शुक्रवार, 29 अप्रैल 2011

नेपालको क्षेत्रिय बर्गिकरण

नेपालको भूभाग ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरुमा वर्गिकृत छ ।

विषयसूची


  • १ पूर्वाञ्चल विकासक्षेत्र
  • २ मध्यमाञ्चल विकासक्षेत्र
  • ३ पश्चिमाञ्चल विकासक्षेत्र
  • ४ मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
  • ५ सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र
[सम्पादन गर्ने] पूर्वाञ्चल विकासक्षेत्र
पूर्वाञ्चल विकासक्षेत्र ३ अञ्चल र १६ जिल्लामा वर्गीकरण गरिएको छ।
  • मेची अञ्चल - जिल्लाहरु: झापा, इलाम, पाँचथर, ताप्लेजुङ
  • कोशी अञ्चल - जिल्लाहरु: मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा
  • सगरमाथा अञ्चल - जिल्लाहरु: सप्‍तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु
[सम्पादन गर्ने] मध्यमाञ्चल विकासक्षेत्र
मध्यमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १९ जिल्लामा वर्गिकरण गरिएको छ।
  • जनकपुर - जिल्लाहरु: धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा
  • नारायणी - जिल्लाहरु: रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन
  • बागमती - जिल्लाहरु: काभ्रे, ललितपुर, काठमाडौं, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा
[सम्पादन गर्ने] पश्चिमाञ्चल विकासक्षेत्र
पश्चिमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १४ जिल्लामा वर्गिकरण गरिएको छ।
  • लुम्बिनी - जिल्लाहरु: नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी
  • गण्डकी - जिल्लाहरु: गोर्खा, तनहू, स्याङ्जा, लमजुङ, कास्की, मनाङ
  • धवलगिरी - जिल्लाहरु: पर्वत, वाग्लुङ, म्याग्दी, मुस्ताङ
[सम्पादन गर्ने] मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
मध्य-पश्चिमाञ्चल विकासक्षेत्र ३ अञ्चल र १५ जिल्लामा वर्गिकरण गरिएको छ।
  • राप्ती - जिल्लाहरु: दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम
  • भेरी - जिल्लाहरु: बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट
  • कर्णाली - जिल्लाहरु: डोल्पा, जुम्ला, कालिकोट, मुगू, हुम्ला
[सम्पादन गर्ने] सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र
सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र २ अञ्चल र ९ जिल्लामा वर्गिकरण गरिएको छ।
  • सेती - जिल्लाहरु: कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ
  • महाकाली - जिल्लाहरु: कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला