१ हजार ६ सय ६ वर्गकिलोमिटर भूभाग ओगटेको नेपालको पूर्वी जिल्ला झापाको इतिवृत्ति समेटेर झापा दिग्दर्शन प्रकाशित भएको छ। हर िगौतमको एकल प्रयासमा तयार पारएिको यस पुस्तकको आकार भने ठूलो छ। १ लाख ७५ हजार घरधुरी रहेको यस जिल्लामा सात निर्वाचन क्षेत्र, १७ इलाका, तीन नगरपालिका र ४७ गाविस छन्। विसं २०५८ को जनगणना अनुसार, यहाँको कुल जनसंख्या ६ लाख ८८ हजार १ सय ९ रहेको छ।
यति सीमित भूभाग र जनसंख्याका आधारमा ९ सय ६३ पृष्ठको यो पुस्तक आकारका हिसाबले जति ठूलो लाग्छ तर यसको अध्ययन गर्दै जाँदा यो आफैँमा उपयुक्त लाग्छ। पुस्तकमा झापाको सूक्ष्मतर अध्ययन गरएिको छ । विषयवस्तुका हिसाबले यसमा झापाको सामान्यभन्दा सामान्य पक्षलाई समेत समेटिएको छ। त्यसो भनेर पुस्तकको मोटाइ बढाउनकै लागि यति धेरै पृष्ठ खर्चिएको भने छैन। झापाका आममानिसलाई थाहा छ, झापा यसै जिल्लाभित्रको एउटा गाउँको नाम सापटी लिएर नामकरण गरएिको हो। तर, यो नामका पछाडि लुकेको अर्थ के हो त? यसलाई भने हर िगौतम आफैँले सुरु गरेको 'प्रारम्भ' शीर्षकको 'नामकरण'मा उल्लेख गरेका छन्। हाल कुमारखोद गाविस अन्तर्गत त्यस बेलाको एउटा गाउँ र अहिले साप्ताहिक हटिया 'झापा'बाट यस जिल्लाको नामकरण गरएिको हो। र, त्यहाँका आदिवासीमध्येका संख्यात्मक हिसाबमा अग्रणी राजवंशी भाषामा 'झापा'को अर्थ ढकनी अर्थात् छोप्ने वस्तु भन्ने बुझिन्छ। यसको तात्पर्य शताब्दीयौँदेखि वनजंगलले ढाकिएको हुँदा यस क्षेत्रको नाम झापा रहन गयो।
यसरी 'प्रारम्भ'देखि नै झापाबारेका रोचक र रहस्यात्मक पाटोहरू खोतल्दै जाँदा विस्तारै 'झापा' अर्थात् ढकनीको बिर्को उघि्रँदै जान्छ र झापाबारे अध्ययन गर्न चाहने गैरझापालीका लागि मात्र होइन, स्वयं झापालीकै लागि समेत यसको अध्ययन कौतूहलपूर्ण बन्दै जान्छ। र, पुस्तकले पाठकलाई बाँध्दै लैजान्छ। सामान्यतया भूगोल भनेको आमपाठकका लागि त्यति रोचक विषय होइन। तर, झापा दिग्दर्शन भूगोल भएर पनि भूगोलमा मात्र सीमित रहेको छैन। यसले अरू पक्षहरूलाई पनि समेटेको छ।
६ खण्ड र ४४ शीर्षकमा वणिर्त यो पुस्तक भूगोल र संस्कृति लेखनको क्षेत्रमा एउटा नवीन प्रयोग पनि हुनसक्छ। प्रयोग कुन अर्थमा भने, एउटा जिल्लाको भौगोलिक-सांस्कृतिक इतिहासलाई यति विस्तृत रूपमा प्रस्तुत गर्न सक्नु आफैँमा नौलो उदाहरण हो। साथै, यो के कुरामा आधिकारकि ठहर्छ भने गौतमले यसमा आफूले मात्र मसी खर्च गर्ने प्रयास नगरी जो व्यक्ति जुन क्षेत्रको जानकार हो, त्यसबारे लेख्ने दायित्व त्यसै व्यक्तिलाई दिएका छन्। विसं २०६० सालदेखि निरन्तर दौडधुप गरी सात वर्षको कठिन प्रयासबाट यति गहन र मोटो ग्रन्थ प्रकाशित गर्न सक्नु लेखक गौतम र पाठक दुवैका लागि ठूलै उपलब्धि हो।
झापा दिग्दर्शनको पहिलो खण्ड 'प्रारम्भिक तथा सामाजिक परचिय' अन्तर्गत १० शीर्षकहरूमा भौगोलिक स्वरूप, ऐतिहासिक पाटो, सीमा समस्या, जनसंख्या, आर्थिक, शैक्षिक, प्रशासनिक आदि पक्षमाथि प्रकाश पारएिको छ। यसमा मुलुकले नै इतिहास क्षेत्रमा चिनेका व्यक्तित्व सुरेन्द्र केसी र सीमाविद् बुद्धिनारायण श्रेष्ठका आलेखले पुस्तकलाई अझ पठनीय बनाएका छन्। दोस्रो खण्ड 'राजनीतिक अवस्था'मा पुस्तकका सम्पादक गौतम स्वयंलगायत कृष्ण धरावासी, यज्ञराज प्रसाईं आदिका लेखले राजनीतिक पक्षमाथि वास्तविक धरातलमा टेकेर तथ्यपूर्ण प्रस्तुति दिएका छन् भने तेस्रो खण्ड 'भाषा, साहित्य र संस्कृति'का फाँटलाई नरेन्द्र चापागाईं, वैरागी काइँला, विष्णुविभू घिमिरे, गंगाप्रसाद अधिकारी आदिका शोधमूलक रचनाले पुस्तकको महत्त्व बढाएका छन्।
खण्ड चारका आठ र खण्ड पाँचका पाँच शीर्षकहरूमा झापाको सामाजिक तथा सांस्कृतिक जीवनपद्धति र विविध विषयहरू समेटिएका छन्। यी खण्डहरूमा तुलसी भट्टराई, पात्र धिमाल, एकराज गिरी आदिका कलमले आ-आफ्नो विशेषज्ञतालाई प्रस्ट पारेका छन्।
सातौँ खण्ड, 'झापा विमर्श' हो र अन्तिम खण्ड पनि। यसमा जयप्रसाद ढकाल, नरेन्द्रनाथ बाँस्तोला, लीला उदासी, द्रोणप्रसाद आचार्य क्षेत्री, गोपालकुमार बस्नेत आदि जो झापामा लामो समयसम्म बसोबास गर्दै आए र झापाको ऊहापोहलाई नजिकैबाट अध्ययन गर्दै जीवनको उत्तरार्द्धमा पुगेका छन् र केही त बिति पनि सके, तिनीहरूले आफूलाई साक्षी प्रमाणका रूपमा प्रस्तुत गरेका छन्। समग्रमा यो पुस्तक झापा जिल्लाका लागि महाभारत नै सावित हुने त छँदै छ, यसले गौतमको जुझारु प्रयासको पनि लेखाजोखा प्रस्तुत गरेको छ। यति ठूलो पुस्तकमा निश्चय नै केही गल्ती होलान्, मिथ्यांक, कमी-कमजोरी पनि परेका होलान्। यो अनुमान हो। झापाका भूगोलविद् या इतिहासकारले यसबारे आगामी दिनमा प्रकाश पार्लान् नै। तर, सरसर्ती एउटा पाठकको आँखामा खट्किने पक्ष पनि छ, त्यो हो लेखकका मुहारचित्र। कृष्ण अधिकारी 'अकृन'द्वारा खिचिएका कुनै पनि रेखाचित्र सम्बन्धित लेखकको मुहारसँग तादात्म्य हुँदैनन्। यति धेरै मिहिनेत र लगानी गरसिकेपछि यो एउटा विधा पनि कुनै सिद्धहस्तलाई सुम्पेको भए पुस्तक अझ महत्त्वपूर्ण हुने थियो। आगामी संस्करणमा संयोजक-सम्पादकले यसमा ध्यान पुर्याउलान् भन्ने अपेक्षा राख्न सकिन्छ ।
सुरुचिपूर्ण संग्रह
सिद्ध तिमिल्सिना
विसं २०५२ देखि तत्कालीन नेकपा माओवादीको नेतृत्वमा प्रारम्भ सशस्त्र द्वन्द्वका कारण नेपाली समाज अस्िथर र सन्त्रासपूर्ण त बन्यो नै, यसका कारण सिर्जित हिंसा-प्रतिहिंसाका घटनाले मानवीय पक्षमा गम्भीर आघातसमेत पार्यो। त्यही द्वन्द्वकालीन प्रभावको पृष्ठभूमिमा लेखिएको कथासंग्रह हो, रामेश्वरी पन्तको घाउ चहर्याइ नै रह्यो।
कथासंग्रहको केन्द्रीय प्रवृत्तिका रूपमा द्वन्द्वले सिर्जना गरेको विषयवस्तुलाई मुख्य आधार बनाइए पनि मायाप्रेम, विछोड, यौन, गरबिी, नारी सशक्तीकरण र अन्य राजनीतिक तथा सामाजिक सन्दर्भ पनि समाविष्ट कथामा उनिएका छन्।
यस संग्रहको शीर्षक कथा दशक लामो माओवादी सशस्त्र द्वन्द्वका क्रममा परविारका सदस्य गुमाएकाहरूको पीडासँग सम्बन्धित छ, जुन कथाकारकै पारविारकि जीवनमा समेत भएको घटना हो। यसमा मूलतः द्वन्द्वोत्तर मुलुकका नागरकिको मनोदशा व्यक्त भएको छ। लोकतान्त्रिक आन्दोलनका सहिद परविारको अपेक्षा र अवस्थालाई समेट्न खोजिएको छ, 'सेतो खाम'मा।
'रामविलासको लोकतन्त्र'मा आन्दोलनका घाइतेहरूको संघर्ष र बलिदानप्रति नेताहरूले देखाएको व्यवहारलाई प्रस्ट्याउन खोजेको देखिन्छ। कलेजमा अध्यापनरत एउटा अविवाहित महिलाको मनोविश्लेषणमा आधारति कथा हो, 'रजनी'। कलेजको साथी प्रकाश र रजनीको जीवनको विगत र पछिल्लो अवस्थाको सामाजिक मनोविज्ञानलाई यस कथाले अघि सार्ने जमर्को गरेको छ। उर्लिंदो जवानीका बेला केटाहरूबाट आएका प्रेमप्रस्तावहरूलाई महत्त्व नदिने रजनीका पछिल्ला कष्टपूर्ण दिनहरू र निरर्थकझैँ लाग्ने जीवन-यात्रा यसमा मार्मिक रूपले प्रस्तुत गरएिको छ।
'उत्कर्ष प्रेम' कथामा जीवनको उत्तरार्द्धमा एक्लो रूपमा बाँच्न विवश एउटा पुरुष, जो निःसहाय अवस्थामा अस्पतालको शय्यामा पुगेको हुन्छ। यस्तो अवस्थामा समेत आफूलाई परत्ियाग गरेकी प्रेमिका सरतिाको सम्झनामा छट्पटाइरहेको र अस्पतालमा कार्यरत छोरीसरहकी नर्सको मानवीय सहयोगले त्राण पाइरहेको एउटा संवेगात्मक पक्षलाई उजागर गर्न खोजेको छ। यसैगरी, 'काँक्रो' कथा विभिन्न पात्रका माध्यमबाट यौन मनोविज्ञानलाई प्रस्फुटन गर्ने दिशामा केन्दि्रत छ।
०६२/६३ को जनआन्दोलनको सफलतासँगै मुलुकमा 'नयाँ नेपाल' शब्द निकै लोकपि्रय पदावलीका रूपमा चर्चामा छ। तर, बिर्खेजस्ता भरयिाहरूको जीवनका सन्दर्भमा यसको अर्थ र औचित्यलाई तुलनात्मक रूपमा प्रस्तुत गरेकी छन्, कथाकारले 'बिर्खेले बुझेको नयाँ नेपाल'मा।
विसं ०५५ देखि ०६७ सम्म लेखिएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित २५ वटा कथा यस संग्रहमा समेटिएका छन्। यसमा समावेश कथाहरू सरल, सरस र सुरुचिपूर्ण छन्।