शुक्रवार, 29 अप्रैल 2011

गुल्मी जिल्ला

  • कफिको लागि प्रशिद्द जिल्ला
  • विश्वमै दुर्लभ अगरवुडको खेती हुने जिल्ला

विषयसूची


  • १ जिल्लाको भौगोलिक अवस्था
  • २ जिल्लाको नामाकरण
  • ३ परिचय
  • ४ धार्मिक/दर्शनिय स्थल
  • ५ नदीनाला
  • ६ स्रोत
  • ७ गुल्मी जिल्लाबाट सन्चालित संचार माध्यमहरु
  • ८ यो पनि हेर्नुहोस्
[सम्पादन गर्ने] जिल्लाको भौगोलिक अवस्था
  • अक्षांश:- २७.५५" देखि २८.२७" सम्म उत्तरी अक्षांश
  • दशान्तर:- ८३.१०" देखि ८३.३५" सम्म पुर्वि देशान्तर
  • उचाई:- ४६५ मि. रिडि देखि २६९० मि. थाप्लेको लेक
  • पुर्व पश्चिम सरदर लम्बाई:- ४० कि. मि.
  • उत्तर दक्षिण सरदर चौडाई:- ३० कि. मि.
  • क्षत्तफल:- ११४९ वर्ग कि. मि. ११४९०० हेक्टर
  • सिमाना:- पूर्व स्याङ्जा पर्वत, पश्चिम प्यूठान, उत्तर वाग्लुङ, दक्षिण पाल्पा अर्घाखाँची

[सम्पादन गर्ने] जिल्लाको नामाकरण
संस्कृत भाषामा सैनिक वा पल्टन भएको ठाउँलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि लिच्छिवकाल र मध्यकालमा सैनिक छाउनी रहने भएकोले यसलाई गुल्मी भनी नामाकरण गरिएको हो भन्ने भनाइ रहेको छ । लिच्छवि कालमा यो ठाउँ गढि गुल्म गण्डकी नदीको छेउको छाउनी भनिन्थ्यो । यहाँ गुल्मी चारपाला भन्ने ठाउँ पनि छ । जसलाई गुल्मीकोट पनि भनिन्थ्यो । यसैका आधारमा यस जिल्लाको नाम गुल्मी रहेको हो भन्ने भनाई पनि पाइन्छ ।
[सम्पादन गर्ने] परिचय

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनैतिक रुपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसंख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरुमा कच्ची मोटरबाटोबाट यातायात संचालन भै रहेको छ । यस जिल्लाको सदरमुकाम तमघासबाट करिव ६ कि.मि. नजिक रहेको सिमिचौर गा.वि.स.मा हवाई मैदान निर्माण कार्य क्रमागत योजनाको रुपमा अगाडी बढीरहेको छ ।
प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका,श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरु गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह,थाप्ले,कङ्के देउराली,सत्यवती,शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन।
यि स्थानहरु धार्मिक महत्वले मात्र नभै जैविक विविधता, पर्यटकिय स्थल, जलश्रोतको मुहान, तिर्थस्थलको रुपमा परिचित छन् भने सदरमुकामको शिरमा रहेको रेसुङ्गा क्षेत्र पौराणिक कालका ऋषि ऋष्य श्रिङ्गा तपोभूमि हो । यस क्षेत्रमा हालैको एक संस्थाको अध्ययनबाट लोपोन्मुख २ जातीको गिद्ध पाइएको छ । यस जैविक विविधताले सम्पन्न रेसुङ्गा पहाडमा प्रकृतिमा आधारित पर्यटन अन्तरगत साहसिक पर्यटनको विकास गर्न सकिन्छ । बिभिन्न जात जातिहरुको समिश्रण रहेको यस जिल्लामा जनजातिहरुको आफ्नै कला, संस्कृति, भेष भुषा रहेका छन । लोपोन्मुख अवस्थामा रहेका यी सांस्कृतिक धरोहरहरुलाई आगामी पुस्ताका लागि जोगाई राख्न हामी सबैको कर्तव्य बनिसकेको छ ।
यसै गरि ग्रामिण पर्यटनको अवधारणालाई लागू गरि यस क्षेत्रमा रहेको गरिबि न्यूनिकरण गर्न यो जिल्लाले आफ्ना प्रयासहरु अगाडि बढाउन लागिरहेको छ । गुल्मी जिल्ला पहाडी जिल्ला भएकाले यहाँ व्यवसायिक रुपमा व्यवसायिक खेतीको सम्भावना रहेको छ । नेपालमा पहिलो पटक कफि खेतिको शुरुवात गर्ने गौरवमय ईतिहास बोकेको गुल्मी जिल्ला विेदेशमा सबैभन्दा बढी अर्गानिक कफि निर्यात गर्ने जिल्ला पनि हो र जापान तथा कोरियामा हालसम्म पनि निर्यात हुदै आईरहेको छ । जिल्लाका विभिन्न भागमा तरकारी खेती, अदुवा खेती, सुन्तला खेती, उखु खेती, च्याउ खेतीको लागि उपयुक्त जलवायु र स्थानहरु रहेका छन् ।
साथै जैविक विविधताले भरिपूर्ण पहाडी क्षेत्र भएकाले मौरी पालन व्यवसायको विस्तार गर्न सम्भव रहेको छ । नेपालको दोश्रो ठूलो व्यापारिक केन्द्र वुटवलबाट ११५ कि.मि. मात्र टाढा रहेको गुल्मी जिल्लामा उत्पादित वस्तुहरु निर्यात गर्न कुनै समस्या छैन । हाल यस जिल्लाबाट बाहिर विक्री वितरण भएका प्रमुख कृषि उत्पादनमा कफि, टमाटर, खुर्सानी, अदुवा, उखु खुदो, मकै विउ आदि छन र पशुपालन अन्तर्गत उत्पादीत दुध पोखरा निकासी हुदै आईरहेको छ ।
[सम्पादन गर्ने] धार्मिक/दर्शनिय स्थल

प्राचिन कालदेखि नै प्रसिध्द नेपालको चारधाम मध्ये एकधाम रुरु क्षेत्र , पौराणिक, ऐतिहासिक गाथा बोकि जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण तपोभूमि रेसुङ्गा क्षेत्र यसै गरि धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रवेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालिन चारपालाको शिवालय, शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोटहरु गुल्मी चारपाला दरबार, मुसिकोट, चन्द्रकोट, ईस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेका मदाने लेक, टिमुरे लेक, दिब्रुङ दह, थाप्ले, कङ्के देउराली, सत्यवती, शालिमेदह, प्रकृतिको अनुपम संरचना विचित्र गुफा, सिदेश्वर गुफा आदि यसै जिल्लामा रहेका छन ।
[सम्पादन गर्ने] नदीनाला
  • कालीगण्डकी
  • बडिघाट
  • निस्ती
  • रिडी
  • छल्दीपनाहा
  • हुग्दिखोला


...........अधुरो लेख ! ! ! यो सामग्री अहिले ठुटो अथवा अपूर्ण () अवस्थामा छ।
तपाँईसँग यो विषयको राम्रो जानकारी छ भने यसलाई बिस्तार गरेर विकिपीडियालाई मद्दत गर्न सक्नुहुन्छ।


[लुकाउने]

हे • वा • सं
गुल्मी जिल्लाका नगरपालिका तथा गाविसहरू

अग्लुङ . अमर अर्बाथोक . अमरपुर . अर्खले . अर्खवाङ . अर्जे . अर्बेनी . अर्लाङकोट . अस्लेवा . आँपचौर . इस्मा रजस्थल . कुर्घा . खड्गकोट . खर्ज्याङ . गौँडाकोट . ग्वाघा . ग्वादी . घमिर . छापहिले . जयखानी . जुनिया . जुभुङ . जैसीथोक . जोहाङ . ठूलो लुम्पेक . तम्घास . तुराङ . थानपति . दरबार देविस्थान . दर्लाचौर . दर्लुङ . दिगाम . दिब्रुङ . दुबिचौर . दोहली . दौँघा . धुर्कोट रजस्थल . नयाँगाँउ . नेटा . पराल्मी . पल्लीकोट . पीपलधारा . पुर्कोट दह . पुर्तिघाट . पौंदी अमराइ . फोक्सिङ . बडागाँउ . बम्घा . बलिथुम . बलेटक्सार . बाँझकटेरी . बिसुखर्क . भनभने . भार्से . भुर्तुङ . मर्भुङ . मलायागिरी . मुसीकोट . म्यालपोखरी . रिमुवा . रुपाकोट . रुरु . लिम्घा . वस्तु . वाग्ला . वामीटक्सार . वीरबास . शान्तिपुर . सिमीचौर . सिर्सेनी . हँसरा . हरेवा . हर्नेटा . हर्मिचौर . हर्राचौर . हस्तीचौर . हाडहाडे . हुँगा . ह्वाङ्दी
[सम्पादन गर्ने] स्रोत

[सम्पादन गर्ने] गुल्मी जिल्लाबाट सन्चालित संचार माध्यमहरु
  • रेडियो रेसुङ्गा- 106.2
  • रुरु एफ.एम- 94.4
  • रेडियो गुल्मी
  • रेडियो स्काइ-88.4
  • गुल्मीन्युज डट कम