलाई सामुदायिक प्रहरीको जिम्मा लगाइदिए। त्यसैको केही दिनपछि कस्तूरीले बच्चा त जन्माइन् तर मृत। त्यसपछि मात्रै उनले बिहे गर्छु भनेर आश्वासन दिने महेन्द्र त दुई छोराछोरीका पिता भएको थाहा पाइन्।

यतिखेर कस्तूरी घर छोडेर भरतपुरमा कोठाभाडा लिई एक्लै बस्दै आएकी छन्। कानुनी उपचारको आशामा कस्तूरीले १७ भदौमा चितवन जिल्ला अदालतमा मुद्दासमेत दर्ता गरेकी छन्। प्रेमको नाटकमा परेर कस्तूरीले स्नातकको पढाइ बिगारनि् र घरसमेत त्याग्न बाध्य भइन्। भन्छिन्, "विश्वास गर्नु मेरै गल्ती थियो।" कस्तूरीका भगौडा प्रेमी महेन्द्र यतिखेर उनलाई मुद्दा नलड्न आग्रह गररिहेका छन्। तर, उनी न्याय नपाएसम्म पछि नहट्ने विचारमा छिन्। भन्छिन्, "जिन्दगीमा सबथोक गुमाएँ तर न्याय गुमाउँदिनँ।"

हेटाँैडामा कस्तूरी मात्रै एक्ली छैनन्, जसले कुमारीआमा बनेकै कारण सास्ती खेपिरहेका छन्। भैँसे गाविसका सचिव शंकर थापा बाबुको टुंगो नलागेका कुमारीआमाहरू सन्तान बोकेर तिनको जन्मदर्ता गर्न आउने अनेकन घटनाका साक्षी बनेका छन्। उनका अनुसार, कतिपय अभिभावकहरू घटना सार्वजनिक नहोस् भनेर छोरीका सन्तानलाई पनि आफ्नै हो भनेर जन्मदर्ता गराउन आउँछन्।

नजिक भएका कारण स्कुले उमेरका केटीहरू भागेर काठमाडौँ पुग्छन्, गर्भवती बन्ने र फर्किने कैयन् घटना भएका छन्, भैँसेवरपिरकिा गाविसमा। गाविस सचिव थापाका अनुसार, यस्ता घटनाहरूलाई अक्सर लोकलाजका कारण गाउँमै गुपचुप पारन्िछ। गाउँमा नयाँ बच्चा भित्रिन्छ तर नयाँ ज्वाइँ देखा पर्दैन। स्थानीय बासिन्दाहरूका अनुसार, भैँसैमा मात्रै माइत बस्ने कुमारीआमाहरूको संख्या ५० को हाराहारीमा छ।

केही महिनापहिले मात्रै श्रीकृष्ण माविको कक्षा ६ मा पढ्ने घन्टेखोलाकी कुन्ती पाखि्रन मोबाइल सम्पर्कबाटै काठमाडौँमा बस्ने केटासँग भएको प्रेमसम्बन्धपछि काठमाडौँ भागिन्। पछि सपनालाई भगाउने केटाकी श्रीमतीले नै सपनालाई गाउँ फर्काएकी थिइन्। स्थानीय महिला र माइती नेपालका प्रतिनिधिहरूको रोहवरमा केटालाई काठमाडौँबाट बोलाएर सहमति गराइएको थियो।

भैँसे-१ की उर्वशी विष्ट अहिले आफ्नी छोरीसहित माइतीमा बस्दैछिन्। उर्वशीको जीवनमा प्रेमको उपलब्धि भनेको दुई वर्षकी छोरी प्रकृति मात्रै हुन्। बच्चा जन्मेलगत्तै उनलाई छोडेर श्रीमान् बेपत्ता भएपछि उनी माइतीको शरणमा छिन्। कुमारीआमा भएकै कारण उनले आफ्नी छोरीको जन्मदर्तासमेत गर्न सकेकी छैनन्। जन्मदर्ताको अभावमा स्थानीय विद्यालयले उनकी छोरीलाई भर्ना गर्न मानेको छैन।

तीन वर्ष प्रेमको बाटो हिँडेकी उर्वशी गर्भपतनबारे पनि जानकार थिइन्। तर, उनका प्रेमीले गर्भपतन स्वीकारेनन्। उर्वशी भन्छिन्, "उनले नै बिहे छिट्टै गर्ने भनेपछि मैले बच्चा जन्माएँ।" तर, बच्चा तीन महिनाको भएपछि प्रेमी बेपत्ता भए। त्यसपछिका तीन वर्षसम्ममा उर्वशीले उनको कुनै खबर पाएकी छैनन्। हुन त बच्चा जन्मेपछि उनी पहिलोपल्ट प्रेमीको घरसमेत गएकी थिइन्। त्यतिखेर उनले आफ्ना प्रेमी विवाहित भएको थाहा पाइन्। भन्छिन्, "उसका त दुई बच्च्ाासमेत रहेछन्।"

माइती नेपाल, हेटाँैडाकी सह-संयोजक मन लामाका अनुसार, अधिकांश कुमारीआमाहरूको व्यथा सार्वजनिक हुन सकेको छैन। १३ वर्षदेखि महिला हकहितको क्षेत्रमा कार्यरत लामाको अनुमानमा मकवानपुरमा मात्रै एक सयभन्दा धेरै कुमारीआमाहरू छन्। तर, अधिकांश न्यायको खोजीमा अदालतसम्म पुग्दैनन्।

हटिया माइत भई हाल कमानेमा बस्ने कौशिला ठकुरी, ४६, को कथा पनि अन्य कुमारीआमाको भन्दा फरक छैन। सानै उमेरदेखि घर छोडेर हेटौँडास्िथत कपडा उद्योगमा काम थालेकी बजारमै डेरामा बस्िथन्। उनकै डेरा नजिक कपडा व्यापारी नारायणजंग मल्ल पनि बस्थे। एक-दुईपटकको देखादेखमा उनीहरूको आँखा जुध्यो, माया बस्यो र सम्बन्ध शारीरकि सम्पर्कसम्म पुग्यो। जब कौशिला गर्भवती भइन्, नारायण उनलाई छोडेर हिँडे। कौशिलालाई नारायणले आफ्नो घर नेपालगन्ज बताएका थिए। त्यसबाहेक कौशिलालाई नारायणका बारेमा अरू केही थाहा छैन।

बच्चा जन्मेपछिका वर्षमा कौशिला बच्चा काखी च्यापेर नेपालगन्जका दुई-चार गाउँ पनि घुमिन् तर प्रेमीको पत्तो लागेन। अहिले उनकी छोरी झन्डै २३ वर्षकी भइसकेकी छन्। तर, बाबुको पहिचान नहँुदा उनले नागरकिता पाउन सकेकी छैनन्। कौशिला भन्छिन्, "प्रेमको अन्धो विश्वासले जिन्दगी बर्बाद भयो।" प्रेमीले छोडेपछिका केही वर्षमा कपडा उद्योग पनि बन्द भयो। माइतीको शरणमा जान नसकेपछि कौशिला ०५७ मा कुवेत गइन्। वैदेशिक रोजगारबाट उनले सानो घर त जोडेकी छन् तर उनको मनको आगो अझै निभेको छैन। भगौडा प्रेमीको याद त यतिखेर उनलाई आउँदैन तर एउटै घटनाले मोडिएको जिन्दगीको बाटो उनी अझै हिँडिरहेकी छन्। भन्छिन्, "व्यावहारकि रूपमा हेर्ने हो भने कुमारीआमाहरूले कहिल्यै क्षतिपूर्ति पाउँदैनन्।"

(पीडित महिलाहरूको नाम परविर्तन गरएिको छ- सं)


माडीको अर्को कथा

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेनाबाट निकुञ्ज त सुरक्षित भएको छ तर माडीका केही युवतीहरू भने कुमारीआमा बनेका छन्। ०३२ सालमा निकुञ्ज सुरक्षार्थ ब्यारेकको स्थापना भएपछिका हरेक वर्ष माडीमा कुमारीआमाहरूको संख्या थपिँदो छ। ब्यारेकका सैनिक जवानसँगको प्रेमसम्बन्ध र त्यसैको परण्िातिबाट सन्तान जन्माएका कैयन् कुमारीआमाहरू बिचल्लीमा छन्। घाँस-दाउरा गर्न जंगल पसेका माडीका युवतीहरूको प्रेमले उनीहरूकै जीवनमा अवसादको बादल लगाइदिएको छ। यसरी अवसादको बादल लागेका ८२ महिला यतिखेर बाबुविहीन १ सय २२ छोराछोरीहरूलाई हुर्काइरहेका छन्।

तिनीहरूमध्येकै एक हुन्, कल्याणपुरकी अनिता चेपाङ, जसले आफ्नी १० वर्षकी छोरीको बाबुलाई हालै मात्र भेट्टाइन्। ०५६ सालमा महेन्द्र दल गणका सिपाही कालीप्रसाद चौधरीसँग प्रेमसम्बन्ध गाँसेकी अनिताले उनकै नासोस्वरूप ०५८ मा छोरी जन्माएकी थिइन्। छोरी नजन्मिँदै कालीप्रसाद सरुवा भए। त्यसपछिका १० वर्षमा उनले अनगिन्ती सास्तीहरू खेप्नुपर्‍यो। छोरीको बाबु खोज्न उनले गोरखाको पालुङटारदेखि हेटौँडाको सुपारीटार ब्यारेकसम्म चहारनि् तर भेटिनन्। छोरी जन्मिएपछिको माइती बसाइमा अनिताले अनेकन सास्तीहरू खेपिन्। अनिता भन्छिन्, "कतिले बैँशमा आँखा देखिनस् भने कतिले यसको बाबु को हो भनेर प्रश्नका तीर हाने।" अहिले अनिता आफ्ना माइतीको सहयोगमा नजिकै सानो झुपडी बनाएर दिन गुजाररिहेकी छन्।

अनिताजस्ता अधिकांश कुमारीआमाहरू सामाजिक तिरस्कार पनि खेप्दैछन्। अनिता भन्छिन्, "कुलको इज्जत फाली, समाजको नाक काटी भन्ने अवगाल अहिलेसम्म सुन्नुपरेको छ।"

अनिताकै जस्तो व्यथा छ, कृष्णनगरकी बाटुली दुरा, ३६, को पनि। प्रेमी भागेपछि उनी दु:खजिलो गरेर छोरी हुर्काइरहेकी छन्। ०५० सालमा श्रीनाथ गण कसराका सिपाही भोजबहादुर गुरुङसँग प्रेम गरेकी बाटुली बिहेपछिका पाँच महिना मात्रै श्रीमान्सँग बसिन्। त्यसपछि बाटुलीलाई छोडेर गएका भोजबहादुरको पत्तो छैन। बिहे दर्ता नभ्ाएका कारण उनी छोरीहरूको नागरकिता बनाउने समस्यामा छिन्। भन्छिन्, "मलाई ढाँटेर दोस्री श्रीमतीका रूपमा बिहे गरेको पछि मात्रै थाहा पाएँ।" उनीसँग भोजबहादुरका साथ खिचेको पुरानो र घुर्मैलो तस्िबर मात्रै बाँकी छ अब, जसले बाटुलीको पीडा मात्रै बल्झाउँछ।

सम्भवत: माडीमै सबैभन्दा पहिला कुमारीआमा बन्नेहरूमा पर्छिन्, सान्दिदी दुरा, ४९। ०३२ सालमा उनले सिपाही बनेर आएका यमबहादुर दुरासँग जंगलमा घाँस-दाउरा गर्ने क्रममा प्रेम गरनि् र भागी विवाह पनि। यमबहादुरले छोडेपछिका कैयन् वर्षसम्म सान्दिदीले समाजमा गर्नुपरेको संघर्षको कथा अहिले नयाँ पुस्ताका युवतीहरूसम्म सुन्दैछन्। सान्दिदी भन्छिन्, "मायाको जालमा परेर जिन्दगी गुमाउने क्रम रोकिएलाजस्तो छैन।"

पारालिगल कमिटी अयोध्यापुरकी अध्यक्ष मनकला आचार्यका अनुसार, अयोध्यापुरमा मात्रै १८ जना कुमारीआमा छन्, जसमध्ये अधिकांशका सन्तानका बाबुको पहिचान हुन सकेको छैन। र, तीमध्ये एक जनाको मात्रै नागरकिता बनेको छ। अधिकांश कुमारीआमा मानसिक तनाव पनि झेल्दैछन्। अनिता भन्छिन्, "छोरीलाई स्कुलमा बाबुबिनाकी भनेर हेप्छन्।"

रविवार, 1 मई 2011

आशा जगाउने युवा

युवावर्ग चेतनशील हुन्छ। यस वर्गमा परिवर्तनको तातो जोस हुन्छ। युवा शक्तिले विशाल सैन्यशक्तिलाई तहसनहस पारिदिएको छ। डरलाग्दा तानाशाहलाई गर्ल्यामगुलर्म ढालिदिएको छ। पछिल्लो उदाहरण टुयिनिसिया भएको जनसंघर्ष ताजै छ। सानो सहर अलबौदिदीका एक युवकले ठेलागाडामा सामान बेचेर जीवन गुजारा गर्न नपाएको पीडामा आत्महत्या गरेपछि उर्लिएको जनउभारले ट्युनिस राष्ट्रपति बेन अलीको शासनै ढल्यो। देशै छाडेर साउदी अरेबियामा शरणमा जानुपर्ने अवस्था उत्पन्न भयो।
नेपालमा पनि लोकतान्त्रिक आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन युवा पुस्ताकै मुख्य भूमिका छ। राणा शासनविरोधी २००७ को ऐतिहासिक जनक्रान्ति, प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक परिवर्तन युवापुस्ताकै कारण सफल भएको हो। अझ हाम्रो देशमा त एउटा सिंगो पुस्ताले सम्पूर्ण जीवनै प्रजातन्त्रप्राप्तिका लागि उत्सर्ग गरेका छन्। दोस्रो जनआन्दोलनले नेपालको इतिहासमा महत्वपूर्ण पाना थप्ने काम त गर्‍यो नै विश्वलाई नै चकित बनाउने गरी नेपाली क्रान्तिको नमुना देखाइदियो। तर, बितेको ६१ वर्षमा मुलुकमा पटकपटक परिवर्तनका लागि लडेकाहरू अझै ढुक्क हुने अवस्था छैन। विसं २०६२/६३ मा अन्तिमपटकका लागि भन्दै सडकमा ओर्लिएका परिवर्तनकामी जनता 'अन्तिम' भन्दै कतिपटक अझै सडकमा उर्लिनुपर्ने हो ठेगान छैन।

हरेकपटक युवावर्ग आन्दोलनका लागि डटिरहनुपर्ने अवस्था किन आइपर्छ? यो प्रश्नको उत्तर त्यति सहज नहुनसक्छ। परिवर्तन भनेको नराम्रोबाट राम्राका लागि र राम्रोबाट झन् राम्राका लागि हो। सत्तासीनहरू जनताको इच्छा र आकांक्षाअनुरूप चल्नुपर्छ। तर, के हाम्रोजस्तो अल्पविकसित राष्ट्रले युवापुस्ताको सही सदुपयोग गर्न सकेको छ त? लडाइँहरू, ईंटा, ढुंगा, गोलाबारुद, बम, बन्दुक र राजनीतिक स्वार्थपूर्तिकै लागि मात्रै हुन् त युवापुस्ता? चुनावताका युवालाई फुर्काउन चर्काचर्का नारा लगाउने नेताले बितेको छ दशकमा झोले कार्यकर्ता र रक्षाकवचबाहेक युवालाई के नै ठानेका छन् र?
आजको युवा पुस्ता विदेशिन बाध्य छ। परिवारको सुख सुविधाका लागि भन्दा पनि गुजारै चलाउन पनि उनीहरू विदेशिएका छन्। साथै, बिनाकाम रल्लिनुभन्दा विदेशी भूमिमै भएपनि पसिना बगाएर केही कमाउँ भन्नेको लर्को विदेशतिर लागिरहेको छ। कस्तो बिडम्वना, एकातिर गाउँका खेतपाखा उजाड छन्, अर्कातिर हाम्रा युवा भने केही हजार रुपियाँमै काम गर्न ऋण खोजेर विदेश भासिएका छन्। शैक्षिक बेरोजगार पनि यही वर्गले भोगेको छ।
यसका कारण पनि छन्। युवालाई सकरात्मक सोच्न सिकाइएन। आफ्नो देशमा 'सानोतिनो' काम गर्न लाज मान्ने युवा विदेशी भूमिमा सबैभन्दा तुच्छ, कठिन र फोहोरी मानिएका काम गर्न तयार हुन्छन्। स्वदेशमै रहेका अधिकांश युवा पनि अनुत्पादक काममा व्यस्त छन्। धेरै दुर्व्यसनमा फसेका छन्। परिश्रम गरेरभन्दा पनि 'इजी मनी' को मोह युवा पुस्तामा देखिन्छ। अपराधमा युवा पुस्ताको बढ्दो संलग्नता 'इजी मनी' नै प्रमुख कारण हो। कसैलाई डर, धाक, धम्की देखाएर सजिलै पैसा कमाउन सकिन्छ भने हातपाखुरा किन बजार्ने भन्ने सोच बलियो र व्यापक छ। युवा पुस्तालाई राज्यले सभ्य र अनुशासित बन्न सिकाएको पनि छैन। सकारात्मक मार्गमा लाग्न प्रेरित, प्रोत्साहित र पुरस्कृत कहिल्यै गरेको छैन। टायर बाल्ने, धम्क्याउने र कसैलाई नटेर्ने प्रवृत्ति युवापुस्तामा बढ्दै जानु राज्यकै लागि घातक हो। अझ नेपाल जस्तो देशमा जन्मिएँ भन्दै मातृभूमिलाई धिक्कार्ने युवा पनि हाम्रै माझमा छन्। तिनबाट देश र समाजले के अपेक्षा गर्ने?
युवा पुस्ता नै नेपालको भविष्य पनि हो। उनीहरू कतातिर निर्देशित छन् त भनेर गम्भीर भएर सोच्नेबेला आएको छ। यस्तै युवा वर्गलाई लक्षित गरेर तत्कालै सुविधा र परिवर्तनको अनुभव दिलाउने गरी राज्यले कार्यक्रम सञ्चालन नगरे स्थिति झन् बिग्रने जोखिम छ। शिक्षा र बेरोजगार समस्या समाधानका लागि मात्रै भएपनि सरकारले केही गर्नैपर्छ। नत्र, अवस्था यस्तै रहिरह्यो भने राज्यप्रणालीमा युवाको विश्वास गुम्नेछ। त्यसले सबैभन्दा डरलाग्दो निराशा जन्माउने छ। यही भूमिमा मेरो भविष्य सप्रिन सम्भव छ भन्ने आशा जगाउने कार्यक्रम आवश्यक छ।

घर

"दिदी, हेर्नु त घर बनाई नसकी तपाइर्ँको घरमा गौंथलीले गुँड लगाएछ । यो घर त लछिनको पो रछ त दिदी !" घरको दलानमा लगाउँदै गरेको गौंथलीको गुँड देखाउँदै शान्ताले भनी ।
हो, गौँथलीको जोडी घरमा भित्रिनु शुभ हो भन्ने कुरा उसले पनि सुनेकी थिई । त्यसैले बन्दै गरेको आफ्नो घरको दलानमा गौँथलीले गुँड नै बनाउँदै गरेको देखेर ऊ फुरूङ्ग भई दिनभरि । खुसीले होला त्यो रात निकैबेरसम्म ऊ निदाउन सकिनँ । बिहानीपख मात्र झपक्क निदाएकी थिई, फोनको घण्टीले ब्युझाइहाल्यो । नभन्दै घर बनाउँदाबनाउँदै आफूसँग भएको पैसा सकिएर अपर्झट पर्न लागेको सङ्कट टर्ने खबर दिन उसकी जेठी छोरीले फोन गरेकी रहिछे । त्यसबेला गौँथली घरमा भित्रिनु र सङ्कट टर्नु सँयोग मात्र नभई शुभको लक्षण भएको अनुमान गरी उसले ।
केही दिन पहिले देखेको सपनामा सोचमग्न हुन थाली ऊ । एउटा धमिलो झझल्को बनी स्मृति तलाउमा छचल्किने आमाको साथ उसको कलिलो उमेरको यादमा मात्र सजाउन सक्थी हरक्षण विपनामा । सपनामा आमाको सामीप्यको उत्कण्ट अभिलाषा भएर पनि आभाससमेत पाउन नसकेको सपना दृश्य रिल काटिएको चलचित्रझैँ आँखाअगाडि अप्राप्य क्षण बनेर बग्न थाल्यो । जतिजति सम्झने कोसिस गर्न थाली, त्यतित्यति फर्कदै गई त्यो सपनाको क्षणमा ।
अहा ! कति आनन्दमा दुख्ने घाउको स्मृति भयो त्यो सपना ।
कहिले नपुगेको, नदेखेको पहाडी गाउँ । फाट्टफुट्ट मानिसहरू आ-आफ्नै सुरमा मस्त । कसैले कसैलाई वास्ता नगर्ने अवस्थामा उसलाई भने विपतको डाहाले छट्पटिएको बेला अचानक उसको टाउको आमाले काखमा राखी मायालु हातले सुमसुम्याउँदा सुमसुम्याउँदै बिस्तारै दुखाई घट्दै निको भएको क्षण सपना भएर पनि आमाको स्पर्शको मीठो अनुभूति गरी उसले ।
सपना भावविभोर भएर समयको क्यानभासमा सुन्दर चित्र बनी छचल्किन्छ स्मृति तरङ्गमा । त्यहाँ एउटा आनन्दले गाँसिएको जीवनको नौलो अर्थ भेटी उसले । आमाको स्वरूप आँखामा गाँस्न सकेको त्यो क्षण प्रिय भएर बग्न थाल्यो । यसबेला "मायाको अर्को नाम आमा हो" कविको भावचित्रमा हराई ।
"यो धर्तीमा सबै वस्तु खोजे मिल्छ घरिघरि,तर जन्म दिने आमा पाइँदैन कसै गरी"
कविताका लाइन गुनी उसले । जे होस् सपनामा नै भए पनि आमाको स्पर्शबाट प्राप्त हुने अलौकिक सुखानुभूतिको आभास गर्न सक्छे अब उसले बारम्बार ।
आज किन हो किन यी गौँथलीका जोडी देख्दा आफ्नो कष्टमा सुमसुम्याउन सक्ने कुनै न कुनै रूपका आमाका अँशझैँ लागेर मन भरियो उसको । अब ती गौँथलीको सुरक्षाका लागि निकै सँवेदनशील भई ऊ । प्राणीको रक्षा गर्ने भाव मात्र नभएर आफ्नो सम्झिएर यसरी खुसी बाँड्न आउनेलाई मायालु परिवार सम्झिएर झन्झन् विभोर भई ऊ !
पचास वर्षकी भएपछि मात्र घरजस्तो घर बनाएकी थिई उसले । पक्की घरमा बस्ने उसको इच्छा पूरा हुन सक्दैन कि ? भन्ने ठूलो पीर थियो उसलाई तर धैर्यसाथ कर्ममा विश्वास गरी आफ्ना सन्तानको लालनपालन सकेर जिम्मेवारी घटेपछि पक्की घर बनाएर बस्ने रहर पूरा हुन लागेको थियो उसको ।
जीवनमा जबजब उसले घरको अनुभव गरी त्यसबेला टाटीको बार र जस्ताको छानो लगाएको टहरोजस्तो सानो घर थियो । टिनको छानोमा भएका सानासाना प्वालबाट सिमसिमे पानी पर्दा पानी चुहिएर कोठा नै हिलो हुन्थ्यो । ओछ्यानका लुगा नभिजाउन भाडा थापेर सकेसम्म पानीबाट बचाउने कोसिस गर्थी । त्यसपछि छोराछोरीलाई लिएर घरभित्रै पानी नचुहिने ठाउँ सर्दै ओत लागेर बिताएका अनगन्ती रातहरू झलझली उसका आँखैमा घुम्न थाले ।
आफूले बिताएको कहालिलाग्दो एक रातको कुरो हो आकाश चिरेर चट्टानको थर्किदो आवाज, पानीसँगै हावा हुरीको होहल्ला, उफ ! सम्झदा त्यो विगत आफूले भोगेको पनि हो कि होइनझैँ लाग्छ उसलाई ।
एकपटक आत्तिएर लामो सास फेरी उसले । अनि ती स्मृतिहरूलाई आँखाको पर्दामा बगाउन थाली सलललल ।
साउन महिनाको अन्धकार रात थियो त्यो । आकाशमा बिजुली चम्किएर गड्याङ्गगुडुङ्गको चर्को आवाज कानैनेर आएर बजि्रएझैँ भइरहेको बेला मुसलधारे पानी ओइरियो । एकैछिनमा नै टिनका प्वालबाट तरतर पानी चुहिएर कोठामा कहीँ ओभानो रहेन । सधैँ त भाँडा थापेर भए पनि अलिअलि जोगाउँथी उसले तर त्यो बेला त पानीसँगै हुरीबतासले छानाको टिन उक्किनै आँटेझैँ कर्याककुरूक्कको आवाज थर्कदा उसको होसहवास नै उड्यो । कस्तो आपत र बिपतको घडी । बालख छोराछोरीहरू डराएर उसकै शरीरमा लीन भएझैँ टाँसिए । डराउँदै झस्कदै भए पनि रातको अन्धकारमा छोराछोरीको भरोसा बनेर एउटा कुनामा चेपिएर बिताएको आपत्कालीन रातको घटनाले आँखा रसाए उसका ।
त्यो घरमा बालक छोराछोरीहरूको साथमा उसले कतिकति कहालीलाग्दा क्षणहरू बिताई । डर र त्रासको भुमरी मनभित्र गुम्स्याउँदै सास फेर्थी त्यसबेला । हरेकपटक डस्थ्यो उसलाई त्यो घरले । चोर र बदमासको डर त छँदै थियो, त्यसमाथि पनि कीरा, फट्याङ्ग्रा, सर्प र बिच्छीहरूसँग घरभित्र कति पटक पौँठेजोरी खेल्दै छोराछोरी र आफू बाँच्न सकेका अत्यासलाग्दो स्मृतिले यसबेला ऊ झसङ्ग हुन्छे ।
एक दिन रातको नौ बजेको कुरो हो । खानपिन सकेर छोरो आफ्नो कोठामा पसेर ढोका लगाएको आवाज ध्वनित मात्र भएको थियो, अचानक "ममी कोठामा साँप छ " डराउँदै कराएको छोराको आवाजले ऊ निकै आत्तिई र टाटीका च्यापबाट चिहाएर हेरी । ढोकाको भित्री चेपमा साँप तेर्सिएको देखेर उसको सातोपुत्लो उड्यो । उसलाई के गरौँ, कसो गरौँ भयो । उसले "बाबु, खाटबाट नओर्ली है" भन्दै कहालिँदै वल्लोपल्लो कोठामा बस्ने मानिसलाई गुहारी । छोरीहरू "डाँको छोडेर भाइ.......भाइ......." भन्दै रुन थाले । एकछिनको होहल्ला र कोलाहलपछि त्यहाँका मानिसहरूले कसोकसो गरेर साँपलाई बाहिर भगाएर छोरालाई कोठाबाट निकाल्न सकेको त्यो घटना सम्झँदा मात्र पनि डरले उसको आङ जिरिङ्ग हुन्छ अझै ।
हरे कस्ताकस्ता अभाव र मानसिक यन्त्रणा भोग्दै हरक्षण मरेर बाँचेका काहालीलाग्दा समय बिताएर यो स्थितिमा पुग्न कति सङ्घर्ष गरी उसले भन्ने कुरो के थाहा र सबैलाई ?
स्वाभिमानी इष्टमित्रहरू उसको त्यो टाटीको घरमा जाँदा उसलाई अझ सम्मान गर्दै फर्कन्थे । अभिमानी आफन्तहरू आफ्नो इज्जत घट्छ कि भन्ने डरले जानसम्म हिचकिचाउने तीतामीठा अनुभवहरू ऊसँग प्रशस्त छन् ।
"नानी तिमी हाम्री नन्द भएर पनि हाम्रो खान्दान मिल्दैन । आ-आफ्नै भाग्यको कुरो हो, हाम्रो धन सम्पत्ति छ, हामी सम्पन्न छौँ, जहाँ-जतिखेर जे पनि गर्न सक्छौँ । हाम्रामा हुने हरेक कार्यमा खान्दानी मानिस नै आउँछन् । त्यसैले तिमी कमजोर भए पनि हाम्रो पार्टीमा सहभागी हुँदा एउटा राम्रो लुगा र गहना लगाउन सक्ने हैसियत छैन भने अरूकै भए पनि लगाएर आउनु है, नत्र नआउनु हामीलाई लाज लाग्छ । कार्ड दिन तिम्रो घरमा आउन पनि अप्ठ्यारो भएकाले गाडी अगाडि बढाएर फोनमा यी कुराहरू भन्नु पर्यो ।" उसकी आफ्नै भाउजूले उसको मन दुखाएर भनेका यी कुरा र एकदिन नाम चलेकी निकै धनी उद्योगपतिलाई उसले चियाका लागि निम्ता गर्दा तिनले नै कड्किँदै "हत्तेरिका, तिम्रो त्यस्तो टाटीको घरमा कसरी लान्छ्याँै यस्ती धनी ठूली मान्छेलाई" भन्दै होच्याएको क्षण सम्झी र ती भाउजूको मानसिकतामा रहेको खान्दानको अर्थ सोचेर रोष प्रकट गरी मनमनै ।
आमाको मृत्युपछि भाउजूले कमजोर र दयनीय नन्दलाई गर्ने यस्तो दुष्ट र अपहेलित व्यवहारलाई गुनेर आमालाई सम्झदै दुख्नसम्म दुखी ऊ ।
धन, सम्पत्ति र घर मानिसको हैसियत देखाउने कस्ता जलप रहेछन् ? ऊ छक्क पर्छे यसबेला । हुन त ऊ पनि धनी बाबुकी छोरी र जमिन्दारकी बुहारी हो तर आमा गुम्नुको दुर्भाग्य, आफ्नो जन्म दिने बाबु र धनीमानी आफन्तहरूले उपेक्षाको लाठीले बजार्थे हरक्षण । ऊ सहन्थी चुपचाप । विपन्नताले पराजित भएपछि दयनीय पात्र बनेर सहनुको विकल्प थिएन ऊसँग त्यसबेला । जब सहन गाह्रो हुन्थ्यो तब आँसुको आहालमा डुबेर आफ्नो बेदना बालक छोराछोरीसँग बाढ्न विवश हुन्थी । जीवनको महत्त्वपूर्ण क्षण त्यसरी नै बितेको थियो उसको ।
आफूले अनेक दुःख गरेर बँचाएको अलिकति पैसा र छोराको परिश्रमको हिस्सा जोडेर त्यसमा पुग नपुग साथीभाइलगायत ऋणपान गरेर त्यो घर दिन रात नभनी मनैदेखि जाँगरिलो पसिना सिञ्चिएर बनाएकी थिई उसले । घर बनाउन थालेपछि कहिले नआएका उसका आफन्तहरू पनि आउन थाले । घर मानिसको जीवनमा गाँसिएको कस्तो महत्त्वपूर्ण अँश रहेछ भन्ने कुरो बन्दै गरेको घरमा सरेपछि अनुभव गर्न थाली उसले ।
चैत महिनाको सुरूआत काठमाडौँमा ठिही सकिएर सबैतिर न्यानोपनको पारिलो घामले छ्याङ्ग खुलेको नीलो आकाश । आकाशको काखमा जोडिदै, टुक्रदै गरेका सेतासेता वैँसालु बादलका टाकुराहरूको मनोरम दृश्यले सजिएको सुन्दर क्षितिज । जहीँत्यहीँ हरियाली परिवेशमा गमक्क गम्केकी प्रकृति । घरका वरिपरिका अरूका खाली जमिनमा सागसब्जी, फलफूलका बोटबिरूवाहरूले नयाँ पालुवा उमि्रदै आकृति फेरेर वातावरणलाई नै रमाइलो पारेको मौसम । माथिमाथि आकाशमा चराहरूले स्वतन्त्र उडान भरेको रहरलाग्दो दृश्यमा अर्को अनाम प्राप्ति गौँथली भएथे अब उसका लागि ।
मङ्गलबार बिहान कार्यविनायकको दर्शन गरेर घरभित्र पस्नासाथ "दिदी हेर्नु त, घर बनाई नसकी तपाइर्ँको घरमा गौँथलीले गुँड लगाएछ । यो घर त लछिनको छ दिदी । नबेच्नु है, आफैँ बस्नु ।" दलानतिर गौँथलीले बनाउँदै गरेको माटोको कलात्मक गुँड देखाउँदै घर बनाउने समूहमा कार्यरत शान्ताले खुसी हुँदै भनी । नभन्दै आधाभन्दा बढी बनिसकेको गौँथलीको कलात्मक गुँड देखेर त्यसै त्यसै नौलो आभाष भयो उसलाई । त्यो दिनभरि नै पुलकित हुँदै स्फूर्ति छायो उसको अङ्गअङ्गमा ।
त्यसपछि गौँथलीका जोडी हेर्न आतुर हुँदै हरेक दिन बिहान छिट्टै उठेर बार्दलीमा बस्थी ऊ । गौँथलीका जोडीले घर अगाडिको बिजुलीको तारमा आफ्नो गुँडतिर फर्कदै 'चिरबिर-चिरबिर सल्लाह गर्दै सँगसँगै उडेर टाढा जान्थे अनि चुच्चोले कोतर्दै गिलो माटो ल्याएर घर बनाउँथे । त्यो देख्दा उसका घर बनाउने ज्यामीहरू थुप्रै भएर पनि कहिले कहीँ आफूले माटो मुछेको, इँटा सारेको, औजार चलाउने प्रयास गरेको र बिहानको ठिहीमा चाँडै उठेर पानी हाल्दा निथ्रुक्कै भिजेर लुगासमेत फेर्नु परेको क्षणलाई गौँथलीको दुःख र मिहिनेतमा अनूदित हुँदै निकै आनन्द मान्थी ।
त्यसरी नै गौँथलीले आफ्नो कलात्मक गुँड छिट्टै बनाइसके । गौँथलीको यस्तो चालमा रमाउँदारमाउँदै एक महिना बितेको पत्तै भएन उसलाई । रुखमा अरू धेरै चराहरूको करलवको ध्वनिसँगै गौँथलीको आवाजमा हराउँथी ऊ कहिले कहीँ ।
बिस्तारैबिस्तारै पोथी गौँथलीको चहलपहल कम हुँदै गयो । भाले गौँथली आफ्नो नित्यकर्ममा जुटिरह्यो । दिन बित्दै गयो । धेरै दिनपछि एक दिन अचानक गौँथलीका गुँडमा साना गौँथलीहरू देखापरे । उनीहरूले त चार महिनामा नै घर बनाई, पोथी गौँथलीले फुल पारेर बच्चा पनि कोरली सकिछ ! गौँथलीको यस्तेा सही र सुन्दर व्यवस्थापन देखेर चेतनशील भनिने सर्वश्रेष्ठ प्राणी मानिसको अव्यवस्थित जीवनशैलीमा सोचमग्न भई । घामपानीबाट बचाउने सुरक्षित ठाउँमा व्यवस्था गरेर निर्धक्क बच्चा कोरल्ने पक्षी गौँथलीको कर्मले आफू मान्छे भएर पनि यतिका समयसम्म छोराछोरीलाई हरेक दृष्टिबाट बचाउन पक्की घर बनाउन नसकेकोमा भित्रभित्रै नराम्ररी दुःख मान्दै त्यसबेला उसले आफैँलाई धिक्कारी पनि ।
केही समयसम्म पोथी र बचेराका लागि हुनेगरी चारो खोज्न भाले गौँथली मात्र उडेर टाढा गएको देखियो । त्यसरी भाले गौँथली एक्लै भएको बेला हतारिएर भुर्रभुर्र उड्दै गुँडबाट भित्र बाहिर गरिरहन्थ्यो ।
हेर्दाहेर्दै केही दिनपछि भालेपोथी नै टाढाटाढाबाट चुच्चामा कीराफट्याङ्ग्रा च्याप्दै उडेर गुँड फर्कन थाले । बचेराहरू चुच्चो मात्र देखिने गरी आँ......आँ गर्दै गुँडको मुखमा आउँदा माउ गौँथलीले पालैसित बचेराहरूको मुखमा चारो हाल्थी । यो देखेर बिगतमा फर्कदै ती क्षणलाई आँखामा टाँसेर रसाउँदै दुःखी भई ऊ ।
अभाव र कष्टका दिनहरूमा पनि हरतरहले अलिकति समय उभारेर सामाजिक काम गर्दा थुप्रै साथीहरूसँग सङ्गत भयो उसको । अधिकाँश साथीहरू दुःख सुखमा साथ दिने सहृदयीसाथ बने, जुन आजसम्म पनि प्रिय छन् । यो कुरो सम्झदा खुसीले मन भरियो एकैछिनमा उसको ।
कहिले कहीँ सामाजिक कार्यमा हिँड्दा कसैकसैकामा भोज पर्थ्यो । घरमा हरेक परिकार ल्याएर पकाउने अवस्था नभएकाले भोजमा सरिक हुँदा छोराछोरीलाई झल्झली सम्झन्थी ।
हरे ! उमेर छउञ्जेल मानिसको शरीरले मीठो खान र राम्रोराम्रो लाउन मन गर्ने रहेछ तर रहर र इच्छा गर्दागर्दै अभावै अभावले उत्तरार्द्धमा पुग्छ । जब अभावमुक्त भएर मन लागेको कुरा गर्न सक्ने अवस्थामा पुग्छ तब उमेरले, रोगले खान नदिनु र लाउने रहर पनि रित्तिने विवशताले मर्माहत हुन्छे घरिघरि ऊ ।
आज गौँथलीको यस्तो सुन्दर दृश्यमा "मायाको अर्को नाम आमा हो" भावचित्र झन् सार्थक लाग्यो उसलाई ।
एक दिन तीनवटा साना गौँथलीहरूसँग बिजुलीको तारमा बसेर भालेपोथी नै "चिरबिर-चिरबिर" गर्दै वरिपरि उड्दै गरेको देखेर ऊ झन् आल्हादित भई । त्यसरी नै केही दिन बित्दै गयो । अलि पछिदेखि आफ्ना तीनवटा बचेरालाई हुर्काई, बढाई उडाउँदै आफूसँग लाने ल्याउने गर्दागर्दै ती बचेराहरू पनि बिस्तारै टाढाटाढासम्म उड्न थाले । गौँथलीको दिनचर्याले आफ्नो बिगत साटेर उत्साहित हुन्थी र वर्तमानमा हराउँदै जीवनमा खुसीको रङ भेटेर रमाउँदारमाउँदै दिन बितेको थाहै हुँदैनथ्यो उसलाई ।
थाहा छैन, उसको खुसीको रङ खोज्नेक्रममा कसरी गाँसिन्छन् गौँथलीहरू ? उसका जीवनमा मीठो आभाष छर्ने यी प्रिय पात्रहरू ! कुन दिन अब काठमाडौँको जाडो खप्न नसकेर पहाड र जङ्गल नाघ्दै तराई र्झछन् भन्ने कुरो बिर्सिएर खुसीले विभोर भएर सोच्न थाल्छे ।
बाहिर आकाशमा गौँथलीका परिवारसँग अरू चरा र चिलहरूले कावा खाइरहेको सुन्दरताको अनाम दृश्यमा हराउन पुग्छे । त्यसैबेला 'किरिङ.....किरिङ........' फोनको घण्टीको आवाजले झस्कन्छे र आफ्नो स्थितिमा फर्कदै फोन रिसिभ गर्छे । फोन गर्ने त उसले सोच्दै नसोचेकी ती आफ्नी भाउजू रहिन्छन् जसले आफू कमजोर भएको स्थितिमा हरेक पटक नराम्रो व्यवहार गर्दै मनमा चोट पुर्याएर आहत बनाउने गर्थिन् । "नानी, तिम्रोमा एकदुई दिन बस्ने गरी म आउन लागेकी छु । कुन बाटो गरेर कसरी आउनु तिम्रोमा आउनलाई ?" भन्ने तिनै वाक्य सुन्दा एकछिन त अक्क न वक्क पर्छे तर सहृमालिँदै हत्त न पत्त आफ्नो घर आउने बाटो राम्ररी बुझाएर भन्छे । छिट्टै आउनु है भाउजू, तपाइर्ँको बोली सुनेपछि कतिखेर भेटौँजस्तो भयो भन्दै कुरा टुङ्याउँदै फोन राख्छे ।
हिजो र आजको आफ्नो स्थिति तुलना गर्दै विगतमा ती खान्दानी हुँ भन्ने भाउजूले गरेको कटु व्यवहार नचाहेर पनि उसको मन मस्तिष्कमा झङ्कृत हुन थाले । अनि त्यसबेला आफूलाई सन्तुष्ट अनुभव गर्दै पक्की घर बनाउन सकेकोमा यिनीसँग खान्दान मिल्ने मेरो हैसियत भएको अब ठानिँछन् भन्ने सोचेर सम्पत्तिको आडमा उसलाई सधैँ चोट पुर्याउने, होच्याउने गरेकी तिनै घमण्डी भाउजूको बाटो हेरिरही ।

सुपा देउराली

सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो । त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन् । सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर । नरपानी र फलामे दुवै अग्ला महाभारतको बीच अधिक उचाइको भञ्ज्याङमा अवस्थित सुपा मन्दिर कहालीलाग्दो भीमकाय खोंचमा रहेको छ । सयौं फिटमाथिबाट मन्दिरको पूर्वमा खस्ने सुपा खोलाको आकर्षक प्राकृतिक छाँगोले प्रत्येक यात्रुको मन लोभ्याउँछ ।
तराइको सिरसिरे हावा यही सुपाको छेंडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकोले सुपा देउराली सदावहार उच्च शिखर मानिन्छ । दुईटा फूल र ढुङ्गो चढाएर देउरालीप्रतिको सद्भाव दर्शाउने बटुवाहरूको सनातन परम्परा अक्षरस छ । सुपा देउरालीपारिको राष्ट्रिय योजनामा सूचीकृत सिमेण्ट उद्योगको घाउले सुपाको महिमा जिल्ला, अञ्चल, केन्द्र हुँदै भारतसम्म उजागर छ ।
दैनिक गोरुसिङ्गे पत्थरकोट गर्ने पचासौँ सवारी साधनका यात्रुहरू सुपा देउरालीमा दान, भेटी चढाएर यात्रा गन्तव्य गर्नु नैसर्गिक धर्म ठान्दछन् । परापूर्वकालदेखि बटुवा, लाहुरे विद्यार्थीको चाहना पूरा गर्दै आएकी यी देवीको व्यवस्थित मन्दिर २०४२ सालमा मात्र निर्माण भएको थियो । मन्दिरमा खस्ने धारोको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ । मन्दिर प्राङ्गणका विश्रामस्थल देवी देउरालीका भगिनी शृङ्गार रहेका छन् । पक्की बाटोको दुर्लभ निम्सरो डिलमा अवस्थित मन्दिर प्राङ्गणमा पहिलो पदार्पण गर्ने जुनसुकै यात्रु मन्दिरको दुर्लभ चुनौती देखेर सहजरूपमा आश्चर्य प्रकट गर्छन् ।
हप्ताको प्रत्येक शनिबार भाकल गरिएका बलि चढ्ने सुपा देउराली मन्दिर एकादशी, औंसी र पूणिर्माबाहेक अरू सबै समयमा पनि भाकल चढाउन खुला रहन्छ । त्यही भाकल, भेटी सङ्कल्पलाई आयस्रोतको आधार मानिन्छ मन्दिरको लागि । मन्दिरकै आयस्रोतको आधारमा नित्य साँझ-बिहान पाठ-पूजा गर्न ब्राहृमणको व्यवस्थासमेत गरिएको सुपा देउराली मन्दिर एक मात्र जिल्लाको सदावहार मन्दिर हो । पिउने पानी, यात्रु आश्रयको लागि विश्रामको व्यवस्था भएको सुपा देउराली मन्दिर अर्घाखाँचीको सम्पदा धरोहर धार्मिक शृङ्गार हो । चाहनाअनुसार प्रत्येक यात्रुहरूको इच्छाशक्ति पूरा गराइदिने दैवी शक्तिको केन्द्र पनि हो सुपाको देवी देउराली मन्दिर ।

दोष कसको?

आज बरबोटे गाँउमा ठुलो हल्ला खल्ला फैलिएको छ । गाउँलेहरू मिलेर हर्केलाई पाता कसेर भुइँमा लडाएर राखेका छन् । कुकर्मी हर्के १३ बर्ष पुग्दैछ, तर उसको कुबुद्धिले ७ बर्षकी बालिका रीतामाथि बलात्कार गरेर सानो उमेरमा नै बाल अपराधी बन्न पुगेको छ । कोही गाउँलेहरू टाढाको गाँउको पुलिस चौकीमा पुलिसलाई खबर गर्न र बोलाउन गएका छन् ।
हर्केको खास नाम हर्कबहादुर हो, तर गाउँमा सबैले हर्के भनेर बोलाउने गर्छन । ऊ गाँउको स्कुलमा नै ७ क्लासमा पढ्दैछ, उसको पढाईमा औसतमा राम्रै थियो । स्कुलमा उसका साथीहरू पनि खासै बदमास टाइपका छैनन् । हर्के सानैदेखि अलि हक्की अनि साहसिलो स्वभावको थियो । हर्केका बुवा गाउँमा छैनन्, विदेश अरब कतार गएको ६/७ बर्ष हुँदैछ । कहिलेकाहीं दुई बर्षमा एक चोटी छुट्टीमा आउँछन । घरमा करिब ३५ बर्ष उमेरकी आमा सरला र एउटी १० बर्ष कि बहिनी मुना छिन् । हर्केको परिवारको आर्थिक स्थिति उसको बुवा विदेश जानुभन्दा अगाडि त्यति राम्रो थिएन । जसो तसो साहुबाट ऋण गरेर भए पनि हर्केका बुवा अरब कतार गएपछि घरमा आमा सरलालाई घर परिवार धान्न सजिलो हुदै गएको थियो । साथै गाउँमा प्राय जसो हरेक घर घरमा विदेश गएर कमाएर पठाएको पैसाले सबैको घर परिवार चलाई रहेका छन् । परम्परागत कृषि खेती पनि भौगोलिक हावापानी परिवर्तनले गर्दा उब्जनी हुन छाडेको छ । खेती किसानी गरेर खाने गाउँलेहरू अब उब्जनी राम्रो नभएर धेरै चिन्तित छन् । गाँउमा कुनै राम्रो रोजगारको सम्भावना नै छैन । अँझ नजिकतिरको सहर बजारतिर पनि खासै कुनै उद्योग धन्दा नभएकोले गाउँलेहरू भारत, अरब अनि मलेसियातिर काम गर्न जानु बाध्यता नै भएको छ ।
हुन त हर्केको बुवालाई पनि परिवार छोडेर विदेश जाने मन त कहाँ थियो र । हर्केको बुवालाई आफ्नो प्यारी श्रीमती अनि बाल बच्चालाई चटक्क छोडेर जानु निकै गाह्रो भएको थियो । तर के गर्नु ? आफ्नो पारिवारिक माना चामल जुटाउनलाई पनि विदेश जान बाध्य भएका थिए । हर्केका बुवा पनि अरु गाउँले सरह विदेश अरब कतार गएपछि परिवारमा सुखका दिन फिरेका थिए । आखिर हर्के ७ बर्षको हुँदा बुवा विदेश लागेकाले उसले बुवाको न्यानो अँगालो अनि माया पाउन सकेको छैन । एकातिर हर्केकी आमा सरलाले पनि आफ्नो श्रीमान साथमा नहुँदा एक्लो महसुस गर्ने गर्छिन् । त्यो उमेरमा श्रीमानसँगै बस्न नपाएकोमा कहिलेकाहीं खिन्न हुन्छिन् । आमा सरलाले हर्केको पढाई लेखाई हरेक कुरा हेर्नु पर्ने बाध्यता, कर्तब्य छ । हर्केका बुवा बेला बेलामा अरब कतारबाट पैसा पठाई रहन्थे, यही पैसाले त्यो अहिले बसेको नया घर बनेको थियो । हर्केका बुवाले विदेशबाट आउँदा परिवारलाई चाहने हरेक कुरा जोहो गरेको थियो । रेडियो, क्यामेरा, टि.भी., डिभिडी प्लेयर, सिडी इत्यादी सबै हर्केको घरमा बन्दोबस्त थियो । सदरमुकाम सहर जाने बाटो परेकोले त्यहीं गाउँ हुदै बिजुलीको लाइन सदरमुकाम लगेकोले हर्केको गाउँमा बिजुलीति हरेक घरमा पुगेको थियो । अरु जे सुकै भए तापनि बिजुली मनग्यै थियो, गाउँलेहरू अरु अर्को गाउँको भन्दा खुशी नै देखिन्थे । हरेक पटक हर्केका बुवा घर छुट्टी आउँदा घरको रौनक नै फेरिन्थ्यो । गाँउमा पनि हर्केको बुवाको निकै इज्जत थियो । ऊ पुरा ४५ दिनको छुट्टीमा मोज गरेर बिताउन्थ्यो । गाँउलेहरूलाई जाँड रक्सी खुवाउनु उसको गर्वको कुरा थियो । रबाफका साथ अरब कतार सहरको बयान गर्ने गर्थ्यो । अरब कतारमा बिदेशी केटीहरूसँग मस्ती गरेको कुरा, अनि बिदेशी केटी हेरेर त यहाँ आफ्ना स्वास्नी राम्रो लाग्दैनन् भनेर जाँडले मातेको बेला कहिलेकाहीं खुस्काउने गर्थ्यो । हर्केका बुवा पनि निकै मिजासिला थिए, कतारमा अर्कै बिदेशी केटीसँग लहसिएको कुरा पनि गाइगुई सुनिन्थ्यो । आखिर जसले खुवाउछ, जसले खर्च गर्छ, उसैको पछि लाग्नु समाजमा देखिएको कुरा नै हो, बरबोटे गाउँका गाँउलेहरू उसको कुरा निकै सुन्थे । मोज मज्जामा नै छुट्टी सिद्धिएपछि हर्केका बुवा अरब कतार फर्कन्थे ।
हर्केकी आमा सरला पनि निकै राम्री थिइन्, दुई बच्चाकी आमा भए पनि अझ कुनै खासै परिवर्तन थिएन । आखिर सरला पनि एउटी वयस्क महिला नै थिइन् । यो अधबैसे उमेरमा लोग्नेको न्यानो स्पर्शताको खाचो नै थियो । आफ्नो श्रीमान ४/५ बर्ष विदेश सम्म बस्ने क्रम बढेपछि न्यास्रो मान्दै आएकी थिइन् । तिनले श्रीमानलाई नभनेकी होइन, तर श्रीमानले अँझ १/२ बर्ष बस्छु अनि फिनिस घर आउला भनेर भनेका थिए । यसै क्रममा तल्लो घरको साइनोमा देवर पर्ने साहिंला सिंह, अरब दुबईबाट काम छोडेर घर आएर बसेका थिए । कमाई राम्रो भएन अर्कै देश जान्छु भनेर राम्रो अवसरको खोजीमा थियो । सरलाको ठुलो ब्यबस्थित घरमा कहिलेकाहीं फिलिम हेर्ने बहानामा साहिंला सिंह आउन थालेका थिए । यसै बेला देखि सरला र साहिंला सिंहको हिम चिम बढ्न थाल्यो, साहिंला सिंह पनि एक हट्टा कठ्ठा जवान थियो । आखिर एक अविवाहित जवान पुरुष अनि अधबैसे महिला, श्रीमान टाढा भएको अबस्थामा कहिलेकाहीं जिस्कनु सामान्य नै थियो । समय क्रमसंगै सरला र साहिंला सिंह बीच सामान्य भलाकुसारी हुदै हिमचिम निकै बढेको थियो । उनीहरू बीचको यही सम्बन्धले बिस्तारै शारीरिक सम्बन्धको रुप लिन थाल्यो । एक रात हर्केले आफ्नी आमा र साहिंला सिंह अंकल टि.भी. कोठामा छोरा-मान्छे अनि छोरी-मान्छे पनि नाङ्गो भएको फिलिम हेर्दै गरेको देख्यो । हर्केले पनि ढोकाको कापबाट हेरिरह्यो । भर्खर १३ बर्ष पुग्दै गरेको हर्के अचम्म पर्यो । यस्तो उसले कहिले पनि सोचेको थिएन, देखेको पनि थिएन । केही समय पश्चात आमा माथि अंकल खप्टिन पुगे, उसलाई झन् अचम्म लाग्यो । उसले स्कुलका सिनियर दाजुहरू सेक्सको बारेमा कुरा गरेको अनि कहिलेकाहीं जिस्काएको याद आयो । आज आफ्नै आँखा अगाडि यो कार्य उसले विश्वास गर्ने सकेन । यो दृश्य हेर्न नसकेर हर्के आफ्नो ओछ्यानमा फर्क्यो । उसको मनभित्र अचम्मको कौतुहल जागिरहयो, कतिखेर ऊ फुस्स निदाएछ ।
भोलिपल्ट बिहान हर्केले राति के गरेको भनी आमालाई सोध्यो, सरला छक्क परिन् । मैले सबै कुरा देखें, म बुवालाई भन्छु भनी घुर्कायो । सरला बोल्न नै सकिनन् । केही बेर पछि सरलाले हर्केलाई फकाउदै "तैले जे माग्छ्स त्यहीं दिउँला, कसैलाई पनि नभन " भन्दै फुरुक्क पारिन् । त्यसो भए मलाई स्पोर्ट जुत्ता, फुटबल जुत्ता, भकुण्डो, ज्याकेट, जिनको पेन्ट, भिडिओ गेम किनिदिने हो भने म कसैलाई भन्दिन भनेर हर्केले बार्गेनिंग गर्यो । यो कुरा अब हर्के र आमा बीच नै रह्यो । अर्को दिन सरला र हर्के सहर पुगे । हर्केले मागे बमोजिम सबै कुराहरू सरलाले पुरयाई दिइन् । हर्के पनि खुशीले फुरुंग भयो । अब हर्केले आफूले मागे बमोजिमको चिज पाएर मख्ख भई भुइँमा खुट्टा थिएन । अब ऊ निकै रवाफका साथ स्कुलमा फुर्ती लगाउदै साथीहरूको अगाडि देखा पर्न थाल्यो । स्कुलका साथीभाइहरू हर्केको फेरिएको अवस्था देखेर इर्ष्यालु हुँदै थिए । यता घरमा साहिंला सिंह अंकल पनि घरि घरि घरमा आउने क्रम जारी नै थियो ।
हर्केको त्यो बाल मष्तिस्कमा कौतुहल जागेको थियो । आमा र अंकलको त्यो दृश्य देखेपछि अचानक मोडिएको थियो । त्यसै त हर्केको टीन एज भर्खर शुरु भएको थियो । स्कुलमा सिनियर साथीहरू सेक्सको बारेमा कुरा गर्दा अब ऊ ध्यान दिएर सुन्न थालेको थियो । आमा र अंकलको त्यो सम्बन्ध थाहा पाएपछि हर्के बेचैन थियो । आखिर आमा र अंकलले टि.भी.मा के हेरेका हुन् अनि अंकल किन आमा माथि खप्टिएको हो ? यो कुरा हर्केको दिमागमा घुमीरहेको थियो । एक दिन घरमा कोही नभएको बेला हर्केले आमाले लुकाएर राखेको त्यो निलो फिलिम डिभिडी प्लेयरमा हालेरा टि.भी.मा हेर्यो । ओहो ! यो त अचम्मको पो रहेछ, ऊ छक्क पर्यो । नांगै ठुलो छोरा मान्छे अनि नांगै छोरी मान्छे अनि एक अर्का बीच त्यो यौन समागमको दृश्य । त्यो दृश्य हेर्दै गर्दा उसलाई आफू सानो छँदाको हराई सकेको झिनो मसिनो आफ्नो नांगै नुहाएको याद आयो । त्यसपछि हर्केलाई उकुस मुकुस भएर आयो, उसलाई के गरौ, कसो गरौ भयो । उसलाई पनि आफ्नो कपडा खोल्न मन लाग्यो ।
ए मुना, मुना! म तसँग खेल्न आएको, कता छस् ? यसै बेला पल्लो घरकी सानी बहिनी रीता हर्केको बहिनी मुनासँग खेल्नलाई खोज्दै आएकी थिइन् । हर्केले हतार हतार टि.भी.बन्द गर्यो । हर्केले अनायास के सोच्यो, उसले रीताको मुख आफ्नो हातले छोपी च्याप्प समातेर आफ्नो कोठाभित्र पुर्यायो अनि अंकलले आमामाथि खप्टे जस्तै रीतामाथि खप्टिन शुरु गर्यो ।