मंगलवार, 3 मई 2011

लाहुरे जीवन

लाहुरे जीवन लेखुँ जस्तो लाग्दा लेख्न थालें। प्रश्न आँफैलाई- लाहुरेको जीवन लेख्ने कि लाहुरे-जीवन? फरक छ। एउटा व्यक्तिगत पाटाहरु पल्टाउने काम, अर्को समग्रमा साझा अनुभव कोर्ने। अहिले लाई जनरलाइजेशन गरेर लेख्छु, व्यक्तिगत गन्थन खोल्दिन।

हाम्रो लागि सामान्य कुरा पनि अचम्म हर्षको कारण बन्छ। अहिले उ त्यो बंकरको छत ( छत भनौँ र? ) त्यहा जमेको छ मेहफिल - तासको आवाज सुनिरहेछु , एकान्तमा सुनसानमा थपडी। घर बाट टाढा घर- साथी अपरिचित हरु माझ।

उ! खच्चर हिन्हिनायो। मैले त बिर्सेको रहेछु- यो पहाडको टाकुरामा हामीलाई पानी खुवाउने खच्चरलाई। यहाँ त एक गिलास पानी खाँदा सास ढक्क फुल्छ। एक कदम हिड्दा फोक्सो छाती चिरेर बाहिर निक्लन खोज्छ- मुटुलाई सँगै उछिट्ट्याउँछ कि जस्तो। युद्ध-विरामको बातावरणले हावा खान पाएका छौँ बाहिरको- पातलो अक्सिजन भएको हावा।

खच्चरले भन्नै ला' थियो होला - 'ए केप्टन, मेरो नाम बिर्सेलास् लाहुरे जीवनमा।' किन पो सक्थें र भुल्न तिम्रो योगदान।

अपरिचितलाई जीवन सुम्पने खेल- लाहुरे जीवन। मैंले दर्शन जन्दिन, छाँट्न खोजेको पनि हैन तर हेर्न सक्ने लाई यो भन्दा ठुलो दर्शन कहीं छैन।
कलिलो सोह्र वर्षे ठिटो कल्कलाउँदो, कुखुरे छाती भएको, टल्केको बुट्मा अनुहार हेर्छ- लाज मानेर आँफैलाई वर्दीमा चिटिक्क देख्दा- मख्ख हाँसो खिसिक्क हास्छ कसैले नदेख्ने गरी। त्यो निर्दोष शुरुवात। आरम्भ, श्रीगणेश।

हातमा खुकुरी लिंदा मैले डाएसमा गरेको भाषण कसैले सुन्छ भनेर मान्दिन। कसैले याद दिलाउनु पर्दैन। पुर्खाहरुको पौरख खुकुरीले संचार गरिदिन्छ- झन्न बुटदेखी गोर्खा-ह्याट सम्म। पैताला देखी सिर सम्म। अनी त्यो बेलामा फुस्रा शब्दहरुको, औपचारिकताका लागि जानी नजानी बोलिएका गोर्खाली अप्ठेरा वाक्यहरुको रह्योनै के औचित्य?

अहिले व्यस्तता थाकेछ र अलिकती फुर्सद्ले पनि काम पाएछ। क्रिकेट खेल्दैछन् - धन्न यत्तिको ठाउँ पाएर। दस फीटको सम्म जमिन पाए त खेलिहाल्थे, यहाँ त धेरै खुल्ला छ। कोही नेपालका यस् कुना देखी उस कुना सम्मका, कोही भारतक नेपालीहरु। आ-आफ्नै विगत छ, आ-आफ्नै ईतिहास। एक दुई देखी बिस बाइस बर्ष सम्म लाहुर रहेका लाहुरे हरु। विविधता यसैमा थाहा लाग्छ- कोइ क्रिकेट खेल्न जान्ने छन्, कोही अहँ! क्याजुअल्टी हुन्छौं हामी त क्रिकेट्मा, एउटाले भन्दै थियो। व्यङ्ग। हाँसो। यस्तै हुन्छन् लाहुरेहरु- मृत्युलाई पनि सजिलै हाँसो को बिषय बनाउन सक्छन्। बनाउछन्।

पोखिएका जीवन हरु। वर्षमा दुई महिना छुट्टी बिताएर रित्तिएर फर्किन्छ। खाली बोतल जस्तो। मिठो रस मगजमा चढ्छ तर हेर्दा रिस उठ्छ। अलिकती नशा,अलिकता पछुतो र अलिकती शंका - बिर्को खोलेर ढ्वाक्क स्वाक्क पार्न खोज्छ। तर ...... ।
अर्को वर्षलाई उ आँखा चिम्लेर विश्वास गर्छ। भर पर्छ। शंका मार्छ।

प्रतिदिन टाकुराहरुमा रक्सीको बोतल झैं रित्तिदै गएको लाहुरे जीवन। जीवनमा रित्तिन दु:ख हुँदैन लाहुरेलाई अरुलाई जस्तो।

आजभोलि त हामीलाई खासै गाह्रो छैन- सुविधा छ टेलीफोनको। रङ्गूनमा महिनौँ वर्षौं काट्ने पनि थिए- पारीजातका लाहुरे। जङ्गललाई लहरा लहरा चिनेका पनि थिए। खोपिल्टामा कति मरे कति - तर अझै कति खोपिल्टामै बाँचे होलान्। अहो! आज हो कि भोली, शक्तिशाली तर कमजोर अति - लाहुरे जीवन।

काग कराउँदा सन्देश भनी पढ्ने बुझ्ने पनि छन् यीनैमा। कागचरी झैं उड्ने सन्देश बोकेर लाहुरे जीवन। पहिले पहिले युरोपमा 'ल गोर्खाली आयो' भनेर फ्रान्सेलीहरु रमाएर स्वागत गरेका थिए रे। के सन्देश पाए कुन्नी समुद्रपारका ती गोर्खा चरी हरु बाट- त्यस्तो विश्वास कसरी गरे?

विश्वास पाल्ने, विश्वास कै भरमा बाँच्ने - लाहुरे जीवन।

लामो हाँसो गलल हाँस्छ, सेता दाँत टल्काउँछ र स्वाक्क पारेर भट्टी छोड्छ। बीपी को लाहुरे त्यो। भट्टिनी गुर्सिनिलाई म्वाइं खान खोज्छ र तिम्री छोरी लाई बिहे गर्छु भन्छ।

मैले पनि पढें! अचम्म लाग्यो ।
आज भोग्दैछु! लाहुरे जीवन ! झनै अचम्म लाग्छ!

त्यो हाँसोको मनोविज्ञान बुझ्ने बी पी लाई म यो जीवन कसरी देखाउँ ? यही एउटा बाटो।
हिजो कै कुरा - 'आमाको अप्रेशन गराउन जानु छ, सिरिएस केस छ। ' कति हाँसेर जस्तै भनेको थियो तर आँखामा छ वेदना।
अनि पहिल्यैको एउटा अनुहार - मरेकी छोरीको सम्झनामा मलिन तर त्यो पनि हाँसेरै टिमालेको थियो। यदी आँखाले वेदनामा रसाउन नखोज्ने भए म पनि झुक्किन्थें।

बीपीको बाटोको त्यो भट्टीमा यो आँखा भेटिदैन। आजभोलि त कालो चश्मा होला अझै। झुक्किनु स्वाभाविकै।

तर यस्ता अनेकौँ पीर लाहुरे दिन दिनै बोतल सँग साट्छ। आँफै एउटा बोतल जस्तो। रमझममा जीवन बित्छ हिद्डा हिड्दै। अरु यात्री त के यात्री- लाहुरे यात्री, पर्याय नै भने हुन्छ। नामै त्यस्तै छ।
आज कश्मिरका शिखरहरुमा नेपालको छाँया खोजी रहेको छु। नेपालै कश्मिर बन्छ कि? भन्छन् कोही। बनिसक्यो- थप्छन् केही। म बुझ्दिन। स्विट्जरल्यान्ड बनाउछु भन्ने सुनेको हो, त्यही स्विट्जर्ल्यान्ड खोजिरहन्छु। अनगिन्ती खोजहरुमै गाँसिदै धागाहरु एउटा यग्योपवित बन्छ- जीवनरुपी। मरुभुमी, महसागर, हिमशिखर। त्यसैमा लाग्छ मृत्युलाई कहिले छातीमा पाउचभित्र कहिले पीठको पिठ्युमा बोकेर हिंड्ने यात्रा लाहुरेको पिक्निक।

मलाई मिठो लाग्छ त्यो भनाइ हामीले ट्रेनिङमा छँदा टी-शर्टमा लेखाएको-
I love by choice
I live by chance
I kill by profession


घाट लाग्दो कुर थियो त्यो। ट्रेनिङ को नयाँ नयाँ जोशमा त अझै यसको मोहनी भन्नै परेन।
जोशै जोशको जीवन -लाहुरे जीवन।

हिउँ त हैन फाप्रेको डंगुर .... कति घत्लाग्दो चित्र। यहाँ हिउँका टाकुराहरुमा सेता बुट टल्काउँदै लाहुरे हिउँको सुन्दरता हैन तिर्खा बुझ्छ। हिउँले उमारेको तिर्खा। हिउँ पगालेर पीउनुको तिर्खा पाँच छ महिना सम्म।
अर्को तिर्खा छ हिउँ सँग जोडीएको - नोस्टेल्जिया को चीसो हावा हान्छ झेलम पारीको हिउँको टाकुराले। त्यहाँ पनि हामी जस्तै अर्को साथी- झेलम पारीको हावामा वास्ना खोज्दै होला।(उ त अझै लाहोर कै लाहुरे हो कि ?)।

उसको लागि हामी पारी - हाम्रो लागि उ।
हाम्रो लागि हामी वारी - उसको लागि उ।

सिमानामा बाँडिएको , सिमानाले बाँधिएको लाहुरे जीवन।

बिर्सिसके होलान् तिनिहरुले - त्यो शहरको नामले हाम्रोलागी कति जीवन परिभाषित गरेका छन्। कति प्रेरणाको स्रोत बनेको छ कतिलाई सपना सुनौलो त्यही शब्द !
लाहुरे दाई!
लाहुरे बा!
लाहुरे हजुरबा!
लाहुरेनी!

संस्क्रितीमा छापीइसक्याछ, अब छुट्दैन। मान्छेले नबुझेर पो लड्छ - लाहुरे जती अहिंसक त अरु कोही हुंदैन। अरु को हिंसाको माध्यम हो लाहुरे त।

फौजीले फौजीलाई माया गर्छ शत्रु नै भए पनि। सच्चा फौजीले त कर्तव्य निभाउँछ - हत्यारा होइन उ। बन्धक छ उ त।

ईतिहास लेखिन्छ सिपाहीको रगतलाई मसी बनाएर - कलम राजाको हातमा हुन्छ।

कसारका गेडा र नास्पतीले देखाएको बाटो

म आफूलाई त्यो क्षमतावान ब्यक्ति ठान्दिन जस्ले सहि र सटिक शब्दद्वारा जिवनको सर्बमान्य परिभाषा गर्न सकोस् । जिवनको परिभाषा ब्यक्ति पिच्छे फरक फरक पाईनुले जिवनको अन्गिनत आयामलाई स्पष्ट पारेको हुन्छ । दार्शनिकहरुको मतले पनि यस कुरालाई सहजै स्विकार्छ । उनीहरु भन्छन् “जति संख्यामा मानव, त्यति नै जिवनमा बिबिधता र जति संख्यामा ब्यक्ति त्यति नै अलग संसार” यसकारण कुनै एक ब्यक्ति, समूह या जातिको आधारमा सिंगो जिवनको परिभाषा गर्न नमिल्ने देखिन्छ । यसै प्रसंगमा आनी ले गाएको “फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार...” गीतले पनि जिवनको बारेमा धेरै कुराहरु बोलेको पाईन्छ ।

जुनसुकै बिषय र क्षेत्रमा ब्यक्तिगत अनुभबबाट आर्जेको ज्ञान ले नै ह्रदयलाई छुन सक्छ र त्यो नै प्रामाणिक पनि हुने गर्छ । केहि बिद्वानहरु भन्ने गर्छन् “६० बर्षको उमेर पार नगरीकन लेखिएका किताबहरु काँचा र अपरिपक्क हुन्छन् किनकि यस्मा जिवनको पर्याप्त अनुभव हुँदैन ।“  लेखमा दिईएका सन्दर्भ सामग्रिका साथमा आफ्नो पनि अनुभव, अनुभूति र सकेमा उपस्थिति भएन भने ब्यक्त बिचारहरुले जनमानसमा पार्ने प्रभाव न्यून र प्रभाबहिन हुन पुग्छ । एक पटक मैले यस्तै सपना देखें जस्ले मेरो लेखन र अध्यापनको बिषयमा पुन एक पटक सोच्न बाध्य बनायो । “ म अर्मादी खोला तरेर कतै जाँदै थिएँ । बाटो उकालो थियो । केहिबेरको हिँडाई पछी अचानक म मेरै गाउँमा पुगेछु । गाउँमा कसैको बिवाहको आयोजना हुँदै थियो । गाउँका आईमाईहरु सगुनका लागि कसार बटार्र्न ताउलोमा चामलको पिठो भुट्दै थिए । दुईवटा ताउलामा यो भुटिएको थियो र तिनीहरुबाट भुटेर निस्केको पिठोबाट अरु आईमाईहरुले कसार बटार्दै थिए । मेरो दृष्यमा, एउटा ताउलोमा भुटिएको पीठो पाकेको थियो भने अर्को ताउलोमा भुटिएको पीठो काँचै थियो । यि बाट बनेका कसारका डल्लाहरु अलग अलग राखिएका थिए । खाने क्रममा, पहिले मैले काँचो र नपाकेको पीठोबाट वनेका कसारका गेडाहरु खाएँ, जस्को परिणामस्वरुप मलाई त्यो अपाच्य भयो र केहि घण्टा मै पेट गडबढ भई पखाला लाग्न थाल्यो । यस् पश्चात मैले राम्ररी भुटिएको र पाकेका कसारका डल्लाहरु खाएँ, जस्को स्वाद आफैमा उत्कृष्ठ थियो र यस्ले मलाई आत्म सन्तुष्टी दिनुका साथै यो पूर्णरुपमा पाच्य पनि भयो । “ देख्दा यो सपना सामान्य लाग्छ तर मेरालागि यो नै जिवनको ठूलो मार्ग निर्देशन बन्न पुग्यो । यो सपना त्यतिबेला देखेको थिएँ जतिबेला म हौसियर लेखहरु लेख्थें र प्रकाशन गर्न हतारिन्थें । प्रकाशन पश्चात कस्ले कति पढे र कस्ले के कस्ता प्रतिक्रियाहरु दिए भन्ने कुराहरुमा मेरो ध्यान पहिले जाने गर्थ्थो । तर यो बानी आफैमा राम्रो थिएन । यस सपना देखे पश्चात मात्र मैले शब्द चयन, बाक्य विन्यास, सम्बन्धित बिषयमा आफ्नो अध्ययन र अनुभब, पाठकको मनोबिज्ञान , लेखन कला र यसका शैलीहरु ईत्यादीका बारेमा सतर्कता अपनाउन थालें । मेरालागि यो सपना एउटा शंकेत थियो । मेरालागी यसखालको सपना ले भविष्यमा कस्तो फल दिन्छ भन्ने कुराको बैदिक यबं पौराणिक मान्यताको बिषय महत्वपूर्ण थिएन । किनकि मैले देखेका कुनैपनि सपनाहरुलाई म आफ्नै हिसाबले बिष्लेषण गर्थे र यि सबै भविष्य सूचक र फलदायी नै हुने गर्थे । मलाई थाहा थियो, स्वप्नको अवस्थामा मान्छेको शुष्म शरिर जागृत हुने गर्छ र मन तथा बिचारको शक्ति अत्यन्तै प्रबल हुने गर्छ । मान्छेको शुष्म शरिर नै उस्को भौतिक शरिर तथा जिवनको भित्ति हुने हुँदा प्रत्येक सपनाहरुलाई मैले बढी नै महत्व दिने गर्थें । मेरालागि यो सपना पनि कम महत्वपूर्ण थिएन । नभुटिएको पीठोबाट बनेका काँचा कसारका डल्लाहरु मेरा अपरिपक्क बिचारका प्रतिबिम्ब थिए । यसको प्रयोगकर्ता म नै थिएँ, जुन खाँदा स्वयंलाई पाच्य भएको थिएन । भुटिएको र पाकेको पीठोबाट बनेका कसारका डल्लाहरु मेरो परिपक्क बिचारका प्रतिबिम्ब थिए । यस्को प्रयोगकर्ता पनि म नै थिएँ, जस्को स्वाद आफैमा पूर्ण थियो र आत्मसन्तुष्टी मिलेको थियो । यस सपना पश्चात बिबिध बिषयमा मैले लेखेका अनेकन लेखहरु रद्दिको टोकरीमा मिल्काई दिएँ र केहि मात्र काँट छाँट गरि प्रकाशन गरें । भनिन्छ, विश्वका केहि महान आविस्कारहरु स्वप्नको माध्यमबाट भएका छन् र अधिकांश त संयोगले हुन पुगेका छन् । सियोको आविस्कार देखि पृथ्बीको गुरुत्व आकर्षणको सिद्दान्त यस्ता केहि आविस्कारका उदाहरणहरु हुन् । आज, प्रकृतिले मान्छेलाई पूर्ण चैतन्य जीवको रुपमा विकास गरिसकेको छ । जीव बिकासको क्रममा बानर देखि मान्छे सम्म आईपुग्न  हजारौं हजार बर्ष लागेको छ र मात्र हामी आफूलाई मानबको रुपमा उभ्याउन सकेका छौं । आजका जति पनि खोजहरु हाम्रा सामू छन् , ति सबै हाम्रै मेहनत र परिश्रमको प्रतिफल हुन् । यसका लागि मान्छेको भौतिक सत्ता मात्र जिम्मेबार नभै मानब जिवनको भित्तिको रुपमा रहेको अभौतिक सत्ताको पनि उत्तिकै हात रहेको छ । जसरी चेतन मन, अबचेतन मन र पराचेतन मनको स्वरुपलाई बिज्ञानले स्विकारेको छ त्यसैगरि स्थुल सरिर, बास्ना सरिर, शुष्म शरिर देखि सातौं तथा अन्तिम निर्बाण शरिरको स्वरुपलाई पनि तत्वबेत्ताहरु सहर्ष स्विकार्छन् । स्वप्नलाई यिनै शरिर मध्येको तेश्रो शरिरको जागृतिको अवस्थामा देखिने मान्छे भित्रको सोच, ईच्छा तथा कामनाको दृष्य रुप हो भन्दा फरक नपर्ला ! जस्ले मान्छेको वास्तविक स्वरुपको बारेमा बोलिरहेको हुन्छ ।
काँचो र पाकेको पीठोबाट बनेका कसारका गेडा र यसको भोग पश्चातको परिणाम मेरो लेखन यात्राको मार्ग निर्देशक यसकारण बन्यो ताकि म बाट यस्को बिष्लेषण सहि ढंगले गरिएको थियो र यो आफैमा एउटा पूर्णपाठ पनि थियो । परिपक्क र खारिएका बिचारहरु पाकेका कसारका गेडा जस्ता हुने रहेछन् । कुनैपनि लेखमा यसखालका बिचारहरु यसकारण आवस्यक छन् ताकि ति बिचारहरु जुनसुकै परिक्षाको घडीमा पनि खरो उत्रन सकुन् र सबैका लागि पाच्य होउन् । यो ज्ञानले नै लेखकलाई धेरै हद सम्म शतर्क गराएको हुन्छ र उ आफै यसको पहिलो पाठक पनि हुन्छ । यो लेख लेख्नुको तात्पर्य पनि यहि नै हो कि पाठकबर्ग, जो केहि लेख्न र प्रकासन गर्न चाहन्छ, उस्ले मेरो सपनाको मर्मलाई बुझुन् र सतर्कता अपनाउन् । बजारमा आज सयौं मात्रामा यस्ता लेख, किताब र रचनाहरु पाईन्छन् जुन आफैमा अपूर्ण त छँदैछन् साथमा सतहि पनि । कुनैपनि लेख तथा रचना कालजयी तब मात्र बन्छ जस्मा निरन्तरको अभ्यास, अनुसन्धान र बिचारमा परिपक्कता द्वारा सत्यको आवरणले ढाकिन्छ । शब्द आफै बोल्दैन, बोलाउनु पर्छ र त्यसमा प्राणरुपि उर्जाको संचारण समेत गर्नु पर्छ । जस्ले यो कुरालाई बुझेको छ र आत्मसात गरेको छ उ कहिल्यै हार्दैन, हतारिंदैन र बारंबार आफ्नो रचनामा घोत्लिन्छ ताकि जबसम्म उ आफ्नो सिर्जनाबाट आत्मतृप्त हुँदैन । जुन कुरामा आफूलाई ज्ञान छैन त्यसमा नबोल्नु र नलेख्नु नै बेस हुन्छ ।
यसैरात निदको दोश्रो प्रहरमा फेरी मैले अर्को सपना देखें । “म कतै जाँदै थिएँ । बाटोमा नास्पतीको बोट भेटियो । बोटमा लटरम्म नास्पतीका दानाहरु फलेका थिए र यि खानको लागि तयार भैसकेका थिए । अचानक मलाई यो फल खान मन लाग्यो र रुखबाट फल झार्नेकुरा सोच्न थालें । यो सोच्दा नसोच्दै मेरो हातमा धनुषबाँण भएको मैले पाएँ र तत्कालै धनुषद्वारा निशाना साधें । मलाई सानै देखी धनुष बिद्यामा खुबै रुचि थियो । यो सोख पुरा गर्नका लागि बाँसको खपेटामा डोरी बाँधेर, बाँसैको काँड बनाई, आँगनको डिलमा रहेको मेवाको रुखमा ताकि ताकि निशाना साँध्ने गर्थें । मलाई यसपाली सपनामा यो अबसर मिलेको थियो । जब मैले नास्पतीको फलका लागि निशाना साँधें र धनुष चलाएँ, निशाना चुक्यो । यो गर्दा धनुष आवस्यकता भन्दा बढी नुगेको थियो र डोरीमा हुनुपर्ने आवस्यक टंकार थिएन । फेरि मैले प्रयास गरिन । साथमा अरुपनि कोहि थियो र मेरो जिद्दिका कारण मलाई यो अबसर प्रदान गरिएको रहेछ । बाँण हानी सकेपछी जब मलाई निशाना चुकेको आभास भयो तब मेरो होश खुल्यो र किन निशाना चुक्यो ? भन्नेबारेमा स्वप्न मै सोच्न पुगें र यसको जबाफ पनि तत्कालै पाएँ ।“ यो सपना मेरो ब्यापार संग सम्वन्धित थियो न कि मेरो लेखन संग । केहि समय अगाडी देखि बेलायतको एउटा पार्टी संग ठूलै कारोबारको कुरा चल्दै थियो र यो सम्झौता लगभग पक्का पक्की जस्तै भैसकेको थियो । शुरुदेखि नै मैले नेपालको राजनितिक अस्थिरता, श्रमिक समस्याहरु र उत्पादनमा यस्ले पारेको प्रभाब र मूल्य बृद्दि ईत्यादीका बारेमा जस्ताको तस्तै भनिदिएको थिएँ । सामानको उत्पादन पश्चात निकाशी गर्दा दिईएको समयमा २,४ दिन तलमाथि हुन सक्छ भन्ने शर्त पनि मैले राखेको थिएँ । ब्यापारमा धेरैकुराहरु ढाँटेर गरिन्छ , यो कुरा मलाई थाहा छ तर आफ्नो यस्तो बानी नभएकाले सबैकुराहरु पहिले नै प्रष्ट्रयाई कुरा अगाडी बढाउँदा कतिपय सम्झौताहरु अन्तिम अवस्था सम्म आईपुग्दा सफल हुँदैनन् । यस्मा मलाई दुख भने लाग्दैन किनकि यतिबेला “ईश्वरको जो ईच्छा” भन्ने आत्मप्रेरित भावनाले म भित्र  काम गरिरहेको हुन्छ र भागवत गीताको यो स्वलोक पनि सम्झने गर्छु ।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोस्त्वकर्मणि ॥
अर्थात, तिम्रो कर्म गर्नुमा नै अधिकार छ, उसको फलमा कदापी छैन । यसकारण तिमी कर्मफलमा नजाउ तथा कर्म नगर्नुमा समेत आशक्ति नबन ।
स्वप्नको माध्यम द्वारा यो सम्झौता सफल नहुने शंकेत त मैले पाईसकेको थिएँ र यस्का बारेमा परिबारमा कुरा समेत गरेको थिएँ । आयातकर्ता संग ब्यावशायिक चिठीपत्र चल्दै गर्दा काम कुराको टुङगो लगाएर अग्रिम भुक्तानीको लागि बैंक खाता समेत दिने काम भैसकेको थियो । यसै समयमा गाउँमा आफन्तको बिहे परेकाले केहि दिनका लागि मलाई गाउँ जानु पर्यो । फर्केर अफिस आउँदा काम कुरो बिग्रिई सकेको थियो र आयातकर्ताले उक्त सम्झौता भंग गरेको सूचना दिएको थियो । यस्को आभास त मलाई स्वप्नबाट भैसकेको थियो जुन माथि नै भनिहाँले । यसैले दुख मानिन । सम्झें, ‘जुन कुरा आफ्नो भाग्यमा छैन त्यो कसै गरेपनि मिल्नेवाला छैन र जुन कुरा भाग्यमा छ त्यसका लागि सानो भन्दा सानो प्रयास नै प्रयाप्त हुन्छ ।‘ गाउँघर तिर एउटा उखान निकै प्रचलनमा रहेको पाईन्छ “भाग्यमा छ भन्दैमा चाल्नामा दुध दुहेर आउँदैन”   । यो कुरा सहि पनि हो । यस्का लागि सहि लगन, मेहनत, कार्य योजना, आत्मविस्वास र बलियो संयन्त्रको जरुरत अवस्य नै चाहिन्छ । मेरो स्वप्नले पनि यहि नै संकेत गरेको थियो । बाटोमा भेटिएको नास्पतीको रुखले आयातकर्तालाई शंकेत गर्थ्थो र त्यसमा लागेको फलले उस्बाट पाईने प्रतिफललाई । म संग भएको कमजोर धनुष र त्यसमा लगाईएको डोरीले, मेरो कमजोर संयन्त्रको शंकेत गर्थ्थो भने फल झार्नका लागि प्रयोग गरिएको धनुषकाँडले आयातकर्ता संग गरिएको कमजोर सम्बादको संकेत गर्थ्थो । धनुष चलाएर फल झार्न नसक्ने मेरो प्रयासले आत्मविश्वासको कमि, अप्रयाप्त अभ्यास र  क्षिण लगनशिलताको संकेत गरिराखेको थियो । कुनैपनि ब्यापारमा सफलता हासिल गर्नका लागि यो सपनाले मलाई दिएको संकेत अत्यन्तै महत्वपूर्ण र ठूलो पाठ थियो जुन भौतिक देहको भित्तिको रुपमा रहेको शुष्म शरिरको शुष्म चेतनद्वारा सांकेतिक बिम्बका रुपमा स्वप्नित थियो ।

मैले माथि नै भनिसकेको छु कि ‘स्वप्न जहिले पनि शुष्म शरिरको जागृति अवस्थामा देखिन्छ र यो भबिष्य सूचक पनि हुने गर्छ ।‘ दृष्टाले यसबाट आत्म निरिक्षण गर्ने अबसर पनि पाउँछ तर यो कुरामा धरैलाई मतलबै हुँदैन । ‘आज मैले यो सपना देखें ,यस्को फल के होला?’ भन्ने मात्र मान्छेले सोच्छ । प्रायजसो मान्छेले सपनाको उल्टो अर्थ लगाउने गरेको पाईन्छ जसबाट उस्लाई दुख शिवाय केहि मिल्दैन । यो कुरा सहि हो कि ‘बिराट प्रकृतिले मानव शरिरको जटिल रचना संगसंगै उस्लाई चाहिनेजति सबै संयन्त्र पूरापूर दिएर पठाएको छ । जहाँ जस्लाई जुन कुराको आवस्यक छ त्यसको पनि उस्ले कुनै न कुनै माध्यम द्वारा प्रबन्ध गरिदिएको छ ।‘ भूतकाल मानबको स्मरणमा ताजा नै छ भने बर्तमानकालको एक पल हरदम उस्को साथमै छ । निकट भविष्यमा घट्न सक्ने कुनैपनि घटनाको शंकेत मानब शरिरमा पहिले नै हुने गर्छ, “ह्रदय केन्द्रमा चेतन माध्यमले आभाशित भएर या शुष्म शरिर जागृतिको अवस्थामा स्वप्नको माध्यम द्वारा ।“ तर यो कुराको हेक्का समेत कसैलाई हुँदैन । यि दिब्य संकेतहरु मान्छे भित्रको लोभ, अभिमान, राग, द्वयस्, काम र गलत बुझाईको लेपले ढाकिएका हुन्छन् । जस्का कारणले बुद्दि मलिन हुनुका साथै ज्ञान र विवेकको समेत अभाब खट्किन जान्छ । यसैले सधैंभर हामी मूढको मूढ नै छौं र संसाररुपी स्वप्नलाई नै वास्तविक ठान्दै त्यसैमा अल्मलिई रहेका छौं ।          

मेरो अन्तिम आग्रह

- प्रिय काली

 खै काली आज म तिमीलाई कता बाट सम्बोधन गरु पहिला त म तिमीलाई  प्रिय भनेर सम्बोधनको सब्द राखने गरेको थिए तर आज तिमि अर्कैको प्रिय बन्न पुगेकी रहिछोंउ तर जे भए पनि काली तिमीलाई यो पर्दीसीको तर्फ बाट छोटो जिबनको लामो सम्झना साथै मुटुभरिको अटुल माया
         
खै काली
किन आज धेरै समय पछि यकासी तिम्रो याद आयो र फोन लगायको तिम्रो श्रीमान ले फोन उठानु भएको थियो र तिमीलाई भेट्न एउटा विकल्प अर्घाखाँची डट कम मार्फत तिमीलाई केहि सन्देस पुर्यउन लागि रहेको छु तिम्रो याद कति भने तिमि दिदीको घरमा आएको बेलामा संगै बसेर हस खेल गरेको र तिमि बिमारी हुदा राता रात हस्पिटल गएको र तिमि नै भन्ने गर्थ्यौ तपाई बिना त म सोच्न पनि सक्दिन भन्थ्यौ र तिनै बिगत का दिनहरु सम्झेर झस्कन्छु काली तर अचानक तिम्रो त्यो मन भनोउ कि के भनोउ कसरि परिबर्तन भएछ मैले त तिम्रो लागि के के नै सोचेर बिदेस पलायन भएको थिए

तिमि भने त्यो स्वार्थी मनलाई म बाटै अलग बनाएर अर्कैको हुन् पुगीछों मलाई भनि बिस्वास थियो कि तिमि जन्मेको मेरो लागि हो भन्ने सोचेर मैले मेरो तन मन तिमीलाई नै सुम्पिदिएको थिए !

ठिक छ काली अब तिमि जहा जो संग गएकि छो त्यसैमा रमाउनु तिम्रो नया संसार त्यही नै छ म अब
           तिमीलाई एउटा मात्र बिन्ति गर्छु यो सन्देस तिमीले कतै  बाट पायौ भने एक पटक मात्र सम्पर्कमा आउनु ल ......यही नै मेरो अन्तिम चाहना हो !

पठाउनुस् प्रमाण

पारदर्शितामार्फत् समाजलाई जिम्मेवार बनाउने यो लडाइँ तपाईँको सहयोग बिना संभव छैन। तपाईँले आफूलाई प्राप्त सूचना, जसलाई अरुहरु लुकाउन चाहन्छन्, तर तपाईँलाई लाग्छ- यसको पर्दाफास हुनुपर्छ, हामीलाई पठाउन सक्नुहुन्छ। त्यस्ता सूचना ‘यस्तो रे, उस्तो रे’ भनी सुनेको आधारमा नभई तपाईँ आफैलाई थाहा भएको हुनुपर्छ। प्रमाण यसका लागि महत्त्वपूर्ण आधार हो। नेपालीलिक्सले समाचारसहित प्रमाण पनि सार्वजनिक गर्ने लक्ष्य राखेको हुँदा प्रमाण पनि अपलोड गर्ने सुविधा तपाईँलाई दिएको छ। प्रमाण कुनै कागजात (documents), त्यसको scan copy, फोटो, अडियो, भिडियो जुनसुकै स्वरुपमा हुनसक्छ।
• यो अभियानको प्रचार गरी यसलाई व्यापक बनाउन तपाईँ सक्नुहुन्छ। आफूले चिनेजानेकालाई मौखिक वा लिखित रुपमा यसबारे बताएर, सामाजिक सञ्जालका साइटहरु फेसबुक र ट्विटरमा यसबारे अरुलाई बताएर इन्टरनेटको पहुँच भएका सबै समक्ष यो अभियानलाई पुर्‍याउन सक्नुहुन्छ।
• नेपालका सरकारी, निजी, सार्वजनिक संस्थाका कर्मचारीहरुलाई यसको प्रचार गरी विश्वास दिलाउनु पर्‍यो कि केही गलत भइरहेका छन् भने त्यसको प्रमाण यहाँ गोप्य रुपमा पठाउन सकिन्छ। विदेशका कुटनीतिक नियोग र नेपालीहरुको संस्थामा भइरहेका गलत कामको प्रमाण पनि यसरी पठाउन सकिन्छ। यसका लागि तपाईँहरुले प्रचारको भूमिका खेल्नुपर्‍यो।

श्रेणी:नेपाल सरकार

नेपाल सरकारसँग सम्बन्धित लेखहरूको सूची

उपश्रेणीहरु
यो श्रेणीका जम्मा ४ श्रेणीहरु मध्ये निम्न ४ उपश्रेणीहरु छन्।

  • [×] नेपालका कूटनीतिक सम्बन्धहरू (०)
  • [×] नेपालको कानून (०)

  • [×] मन्त्रालयहरू (०)

  • [×] सरकारी कार्यालयहरू (०)
"नेपाल सरकार" श्रेणीमा भएका लेखहरू
यो श्रेणीमा ३१ पृष्ठहरु , कुल ३१ मध्ये रहेका छन् ।

  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग (नेपाल)
  • अध्यागमन बिभाग
  • अर्थ मन्त्रालय (नेपाल)

  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

  • कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय (नेपाल)
  • कृषि तथा सहकारी मन्त्रालय (नेपाल)

  • जलस्रोत मन्त्रालय (नेपाल)

  • निर्वाचन आयोग (नेपाल)
  • नेपाल कानून आयोग
  • नेपाल टेलिभिजन
  • नेपाल नागरिक उड्डयन प्राधिकरण

  • परराष्ट्र मन्त्रालय (नेपाल)
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)

  • भूमिसुधार तथा व्यवस्था मन्त्रालय

  • महान्यायाधिवक्ताको कार्यालय
  • महालेखा नियन्त्रक कार्यालय
  • महालेखा नियन्त्रकको कार्यालय
  • महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय

  • रक्षा मन्त्रालय, नेपाल
  • राष्ट्रिय योजना आयोग
  • राष्ट्रिय सतर्कता केन्द्र

  • लोकसेवा आयोग

  • वन तथा भू-संरक्षण मन्त्रालय, नेपाल
  • वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
  • विकिपीडिया:विकिपरियोजना नेपाल सरकार

  • शिक्षा तथा खेलकुद मन्त्रालय
  • श्रम तथा यातायात व्यवस्था मन्त्रालय

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)
  • सूचना तथा संचार मन्त्रालय
  • सूचना विभाग

  • हुलाक सेवा विभाग

सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनालद्वारा गठित मन्त्रिपरिषद्को कार्यविभाजन सम्माननीय प्रधानमन्त्री

सि.नं.
मन्त्रिपरिषद् गठन विधि
कार्य विभाजन
.
श्री झलनाथ खनाल
प्रधानमन्त्री;
उद्योग; कृषि तथा सहकारी; गृह; परराष्ट्र
माननीय उपप्रधानमन्त्री
.
श्री भरतमोहन अधिकारी
अर्थ;  वाणिज्य तथा आपूर्ति
. 
श्री कृष्णबहादुर महरा
सूचना तथा सञ्चार; कानून तथा न्याय; भूमीसुधार तथा व्यवस्था; स्वास्थ्य तथा जनसंख्या
माननीय मन्त्रीहरु
४.
श्री विष्णुप्रसाद पौडेल
 रक्षा;  वातावरण
.
श्री टोपबहादुर रायमाझी
भौतिक योजना तथा निर्माण; श्रम तथा यातायात
.
श्री वर्षमान पुन
शान्ति तथा पूनर्निर्माण; युवा तथा खेलकुद
.
श्री खड्गबहादुर विश्वकर्मा
पर्यटन तथा नागरिक उड्डयन; महिला, बालबालिका तथा समाजकल्याण
८.
श्रीमती उर्मिला अर्याल
स्थानीय विकास
९.
श्री गङ्गालाल तूलाधर
शिक्षा; विज्ञान तथा प्रविधि; संघीय मामिला, संविधान सभा, संसदीय व्यवस्था तथा संस्कृति
१०.
श्री रघुवीर महासेठ
सिँचाई
११.
श्री गोकर्ण विष्ट
ऊर्जा
१२.
श्री भानुभक्त जोशी
वन तथा भू-संरक्षण
 १३.
श्री युवराज कार्की
सामान्य प्रशासन
माननीय राज्यमन्त्रीहरु
१४.
श्रीमती राधा ज्ञवाली
शिक्षा
१५.
श्री शत्रुघन महतो
स्थानीय विकास
१६.
श्री दलवहादुर सुनार
सिँचाई
१७.
श्री रामजी शर्मा
ऊर्जा
१८.
श्री डम्वर साम्वाहाम्फे
सामान्य प्रशासन
१९.
श्रीमती भगवती चौधरी
वन तथा भू-संरक्षण
२०.
डा. श्री ल्हारक्याल लामा
अर्थ;
माननीय सहायक मन्त्री







मन्त्रिपरिषद् गठन  मिति: २०६७/१०/२३; २०६७/१०/२७; २०६७/११/२०; २०६७/११/२८,

झापाको नालीबेली

१ हजार ६ सय ६ वर्गकिलोमिटर भूभाग ओगटेको नेपालको पूर्वी जिल्ला झापाको इतिवृत्ति समेटेर झापा दिग्दर्शन प्रकाशित भएको छ। हर िगौतमको एकल प्रयासमा तयार पारएिको यस पुस्तकको आकार भने ठूलो छ। १ लाख ७५ हजार घरधुरी रहेको यस जिल्लामा सात निर्वाचन क्षेत्र, १७ इलाका, तीन नगरपालिका र ४७ गाविस छन्। विसं २०५८ को जनगणना अनुसार, यहाँको कुल जनसंख्या ६ लाख ८८ हजार १ सय ९ रहेको छ।

यति सीमित भूभाग र जनसंख्याका आधारमा ९ सय ६३ पृष्ठको यो पुस्तक आकारका हिसाबले जति ठूलो लाग्छ तर यसको अध्ययन गर्दै जाँदा यो आफैँमा उपयुक्त लाग्छ। पुस्तकमा झापाको सूक्ष्मतर अध्ययन गरएिको छ । विषयवस्तुका हिसाबले यसमा झापाको सामान्यभन्दा सामान्य पक्षलाई समेत समेटिएको छ। त्यसो भनेर पुस्तकको मोटाइ बढाउनकै लागि यति धेरै पृष्ठ खर्चिएको भने छैन। झापाका आममानिसलाई थाहा छ, झापा यसै जिल्लाभित्रको एउटा गाउँको नाम सापटी लिएर नामकरण गरएिको हो। तर, यो नामका पछाडि लुकेको अर्थ के हो त? यसलाई भने हर िगौतम आफैँले सुरु गरेको 'प्रारम्भ' शीर्षकको 'नामकरण'मा उल्लेख गरेका छन्। हाल कुमारखोद गाविस अन्तर्गत त्यस बेलाको एउटा गाउँ र अहिले साप्ताहिक हटिया 'झापा'बाट यस जिल्लाको नामकरण गरएिको हो। र, त्यहाँका आदिवासीमध्येका संख्यात्मक हिसाबमा अग्रणी राजवंशी भाषामा 'झापा'को अर्थ ढकनी अर्थात् छोप्ने वस्तु भन्ने बुझिन्छ। यसको तात्पर्य शताब्दीयौँदेखि वनजंगलले ढाकिएको हुँदा यस क्षेत्रको नाम झापा रहन गयो।

यसरी 'प्रारम्भ'देखि नै झापाबारेका रोचक र रहस्यात्मक पाटोहरू खोतल्दै जाँदा विस्तारै 'झापा' अर्थात् ढकनीको बिर्को उघि्रँदै जान्छ र झापाबारे अध्ययन गर्न चाहने गैरझापालीका लागि मात्र होइन, स्वयं झापालीकै लागि समेत यसको अध्ययन कौतूहलपूर्ण बन्दै जान्छ। र, पुस्तकले पाठकलाई बाँध्दै लैजान्छ। सामान्यतया भूगोल भनेको आमपाठकका लागि त्यति रोचक विषय होइन। तर, झापा दिग्दर्शन भूगोल भएर पनि भूगोलमा मात्र सीमित रहेको छैन। यसले अरू पक्षहरूलाई पनि समेटेको छ।

६ खण्ड र ४४ शीर्षकमा वणिर्त यो पुस्तक भूगोल र संस्कृति लेखनको क्षेत्रमा एउटा नवीन प्रयोग पनि हुनसक्छ। प्रयोग कुन अर्थमा भने, एउटा जिल्लाको भौगोलिक-सांस्कृतिक इतिहासलाई यति विस्तृत रूपमा प्रस्तुत गर्न सक्नु आफैँमा नौलो उदाहरण हो। साथै, यो के कुरामा आधिकारकि ठहर्छ भने गौतमले यसमा आफूले मात्र मसी खर्च गर्ने प्रयास नगरी जो व्यक्ति जुन क्षेत्रको जानकार हो, त्यसबारे लेख्ने दायित्व त्यसै व्यक्तिलाई दिएका छन्। विसं २०६० सालदेखि निरन्तर दौडधुप गरी सात वर्षको कठिन प्रयासबाट यति गहन र मोटो ग्रन्थ प्रकाशित गर्न सक्नु लेखक गौतम र पाठक दुवैका लागि ठूलै उपलब्धि हो।

झापा दिग्दर्शनको पहिलो खण्ड 'प्रारम्भिक तथा सामाजिक परचिय' अन्तर्गत १० शीर्षकहरूमा भौगोलिक स्वरूप, ऐतिहासिक पाटो, सीमा समस्या, जनसंख्या, आर्थिक, शैक्षिक, प्रशासनिक आदि पक्षमाथि प्रकाश पारएिको छ। यसमा मुलुकले नै इतिहास क्षेत्रमा चिनेका व्यक्तित्व सुरेन्द्र केसी र सीमाविद् बुद्धिनारायण श्रेष्ठका आलेखले पुस्तकलाई अझ पठनीय बनाएका छन्। दोस्रो खण्ड 'राजनीतिक अवस्था'मा पुस्तकका सम्पादक गौतम स्वयंलगायत कृष्ण धरावासी, यज्ञराज प्रसाईं आदिका लेखले राजनीतिक पक्षमाथि वास्तविक धरातलमा टेकेर तथ्यपूर्ण प्रस्तुति दिएका छन् भने तेस्रो खण्ड 'भाषा, साहित्य र संस्कृति'का फाँटलाई नरेन्द्र चापागाईं, वैरागी काइँला, विष्णुविभू घिमिरे, गंगाप्रसाद अधिकारी आदिका शोधमूलक रचनाले पुस्तकको महत्त्व बढाएका छन्।

खण्ड चारका आठ र खण्ड पाँचका पाँच शीर्षकहरूमा झापाको सामाजिक तथा सांस्कृतिक जीवनपद्धति र विविध विषयहरू समेटिएका छन्। यी खण्डहरूमा तुलसी भट्टराई, पात्र धिमाल, एकराज गिरी आदिका कलमले आ-आफ्नो विशेषज्ञतालाई प्रस्ट पारेका छन्।

सातौँ खण्ड, 'झापा विमर्श' हो र अन्तिम खण्ड पनि। यसमा जयप्रसाद ढकाल, नरेन्द्रनाथ बाँस्तोला, लीला उदासी, द्रोणप्रसाद आचार्य क्षेत्री, गोपालकुमार बस्नेत आदि जो झापामा लामो समयसम्म बसोबास गर्दै आए र झापाको ऊहापोहलाई नजिकैबाट अध्ययन गर्दै जीवनको उत्तरार्द्धमा पुगेका छन् र केही त बिति पनि सके, तिनीहरूले आफूलाई साक्षी प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। समग्रमा यो पुस्तक झापा जिल्लाका लागि महाभारत नै सावित हुने त छँदै छ, यसले गौतमको जुझारु प्रयासको पनि लेखाजोखा प्रस्तुत गरेको छ। यति ठूलो पुस्तकमा निश्चय नै केही गल्ती होलान्, मिथ्यांक, कमी-कमजोरी पनि परेका होलान्। यो अनुमान हो। झापाका भूगोलविद् या इतिहासकारले यसबारे आगामी दिनमा प्रकाश पार्लान् नै। तर, सरसर्ती एउटा पाठकको आँखामा खट्किने पक्ष पनि छ, त्यो हो लेखकका मुहारचित्र। कृष्ण अधिकारी 'अकृन'द्वारा खिचिएका कुनै पनि रेखाचित्र सम्बन्धित लेखकको मुहारसँग तादात्म्य हुँदैनन्। यति धेरै मिहिनेत र लगानी गरसिकेपछि यो एउटा विधा पनि कुनै सिद्धहस्तलाई सुम्पेको भए पुस्तक अझ महत्त्वपूर्ण हुने थियो। आगामी संस्करणमा संयोजक-सम्पादकले यसमा ध्यान पुर्‍याउलान् भन्ने अपेक्षा राख्न सकिन्छ ।

सुरुचिपूर्ण संग्रह

सिद्ध तिमिल्सिना

विसं २०५२ देखि तत्कालीन नेकपा माओवादीको नेतृत्वमा प्रारम्भ सशस्त्र द्वन्द्वका कारण नेपाली समाज अस्िथर र सन्त्रासपूर्ण त बन्यो नै, यसका कारण सिर्जित हिंसा-प्रतिहिंसाका घटनाले मानवीय पक्षमा गम्भीर आघातसमेत पार्‍यो। त्यही द्वन्द्वकालीन प्रभावको पृष्ठभूमिमा लेखिएको कथासंग्रह हो, रामेश्वरी पन्तको घाउ चहर्‍याइ नै रह्यो।

कथासंग्रहको केन्द्रीय प्रवृत्तिका रूपमा द्वन्द्वले सिर्जना गरेको विषयवस्तुलाई मुख्य आधार बनाइए पनि मायाप्रेम, विछोड, यौन, गरबिी, नारी सशक्तीकरण र अन्य राजनीतिक तथा सामाजिक सन्दर्भ पनि समाविष्ट कथामा उनिएका छन्।

यस संग्रहको शीर्षक कथा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा परविारका सदस्य गुमाएकाहरूको पीडासँग सम्बन्धित छ, जुन कथाकारकै पारविारकि जीवनमा समेत भएको घटना हो। यसमा मूलतः द्वन्द्वोत्तर मुलुकका नागरकिको मनोदशा व्यक्त भएको छ। लोकतान्त्रिक आन्दोलनका सहिद परविारको अपेक्षा र अवस्थालाई समेट्न खोजिएको छ, 'सेतो खाम'मा।

'रामविलासको लोकतन्त्र'मा आन्दोलनका घाइतेहरूको संघर्ष र बलिदानप्रति नेताहरूले देखाएको व्यवहारलाई प्रस्ट्याउन खोजेको देखिन्छ। कलेजमा अध्यापनरत एउटा अविवाहित महिलाको मनोविश्लेषणमा आधारति कथा हो, 'रजनी'। कलेजको साथी प्रकाश र रजनीको जीवनको विगत र पछिल्लो अवस्थाको सामाजिक मनोविज्ञानलाई यस कथाले अघि सार्ने जमर्को गरेको छ। उर्लिंदो जवानीका बेला केटाहरूबाट आएका प्रेमप्रस्तावहरूलाई महत्त्व नदिने रजनीका पछिल्ला कष्टपूर्ण दिनहरू र निरर्थकझैँ लाग्ने जीवन-यात्रा यसमा मार्मिक रूपले प्रस्तुत गरएिको छ।

'उत्कर्ष प्रेम' कथामा जीवनको उत्तरार्द्धमा एक्लो रूपमा बाँच्न विवश एउटा पुरुष, जो निःसहाय अवस्थामा अस्पतालको शय्यामा पुगेको हुन्छ। यस्तो अवस्थामा समेत आफूलाई परत्ियाग गरेकी प्रेमिका सरतिाको सम्झनामा छट्पटाइरहेको र अस्पतालमा कार्यरत छोरीसरहकी नर्सको मानवीय सहयोगले त्राण पाइरहेको एउटा संवेगात्मक पक्षलाई उजागर गर्न खोजेको छ। यसैगरी, 'काँक्रो' कथा विभिन्न पात्रका माध्यमबाट यौन मनोविज्ञानलाई प्रस्फुटन गर्ने दिशामा केन्दि्रत छ।

०६२/६३ को जनआन्दोलनको सफलतासँगै मुलुकमा 'नयाँ नेपाल' शब्द निकै लोकपि्रय पदावलीका रूपमा चर्चामा छ। तर, बिर्खेजस्ता भरयिाहरूको जीवनका सन्दर्भमा यसको अर्थ र औचित्यलाई तुलनात्मक रूपमा प्रस्तुत गरेकी छन्, कथाकारले 'बिर्खेले बुझेको नयाँ नेपाल'मा।

विसं ०५५ देखि ०६७ सम्म लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित २५ वटा कथा यस संग्रहमा समेटिएका छन्। यसमा समावेश कथाहरू सरल, सरस र सुरुचिपूर्ण छन्।