शनिवार, 30 अप्रैल 2011

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र ,रिडी

फोटो फिचर

थोर्गा बाट खिचीएको रिडी बजारको तस्बिर।

अर्गली बाट खिचीएको रिडी बजारको तस्बिर।

कुसेनीको डाँडा बाट खिचीएको रिडी बजारको तस्बिर।

कालीपार बाट खिचीएको रिडी बजारको तस्बिर।

भटकुवा बाट खिचीएको रिडी बजारको तस्बिर।

भुउपग्रह मार्फत खिचीएको रिडी क्षेत्रको तस्बिर।

रिडी बजार बाट देखीएको द्रिश्य।

रुरु महोत्सबको तस्बिर।

२०३६ सालमा खिचीएको रिडी बजारको तस्बिर।

दीपावलीमा रिडी बजार।

दीपावलीमा रिडी बजार।

लामो चौपारीमा निर्माण गरिएको रुरु ताल।

बाढी ग्रस्त बन्दै गर्दाको रिडी बगर।

रिडी माघी मेलामा राखीएको वाल उद्यान।

रिडी बिष्णु पञ्जरमा रहेको सदियौ बर्ष पुरानो मानिस बस्ने ओडार।

रिडी पुलक्याम्पमा रहेको झोलुङे पुल जसले गुल्मी र स्याङ्जा जिल्लालाई जोडेको छ्।


रिडी कालीगन्डकीमा राखिएको फडके पुल।

रुरुक्षेत्र खेल मैदानमा रहेको बिश्राम स्थल।


रुरुक्षेत्र खेल मैदानको ब्याडमिन्टन कोर्ट।

२०१८ साल भन्दा अघी निर्मित रिडी ठाडोगल्लीमा रहेको गणेश आक्रती। 

२०१८ सालमा रिडीमा आएको भिषण बाढी बाट क्षती ग्रस्त बनेको घरहरु। 

२०१८ सालमा रिडीमा आएको भिषण बाढी बाट क्षती ग्रस्त बनेको घरहरु। 

२०१८ सालको बाढि बाट क्षतीहुनु अगाडिको रिडी बजार। 


नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल

उत्सब

  जात्रा तथा मेलाका नाम :                 तिथी                           महिना:                       संबन्धित:

 १)   भैरब रथयात्रा                            बैशाखे संक्रान्ती                    बैशाख                          भैरब मन्दिर     

२)  बुद्ध जयन्ती                                पुर्णिमा                                 बैशाख                          सुगन्ध बिहार

३)  निर्जला एकादशी                         एकादशी                               जेष्ठ                              गाइघाट

४)  सिठी नख:                                  षष्ठी                                      जेष्ठ                              भैरब मन्दिर

५)  गाँठे मंगल                                 कृष्ण प्रतिपदा                       भाद्र                             रिडी बजार

६)  लाखे नाच                                   कृष्ण प्रतिपदा                       भाद्र                             रिडी बजार

७)  भिम्सेन रथयात्रा                        कृष्ण षष्टी                             भाद्र                             भिम्सेन मन्दिर

८)  कृष्ण अस्टमी                             कृष्ण अस्टमी                      भाद्र                              राधा कृष्ण मन्दिर

९)  गणेश जात्रा                                सुक्ल चौथी                           भाद्र                              गणेश मन्दिर

१०) भगवती जात्रा                            सुक्ल अस्टमी                       भाद्र                              शोभा भगवती

११) कोज्रागत पुर्णिमा                       पुर्णिमा                                 आस्विन                       कालिका मन्दिर

१२) ह्रिशिकेश उत्सब             शुक्ल एकादशी तथा द्वादशी              कार्तिक                         ह्रिशिकेश मन्दिर

१३) सत्य नारायण रथ यात्रा             शुक्ल द्वादशी                        कार्तिक                        सत्यनारायन मन्दि

१४) बाला चतुर्दशी                            कृष्ण चतुर्दशी                       मंसिर                          भिर्गुतुङेश्वोर मन्दिर

१५) योमरी पुन्ही                             धान्य पुर्णिमा                        मंसिर                           रिडी बजार

१६) माघे संक्रान्ती मेला                    १,२,३ गते                             माघ                              रिडी बजार
 
१७) शिव रात्री                                  कृष्ण चतुर्दशी                     फाल्गुन     भिर्गुतुङेश्वोर तथा मणीमुकुन्देश्वोर

१८) राम नवमी                                शुक्ल नवमी                        चैत्र                      राम मन्दिर(रिडी)र रुद्रबेनी

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र

संस्कृति

            रुरुक्षेत्रको पहिचान धार्मिक र ऐतीहासिक मात्र नभै सदियौ काल देखी चलीआएको यहाँको संस्कृति पनि हो। बिशेषत यहाँको लाखे नाच,झाम्रे नाच,गुठ पूजा,गाइ जात्रा,ह्रिशिकेश उत्सब तथा होली उत्सब लगायत थुप्रै बिशिस्ट प्रक्रितीका संस्कृतिहरु रहेका छन। यिनै बिशिस्ट प्रक्रितीका संस्कृतिहरुनै आज रिडी क्षेत्रको पहिचान बनेको छ्।

ह्रिशिकेश उत्सब :
                                                                      

ह्रिशीकेश भगवानको रथ परिक्रमा गराइदै।
प्रत्येक बर्ष हरीबोधनी एकादशी र द्वादशीको दिन यो उत्सब मनाउने गरिन्छ। यस दिन भगवान ह्रिशिकेशको रथलाइ रिडी बजार परीक्रमा गराइन्छ। परीक्रमाको अबसरमा हजारौ मानिसहरु देशभर तथा बिदेशबाट आउने गर्छन्। यो रथयात्रा पश्चीम नेपालकै चर्चित रथयात्रा मानिन्छ। पहिलो दिन हरीबोधनी एकादशीको दिन रथ यात्रा पाले भाईको घरबाट पञ्चेबाजा सहित पूजा,फलफुल तथा रोटी सहित भब्यरुपमा रिडी बजार परीक्रमा गराइ भगवान ह्रिशिकेशको पूजा गरिन्छ। त्यस्तै दोश्रो दिन पनी पालेभाईको घरबाट रोटी प्रशाद सहित बजार परीक्रमा गरी भगवान ह्रिशीकेशको पूजा गरिन्छ र त्यसपछी मात्र रिडी बजारमा ह्रिशिकेश भगवानको रथ परीक्रमा गराइन्छ। त्यस्तै भगवान नारायणको पत्नी लक्ष्मी भएकोले ह्रिशीकेश भगवानको रथ सँगै लक्ष्मी नारायणको पनि रथयात्रा गर्ने प्रचलन रहेको छ्। कार्यक्रम समापनको अबसरमा हलुवा प्रशाद बितरण गर्ने गरिन्छ,यहाँ बितरण गरिने हलुवा अत्यन्तै लोकप्रिय रहेको छ्।     


रथलाई रिडी बजारमा
परिसरमा परिक्रमा गराइदै।
ह्रिशीकेश उत्सबको दिन मन्दिर 
परिसरमा नाचगान गर्दै दर्शनार्थीहरु   
                                                              

*********************************************************************


लाखे नाच :

लाखे नाच नाच्दै
लाखे नाच नाच्दै।
       लाखे नाच रिडी क्षेत्रकै सबैभन्दा लोकप्रिय तथा चर्चित नाच हो।धेरै बर्ष पहिले देखीनै यहाँ लाखे नाचको सुरु भएको मानिन्छ। प्रत्येक बर्षको घण्टाकर्ण चतुर्दशी(गठेमंगल)को दिन देखी रिडीमा लाखे नाचको सुरुवात हुन्छ। पंरम्परा अनुसार लाखेले गठेमंगलको पुत्ला दहन गरी कालीगन्डकीमा मिल्काएपछी उक्त दिन देखी बजार क्षेत्रमा बिधीवत रुपमा लाखे नाचको सुरुवात भएको मानिन्छ। यो नाच कृष्ण जन्मास्टमीको दिन सम्म जारी रहन्छ, उक्त दिन बलराम र कृष्णको स्वरुप धारण गरी लाखेको वध गरेको अभिनय गरिन्छ र सोही दिन देखी लाखे नाचको बिधीवतरुपमा अन्त्य हुन्छ। रुरु फ्रेन्डस क्लबले आयोजना गर्ने यो नाच हेर्न बजार तथा यसको आसपासका गाउँहरु बाट सयौको संख्यामा मानिषहरु भेला हुन्छन।
                      
संस्क्रिती चुम्पाखे लाखे लाइ जिस्काउदै
लाखे नाचको लागि ढोलख बजाइदै।
   
         

                                                  
**************************************************     


नेवारी गुठ पूजा
पूजाको लागि तयार गरिएको अबिरको थाली। 
पूजाको लागि मन्दिर तर्फ प्रस्थान गरिदै।
         गुठ पूजा रिडी क्षेत्रका नेवार समुदायले मनाउने गरेको यहाँको एउटा महत्वपूर्ण चाड हो। धेरै पहिले देखी चली आएको यो चाड धान्य पुर्णिमा(योम्हरी पुन्ही)को दिन मनाउने गरिन्छ। नेवारी समुदाय भित्रको घरको कुनैपनी सदस्यको मृत्‍यु भएमा सामुहिक रुपमा मृतकको परिवारलाइ सघाउने उद्देश्यले गठन गरिएको गुठीले यो परंपरा मनाउने गर्छन्। रिडी क्षेत्र भित्र नेवारहरुको दुइ वटा गुठ रहेको छ्। ठुलो गुठ र सानो गुठ नामले चिनिने यो समुहहरुले योम्हरी पुन्हीको दिनमा सम्पूर्ण गुठीयार भाईहरु भेला गराइ मन्दिरमा पूजा गर्ने परंपरा रहेको छ्। ठुलो गुठले भगवती मन्दिर र सानो गुठले गणेश भैरब मन्दिरमा पूजा गर्ने गर्छन्। गुठी भित्रका सम्पूर्ण सदस्यले प्रत्येक बर्ष आलोपालो गरी एक जनालाई पजाको जिम्मेवारी दिइन्छ। जिम्मेवारी पाउने सदस्यले त्यस बर्षको लागि सम्पूर्ण पूजा तथा कामको नेत्रीत्व गर्नुपर्ने हुन्छ। यस दिन सम्पूर्ण गुठीयार भाइहरु पालेभाईको घरमा जम्मा हुन्छ र त्यही घर बाट बाजागाजा सहित मन्दिरमा गई पूजा गरी बोका बली चढाउने गर्छन्। मन्दिरमा चढाइएको बोका पाले भाईको घरमा लगी पकाएर बाँडीचुडी खाने प्रचलन रहेको छ्। ततपस्चात आउने बर्षको पालेभाई(लाइपाले)को घर गइ बिधीवत रुपमा गुठपुजाको पालो हस्तान्तरण गरिन्छ। यस दौरानमा लाइपालेलाइ बिभिन्न प्रकारका परीकार,फलफुल,प्रसाद तथा कलात्मक सामाग्रीहरु दिने         गरिन्छ। र त्यसबर्षको लागि गुठपुजा बिधीवत रुपमा सम्पन्न हुन्छ।   
बली चढाउनको लागि राखिएको बोका।
          यस गुठपुजाको मुख्य आकर्शण भनेको यहाँ चाढाइने बोका हो। यस पूजाको दिनमा दुइ वटा गुठको बिचमा सबै भन्दा ठुलो र धेरै बोका कसको हुने भन्ने अप्रत्यक्ष होडबाजी नै चल्ने गर्छ। यसै होडबाजीका कारण एउटा गुठले कम्तीमा पनि ४० केजी भन्दा माथिको तौल भएको बोका दुइ देखी तीन वटा बली चाढाउने गर्छन। यसरी मन्दिरमा चढाइने बोकालाइ पाले भाइको घरमा लगेर पकाइन्छ। यहाँ बोकाको मासु बिशेष प्रकारले पकाइन्छ। जुन मासु अत्यन्तै स्वादिलो हुने गर्छ। यही बिशेष स्वादले गर्दा गुठको मासु अत्यन्तै लोकप्रिय रहेको छ्। यसरी पाकाइने मासुलाइ "एक पाखे मासु" भनिन्छ। यो मासु प्रत्येक गुठीयार भाईहरुले आफ्नो आफन्तहरुलाइ प्रसादको रुपमा बाँढेर खाने प्रचलन रहेको छ्।
 
         लाईपाले लाई हस्तान्तरण गरिएको                                          आउदो बर्षको लागि लाईपालेलाई                           पूजा समापन पछी प्रसाद खाँदै।
            गरिएको बिभिन्न परीकारहरु।                                      गुठपुजाको जिम्मेवारी हस्तान्तरण गर्दै। । 



        ********************************************


गाईजात्रा: 

तायमचा
तायमचालाई बजार परिक्रमा गराइदै।
गाईजात्रा बिशेषगरी रिडी क्षेत्रमा नेवार सम्प्रदायले मान्ने गर्छन्। रिडी क्षेत्रमा नेवारी सभ्यताको सुरुवात सँगै गाईजात्र मनाउने परम्पराको सुरुवात भएको मानिन्छ। बर्षदिनमा नेवार समुदायका घरमा कसैको मृत्‍युभएमा उनको सम्झनामा मृतकको घरबाट गाइजात्रा निकाल्ने चलन रहेको छ्। बिशेषत जात्राको रुपमा तायमचालाई बजार घुमाइने गरिन्छ। डोकोमा बाँसको भाटा घुसाइ रङी चङी कपदाले बेरी गाईको प्रतीक बनाइन्छ,जसलाई तायमचा भनिन्छ। र सोही तायमचा धारण गरी मानिस नाच्ने गर्छन्,यो नाचलाइ बजारभर प्रदर्शन गरिन्छ। यसको साथसाथमा पुरुषहरु महिलाको भेष धारण गरी गाइजात्रे शैलिमा नाच्ने गर्छन। यस दिन यो नाच हेर्न टाढा टाढा बाट मानिसहरु रिडी क्षेत्रमा भेला हुन्छन ।  


***************************************************


होली उत्सब:
मट्की फोड्नका लागि उचाइ लिदै युवाहरु।
           प्रत्येक बर्ष फागु पुर्णिमा(होली)को अबसरमा सप्त चन्डी महिला समुहले होली उत्सबको आयोजना गर्नेगरेको छ्। यस दिन मट्की फोड,हाँडी फोड,दौद,तातो लालु लगायतका रमाइलो प्रतीयोगिताहरु हुने गर्दछ। बिशेषत यो कार्यक्रमको आकर्शण मट्की फोड प्रतीयोगिता हुने गर्दछ्। यो प्रतीयोगितामा युवाहरुले बिभिन्न समुह बनाइ भाग लिने गर्दछ। एउटा समुहले मट्की फोडने प्रयत्न गर्दैगर्दा अर्को प्रतीद्वन्दी समुहले पानी तथा रंग प्रहार गरी उसको प्रयासलाई असफल बनाउने कोषिश गर्दछ। यो श्रिङखला मट्की नफोडीदा सम्म जारी रहन्छ। यिनै कठीनाइहरुको सामना गर्दै जुन समुनले मट्की फोड्न सफल हुन त्यही समुह नै बिजयता घोशित हुन्छ। यस कार्यक्रममा भागलिन तथा हेर्न यस दिन रिडी बजारका मानिसहरु बसपार्क चोकमा भेला हुने गर्दछन। 

मट्की फोड्नका लागि उचाइ लिदै युवाहरु।
होली उत्सबमा हाँडी फोददै एक युवा।







                                         

******************************************** 


हरीतालिका तिज

   हिन्दु महिलाहरुको महान चाड तिजको उपलक्षमा प्रत्येक बर्ष सप्त चन्डी महिला समुहले रिडी बगरमा रहेको खेल मैदानमा तिज गीत प्रतियोगिताको आयोजना गर्ने गर्दछ। यस प्रतियोगितामा भाग लिन बिभिन्न स्थानबाट महिलाहरुको समुह आउने गर्दछन। अत्यन्तै रोचक,घोचक तथा प्रतिस्पर्धापूर्ण हुने यो कार्यक्रम हेर्न मानिसहरुको ठुलो जमघट यस दिन रिडी बजारमा हुने गर्दछ।

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल

मन्दिर

              एक कोषीय परीधीमा अवस्थीत रुरु क्षेत्रमा दर्जनौ मन्दिर,पाटी,पौवा,गुफा तथा पोखरीहरु रहेका छन। सानो क्षेत्र भएर पनि यती धेरै सम्पदाहरुले सुसज्जित हुनु यस्को ठुलो बिषेशता हो जसले पर्यतकहरुलाई निक्कै आकर्सित गर्ने गरेको छ्। ऋषीकेशव मन्दिर,सत्येश्वर महादेव,भ्रिगुतुङेश्वोर महादेव तथा अचम्मेश्वोर गुफाले यो क्षेत्रमा मात्र नभइ देशमै प्रशिद्धी कमाएको छ्। यहाँको सम्पदाहरुको बारेमा बेद पुराण तथा इतीहासहरुमा समेत पढ्न पाइन्छ। यसका अलाबा यहाँका अन्य धार्मिक सम्पदाहरुको महिमा पनि सानो छैन । यहाँ करीक ४० भन्दा बढी मन्दिरहरु,१५ भन्दा बढी पौवाहरु तथा ४ वटा गुफाहरु रहेका छ्न। अहिले पनि रिडी क्षेत्र भित्र मन्दिर तथा पौवाहरुको निर्माण श्रिङखला जारी छ। यस शिर्षिकमा हामी यस क्षेत्र भित्रका केही महत्वोपूर्ण मन्दिरहरुको चर्चा गर्न गइराखेका छौ।

ऋशीकेश मन्दिर :


     
       ऋशिकेश मन्दिर देशकै सुप्रशिद्ध मन्दिरहरु मध्येको एउटा मन्दिर हो। बिश्वो सम्पदा सुचीमा सुचिकृत हुने तैयारीमा रहेको यो मन्दिर  संसारका अन्य प्रशिद्ध मन्दिरहरु जस्तै काली गण्डकीको किनारामा रहेको छ्। १२औं शताब्दी तिर यो मन्दिर गल्फुले गुफाको पुर्बी भाग(बिष्णु पञ्जर)मा रहेको थियो र कालान्तरमा कालीगन्डकीमा आएको भिषण बाढी सँगैको पहिरोले यो मन्दिर सँगै यस भित्रको मुर्ती पनि कालीगण्डकीमा बिलिन भयो र पछी १६औं शताब्दीतिर पाल्पाली राजा मणीमुकुन्द सेनले कालिगन्डकीको दोभानमा स्नान गर्नलाग्दा हराएको उक्त मुर्ती फेला पारेका थिए भन्ने जनविश्वाश रहेको छ्। यस लगत्तै उनले यो मुर्तीलाई हालको स्थानमा स्थापित गरेका थिए। यो मुर्ती कृष्ण बर्णको ३ फुट ९ इन्च अग्लो रहेको छ्। पछी १८१९ मा रणदल पाण्डेले कमलको फुल आकारको मन्दिर बनाइ मुर्तीलाई यो मन्दिर भित्र स्थापना गरेका थिए । यो मन्दिरको पूजा आजा चलाउनको लागि राजा मणी मुकुन्दसेनले नै गुठी लालमोहरको ब्यबस्था गर्नुका साथै नित्य पूजाको लागि अर्गलीका भट्टराइ ब्राम्हणहरु लाई लालमोहर लगाइ नित्य पूजारी रहने ब्यबस्था गरिदिएका थिए। अहिले यो गुठी सँग ७०० रोपनी जग्गा रहेको छ्।
        बिक्रम सम्वत १८९५मा दिर्घनारायण श्रेष्ठले यस मन्दिरको रथ यात्रा गरी ऋशिकेशव उत्सब मनाउने परम्पराको प्रारम्भ गरेका थिए प्रत्येक बर्षको हरीबोधनी एकादशी द्वादशीको दिनमा यो उत्सब मनाइन्छ।एकादशीको दिन रिडी बजार बाट फलफुल प्रसाद सहित पञ्चे बाजा बजाइ जात्रुहरु ऋशिकेशव मन्दिर जान्छन। द्वादशीको दिनमा बाजागाजा सहित भब्यरुपमा रथलाई रिडी बजार परीक्रमा गराइन्छ। रथ यात्राको समयमा हजारौ मानिसहरु देश तथा बिदेशबाट समेत आउँछन्। यो दिन यहाँका मानिसहरु ब्रत बसी भगवान ऋशिकेशवको आराधना गर्छन्। पौराणिक कथन अनुसार यो दिनमा कालीगन्डकीमा स्नान गरी ऋशिकेशव भगवानको दर्शन गरेमा मुक्ती पाइन्छ भन्ने मान्यता रहेको छ्।  

सत्येश्वोर महादेव: 


           एतीहासिक महत्वो राख्ने यो मन्दिरको स्थापना बि.सं.१८७९ मा नेपालका तत्कालिन प्रधानमन्त्री भिमसेन थापा द्वारा गरिएको हो। बंगलामा रहेको यो मन्दिर भिमसेन थापाले आफ्नी आमा सत्येरुपाको ईच्छा बमोजिम निर्माण गरिएकोले यसको नाम सत्येश्वोर महादेव मन्दिर राखीएको हो। उनले यो मन्दिरको बगलमा एउटा पौवा समेत निर्माण गरेका छन,जस्लाई भिमसेन पौवाको नामले चिनिन्छ। मन्दिर र पौवाको निर्माण सँगै यसको नित्य पूजा सन्चालनको लागि १५६ रोपनी जग्गा सहित गुठीको ब्यबस्था गरिदिएका थिए। यही गुठीको माध्यम बाट अहिले  पनि यसको नित्यपूजा चलीराखेको छ्। यो मन्दिर र पौवाको बारेमा नेपालको इतीहासमा पढ्न पाइन्छ।  

शोभा भगवाती :

            
           यो मन्दिर रिडी बजारको माझमा रहेको छ्। यस भित्र रहेको भगवतीको मुर्ती काठमाडौंको शोभा भगवतीमा प्राण प्रतिस्ठा गरी जल धारा गर्दै यस मन्दिरमा स्थापित गरिएको थियो। त्यसैले यो मन्दिरको नाम पनि शोभा भगवती राखिएको हो। भाद्र शुक्ल नवमीमा रथयात्रा हुने यो मन्दिरको स्थापना भक्तबिर श्रेष्ठले गरेका हुन।

गायत्री मन्दिर:


       यो मन्दिर ऋशिकेश मन्दिरको बगलमा रहेको छ्। यसको स्थापना डन्डी स्वामी कृष्ण बोधाश्रम द्वारा २०१९ सालमा गरिएको हो। यो मन्दिर अत्यन्तै जिर्ण भएपछी हालसासै स्थानिय ब्यक्तीहरु सँग चन्दा संकलन गरी पुनरनिर्माण गरिएको छ्। यो मन्दिर भित्र सँगमर्मरको गायात्री देवीको मुर्ती रहेको छ्। यसको नियमित पूजा चलाऊन गुठीको ब्यबस्था गरिएको छ्। यसको गुठी सँग बिघा जग्गा रहेको छ्। जसबाट वार्षिक २५००० रुपैया आम्दानी हुने गर्छ।

मणीमुकुन्देश्वोर महादेव:


      बिक्रम सम्वत १५३०मा पाल्पाली राजा मनिमुकुन्द सेनले यो मन्दिरको निर्माण गरेका थिए। मन्दिर स्थापनाको समयमा गुठीको ब्यबस्था गरी यो मन्दिरको पूजाको जिम्मेवारी मानकोटेहरु लाइ दिएका थिए,जसले आहिले पनि निरन्तर्ता पाएको छ्। 

लक्ष्मी नारायण मन्दिर: 


    रिडी बजारको भक्तेनी टोलमा अबस्थित यो मन्दिरको निर्माण मानकोट बाट कल्पवास बस्न आएकी लीला कुमारी द्वारा गरिएको हो। यो मन्दिरको नित्य पूजाको लागि गुठीको ब्यबस्था छ्। 

रुरु कन्या(गल्फुल परिसर):


       हरी तालिका,तिजको दिन बिशेष पूजा हुने यो मन्दिर रिडी बजारको गल्फुल परिसरमा रहेको छ्। पौराणिक मान्यता अनुसार रुरु कन्याले यसै गल्फुल परिसरमा तपस्या गरेको विश्वाश गरिन्छ । त्यसैले यसै स्थानमा २०४२ सालमा रुरु कन्याको शिला स्थापित गरी मन्दिर निर्माण गरिएको हो। यो मन्दिरको आसपासमा गुफाहरु पनि रहेको छ्। त्यस्तै यो स्थान लाइ बिशेष आकर्शक बनाउन रुरु रेशुङा सम्रक्षण तथा पर्यतन बिकास समितीले १३ फिट अग्लो देव्दत्त ऋशीको मुर्ती निर्माण गरेको छ्।

गम्भिर मुक्तेश्वर महादेव: 


      रिडी बजारको थाडो गल्लीमा रहेको यो मन्दिरको निर्माण १९७९ सालमा कर्णेल बहादुर गम्भिर सिंह रायमाझीके श्रीमती तिल कुमारीले गरेकी हुन। यो मन्दिरको भित्र भागमा नौ वटा शिवलिङ रहेको छ्। 

गोपेश्वोर महादेव:


        कालिका स्थानमा रहेको यो मन्दिर २०१८ साला भन्दा अगाडि काली गन्डकीको ततमा रहेको थियो। तर ०१८ सालको बढीले यो मन्दिरलाई भत्काएपछी हालको स्थानमा सारीएको हो।

भिमसेन मन्दिर:


         शोभा भगवतीको बगलमा रहेको यो मन्दिरको निर्माण मोतीलाल श्रेष्ठले गरेका हुन। सामान्यतया नेवारी समुदायले मात्र पूजा गर्ने यो मन्दिरको रथ यात्रा माघ शुक्ल द्वादशीको दिनमा हुने गरेको छ्। गुठीको माध्यम बाट यसको पूजा हुनेगरेको छ्।

गणेश भैरब मन्दिर:


          सुगन्ध बिहार टोलमा रहेको यो मन्दिर पहिले खोलाको तिरमा रहेको थियो तर खोलाले यो मन्दिरलाइ नोक्सानी पुर्याए पछी हालको स्थानमा सारीएको हो। गणेश र भैरब मन्दिरलाइ जोडेर बनाइएको यो मन्दिर धेरै पुरानो रहेको विश्वाश गरिन्छ। यस मन्दिर मध्ये गणेश मन्दिर रातामाटा तीनदोबाटो बाट ल्याइ स्थापना गरिएको हो। यसको रथ यात्रा भाद्र कृष्ण चौथीमा हुने गर्छ भने भैरबको रथ यात्रा बैशाखे संक्रान्तीमा हुने गर्छ।

सुगन्ध बिहार:


           कुनै समय दुर्गान्धित रहनेगरेको यो स्थानमा सरसफाइ गरी बुद्ध बिहार निर्माण गरिएकोले  यसलाई सुगध बिहार भनिएको हो। बिहारमा रहेको बुद्ध मुर्तीको स्थापना स्व. रघुवीर श्रेष्ठले गर्नु भएको हो। हाल थाइल्यान्ड बुद्ध बिहारको सहयोगमा नयाँ बुद्ध मुर्तीपनी स्थापित गरिएको छ्। प्रत्येक बर्ष बुद्ध जयन्तीको दिन यहाँ रथ यात्रा तथा बिभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ।
 
सत्यवती मन्दिर(कुंदापानी):

          यो मन्दीरको निर्माण अर्गली निवासी स्व गणेश भट्टराईले गरेका हुन। मन्दिरमा पञ्चायन देवताको मुर्ती स्थापित गरिएको छ् भने यसको बगलमा कैलाश पर्वतको नमुना बनाइ त्यहाँ भगवान शिवको मुर्ती स्थापित गरिएको छ्। यसको आसपासमा सुन्दर बगैचा तथा बिचमा पोखरी बनाइएको छ्। जसले गर्दा यो मन्दिर परिसर निक्कै रमणिय बनेको छ्। यहाँ मानिसहरु भगवानको दर्शन तथा बन भोजको लागि जाने गर्छन्।

भिमसेन मन्दिर(बंगला):

       बंगलामा रहेको यो मन्दिरको निर्माण मोतीलाल श्रेष्ठ द्वारा गरिएको हो। गुठी बाट यसको पूजा चल्ने भए पनि अहिले यो मन्दिर अत्यन्तै जिर्ण अवस्थामा पुगेको छ्। यो मन्दिरको प्रत्येक बर्ष माघ शुक्ल द्वादशीको दिन रथ यात्रा हुने गरेको छ्।

 मनकामना मन्दिर(बंगला):

          रिडीको बंगलामा रहेको यो मन्दिरको निर्माण २०५९ सालमा सत्येस्वर युवा क्लबले गरेको हो। यसको नित्य पूजा हुने गरेको छ्।  

देउराली माइ: 

        
            अर्गलीको देउरालीमा रहेको यो मन्दिरमा प्रत्येक बर्ष दसैंको नबदुर्गामा बिशेष पूजा हुने गर्छ। त्यस्तै हरितालिका तिजको दिन यहाँ महिलाहरु जम्मा भइ तिज गीत गाउने गर्छन्।

रामनाम स्तुप:   
        ऋशीकेश परिसर भित्र रहेको यो रामनाम स्तुप भक्तहरु द्वारा डेढकरोड रामनाम लेखी स्थापना गरिएको हो।

 सत्य नारायण मन्दिर
   यो मन्दिरको स्थापना स्व. फौजदार अम्बरराजकी दिदी बाट स्थापित भएको हो। काली गण्डकीको टतमा रहेको यो मन्दिर बाढी बाट क्षती भए पछी यो मन्दिरको पुनर्निर्माण ऋशिकेश परिसरमा गरिएको हो। मन्दिरको पुनर्निर्माण तत्कालिन राजा बिरेन्द्रले गर्न लगाएका थिए। यसको पूजा गुठी बाट चल्ने गर्छ।

रुरुकन्या मन्दिर (ऋशिकेश परिसर)
          यो मन्दिर ऋशिकेश मन्दिरको सामनेमा तामाको मुर्ती स्थापना गरी बनाइएको छ्। देवदत्त ऋषी र प्रम्हलोचाको गर्भबाट जन्मेकी रुरु कन्याले यो क्षेत्रमा कठोर तपस्या गरी भगवान ऋशीकेशको दर्शन पाएकोले रुरु कन्याको मन्दिर ऋशीकेश मन्दिरको समानेमा बनाइएको हो।      
राधा कृष्ण मन्दिर -
यो मन्दिर ऋशिकेश मन्दिरको पछील्लो भागमा रहेको छ्। कास्ठ निर्मित बास्तुकलापूर्ण यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ्। स्व. फौजदार अम्बर राज द्वारा निर्माण गरिएको यो मन्दिरको पूजा गुठीबाट चल्ने गर्छ।

शान्तभक्तेश्वोर,शेरभक्तेश्वोर र शान्तमुक्तेश्वोर -
          तीनवता महादेवको मन्दिरलाई एकै स्थानमा जोडेर बनाइएको यो मन्दिरमा शान्तभक्तेश्वोर,शेरभक्तेश्वोर र शान्तमुक्तेश्वोर महादेवको शिव लिङ्ग राखिएको छ्। बिक्रम सम्वत १९६७ सालमा शेर शमशेर र उनकी श्रीमती शान्तकुमारी देवी बाट यो मन्दिरको निर्माण गरिएको हो। यसको कुनै आय श्रोत नभएपनी पूजा पाठ भने नियमित हुने गर्छ।

कालिका मन्दिर:
          बिष्णु पञ्जर नजिक रहेको यो मन्दिरको स्थापना कहिले र को बाट भएको हो भन्ने हाल सम्मपनी थाहा हुन सकेको छैन। पौराणिक मान्यता अनुसार देवदत्त ऋशीको तपस्या भङ्ग गर्न आएकी अपसरा प्रम्हलोचाले यो मन्दिरमा नित्य पूजा गर्ने गरेको विश्वाश गरिन्छ। आहिले ३७ जना गुठीयार भाइहरु रहेको यो मन्दिर सँग २८००० रुपैया मुलधन रहेको छ्,जसको वार्षिक २४% को दरले ब्याज प्राप्त हुन्छ।
 बिष्णु मन्दिर:
         २०५४ सालमा निर्माण गरिएको यो मन्दिर लामा चौपरी (कालीगण्डकीको तट)मा रहेको छ्। यसको निर्माण उमापती पोख्रेल द्वारा गरिएको हो। यो मन्दिर वर पिपलको रुख मुनी रहेकोले भक्तजन हरु जल चढाउन दैनिक यहाँ जाने गर्छन्।

 कञ्चनेश्वोर महादेव:
   अभयानन्द गिरी द्वारा स्थापित यो मन्दिर बिष्णु पञ्जरमा रहेको छ्। गुठी नभएपनी यसको नित्य पूजा हुने गरेको छ्। 

बिष्णु मन्दिर:      
    २०५४ सालमा निर्माण गरिएको यो मन्दिर लामा चौपरी (कालीगण्डकीको तट)मा रहेको छ्। यसको निर्माण उमापती पोख्रेल द्वारा गरिएको हो। यो मन्दिर वर पिपलको रुख मुनी रहेकोले भक्तजन हरु जल चढाउन दैनिक यहाँ जाने गर्छन्।
भिर्गुतुङ्गेश्वोर महादेव:
      पौराणिक महत्वो राख्ने यो मन्दिर रुरुक्षेत्रको चण्डी भञ्ज्याङ गाबिसमा रहेको छ्। यो मन्दिरको निर्माण ग्वादी निवासी राज कुमार बरालले गर्नु भएको हो। चतुर मुखी शिवलिङ रहेको यो मन्दिर पहिले काली गण्डकीको टतमा रहेको थियो तर २०४२ सालमा आएको बिनासकारीबाढी सँगैको पहिरोले यसलाई पुरेपछी हालको स्थानमा नव निर्माण गरिएको हो। मन्दिर सँग करीब ८७ रोपनी गुठीको जग्गा रहेको छ्। पौराणिक मान्यता अनुसार यो स्थानमा सती देवीको अंग पतन भएको तथा देवदत्त ऋशीले तपस्या गरेको विश्वाश गरिन्छ। त्यसैले यहाँ मानिसहरु प्रत्येक सोमबार दर्शनको लागि जाने गर्छ। बिशेषत यहाँ शिवरात्रीको दिनमा दर्शनार्थीहरुको घुँइचो लाग्ने गर्छ।  

राम मन्दिर:
      रामलाल प्रधान द्वारा निर्माण गरिएको यो मन्दिर रिडी बजारको माझमा रहेको छ्। राम नवमीको दिन यसको बिशेष पूजा हुने गर्छ।

भगवती मन्दिर(रातामाता):
      यो मन्दिर रातामाताका स्थानिय बासिन्दाद्वारा २०६३ सालमा निर्माण गरिएको हो। यसको नित्य पूजा हुने गर्छ।   

औरर्वाश्रम शिद्ध मन्दिर(अर्गली):
      अर्गली गाबिसको मुस्लुक पर्बतको तुप्पोमा रहेको यो मन्दिर और्ब ऋशीको तपस्या स्थल हो। पौराणिक मान्यता अनुसार यसै स्थानमा और्ब ऋशीले तपस्या गरी मुक्ती पाएको विश्वाश गरिन्छ। त्यसैले यो स्थानमा मन्दिर निर्माण गरी और्ब ऋशीको मुर्ती स्थापित गरिएको छ्। यो मन्दिर परिसर बाट बिभिन्न स्थानहरुको द्रिश्यावलोकन गर्न सकिने हुनाले अर्गली आउने पर्यतकहरुको लागि आकर्शणको केन्द्र बन्ने गरेको छ्।
कालिका मन्दिर(भटकुवा):
शताब्दीऔं पुरानो मानिएको कालिका मन्दिर भटकुवाको डाँडा पोखरीमा रहेको छ्। नवदुर्गा भरी यसको बिशेष पूजा हुने गरेको छ्।