शुक्रवार, 6 मई 2011

sahitye

नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा अघि बढेको पाइन्छ । हुन त यसअघि नै \"सुवानन्ददासको कवितामा र पृथ्वीनारायण शाहका दिव्योपदेशका गद्यमा ध्वन्यात्मकरूपले व्यङ्ग्य आविर्भाव भएको\" समालोचक राजेन्द्र सुवेदीको भनाइ रहेको छ । उनका अनुसार त्यसबेला व्यङ्ग्यको आविर्भाव भए पनि कलात्मकरूपले सचेततापर्ूवक गरिने गरेका व्यङ्ग्य सो अवधिको शिल्पमा पाइँदैन । -नेपाली हास्यव्यङ्ग्य निबन्ध, काठमाडौैंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. ध) । समालोचक कृष्णचन्द्रसिंह प्रधानले कवि सुवानन्ददासको \'पृथ्वीनारायण\' शर्ीष्ाक कवितामा रहेको \"नाम रहया गजानी धरम त रे तरा भरले ते\" जस्ता पङ्क्तिबाट नेपाली साहित्यमा हास्यव्यङ्ग्य गर्ने प्रचलन सुरु भएको बताएका छन् । \'नेपाली साहित्यमा हास्यव्यङ्ग्य ः प्राप्ति र पर्यवेक्षण\', समालोचना, मधर्ुपर्क, हास्यव्यङ्ग्य अङ्क २०५४, पृ. छ) । नुवाकोट, ककनी कब्जा गर्ने कार्यमा समान योगदान दिएका गजानी र कवि सुवानन्ददासमध्ये सुवानन्द पछि परी सम्पर्ूण्ा श्रेय गजानीले पाएको प्रसङ्गलाई लिएर सुवानन्दले आफ्नो मनको भावना यो पङ्क्तिमार्फत प्रस्तुत गरेको पाइन्छ । साथै शक्तिबल्लभ अर्याल, राधाबल्लभ अर्याल, गुमानी पन्तलगायतका कविहरूले तत्कालीन युद्धका बेला युद्धको सेरोफेरोमा रहेर लेखेका कविताहरूमा पनि व्यङ्ग्यात्मक प्रस्तुति भेटिन्छन् । त्यस्ता कविताले राष्ट्रपे्रमका साथै विजय उन्माद, आपसी व्यक्तित्वको टकराव र अङ्गे्रजप्रतिको हेय भावनालाई प्रस्तुत गरेका छन् । \'तनहूँ भकुण्डो\', \'साँढयाको कवित्त\', \'धन्य गोर्खाली राजा\'जस्ता कवितालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यी कविताहरू हास्यव्यङ्ग्यतर्फका सचेत प्रयास भने होइनन् तर अङ्गे्रजसँगको युद्धको समाप्तिपछि भएको सुगौली सन्धिले हाम्रो स्वाभिमानमा ठूलो धक्का दियो र वीरकालीन उन्मादबाट स्रष्टाहरू भक्तिभावतिर उन्मुख हुन थाले । यिनै परिवेशमा नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अवतरण भएको देखिन्छ । नेपाली भाषामा मौलिक हास्यव्यङ्ग्य रचनाको सिर्जना गर्ने श्रेय भने आदिकविलाई नै जान्छ । उनका \'बिन्ती डिट्ठा बिचारीसित...\', \'रोज् रोज् दर्शन पाउँछू चरणको..\', \'गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछिन्\' जस्ता लघुकविताहरूले हास्यव्यङ्ग्यको मौलिक स्वरूप निर्धारण मात्र गरेन, नेपाली भाषामा सुरुमै उत्कृष्ट हास्यव्यङ्ग्य रचना गर्न सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखायो । भानुभक्त आचार्यका कविताले तत्कालीन सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिहरूलाई तीव्र प्रहार गरेका छन् । \"हास्यको मूल स्रोतको उठान विकृतिबाट र व्यङ्ग्यको मूल स्रोतको उठान विसङ्गतिबाट हुन्छ । यस सर्न्दर्भमा नेपाली समाजमा विकसित विकृति र विसङ्गतिको स्वरूपलाई देख्ने प्रथम सचेत द्रष्टा भानुभक्त आचार्य देखिएका छन् । सामाजिक जीवनमा देखिने विकृतिलाई र विसङ्गतिलाई, आपै+mले भोगेका विषम परिस्थितिलाई सचेततापर्ूवक साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले नै गरे । यसरी जीवनका पारिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिलाई भानुभक्तले साधारणीकरण गरेको स्थिति हामीले देख्न पाएका छौंँ । यसरी हर्ेदा नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रारम्भिक उठान भानुभक्तको लेखनसँगै भएको हो भन्ने तथ्य स्पष्ट रूपमा देख्न सकिन्छ । भानुभक्तको सामाजिक व्यङ्ग्यलेखन अत्यन्त तीव्र छ ।\" -\'नेपाली हास्यव्यङ्ग्य ः पृष्ठभूमि र विकास\', भूमिका, नेपाली हास्यव्यङ्ग्य निबन्ध, काठमाडौंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. न) । वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानका अनुसार पनि भानुभक्त आचार्यले \"विनोदी शैली, शालीन, स्वच्छ र परिहासयुक्त व्यङ्ग्यको प्रयोग गरेर सुरुमै हास्यव्यङ्ग्यलाई प्रतिष्ठा प्रदान गरे ।\" यस्तै ज्ञानदिलदास -१८७८-१९४०) का भजन र गीतहरू उदयलहरीमा सङ्गृहीत छन् र तिनमा ब्राहृमणवादप्रति तीव्र व्यङ्ग्य भेटिन्छन् । उनका रचनामा धार्मिक अन्धविश्वास र रुढिवाद, सामाजिक विसङ्गतिलाई विषय बनाएको पाइन्छ । यसपछि माध्यमिककालमा रचिएका शृङ्गारिक कविताहरूमा फाटफुटरूपमा हास्यव्यङ्ग्यका झिल्काहरू भेटिन्छन् । मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, कृष्णप्रसाद रेग्मी, रेवतीप्रसाद उपाध्यााय, गोपीनाथ लोहनी, शिखरनाथ सुवेदी, पहलमानसिंह स्वाँरआदिका रचनालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यसै अवधिमा प्रकाशित सङ्गीत चन्द्रोदय, गफाष्टक श्लोकसङ्ग्रह, शृङ्गार्रदर्पण, कविता कल्पद्रुम, शिखरनाथ भाष्य, सूक्तिसिन्धु, विवाहलीलाजस्ता कृतिमा फुटकर हास्यव्यङ्ग्यात्मक कविताहरू रहेका छन् । यसताक शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल, सोमनाथ सिग्द्याललगायतका साहित्यकारहरूले पनि हास्यव्यङ्ग्यात्मक रचनाको लेखनमा दृष्टि दिएको पाइन्छ । सोमनाथ सिग्द्यालको हास्यपर्ूण्ा अपर्ूण्ा प्रहसन दिगम्बर विवाह वि.सं. १९६३ मा सुन्दरीमा प्रकाशित भएको समीक्षक नरनाथ लुइँटेलले उल्लेख गरेका छन् । यसरी हास्यव्यङ्ग्य शैली कविता विधामा मात्र सीमित भइरहेको तत्कालीन स्थितिमा सिग्द्यालको प्रयासलाई महìवपूण्ा मान्नुपर्छ । tulsiram pandey  simichaur 8 rangbas pachase gulmi nepal    email tulsirampandey48@yahoo.com     tulsirampandey48@gmail.com

sandesh

बीस वर्षमा प्रेम विवाह गरेकी सुनिता (नाम परिवर्तन) श्रीमान्को विश्वासघातका कारण एचआईभी संक्रमित बन्नुपर्‍यो । बिहेअघि श्रीमान्लाई एचआईभी भइसके पनि उनलाई थाहा दिइएन । श्रीमान् बिरामी भएर अस्पताल लैजाँदा डाक्टरलेसमेत उनलाई जानकारी दिएनन् । असुरक्षित यौन सम्पर्क नराख्न मात्रै सल्लाह दिए । उनले बारम्बार खोतल्ने प्रयास गरेपछि जानकारी दिइयो । श्रीमान्को दुई वर्षअघि मृत्यु भएपछि त्यसको दोषसमेत उनीमाथि थोपार्ने काम गर्‍यो परिवारले । परिवारबाट छिः छिः र दुरदुर मात्रै सहनुपरेन, घरबाट नै निकालिनुपर्‍यो उनले ।

सामाजिक संरचना र श्रीमान्को लापरबाहीका कारण एचआईभी/एड्स संक्रमित बन्न पुगेका निर्दोष महिलाको उदाहरण हुन् सुनिता । लैंगिक असमानता र सामाजिक संरचनाका कारण महिला एचआईभीबाट प्रभावित भइरहेका छन् ।


सन् २००३ को अन्त्यसम्म नेपालमा करिब ६० हजार जनसंख्या एचआईभी/एड्स संक्रमित भएको फेमिली हेल्थ इन्टरनेसनलको तथ्यांक छ । त्यसमध्ये महिलाको संख्या १६ हजार छ । तर यो संख्या राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांकसँग मेल खाँदैन । केन्द्रको तथ्यांकअनुसार २००५ सेप्टेम्बर ३० सम्म ५ हजार ४ सय ६५ संक्रमितमध्ये महिलाको संख्या १ हजार ४ सय ९२ छ । ती मध्ये ६ सय २ यौनकर्मी र ७ सय २८ गृहिणी छन् । परीक्षण सुविधाको अभाव, निःशुल्क परीक्षणको न्यूनता, व्यक्तिगतरूपमा परीक्षण गरिएका केसको अभिलेख नहुँदा नेपालमा एचआईभी एड्सको अभिलेख न्यून देखिएको हो ।


एड्सको बहस सुरु भएको झन्डै १५ वर्ष भइसके पनि अझै यसलाई लैंगिक मुद्दा बनाउन सकिएको छैन । महिला अधिकारका 'ठूला कुरा' भित्र एचआईभी बहस अझै अटाउन सकेको छैन । तर एचआईभीबाट बढी मारमा परेको वर्ग यही नै हो । न्ाारीवादी आन्दोलनले एचआईभी/एड्स प्रभावित महिलाका बारेमा सशक्त आवाज उठाउन सकेको छैन । महिला, मानवअधिकारवादीलगायत राजनीतिक क्षेत्रमा यो मुद्दा सशक्तरूपमा उठाउन नसकिएको अधिवक्ता सपना प्रधान मल्ल बताउँछिन् । 'राजनीतिक, आर्थिक कुरा सबैले गर्छन्,' उनको भनाइ छ, 'तर यौनिकतासँग गाँसिएकाले यसबारे बोल्न उनीहरू हिच्किचाउँछन् ।' मानवअधिकारसँग गाँसिएकाले मानवअधिकार आयोगले यसलाई अझ प्राथमिकताका साथ उठाउनुपर्ने उनको धारणा छ ।


एड्स संक्रमित पुरुष आफ्नो अधिकारको खोजीमा संगठित हुन थालिसकेका छन् । तर महिला संस्थागतरूपमा आउने क्रम निकै कम छ । पुरुष एचआईभी संक्रमितका संस्थाले महिलाका मुद्दालाई पर्याप्त स्थान नदिने हँुदा उनीहरू नै सक्रिय हुन आवश्यक छ ।


एचआईभी भन्ने बित्तिकै यौनकर्मी महिला भन्ने भ्रम समाजमा व्याप्त भएकाले पनि सामाजिक हेय भोग्नुपर्ने डरले महिला संस्थागत रूपमा अघि बढ्न नसकेको धारणा एक्सन एडका एचआईभी/एड्स कार्यक्रमका थिम लिडर प्रवोध देवकोटाको छ ।


एचआईभी/एड्सजस्तो जटिल र संवेदनशील विषयमा संक्रमित महिला खुलेर अगाडि आउनु कम चुनौती होइन । सामाजिक संरचनाकै कारण थुप्रै महिला रोग लुकाएर बस्नुपर्ने अवस्था छ । श्रीमान्बाट रोग सरे पनि आफूमाथि दुराचारको आरोप लाग्ने डरले उनीहरू खुल्न सक्दैनन् । उपचार गर्न गइहाले पनि प्रायः स्वास्थ्य चौकीमा पुरुष स्वास्थ्यकर्मी नै रहने हुँदा उनीहरू आफ्नो समस्या भन्न हिच्किचाउँछन् र उपचारबाट वञ्चित छन् ।


अझै पनि महिलाको 'आफ्नो शरीरमाथि आफ्नो अधिकार' छैन । पुरुषले चाहेका बेला संसर्ग गर्न तयार नभए बलात्कार हुनुपर्ने अवस्था छ । 'बलात्कारमार्फत एचआईभी सर्‍यो भने त्यो झन् गम्भीर हुन जान्छ,' मल्ल भन्छिन्, 'तर यससम्बन्धी कानुन मौन छ ।' चाहेर पनि महिलाले सुरक्षाका उपाय अपनाउन सकेका छैनन् ।


अल्पसंख्यक यौन समूहको अधिकार प्रत्याभूत नहुँदा पनि एचआईभीको जोखिममा महिला पर्ने गरेको मल्लको अनुभव छ । सामाजिक संरचनाका कारण खुलेर सार्वजनिक हुन नसके पनि नेपालमा थुप्रै समलिंगी रहेको अनुमान छ । समलिंगीले परिवारको दबाबका कारण बिहे गर्न बाध्य भएकाले पनि श्रीमती एचआईभीको जोखिममा पर्ने सम्भावना बढी रहेको उनी बताउँछिन् ।


पछिल्लो समयमा थोरै भए पनि एचआईभी संक्रमित महिला संगठित हुन थालेका छन् । काठमाडौं, चितवन र मकवानपुरमा एचआईभी संक्रमित महिला सशक्तीकरणका लागि क्रियाशील हुन थालेको देवकोटा बताउँछन् ।


सुरुमा आफू एचआईभी संक्रमित भएको थाहा पाएर जीवन नै त्याग्ने निर्णयमा पुगेकी सुनिता डाक्टरको परामर्शबाट अहिले जनचेतना जगाउने काममा सक्रिय छिन् । स्थानीय जुनकीरी क्लबमार्फत उनले एचआईभी/एड्सविरुद्धको लडाइँमा आफूलाई समर्पित गर्दै आएकी छन् । समयमै उचित परामर्श र सहयोग पाए एचआईभी संक्रमित महिला पनि अघि बढ्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छन् उनले । तर उनीहरूले सरकार, एनजीओ तथा आईएनजीओबाट नैतिक/आर्थिक सहयोग पाउन सकेका छैनन् ।


एक्सन एडको सहयोगमा मकवानपुर, चितवन र काठमाडौंमा एचआईभी प्रभावित तथा संक्रमितहरूको संस्था सञ्चालनमा छ । यस्ता संस्थाले महिलाको पक्षमा वकालत गर्छन्, पुरुषलाई पनि सेवा प्रदान गर्छन् । एचआईभी प्रभावित तथा संक्रमित महिलालाई संस्थागत रूपमा अगाडि ल्याउन भने सजिलो छैन । चिन्ताग्रस्त मानसिक अवस्थाबाट उन्मुक्ति दिनमात्रै होइन, उनीहरूको नेतृत्व विकासका लागि संस्थागत संयन्त्र स्थापित गर्नु पनि उत्तिकै चुनौतीपूर्ण रहेको देवकोटा बताउँछन् ।


'राष्ट्रिय एचआईभी/एड्स रणनीति -२००२-२००६), राष्ट्रिय कार्ययोजना -२००३-२००७) दुवै लैंगिक दृष्टिले संवेदनशील कार्यक्रम तथा गतिविधि विकासका लागि स्पष्ट मार्गनिर्देशिका बनाउन सकिएको छैन,' डा. शरद वन्तद्वारा प्रस्तुत एक कार्यपत्रमा भनिएको छ, 'राष्ट्रिय रणनीतिले महिलामा सेवाको पहुँच अभिवृद्धि गर्न आवश्यक छ । खासगरी 'केयर एन्ड सपोर्ट' कार्यक्रममा यसको अभाव खड्कन्छ ।'


महिला र एचआईभीको कुरा गर्दा सबैभन्दा बढी जोखिममा रहेको वर्ग यौनकर्मी महिला हुन् । अझै पनि उनीहरू सुरक्षित यौनव्यवहार अपनाउन सकेका छैनन् । खासगरी ग्राहकले कन्डम प्रयोग गर्न नमान्ने र आफूले कन्डम लिएर हिँड्दा प्रहरीले दुःख दिने गरेको गुनासो उनीहरूको छ । उनीहरूलाई लक्षित गरी पर्याप्त कार्यक्रम बन्न सकेका छैनन् । नेपालमा करिब २० हजार यौनकर्मी भएको अनुमान गरिन्छ । तीमध्ये ७ हजार काठमाडौं उपत्यकामा छन् । सन् २००० मा यौनकर्मी महिलामा एचआईभी संक्रमण दर १७ दशमलव ३ प्रतिशत छ, जब कि यो १९९६ मा २ दशमलव ७ प्रतिशत थियो ।


द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित महिला एचआईभीको पनि जोखिममा छन् । एकातिर आन्तरिक द्वन्द्वले विस्थापित भएर वैकल्पिक रूपमा यौन पेसा अपनाउनुपरेको छ भने अर्कोतिर द्वन्द्वकै कारण बिदेसिएका श्रीमान्बाट संक्रमित बनेका छन् । सुदूरपश्चिममा यस्ता कार्यक्रम छिर्न सकेका छैनन् । एचआईभी संक्रमित महिलाको ठूलो हिस्सा यसै क्षेत्रमा छ । डोटी र अछाममा सन् २००१ मा १० महिलाको रगत परीक्षण गर्दा पाँचजनामा एचआईभी पोजेटिभ देखापरेको थियो ।


तथ्यांकअनुसार मुम्बईमा रहेका नेपाली आप्रवासी कामदारमध्ये १० प्रतिशतमा यो पाइएको छ । रोजगारको खोजीमा भारत पसेका श्रीमान्बाट उनीहरू संक्रमित बन्ने गर्छन् । शिक्षा, जनचेतना अभावका कारण यसप्रति उनीहरू अनभिज्ञ छन् । अर्कोतर्फ रगत परीक्षणका लागि उपकरण अभावका कारण आफू एचआईभी संक्रमित भए/नभएको जानकारीसमेत पाउन सकेका छैनन् । आमा एचआईभी संक्रमित भए पनि समयमा ध्यान दिन सके बच्चालाई नलाग्न पनि सक्छ भन्ने सूचना गाउँ/गाउँसम्म पुग्न सकेको छैन ।
IMG0101A.jpg tulsi ram pandey simichaur 8 rangbas pachase gulmi nepal      email tulsirampandey48@yahoo.com   tulsirampandey48@gmail.com

jindagi

धनमाय आज पनि विहानै उठेर नुहाई, धुवाई गरेर घर सफा गर्न थाली र गएर मन्दिरमा धुप जलाएर फर्कि उसको यो नियमित कार्य मध्ये एक हो । जुन कार्य उ धेरै वर्षदेखि गर्दर्ै आइरहेकी छे घरमा आएर उसलाई खाना बनाउन मन लागेन मन पनि कसरी लागोस यस बुढेसकालमा एक्लो जीवन विताउन परेपछि हिजोआज त बाहिर निस्कदा केटा- केटीले बोक्सी बुढी भनेर जिस्काउछन् । हुन पनि यहा“ दा“त झरेपछि र केश फूलेपछि सबैले बोक्सी भन्न थाल्छन् । त्यही माथि एक्लो भएपछि जब बोल्न कोही हुदैन एक्लो जीवन देखि वाक्क भएर एक्लै भूत भूताउन सिवाय के पो गर्न सकिन्छ र यो त उसैलाई थाहा हुन्छ । जसले यस्तो जीवन विताइरहेको छ । त्यस्ताको हरेक चाल चलन समाजले शंकालु भएर हेदछन् । यहा“ सम्मकी नुहाएर धुप बाल्दा शरिरमा तेल मालिश गर्दा बोक्सी ज्ञानसिकेको भन्छन् । यस्तै छ हाम्रो रुढीबादी समाज ।



किन किन आज धनमायाको मन उदास छ उ अतितका घटनाहरुलाई सम्झदै कहिले रुने र हास्ने गर्छे आज पनि उ अतितका दिनहरुमा कता हर्राई कता ........ उसको मस्तिष्कमा आफू मात्र उन्नाइस (१९) वर्षो हुदाको घटना आउछ जनुबेला उ यस सानो गाउ“मा सबै भन्दा सुन्दर फूल थिई , जसलाई हेन युवा नयनहरु सधैं उसको घरको चारैतिर घुमी हिड्थ्ये । चारैतिर उसको गुणगान र सुन्दरताको प्रशंसा हुन्थ्यो । जवानीको बेला हो, कसैसित मन मिल्नु र घनिष्ट हुन त स्वभाविक नै हो यसै र उसको हेम खेम पनि यसै गाउको वलिष्ठ यूवक मैते सित पर्‍यो उ सधै गाउको हरेक कामना अघि बड्थ्यो ,सारै मिलनसार थियो शायद यही गुणले पनि होला धनमाया उ प्रति आकषिर्त भएकी । उ धेरै जसो खेतालापात जादा दाउरा घा“स जादा पनि मैते स“ग हुन्थ्योे । जनु कुरा यो सानो गाउ“मा आ“गो सरह फैलन स्वाभाविक पनि हो ।



धनमाया साह्रै डराउ“थी कारण उ पुरोहित बाजेकी एकलौटी छोरी र मैते सानो जानको अर्काको पाखुरेको छोरो यसैले पनि उनीहरुको प्रेम सफल हुने सम्भावना कम थियो । एक दिन यसरी नै मैते र धनमाया गाउ“ले ठिटा ठिटीहरुस“ग जंगल गएका थिए धनमायाले एकान्तमा पारेर मैतेलाई कति दिन बिताउने यसरी एक्लै लुक्दै छिप्दै कति दिन बिताउने जाउ यस गाउ“ छाडेर अन्यत्रै र विहे गरौं तर मैतेले भन्यो हैन धनमाया तिमीलाई थाहै छ त्रि्रो बुवाको यस गाउ“मा कत्रो इज्जत छ, फेरि नभन हामी भागेर पनि त कहा“ जाने बुढाको पुहच टाठा-टाठा सम्म छ मार्छन । धनमाया उत्तेजित हुन्छे हैन मैतेदाई हामी एक अर्कालाई मन पराउ“छौं हाम्रो जीवन सुखी हुन्छ किन समाजको डरमा जीवन बर्वाद गर्ने र मैतेले भन्छ हेर धनमाया हामी भागेर गए मेरो बुढी आमाको कस्तो विजोग हुन्छ म यो पाप गर्न सक्दिन् । धनमाया ठुस्किन्छे त्यसो हो भने आज सम्म तिमीले मलाई के सोचेर प्रेम गरेको त धनमायको आ“खाबाट आ“शु टलपल गर्नथाल्छ जो मैतेले सहन सक्दैन र भन्छ ठिक छ धनमाया हामी भागौं तर आमालाई .............. । मैतेको निम्ती यहा“ जटिल समस्या भईदिन्छ उसको बुढि आमा जसलाई उ यहा“ एक्लो छाडेर पनि त जान सक्दैन फेरि आमा पनि मान्नु हुन्न तब के गर्ने .........- तर उनीहरुको प्रेम यति अघि बढि सकेको थियो कि उनीहरु यी सब छाडेर भाग्न तत्पर भए तर गरिब मैते शहर नदेखेको ठिटो धनमायालाई लिएर कहा“ जाने उ अर्काे गाउ“मा शरण लिन पुगे तर पुरोहित बाजेको जजमान भएको गाउ“मा उनहिरुलाई समात्न पुरोहित बाजेलाई त्यति साह्रो परेन गाउ“मा ल्याएर धनमायालाई घरमा थुनेर राखे र मैतेलाई कुटेर गाउ“बाट खेदाए सारा समाज मिलेर ।



यसरी मजबुत धनमायाको प्रेमको हत्या भयो र पुरोहित बाजेले हवल्दार जेठोसित विवाह रचाए उ भर्खर रिटायर्ड भएर आएको थियो र पहिलो स्वास्नी केही वर्षअघि र्स्वर्गवास भएको थियो । तर हवल्दार जेठोले विहे गरेको केही दिनमै नाता भातिका कुरा सुनाउन थाले गाउ“लेहरुले र हवल्दार जेठो दिनरात जा“ड रक्सी खाएर घरमा धनमायालाई मैतेकी स्वास्नी मेरो सम्पत्तिमा रजाई गर्न आएकी भन्दै कुटपिट गर्न थाल्यो । दिनरात जा“ड रक्सी जुवा तासमा लागेपछि हवल्दार जेठोले भएभरको सम्पत्ति स्वाहा“ पार्‍यो र एकदिन गाउ“ छाडेर हिडेको कहा“ गयो कसैलाई पत्तो भएन गाउ“मा कोही भन्छन मर्‍यो भनेर कोही भन्छन अर्का लिएर शहरमा पस्यो । तर बास्विकता केहो आजसम्म धनमायालाई पनि थाहा छैन । उनीहरुको एउटा छोरो पनि थियो तर सुकेनाशले र खाना राम्रो नपाएर तीन वर्षै मरेको थियो ।



हुन त पुरोहित बाजेलाई आफ्नो भूलको अहसास नभएको हैन छोरीको यस्तो विजोक देखेपछि त्यसैले धनमायालाई माइतमा नै बोलाएर राखेका थिए र पछि छोरीको दुःख र सारा जिवन सोचेर मैतेलाई खोज्न पठाएका थिए तर मैते कहा“ गयो गयो कसैले भन्न सकेनन् । धनमायालाई भने अडकल थियो पक्कै पनि मैते आसाम गएको हुनर्ुपर्छ । मामाहरु उता छन भन्थे हुन त धनमायालाई भगाएर मैतेले आसाम लान चाहेको पनि हो तर त्यति टाढो कसरी पुग्ने विचरो गरिब मैतेमा पैसा नै कति थियो र नत्र आज शायद उनीहरुको जीवन कति सुखमय हुने थियो होला ।



जस्तै ठूलो चोटपनि समयको मलहम पट्टीले निको हुदोरहेछ बस कहिले नमिट्ने दाग रटाटो छाडेर धनमाया पनि अब त एता उता हिडडुल गर्न थालेकी थिइ ता गाउ“घरमा मानिसहरुले उसलाई कति लाश्रण लगाउथे उ यि सब सहने भइ सके की थिई । हुदा हुदा पुरोहित बाजे पनि मरेर गए अब धनमाया एक्ली छे साथमा अतितका घटनाहरु र अधुरो प्रेमहरु । हिजोआज धनमाया घर छाडेर हिड्न नथालेको पनि धेरै भयो । शायद बुढि भएर होला उसका ति सुन्दर केशहरु मुहार जम्मै कुरुप भएको छ बुढेस कालले गर्दा मुखका धेरै जसो दा“तहरु फुस्किएका छन् । बाहिर एक्लै निस्कदा केटाकेटीहरु तर्सन्छन र बोक्सी बुढी बोक्सी बुढी भन्दै जिस्काउ“छन् । तर विचरी धनमाया यि सब दुःख कष्ट सहेर पनि एउटै आशमा बा“चेकी छे र एउटै चाहनाले जिउदो राखेकी छे आफैलाई त्यो हो मर्न अघि एकपल्ट भएपनि मैतेको मुहार हेर्ने /
तुल्सी राम  पाण्डे सिमिचौर ८ राँगबास गुल्मी नेपाल
 इमेल tulsirampandey48@gmail.com    tulsirampandey48@yahoo.com
IMG0092A.jpgI

sahitye

परदेशमै भएपनि मैले आफनो गाउघर आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन । आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए । मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मस्र्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर । हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु । पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु । अनुहारहरु सबै फुटेका छन् । पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन । तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ । सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु । आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन् । हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन् । पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ । दिन गन्नपनि दुइहातको साहारा लिनु पथ्र्यो । महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ । कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ । थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मच्ािन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन् । दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन् । मलाइ नपुग्दो केहि थिएन । दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो । आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो । किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो । किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालेा थियो । सलसल सुसाउदै बग्ने दरौदी र मस्र्याङदी मेरै हिम श्रृखलाका थिए । आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ । वन पखेरामा मेरै गाइ भैसी चर्थे वन्यजन्तु डाफे मुनाल कोइली चरी नाच्दैडुल्दै रमाउथे । सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे । इष्टमित्र नातागोता सबै मेरै थिए । हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है । विचैमा कुरा काटथ्यो मोतीले नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ । मेरो अनुहार रातोपिरो देखिन्थ्यो । पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु ग्ााेरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थ्ो मलाइ भने डाह चल्थ्यो । ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी । म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ । पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यु । पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना । म अझै घुर्की लगाउदै हुन्थाँ । रिसाएको भनि उल्टै मलाइ नै फकाउथी । कस्तो निश्चल माया थियो । डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ । असारपनि सकिन लागीसकेको छ । यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ । मेलोको चटारो छ । किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन् । नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ । एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने । यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र । उत्कुष्टताका साथ कान ठाडो बनाएँ । त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायापि्रती छ भन्थे नि गाउले ले । त्यसको यहि १७ गते विवाह हुदैछ । पल्ला गाउको मस्टरको छोरा विनोदसँग्ा । खुव तैले मलाइ माया गर्छे नविनाले मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई । ठिक्क भयो हामीलाइ घुडो भएको थियो । पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि । अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ । बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ । मन गरुङगो भयो । खासै कुनै त्यस्तो प्रतिकि्रया जनाउन मन लागेन । किन कि यो हुनु नै थियो । रोक्नपनि सकिन । म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन । गएको महिनामा नै माग्न आएको थियो विनोद । नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन् । विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ । विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन । हुन त म लाक्षी नमर्दा पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर । किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ । यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु । यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि यो मेरो मन बुझाउने बाटो बनेको छ । लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्। म त नविनाको विहे प्रति एकदम खुशी छु । नविनालाइ विश्वास लाग्दैन होला विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि । के नविनाको खुशी मेरो खुशी होइन्ा र विनोद नविनाकॊ उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ । अब उनका हातले दाउरा घास गर्नु पर्दैन । कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन । न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ । विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन । मस्र्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन् । मसँग्ा आएर के पाउथिन् र । मात्र मेरा पलासको फुल जस्तो माया । जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ । मेरो माया नविनालाइ त्यस्तै हो । सबै थोक माया मात्र होइन । जसरी हागाँ विगु विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन । चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन । नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन । गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरॊ सोझोपनले गरिरहेको छ । अरुलाइ देाश दिएर म चोखो बन्नपनि सक्दिन । गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो । आफन्त र साथी भाइको सहयोगमा उसको मृत्ा शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो । खै अब मपनि धेरै बाच्दिन होला । छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ । खाना मिठो हुदैन । शशिर सुकेर विसैली भइसकेको छ । मात्र नविनाकॊ पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ । मलाइ अब जिन्दगीको कुनै मोह छैन । माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु । म अब नविनालाइ कुरा लुकाउन सक्दिन । यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात तिम्रो हुनेछु । अहिलेका सारा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउला यो जुनीका अधुरा सपनाहरु पुरा गरैला अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना । सदा खुशी रहनु । तिम्रो सिउदो सजाएको सुन्न पाउँ । म अब जिउदो फर्कन्छु कि फर्कन त्यो चिन्ताको विषय भएन् । यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ हेर्नेछु ।लाजले घुम्टो नछोपे ल ।  तुल्सी राम पाण्डे

yo manis

संकट पर्दछ मान्छेलाई, ढुङ्गालाई के पर्छ !असिना आई फुलबारीकै फूलहरू पहिले झार्छ ।

जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाईगोली लाग्दछ बापूमा नै केही हुँदैन अरूलाई ।

वडवानलले रोज्दछ सागर खोँच र खोला रोज्दैन,संकटले पनि भुसुनाहरूमा क्वै मीठो रस पाउन्न ।

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी,संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती?

संकट भोगी मर्नेहरूकै नाममहा संकट खुल्छप्रेमी जनको याद बुनेरै प्रेमिकाको जीवन चल्छ ।

मानिस तैँले उठनै पर्छ, दु:ख संकट भोग्नै पर्छयुगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ । tulsirampandey48@yahoo.com       tulsirampandey48@gmail.com
IMG0092A.jpg

नया वर्ष को शुभकामना

नमस्कार साथीहरु ;- नया वर्ष २०६८साल् को पावन अवसरमा हजुरहरु र हजुर हरुका सम्पूर्ण परिवार को जीवन  मा कुनै पनि रोग कस्ट कहिल्लै पनि नलागोस /  र हजुर हरुले चालेका हरेक पाइलाहरुले सगरमाथा को उच्च शिखर छुन सफलहुन भन्ने कामना गर्दछु /

नेपाली समाचार

म  यो गुल्मी समाचार लाइ र नेपाल मा भएका सम्पूर्ण  नेपाली समाचार दाता हरुलाई के भन्न चाहन्छु  भने  हामीहरुले सबै भन्दा पहिला  गाउ र गाउँको विकास मा ध्यान दिनु जरुरि छ  / गाउँ को विकास भयो भने देश को विकास  सजिलै छ / मेरो ठेगाना .-  तुल्सीराम पाण्डे रान्ग्बास पचासे वार्ड नं  ८ सिमिचौर गा, वि ,स  गुल्मी जिल्ला लुम्बिनी अंचल पछिम नेपाल

hamro gulmi

गुल्मी बासी सबै मित्र हरुलाई नमस्कार छ / हाम्रो गुल्मी लाइ हामी सबै मिलेर नया गुल्मी बनाउनु छ / तेसैले हामीहरुले गुल्मी लाइ नया रुप दिनु छ  / तपाइँ हरु जहाँ हुनुहुन्छ तेही बाट नै जस्तो सक्नुहुन्छ  तेस्तै नै सहयोग गर्नुहोस  गुल्मी बाट सम्बन्धित लेखहरु / गुल्मी का पर्यटक स्थल हरु को प्रचार प्रसार गर्नु छ  तपाइँ हरुका गाउ ठाउँ मा भएका मन्दिर खोला नाला का लेख हरु  लेखेर पठाउनुहोस / तपाई हरुका लेख का प्रचार हामी गर्नेछौ /   email    tulsirampandey48@yahoo.com   tulsirampandey48@gmail.com

विचार

जुन मनुष्य ले अरु मनुष्य लाइ चिन्न सक्छ त्यो मनुष्य लाइ शिक्षित् मानिन्छ  ; -जुन मनुष्य ले स्वयमं ले स्वयमं लाइ नै  चिन्न सक्छ त्यो मनुष्य लाइ बुध्दिजिवी मानिन्छ ;- श्री तुल्सी राम पाण्डे ;- गुल्मी नेपाल /

संदेश

जन्मिएको त थिए नेपालमा नेपाल आमा को छोरा भै /गर्नुगरे हामीमाथि अत्याचार गाउ ; समाज ; गा ; वि ; स ; सबै एकजुट भै / साहस राखनु मात्र भयो हामीलाई इन्साफ पाइएन जहाँ पनि गइ / देश का र गाउका सोसक लाइ खतम गर्नु छ अब हामीहरु एकजुट भै / तुल्सी राम पाण्डे गुल्मी सिमिचौर ८ रान्ग्बास / 

संदेश

गरिब बाट जन्मनु हाम्रो गल्ति ता थिएन किन गर्छौ गरिब लाइ अत्याचार / साचो र सत्य खुल्दैछ अब कति पो गर्छौ भस्टचार / हासी र खेली बिताएको जीवन लाइ बनाइदियौ तिमीले छिया छिया / गरिब को उपकार गर्दैनौ भने अब बुझ्ने छ तिम्रो दिया / तुल्सी राम पाण्डे / गुल्मी सिमिचौर ८ रान्ग्बास / 

संदेश

नेपाल मा जन्मे नेपाल मा हुर्के नेपालकै गाउछु गुण / नेपाल हाम्रो प्रकिर्तिक को धनि देश सौभाग्य नै हाम्रो जुन / लेक र बेसी डाँफे र मुनाल नाचेको सम्झेर ल्याउदा झन् / ए मेरा  साथी एसरि हाम्रो नेपाल बिग्रेको देख्दा रुन्न र हजुर को मन / श्री ; तुल्सी राम पाण्डे रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी नेपाल /

नेपालको प्रसिद्ध धार्मिक तिर्थस्थल रुरुक्षेत्र ,रिडी

पौराणिक काल देखी पवित्र तिर्थस्थलको रुपमा परीचित रुरुक्षेत्र(रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको छ्। पश्चिम नेपालको ब्यापारीक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अबस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो। यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ्। चारै तिरबाट पहाडै पहाडले घेरीइ बिचमा समथर जमिन रहेकोले यस्को प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ। यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तान्सेन हुँदै आउन सकिन्छ। यहाँ आउन सबै प्रकारका निजी तथा भाडाको सवारी साधन पाउन सकिन्छ। साथै हवाइ मार्ग भएर आउँदा भैरहवा बिमानस्थल देखी बुटवल हुँदै आउन सकिन्छ। पक्की सडक,सन्चार,बिद्युत,होटल,शिक्षा तथा मनोरन्जन लगायतका सम्पूर्ण सुबिधाहरुले यो ठाउँ सुगम बनेको छ्। कालीगण्डकीको तटमा अबस्थित यो ठाउँमा १८ सालमा आएको भिषण बाढीले रिडी बजारलाई पुरै ध्वस्त बनाएको थियो। जस्को कारण यहाँका एतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरु सहीत ठुलो धनजनको क्षती हुन पुग्यो। सो महाबिनास पछी बनेको नयाँ घरहरु,मन्दिर,पाटी,पौवा तथा बगैचाहरुले यो ठाउँलाई ब्यबस्थित बनाउनुका साथै यस्को सौनदर्यता समेत थपेको छ्। कालिगण्डकिको किनारामा अबस्थित रुरुक्षेत्रको महिमा पुराण तथा शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ। बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ्,भने स्वस्थानी किताबमा पनि यसै स्थान(भिर्गुतुङेश्वर)मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ्। त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरु रहेका छन ति क्षेत्रहरु (रुरुक्षेत्र,बराहक्षेत्र,पाशुपतक्षेत्र र मुक्तीक्षेत्र)मध्येको एक क्षेत्र रुरुक्षेत्र पनि हो। यो ठाउँलाई नेपालको बनारसको रुपमा पनि चिन्ने गरिन्छ। बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले 'नेपाल' नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण बिशेषताहरु रुरुक्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै 'नेपालको बनारस'भनी टिप्पणी गरेका छन | हिन्दूहरुको लागि यो क्षेत्र पवित्र घाट पनि हो। त्यसैले देशको बिभिन्न भुभागबाट मानिसहरु दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरुक्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ्। भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ। त्यसैले यो क्षेत्र शालग्राम क्षेत्रको रुपमा पनि परीचित छ। यहाँ चक्र तथा बिभिन्न आकारको दुर्लब शालिग्रामहरु पाइन्छ। त्यस्तै यहाँ बर्ष भरीमा थुप्रै मेलाहरु लाग्ने गर्दछ। मुख्यत यहाँ माघेसंक्रान्ती तीन दिन र ऋशिकेश उत्सब २ दिन ठुलो मेला लाग्ने गर्दछ। साथै बर्ष भरीको औंशी,पुर्णिमा,ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार यहाँ मेला लाग्ने गर्दछ। एक कोषिय परीधीमा सिमित भएर पनि यहाँ करीब ४० भन्दा बढी मन्दिरहरु रहनु यो क्षेत्रको ठुलो बिशेषता हो। यहाँ रहेको ऋशीकेश मन्दिर नेपालकै सुप्रशिद्ध मन्दिरहरु मध्येको एक मानिन्छ जुन बिश्वो सम्पदा सुचीको लागि मनोनयमा समेत परेको छ्। यिनै भगवान ऋषीकेशको बिराजमान,कालिगन्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक बिशेषताहरुको संगम रहनाले रुरु क्षेत्रको बिशिस्ट किसिमको धार्मिक पहिचान बनेको छ्। यो क्षेत्र धार्मिक स्थल मात्र नभएर यो भेगको मुख्य ब्यापारिक केन्द्रबिन्दु पनि हो। प्राचिनकाल देखीनै यो गुल्मी,पाल्पा,स्यङ्जा,अर्घाखाँची,बाग्लुङ,रुकुम र रोल्पा लगायत अन्य आसपासका जनताहरुको ब्यापारिक केन्द्रबिन्दु रहदै आएको छ्। यहाँ सडक यातायातको सुबिधा हुनु पुर्ब पनि मानिसहरु आफैले बोकेर तथा खच्चडको माध्याम बाट सामानहरुको ढुवानी गर्दथे। प्राचिनकालमा भोट,नेपाल उपत्यका तथा मधेस आउन जानको लागि यो ठाउँ पायक पर्दथियो । गुल्मी जिल्लाको प्रबेश द्वार रहेको यो ठाउँ भएरनै अर्घाखँची,बाग्लुङ र स्याङ्जा जिल्ला लाई सडक यातायातले जोडेको छ्। जसरी आज बुटवल पश्चिम नेपालको ब्यापारिक केन्द्रबिन्दु बनेको छ्, त्यस्तै भोलीको दिनमा रुरुक्षेत्र पनि यो भेगको ब्यापारिक केन्द्र बन्ने निस्चित छ्। यहाँ रहेको प्राकृतिक श्रोत साधन जल,जंगल,जमिन तथा खनिज पदार्थहरुको उच्चतम प्रयोग गरी यहाँ उध्योग धन्दा सन्चालन गर्न सकिने प्रचुर सम्भावना रहेको छ्। हाल देशले चरम उर्जा संकट बेहोरीराखेको अवस्थामा यहाँ खेर गएको खोलाको पानि बाट २.४ मेघावाट बिद्युत उत्पादन गरी यो क्षेत्रलाई लोड सेडीङ मुक्त क्षेत्र बनाइएको छ्। यहाँको अर्को बिशेषता भनेको एतिहासिक पक्ष हो। धेरै पहिले देखीनै यो ठाउँ उच्च पदस्त ब्यक्तित्वोहरुको गन्तब्य रही आएको पाइन्छ। यहाँको इतीहासमा पाल्पाली राजा मणीमुकुन्द सेन,भिम्सेन थापा,जंग बहादुर राणा तथा राजामहाराजाहरुको प्रमुख गन्तब्य रहेको पाइन्छ। साथै भिम्सेन थापाले यो ठाउँमा एउटा मन्दिर र पौवा समेत बनाएका छ्न। त्यस्तै श्री ३ जुद्ध शम्शेर राणाले यो क्षेत्रमा कल्पबास बस्न आएका थिए। त्यही कल्पबास बस्ने प्रायोजनको लागि उनले अर्गलीमा दरबार बनाएका थिए जुन अहिले पनि बिद्यमान छ्। साथै यहाँ राज परिवारको कुनै पनि सद्स्यको देहाबसान पछी तिनीहरुको अस्तु सेलाउने परंपरा समेत रहेको छ्। नामाङ्कन - रुरुक्षेत्र यो ठाउँको पौराणिक नाम हो। यसलाई रिडी क्षेत्र पनि भन्ने गरिन्छ। यसको नामाङ्कन कसरी भयो भन्ने बारेमा आज धेरै ब्यक्तीहरु बिच मतभेद रहेको पाइन्छ। रुरुक्षेत्र भन्ने नामको सन्दर्भमा रुरु अर्थात मृगले देवदत्त ऋषीको पुत्रीलाई स्तनपान गराइ हुर्काएको कारणले तिनलाई रुरुकन्या भनियो। पछी तिनै कन्याले यहाँ कठोर तपस्या गरी मुक्ती पाएकोले यो ठाउँ उनै कन्याको नामबाट 'रुरुक्षेत्र' भनी चिनिन थाल्यो भन्ने मत पाइन्छ। 'रिडी'क्षेत्रको सन्दर्भमा रुरुक्षेत्र भन्ने शब्द अपभ्रंश भई 'रिडी' क्षेत्र बन्नगएको भन्ने मान्यता पाइन्छ। त्यसैगरी धार्मिक मान्यता अनुसार मानिस जन्मदै तीन वोटा ऋण: देव ऋण,पित्री ऋण र ऋषी ऋण लिएर आएको हुन्छ। जो ब्यक्ती हिमालय देखी बग्दै आएको काली गण्डकीको सँगम अर्थात दोभान(जुन रुरुक्षेत्रमा पर्छ)मा स्नान गर्छ सो ब्यक्तीको पाप पखालिन्छ भन्ने मान्यता रहेकोले यो स्थानलाई ऋणी भनीन थालियो पछी ऋणी भन्ने शब्द अपभ्रम्श भई 'रिडी' बन्न गएको भन्ने धारणा पाइन्छ। त्यस्तै अर्को मान्यता अनुसार 'रिडी' भन्ने शब्द मगर भाषाबाट आएको हो। मगर भाषामा 'री'भन्नाले कालो तथा 'डी' भन्नाले पानी भन्ने अर्थ लाग्छ। अर्थात कालो पानी बग्ने क्षेत्र (काली गन्डकी )भएकोले यसलाई 'रिडी' भनिएको हो भन्ने तर्क पाइन्छ। पौराणिक गाथा: धेरै समय पहिले रुरुक्षेत्रमा देवदत्त नाम गरेको एकजना ब्राम्हण बस्दथे। उनले कालिगन्डकीको किनारमा आश्रम बनाइ तपस्या गर्नथाले। महात्माको तपस्या धेरै समय सम्म चलिरह्यो । अत्यन्तै कठोर तपस्यामा लागेको देखेर देव्राज ईन्द्र सशंकित भई उनको तपस्या भङ्ग गर्नतर्फ लागे। सोही अनुरुप उनले देवदत्तको आश्रममा प्रह्मलोचा नामको अप्सरालाई तपस्या भङग गर्न पठाए। जब देवदत्त उनको ध्यानबाट उपरत भई केही समय यताउती घुम्न थाले तब उनले टाढैबाट भकुन्डो खेली राखेकी अत्यन्तै सुन्दरी प्रह्मालोचालाई देखे। अप्सराको हाउभाउ कटाक्षले मुनी मोहित भये। उनको सुन्दरता प्रती बसिभुतभई विवाहको प्रस्ताब राखे र दुबै जना विवाह बन्धनमा बाँधीइ संसारिक सुखमा बिलिन भए। केही समयको अन्तराल पछी प्रह्मालोचाले एउटी कन्यालाई जन्म दिइन। ततपस्चात उनले आफ्नो उधेश्य पुराभएको सम्झी ति कन्यालाई त्यही आश्रममा छाडेर स्वर्ग गइन। जब देवदत्तले यो कुराको वास्तविकतालाई बुझे तव उनी छाँगा बाट खसे झै भए। उनको हृदयमा तिब्र बैराग जागेर आयो ततपस्चात उनी उत्तरतिरको भ्रिगु आश्रमतिर लागे र भगवान शिवको कठोर तपस्या गर्नथाले। उनको तपस्या देखी भगवान शिव प्रशन्न भई उनको सामु प्रकट भए र आशिर्बाद दिए 'जसले गन्डकिको नदीमा स्नानगरी शिवलिङ्ग(भ्रिगुतुमको)को दर्शन गर्ला उसले राम्रो योगफल तथा शिद्धी प्राप्त गर्नेछ'। यती भनी भगवान शिव अन्तरध्यान भए। देवदत्तले पनि शिवजीबाट आशिर्बाद पाइ आफु मुक्तभएको अनुभब गरे। प्रह्मालोचाबाट जन्मेकी कन्यालाई पछी मृगले दुध पिलाएर हुर्काए। संस्क्रित भाषामा मृगलाई रुरु भनिन्छ। त्यही रुरुले दुध पिलाएर हुर्केकी कारणले तिनको नाम रुरुकन्या रहनगयो। पछी उनले भगवान नारायणको कठोर तपस्या गर्न थालिन। उनको कठोर तपस्या देखी भगवान नारायण प्रशन्न हुनुभयो र उनको सामु प्रकट भई बारदान माग्न भन्नु भयो। भगवानको यस्तो वाक्य सुनेर रुरुकन्याले बिन्ती गरिन "हे नाथ यदी मलाई बारदान दिनु हुन्छ भने यही चतुरवाहु श्री नारायणको रुपले हजुर यही बिराजमान होइबक्सीयोस र मेरो नाम बाट यो क्षेत्र प्रशिद्ध होस् " उनको यस्तो प्रार्थना सुनी भगवानले भन्नु भयो "अब उपरान्त यो ठाउँ रुरुक्षेत्र नामले प्रख्यात हुने छ्। यो क्षेत्रमा जसले स्नान गरेर तीन दिन यहाँ रही चतुरबाहु ह्रिषीकेशको दर्शन गर्छन् त्यो पवित्र हुन्छ भनी भगवान अन्तरध्यान हुनु भयो। (त्यसैले ३ दिन माघे संक्रान्ती मेला लाग्ने गर्छ)। ति रुरुकन्या केही समय त्यही रहिन र पछी उनले देहत्याग गरिन र उनले मुक्ती पाइन। भगवानको आशिर्बादले गर्दा त्यो दिन देखी रुरु क्षेत्र पुण्य क्षेत्र बन्यो। यो क्षेत्र अत्यन्तै पवित्र भयो र रुरु कन्याको नामले रुरुक्षेत्र भनी हिन्दू जगतमा प्रशिद्ध भयो।

विचार

जो मनुष्य ले समयको सदुपयोग गर्न जान्दैन / उसले जति पनि शिक्षा हासिल गरेको होस् त्यो मनुस्ये लाइ अशिक्षित् नै मानिन्छ / एस्तो मानिसको तुलानामा त्यो मानिस शिक्षित् हो जसले पढ्दै पढेको छैन र समय को मुल्य चिनेको हुन्छ / त्यो मानिस ले यो जानेको हुन्छ कि समय फेरी फर्केर आउदैन / तुल्सी राम पाण्डे सिमिचौर ८ रान्ग्बास गुल्मी नेपाल

sandesh

नमस्कार मेरा गुल्मी जिल्ला   का संपूर्ण साथी हरुलाई आज समय ले कती छिटो कदम चालीरहेको छ / त्यों समय को साथ माँ हामी हरु पनी हिडन सिखौ / हामी हरुलाई मनुष्य जीवन पटक पटक मिल्दैना / यो मनुष्य जीवन लाइ सफल बनाउन को निम्ति समय को साथ माँ हिड़नु  आबस्यक छ / समय ले कसी लाइ पर्खिदैना  / तेसर्थ साथीहरु हमीहरूले जस्तो सकिन्छ तेस्तै नै गरि  आफ्नो देश को र आफ्ना जिल्ला को  गाँव को बिकास लाइ अगाडी बढाउने प्रयासमा लागौ /  जहा हुनुहुन्छ जस्तो हुनुहुन्छ जस्तो सक्नु हुन्छ आफ्नो आफ्नो योगदान अबस्य दिनुहुने छ भन्ने विस्वास राख्छु /

विचार

समस्या बाट भाग्नु उचित होइन / समस्या लाइ स्वागत गरौ / मैले समस्या हरु लाइ जम्मा गर्न भनेको होइन / परन्तु समस्या हामीले नबोलाई कन आउछन भनी स्वागत गर्न जरुरी छ / जब तिमीलाई समस्या ले चिन्न सक्छ की यो मनुष्य समस्या बाट डराऊदैना भन्ने / बल्ल त्यों समस्या लाइ तिमीले तिमीबाट भगाउन समर्थ हुन्छौ / परन्तु तिमी समस्या बाट डरायेऊ भने त्यों समस्याले तिम्रो घर मा बास गर्नेछ / र तिम्रो परिवार सम्मलाई जीवन भरी सताउने छ / तुल्सी राम पाण्डेय रान्ग्बास ८ सिमिचौर गुल्मी /  

simichaur

म तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे  गुल्मी नेपाल /     म अहिले मध्य प्रदेश को भोपाल म छू / म एक गरीब परिवार बाट सम्बन्ध राख्छु / आज सम्म हाम्रो सिमिचौर गा ; वी  ; स ; म़ा जाती पनी बजट आउछ तेस्को ५ भाग म़ा २ भाग को मात्र काम गरेको पाइन्छ / किन की यो गा ; वी ; स ; मा विकास गर्ने भन्ने भावना भएको कुनै पनी नेता छैनन / सबै नेता हरु मिलेर सिमिचौर गा ; वी ; स ;लाइ खोक्रो परेका छन / यस  गा ; वी ; स ; म़ा नेपाली कांग्रेस को दबदबा छ  / यिनी हरु बिरुद्ध कुनै गरीब परिवार बाट सम्बन्ध राखने व्यक्ति ले आवाज उठाउने भनी  यिनिहरूले त्यों व्यक्ति लाइ प्रशाशन सम्बन्धी काम पनी रुकावट गरेको प्रसस्त मात्रामा पाइन्छ /  उदहारण स्वरूप यिनी हरु मध्ये  म पनी एक हूम / सम्बंधित निकाय हरुलाई म के आग्रह गर्दछु भने सिमिचौर गा ; वी ; स ; म़ा जाती पनी बजट आउछ त्यों बजट को ब्यौरा  मगियोस / र गरीब जनता हरु माथि एस्तो अत्यचार नगरियोस / नत्र नेपाली जनता हरुको राजनीति पार्टी हरु बाट विस्वास उठने छ / संपर्क ; तुल्सी राम पाण्डेय सिमिचौर ८ रान्ग्बास पचासे गुल्मी नेपाल  email tulsirampandey48@gmail.com    

गुरुवार, 5 मई 2011

गाउँ देखि शिहदरवार सम्म नेपाल र नेपाली को बिरुद्द मा

कसरी कसरी बन्छ नागरिकता

कान्तिपुर संवाददाता

काठमाडौ, वैशाख १७ - यही देशमा जन्मिएर पनि प्रक्रिया पुर्‍याउन नसक्दा थुप्रै नागरिकहरु नागरिकताबाट वञ्चित भइरहेका छन् । अहिले पनि बाबुको पहिचान नभएका, एकल महिला, दलित, मधेसी लगायतले नागरिकता पाउन सकिरहेका छैनन् । तर शक्ति र पैसाको आडमा विदेशीले भने धमाधम नागरिकता लिइरहेको घटना पछिल्ला दिनमा उदांगिँदै गएको छ । जिल्ला सहकर्मीहरु इनरुवाबाट अवधेशकुमार झा, काँकडभिट्टाबाट पर्वत पोर्तेल, विराटनगरबाट विनोद भण्डारी, राजविराजबाट जितेन्द्र खड्गा, कपिलवस्तुबाट मनोज पौडेल, वीरगन्जबाट भूषण यादव नेपालगन्जबाट जनक नेपाल र बर्दियाबाट कमल पन्थीको रिपोर्ट

भारतको बिहारबाट १५ वर्षअघि नेपाल छिरेका इमाजुद्दीन मियाले सुनसरीको श्रीपुर जब्दी गाविसबाट नागरिकता लिए । त्यसपछि उनले घर पनि बनाए र श्रीपुरमा दुई कठ्ठा खेत पनि जोडे । उनले नेपाली र भारतीय नागरिक भएर दुवैतर्फको सेवा सुविधा लिँदै आए । छोरा महबुब आलमको समेत नागरिकता लिएका उनको नेपाल बसाइ त्यतिमै सीमित भएन । केही दिनअघि उनले किर्ते छोरा बनाएर बंगलादेशी नागरिक हासिम आलमलाई समेत नागरिकता दिलाए । आलम विदेश जाँदै गर्दा राजधानीमा पक्राउ परेपछि सोधखोज हुँदा बुवा बनिदिने इमाजुद्दीन पनि बिहारको नागरिक भएको खुलेको हो ।
अन्तर्राष्ट्रिय कुख्यात अपराधीसमेत रहेका अर्का बंगलादेशी असरफ अली धेरै दिन नेपाल बसे । अरू जिल्लाबाट उनको नागरिकता बन्न नसकेपछि सुनसरी जिल्ला प्रशासनबाट पनि गत वर्ष सहज रूपमा लिन सके । भारतीय नागरिक चन्द्रमोहन शर्मा नेपाली नागरिकता बनाउने 'दलाल' खोज्दै इनरुवा आए । उनको भेट भयो सुनसरीमा सक्रिय गैरनेपाली नागरिकता बनाउने समूहसँग । उक्त समूहले गाविसदेखिकै कागज किर्ते बनाई गत वर्ष मंसिर ११ गते प्रशासन कार्यालयबाट उनको नागरिकता बनाइदियो ।
यी केही प्रतिनिधिमूलक घटनाहरूमात्र हुन् । सुनसरी प्रशासनबाट केही वर्षयता गैरनेपालीले नागरिकता लिने क्रम बढेको छ । गाविसदेखि प्रशासन कार्यालयसम्मका कर्मचारीलाई मिलाएर भारतीय, पाकिस्तानी र बंगलादेशीले सुनसरीबाट नागरिकता बन्ने क्रम बढ्यो ।
नेपाल नागरिकता ऐन, २०६३ (संशोधन) मा कुनै विदेशीले नेपाली नागरिकता लिनेलाई १ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधान छ । ऐनले नागरिकता दिलाउन संलग्नलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र २५ हजारदेखि ५० हजारसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ । किर्ते प्रमाणपत्र खडा गर्ने गराउनेको हकमा पनि १ वर्षदेखि ५ वर्षसम्म कैद र २० हजारदेखि १ लाखसम्म जरिवाना व्यवस्था छ ।
मंसिरमा सुनसरीबाट नागरिकता लिएका भारतीय नागरिक चन्द्रमोहन शर्माको कागजात प्रशासनबाटै हराएको र अन्यत्रैका गाविस सचिवको सिफारिसबाट नागरिकता दिएको देखिएको थियो । उनले लेखाएको गाविस कप्तानगन्जमा सचिव नै नरहेका व्यक्ति सिफारिसकर्ता भएको जिल्ला प्रशासनको नागरिकता रजिस्टरमा देखिएको छ । शर्माले कप्तानगन्ज ८ निवासी रामजतन शर्माको छोरा भई मंसिर ११ गते सुनसरीबाट नागरिकता लिए । प्रशासनको मुद्दाअनुसार जिल्लामा सातवटा किर्ते नागरिकतासम्बन्धी मुद्दा चलिरहेको छ ।
काँकडभिट्टामा ०६६ सालमा भारत सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले झापाबाट नागरिकता लिएको हल्ला चर्चाको विषय बन्यो । उनीविरुद्ध उजुरी भने परेन । उनले ०३७ सालतिर लिएको भनिएको नागरिकतामा नाम, थर सही भए पनि ठेगाना इलामको शनिश्चरे गाविस ५ बुधबारे उल्लेख गरिएको त्यस गाविसका कर्मचारी केशर परियारले जानकारी दिए ।
चाम्लिङ नागरिकता प्रकरणमा गाविसका पियन चन्द्र भट्टराई तीन महिना निलम्बनमा परे । परियारका अनुसार चाम्लिङको नागरिकता प्रकरणले नेपालमा भन्दा भारतमा बढी महत्त्व पाएको थियो । भारतीय सर्वोच्च अदालतले हालसालै चाम्लिङलाई निर्दोष ठहर गर्दै सफाइ दिएको छ ।
झापा प्रशासनले यसपटक भने आफू नेपाली भएको भन्दै नागरिकता लिने एक जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उसले दायर गरेको यो सम्भवतः नागरिकतासम्बन्धी पहिलो मुद्दा हो । ०५२ वैशाख १४ गते अनारमनी ७ बाट ०१२८१६०४ नं. को नागरिकता लिएको देखिन्छ ।
राष्ट्रवादी युवा समूहको उजुरीका आधारमा प्रशासनले गत माघमा झापा अनारमनी ७ का राजकुमार साहविरुद्ध अदालतमा मुद्दा दर्ता गराएको हो । साहकै सिफारिसमा पत्नी प्रमिलाले १६४६ र छोरी राधाले ०१९८१४३६ नं. को नागरिकता लिएको पुष्टि हुन्छ ।
भारतसँगको खुला सीमाका कारण झापाबाट धेरै गैरनेपालीले नागरिकता लिएको अनुमान रहे पनि उजुरी नपरेकाले पुष्टि हुन सकेको छैन । 'गैरनेपालीले नागरिकता लिएको विषयमा उजुरी आएको छैन,' प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठ भन्छन्, 'त्यसैले नेपाली र गैरनेपाली भनेर छुट्याएर कारबाही गर्न सक्ने अवस्था देखिँदैन । ०६३ सालमा दलीय सहमतिका आधारमा वितरण गरिएको नागरिकता सयौं भारतीय र भुटानी नागरिकले प्राप्त गरे ।
प्रशासनले झापा चकचकीका सुक्ले मुर्मुविरुद्ध डेढ महिनाअघि उजुरी परेको जनाएको छ । गलत मान्छेले नागरिकता पायो भनेर मुर्मुविरुद्ध बेनामे उजुरी आएको तर पुष्टि हुन नसकेको प्रशासन मुद्दा फाँटका डमरुवल्लभ गड्तौलाले जानकारी दिए ।
मोरङको शनिश्चरे भुटानी शरणार्थी शिविरका शरणार्थीले नेपाली नागरिकता लिएको पाइएको छ । नेपाली नागरिकता लिएका केही शरणार्थी मोरङकै अमरदहमा स्थायी बसोबास गर्दै आएका छन् ।
उनकी ७५ वषर्ीया सासू तिलारूपा सिवाकोटी सरकारले उपलब्ध गराउने वृद्ध भत्तासमेत लिने गरेकी छन् । शिविरकै सेक्टर-जे बस्ने भक्तबहादुर वाग्ले र रामबहादुर वाग्लेले पनि दुई वर्ष पहिला नक्कली बाबु बनाई नेपाली नागरिकता र राहदानी लिएर साउदी अरब पुगेको खुलासा भएको छ ।
सप्तरीमा मात्रै २ सयभन्दा बढी गैरनेपालीले नागरिकता लिएको पाइएको छ । नक्क्ली विवरण पेस गरी भारतीय नागरिकले नेपाली नागरिकता लिएका हुन् ।
जिल्ला प्रशासनमा ६ जना भारतीयले नेपाली नागरिकता लिएको भन्दै उजुरी परेको छ । नेपाली नागरिकता लिनेमा भारतीय सर्वसाधारणदेखि कुख्यात डनसम्म छन् । नागरिकता दिलाउन गाविसदेखि प्रशासन कार्यालयसम्मका कर्मचारीको मिलोमतो रहेको स्रोतको भनाइ छ ।
प्रशासन कार्यालय र इलाका प्रशासन कञ्चनपुरका कर्मचारीको मिलोमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गरिएको तथ्य भेटिएको छ ।
प्रशासन कार्यालयको मुद्दा फाँटका सुब्बा प्रेम भट्टराईले भारतीयले नेपाली नागरिकता लिएको विषयमा छानबिन भइरहेको र नक्कली नागरिकता पाउने भोला दास र उसलाई नक्कली छोरा बनाएर नक्कली विवरण दिने भारदह ६ का श्यामसुन्दर दासमाथि पक्राउ आदेश जारी गरिएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर खड्कासमक्ष श्यामसुन्दरले दिएको बयानमा भारतीय नागरिक भोलालाई नेपाली नागरिकता दिलाउनमा भारदहका सचिव कवितलाल यादव, मुखिया महेन्द्र मुखियासहित स्थानीय केही व्यक्तिसमेत मिलोमतो रहेको बताएका थिए ।
यस्तै भारतीय कुख्यात डन धीरेन्द्र यादवले समेत नेपाली नागरिकता दुई जिल्लाबाट फरक फरकको नाममा लिएको पाइएको छ । ०६७ फागुन १२ मा खटिएको नागरिकता टोलीबाट यादवले सप्तरीको वभनगामा कट्टी गाविस २ निवासी बुवा शंकर यादव र आफू महावीर यादव भन्ने नाममा नागरिकता लिएका थिए । उनले सुनसरीको पश्चिम कुशाहा गाविस १ निवासी महेश यादवको नामबाट पनि नागरिकता लिएका छन् ।
राजविराज नगरपालिका ३ ठेगाना देखाएर भारतीय नागरिक विमल साहले पनि बुवा कालिप्रसादको नामबाट २७ पुस ०६७ मा नेपाली नागरिकता लिए । ०६७ कात्तिक ११ मा हर्दिया गाविसबाट विष्णु गेलाल भनिने व्यक्तिले स्थानीय वेदप्रकाशलाई बुवा बनाएर नागरिकता लिए ।
प्रजिअ कैलाशनाथ खरेलले गैरनेपालीले नागरिकता लिएको विषयमा उजुरी परेको बताउँदै यस्ता मुद्दाहरुको छानबिन थालेको बताए ।
नेपालगन्जमा झूटो विवरण दिई नागरिकता लिने गैरनागरिकबारे छानबिन सुरु गरिएको छ । बाँके र बर्दियामा उजुरीको संख्या बढे पनि पुष्टि भएरै बदर भएका घटना न्यून छन् ।
अधिकांश विवादित नागरिकता दलीय संयन्त्रको सिफारिसमा ०६३ मा वितरण गरिएका हुन् । गुलरिया नगरपालिका निवासी रामप्रसाद लोनिया, गुन्नु गडरिया, चेतनाथ भुर्जी, बैजनाथ भुर्जी र मान्साराम भुर्जीको नागरिकता छानबिनपछि गृह मन्त्रालयले बदर गरेको छ ।
उजुरीकै आधारमा गुलरिया नगरपालिका ८ का विष्णुकुमार सुनार, गुलरिया नपा १२ का अजमेर जोलाहाको नागरिकता खिची आवश्यक अनुसन्धान गरिरहेको स्थानीय प्रशासनले जनाएको छ । तत्कालीन प्रशासकीय अधिकृत तीर्थ भट्टराईले उनको नागरिकतामा हस्ताक्ष्ार गरेका थिए ।
भारत देवरिया घर भई उत्तरप्रदेश राज्यको बहराइच जिल्लास्थित स्थायी घर भएका दुर्गेश गुप्ताको नागरिकता छानबिन दायरामा परेको प्रशासन स्रोतले जनाएको छ । प्रजिअ रामकृष्ण सुवेदीले झूटो विवरण दिई नागरिकता लिएकामाथि छानबिन गरि आवश्यक कारबाही गरिने बताए ।
दाङको देउखुरी क्षेत्रमा गैरनागरिकले नागरिकता लिने केही प्रयास गरेको प्रशासनले स्विकारेको छ । हालसम्म अनुसन्धानमै भने एउटामात्रै छ । इलाका प्रशासन लमहीमा मात्रै हालसम्म अंग नपुगेका दुईवटा आवेदन आएको इलाका प्रमुख प्रदीप श्रेष्ठले बताए ।
जिल्लाका अन्य क्षेत्रमा यस्तो समस्या नभएको प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले बताए ।
सीमावर्ती विहार पूर्वी चम्पारण पिपराका ४१ वषर्ीय अमरेन्द्र प्रसादले ०६३ चैत ११ मा वीरगन्ज उपमहानगरपालिका १३ बाट नेपाली नागरिकता बनाएको प्रमाण फेला परेको छ । ३४१०२२/४८ नम्बरको नागरिकता लिएका अमरेन्द्रले उपमहानगर भित्रै छपकैयामा ६ कित्ता जग्गासमेत जोडेका छन् ।
६ महिनाको अवधिमा जिल्ला प्रशासन पर्सामा २५ जना भारतीयले झुक्याएर नेपाली नागरिकता लिएको उजुरी परेको मुद्दा अधिकृत ललित झाले बताए । स्थानीय दलकै सिफारिसमा गैरनेपालीले नागरिकता पाएकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रजिअ नागेन्द्र झाले बताए । उनले भने, 'प्रारम्भिक अनुसन्धानमै असहयोग भएको छ ।'
गत माघमा भारत विहारको पूर्वी चम्पारण अरेराज थाना सरैयापिपरा गाउँ निवासी अमरेन्द्र प्रसादले नागरिकता टोलीमार्फत वीरगन्ज १३ बाट ३४१०२२ नम्बरको लिएका नागरिकता विरुद्धमा प्रसादको भारतीय रासन कार्डलगायत प्रमाणसहित प्रशासनमा उजुरी परेको छ । पूर्वी चम्पारणकै जैतापुर लक्ष्मनवा निवासी नन्दकिशोर दास तत्वा, सुदामा साह तेलीले पर्साको सबैठवा गाविसबाट नागरिकता लिन सफल भएको स्थानीय रामबाबु प्रसाद चौरसियाले उजुरी दिएका छन् ।
सीमावर्ती घोडासन, रक्सौल, सुगौली बजारबाट वीरगन्ज र आसपासका क्षेत्रमा व्यापार व्यवसाय गरिरहेका अधिकांश भारतीयहरूले नागरिकता हासिल गरेपछि पछिल्लो समयमा घर बनाउन थालेका छन् । मालपोत कार्यालयको स्रेस्ता अनुसार सहरको पूर्व र पश्चिममा बसेको नयाँ बस्तीमा अधिकांश घर अभियानकै समयमा नागरिकता लिनेहरूको देखिन्छ ।
कुख्यात अपराधी बब्लु श्रीवास्तवले १२ वर्षअघि कपिलवस्तुको जबाभारी गाविसबाट नेपाली नागरिकता लिएको ठाउँ हो यो । भारतीय जेलमा रहेका उनकै निर्देशनमा पूर्वराज्यमन्त्री मिर्जादिलसाद बेगको हत्या भयो । त्यस्तै कुख्यात भारतीय अपराधी त्रिलोकसिंह शाहीले ४ वर्षअघि कपिलवस्तुको कृष्णनगरबाट खटिएको टोलीबाटै नागरिकता लिएका थिए ।
त्यस्तै कुख्यात अपराधी इब्राहिम मुसलमानले कपिलवस्तुको अभिराब गाविसबाट ४ वर्षअघि नेपाली नागरिकता लिएको खुलासा भएको छ । उनीमाथि पाकिस्तानी गुप्तचर संस्था आईएसआईको एजेन्ट रहेको आरोप छ । भारतीय प्रहरीको सर्वाधिक खोजीमा रहेका बेला उनले नेपाली नागरिकता लिएको रहस्य सार्वजनिक भएको हो ।
उजुरीलगत्तै प्रहरीले उनलाई गत वर्ष माघको पहिलो साता पक्राउ गरी सार्वजनिक तथा हातहतियारसम्बन्धी मुद्दा चलाएको थियो । प्रहरीले उनलाई रूपन्देही भैरहवाबाट पक्राउ गरी कपिलवस्तु पठाएको थियो । उनीसँगै उनका कान्छो छोरा ताहिरसमेत पक्राउ परेका छन् । नेपाली नागरिकता बनाएर सजिलै नेपालमा बस्न सकिन्छ भनेर लाखौं खर्च गरी उनले नेपाली नागरिकता बनाएका थिए । इब्राहिमले ५० हजार दिएर टोलीबाट ३८३०१२/०६४ नम्बरको नागरिकता लिएका थिए । स्रोतअनुसार सरजमिन र सनाखत गर्नेलाई एक/एक हजार, गाविस सचिवलाई ५ हजार, दलका प्रतिनिधिलाई तीन/तीन हजार, टोली प्रमुखलाई १० हजार तथा एक दलाललाई ४० हजार दिएर उनले नागरिकता बनाउन सफल भएका थिए ।
उनले पैसाको बलमा ०६३ माघ गाविसमा खटिएको टोलीबाट नागरिकता लिएका थिए । जन्मका आधारमा नागरिकता पाउन सफल भएका इब्राहिम भारतको उत्तर प्रदेशअन्तर्गत बहराइचको नजिरपुरा गाउँवासी हुन् ।
नागरिकताकै आधारमा इब्राहिमले प्रशासन कार्यालयबाट ३७१०५०२ नम्बरको राहदानीसमेत बनाएका थिए । श्रीमती मीना बेगमलाई उनले वैवाहिक अंगीकृत आधारमा ३८१०१२/१९६३ नम्बरको नागरिकता दिलाएका छन् ।
सबै प्रक्रिया पूरा गरी आफूले इब्राहिमलाई नागरिकता प्रदान गरेको टोली प्रमुख कृपाशंकर गुप्ताले बताए । बेनामे उजुरी गरेका आधारमा उनको नागरिकता छानबिन भएको थियो । भारतीय दबाबपछि गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी उक्त नागरिकता खारेज गरेको थियो ।
त्यसैगरी ४ वर्षअघि गैरनेपालीलाई नागरिकता दिएको प्रकरणलाई स्थानीय प्रशासनले अझै टुङ्गो लगाउन सकेको छैन । पैसाको बलमा गैरनेपालीलाई नागरिकता लिएको भन्दै माओवादीले जिल्लाको दक्षिण बलुहवा गाविसबाट १४ थान नागरिकता प्रमाणपत्र कब्जामा लिएर छानबिनका लागि प्रशासनलाई बुझाएको थियो ।
०६३ फागुनमा तत्कालीन प्रजिअ नरेन्द्र दाहाललाई बुझाएको उक्त नागरिकताका विषय अहिले तामेलीमा रहेको छ । ४ वर्ष बढी भइसक्दा पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रकरणका फाइल थन्क्याएर राखेको छ । यो प्रकरणले समयमै निकास नपाउँदा अरू शंकास्पद नागरिकताको पनि छानबिन हुन सकेको छैन ।
सरकारद्वारा गाउँगाउँमा पठाइएका नागरिकता टोलीद्वारा नागरिकता वितरण भइरहेका बेला ०६३ फागुन १७ मा बलुहवा गाविसबाट भारतीयले नेपाली नागरिकताको प्रमाणपत्र लगिरहेको थाहा पाएपछि पुगेका माओवादी जिल्ला नेताहरूको टोलीले ३२ थान नागरिकता कब्जा लिएका थिए ।
जिल्लामा ४ वर्षअघि खटिएको नागरिकता टोलीले वंशज, जन्मसिद्ध र वैवाहिक अंगीकृत गरी ४९ हजार ८ सय १४ नागरिकता वितरण गरेकामा ७२ वटा सम्बन्धमा उजुरी परेको छ ।
भारतीय नागरिक तुसार अधिकारीले एजाज अहमदको नामबाट नागरिकता लिएको उजुरी गत फागुनमै प्रशासनले छानबिन थालेको थियो । उजुरी परेको ८ महिनापछि मात्र उनलाई प्रशासनमा हाजिर गराएको थियो । जिल्लाको सिहोखोर ९ मा बस्दै आएका उनलाई प्रशासनले छानबिनका नाममा सादा तारेखमा राखेको छ ।
भारत पश्चिम बंगालस्थित नदीया जिल्ला कठघडा गाउँ थाना कृष्णानगरका तुसारले पैसा खर्च गरेर ४ वर्षअघि खटिएको टोलीबाट नागरिकता लिएको बताएको छ । उनले तिर्तिखी गाविसमा खटेको टोलीबाट ३० हजार खर्चेर ०६३ फागुन ३० मा नागरिकता लिएका हुन् ।
 प्रकाशित मिति: २०६८ वैशाख १७ ०८:४९

प्रधानमन्त्रीसहित झलनाथ खनाल मन्त्रिमण्डलको समूहको संख्या ३६ पुगेको छ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
१. श्री भरतमोहन अधिकारी उपप्रधानमन्त्री अर्थ र वाणिज्य तथा आपूर्ति
२. श्री कृष्णबहादुर महरा उपप्रधानमन्त्री गृह
३. श्री उपेन्द्र यादव उपप्रधानमन्त्री परराष्ट्र
४. श्री विष्णुप्रसाद पौडेल मन्त्री रक्षा
५. श्री टोपबहादुर रायमाझी मन्त्री भौतिक योजना तथा निर्माण
६. श्री अग्निप्रसाद सापकोटा मन्त्री सूचना तथा सञ्चार
७. श्री शक्तिबहादुर बस्नेत मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
८. श्री खड्गबहादुर विश्वकर्मा मन्त्री पर्यटन तथा नागरिक उड्डयन
९. श्री उर्मिला अर्याल मन्त्री स्थानीय विकास
१०. श्री गङ्गालाल तुलाधर मन्त्री शिक्षा र विज्ञान तथा प्रविधि
११. श्री रघुवीर महासेठ मन्त्री सिँचाइ
१२. श्री गोकर्ण विष्ट मन्त्री ऊर्जा
१३. श्री भानुभक्त जोशी मन्त्री वन तथा भू–संरक्षण
१४. श्री घनश्याम भुसाल मन्त्री कार्यभार पछि तोकिने
१५. श्री युवराज कार्की मन्त्री सामान्य प्रशासन
१६. श्री विश्वनाथ साह मन्त्री शान्ति तथा पुनःनिर्माण
१७. श्री जयपुरी घर्ति मन्त्री महिला, बालबालिका तथा समाजकल्याण
१८. श्री रामचरण चौधरी मन्त्री भूमिसुधार तथा व्यवस्था
१९. श्री महेन्द्र पासवान मन्त्री उद्योग
२०. श्री प्रभु साह मन्त्री कानुन तथा न्याय
२१. श्री हितबहादुर तामाङ मन्त्री युवा तथा खेलकुद
२२. श्री हरिनारायण यादव मन्त्री कृषि तथा सहकारी
२३. श्री मोहम्मद इस्तियाक राई मन्त्री श्रम तथा यातायात व्यवस्था
२४. श्री सुनीलकुमार मानन्धर मन्त्री वातावरण
२५. श्री खगेन्द्रप्रसाद प्रसाई मन्त्री सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति
२६. श्री शत्रुघ्न महतो राज्यमन्त्री स्थानीय विकास
२७. श्री दलबहादुर सुनार राज्यमन्त्री सिँचाइ
२८. श्री रामजी शर्मा राज्यमन्त्री ऊर्जा
२९. श्री डम्बर साम्बाहाम्फे राज्यमन्त्री सामान्य प्रशासन
३०. श्री भगवती चौधरी राज्यमन्त्री वन तथा भू–संरक्षण
३१. श्री हकिकुल्लाह खाँ राज्यमन्त्री भूमिसुधार तथा व्यवस्था
३२. श्री देवी खड्का राज्यमन्त्री भौतिक योजना तथा निर्माण
३३. श्री धर्मशिला चापागाई राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
३४. श्री ध्रुव आङ्दाम्बे लिम्बु राज्यमन्त्री पर्यटन तथा नागरिक उड्डयन
३५. श्री नन्दकुमार दत्त राज्यमन्त्री कृषि तथा सहकारी

गृह माओवादीलाई, एमालेभित्र झगडा

काठमाडौ, वैशाख २२ -  प्रधानमन्त्री झलनाथ खनालले माओवादीलाई गृह मन्त्रालय सुम्पँदै बुधबार मन्त्रिपरिषद् विस्तार गरेपछि एमालेभित्र फेरि झगडा चर्केको छ ।
शान्ति प्रक्रियामा कुनै प्रगति नभई माओवादीलाई खनालले एकलौटी ढंगले गृह मन्त्रालय दिएको भन्दै नेपाल-ओली समूहले तीव्र विरोध जनाएको छ ।
'शान्ति प्रक्रिया टुंगोमा नपुगुन्जेल गृह मन्त्रालय नदिने भन्ने पार्टीको निर्णय थियो र त्यो अहिले पनि यथावत्् छ,' एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कान्तिपुरसँग भने, 'माओवादीले फकाएर, लट्पटाएर वा उसलाई खुसी पार्न यस्तो निर्णय गरिएको होला । यो अत्यन्त बेठिक कुरा हो । पार्टीलाई अवमूल्यन गरिएको र खिल्ली उडाइएको छ ।' नेपालले गृह मन्त्रालय माओवादीलाई दिनेबारे प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको पनि बताए । 'मंगलबार मेरो उहाँसँग भेट भएको थियो, शान्ति प्रक्रिया कसरी अघि बढाउने भन्नेबारे छलफल गर्न चाहिरहेको कुरा मात्र गर्नुभयो,' उनले भने, 'गृहबारे कुनै कुराकानी भएको थिएन ।'
शान्ति प्रक्रियाका काम अघि नबढुन्जेल गृह मन्त्रालय प्रधानमन्त्रीले नै राख्ने पूर्वनिर्णय परिमार्जन नभएको अवस्थामा माअेावादीलाई दिनु पार्टी निर्णयविरुद्घ अनुशासनहीन काम भएको नेपाल-ओली समूहको प्रतिक्रिया छ । पोलिटब्युरो बैठक बस्ने पूर्वसन्ध्यामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री खनालले माओवादीलाई गृह मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । पोलिटब्युरो बैठक बिहीबार बस्ने यसअघि नै तय भएको थियो ।
'पार्टीभित्र र नेताहरूसँग छलफल नै नगरी अध्यक्षले पार्टीको पूर्ण निर्णयविरुद्घ काम गर्नुभएको छ,' उपाध्यक्ष विद्या भण्डारीले कान्तिपुरसँग भनिन्, 'यो पार्टी र मुलुकको भावनाविरुद्घ पनि छ ।' उनले गृह माओवादीलाई दिने निर्णयले शान्ति प्रक्रियामा सहयोग नपुग्ने पनि बताइन् ।
एमालेले गृहमन्त्रीमा विष्णु पौडेललाई सिफारिस गरेकामा माओवादीले दाबी नछाडेपछि मध्यमार्गी उपाय अपनाउँदै प्रधानमन्त्रीसँगै राख्ने निर्णय भएको थियो ।
उक्त निर्णयपछि गृहमन्त्रीमा सिफारिस गरिएका पौडेललाई रक्ष्ाा मन्त्रालयको जिम्मेवारी दिइएको थियो । खनालको यो निर्णयबाट पार्टीभित्रका मध्यमार्गी नेताहरूसमेत रुष्ट छन् । 'शान्ति प्रक्रिया निश्चित विन्दुमा नपुगुन्जेलसम्म माओवादीलाई गृह नदिने भन्ने थियो,' एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले भने, 'निर्णय पुनर्विचार गर्नुपर्ने भए पनि संस्थागत छलफलबाट गरेको भए हुन्थ्यो, पोलिटब्युरो बैठकको पूर्वसन्ध्यामा आएको यो निर्णयले बैठकलाई बाइपास गर्न खोजेको जस्तो देखिन्छ ।'
उनले अध्यक्ष खनालले तजबिजी निर्णय गरेको बताए । 'माओवादीलाई गृह दिने सम्बन्धमा केही छलफल भएको छैन,' उनले भने, 'जुन तर्कका आधारमा माओवादीलाई गृह दिन नहुने निर्णय भएको थियो, त्यो परिस्थितिमा कुनै परिवर्तन आएको छैन ।'
शान्ति प्रक्रियामा कुनै प्रगति नभएको अवस्थामा गरिएको यो निर्णयले पार्टीको आन्तरिक जीवन र अन्य दलसँगको सम्बन्धलाई समेत प्रभावित पार्न सक्ने उनले बताए ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले भने माओवादीले शान्ति र संविधानको बाटोमा जाने कार्यदिशा तय गरेपछि शान्ति प्रक्रिया अघि बढ्ने विश्वासिलो अवस्था सिर्जना भएको निष्कर्षमा गृह मन्त्रालय उसलाई दिइएको बताए ।
नेपाल-ओली समूहले पोलिटब्युरो बैठकमा खनालको यो निर्णयविरुद्ध प्रमुख एजेन्डा बनाउने भएको छ । गृह मन्त्रालय माओवादीलाई दिने प्रधानमन्त्रीको निर्णय आएपछि एक साताका लागि मलेसिया भ्रमणमा गएका स्थायी समिति सदस्य केपी ओली भ्रमण छोट्टयाएर शुक्रबार स्वदेश फिर्ने भएका छन् । ओली एसियाली राजनीतिक दलहरूको कार्यक्रममा भाग लिन मंगलबार मलेसिया गएका थिए ।

संविधान निर्माणको इतिहास कस्तो छ ?

काठमाडौ, वैशाख २२ - संविधानप्रति जनताको अपनत्व सुनिश्चित गरी जनता र राज्यबीच बलियो सम्बन्ध स्थापना गर्नको लागि संविधानसभालाई प्रयोग गर्ने गरिन्छ ।  नेपालमा निर्वाचितजस्तो संविधानसभा समावेशी हुन्छ ।
नेपालमा संविधान निर्माण हुने लागेको पाँचौं पटक हो । विगतका संविधान विज्ञहरूले लेखेका थिए । संविधानसभाको प्रयोग भएको थिएन । ती संविधानहरू लामो समयसम्म टिकेनन् ।.
संबैभन्दा पहिले राणा प्रधानमन्त्री पद्मशम्सेरले २००४ सालमा 'नेपाल सरकार वैधानिक कानुन २००४'  नामको  संविधान बनाए । तर यो संविधान घोषणा
नभई मोहनशम्शेरद्वारा पद्मशम्सेर सत्ताबाट हटाइए । त्यसैले लागू हुन पाएन ।  यो संविधान भारतबाट विज्ञहरू बोलाएर निर्माण गरिएको थियो । यो संविधानमा दुई सदनात्मक व्यवस्थापिका र प्रधानमन्त्रीलाई उल्लेख्य अधिकार प्रदान गरिएको थियो ।
२००७ सालमा 'नेपालको अन्तरिम शासन विधान २००७' अर्को संविधान बन्यो । यो नेपालमा लागू भएको पहिलो संविधान हो । तत्कालीन राजा त्रिभुवनले भारतीय विज्ञहरूसँग सहकार्य गरी  बनाएका थिए ।
यस अन्तरिम संविधानले देशको कार्यकारी, व्यवथापकीय तथा न्यायिक अधिकारहरू राजाको हातमा राखिदिएको थियो ।
यद्यपि यस संविधानले राजकीय सत्ता हासिल गर्न संविधानसभाको निर्वाचनको आह्वान गरेको थियो तर सो निर्वाचन भएन ।
२०१५ सालमा अर्को संविधान बन्यो । यस संविधानले विभिन्न महत्त्वपूर्ण अधिकारहरू राजामा निहित गरिदियो ।  तत्कालीन सरकार राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्रीलाई बर्खास्त शासन हातमा लिए । त्यसपछि २०१९ सालमा अर्को संविधान बन्यो ।
झन्डै ३० वर्षको पञ्चायत ढलेपछि २०४७ साल कात्तिक २३ मा राजनीतिक दल र  तत्कालीन राजाका प्रतिनिधि सम्मिलित समितिले 'नेपाल अधिराज्यको संविधान २०४७'  निर्माण गर्‍यो  । यो संविधान २०६३ सालसम्म लागू भयो । दोस्रो जनआन्दोलन सफल भएर गणतन्त्र घोषणा भएपछि २०३६ सालमा फेरि अर्को अन्तरिम संविधान बनेको छ । हाल यही संविधान लागू भइरहेको छ ।
अब संविधानसभाबाट निर्माण हुने संविधानले मात्र हालको अन्तरिम संविधानलाई विस्थापन गर्न सक्छ ।

येसैलाई भन्छन नया नेपाल

चाहे सक्छौ गोली हान्न चाहे सक्छौ छोरा भन्न /जस्तैकदम चाले पनी तिम्रो सपना पूराहुन्न /न त यहा तिम्ले जित्छौ न त न त यहा हामले हार्छौ  /किना एस्तो गर्दै गयौ नेपाली ले नेपाली लाइ किना मार्छौ  /तिम्रा पनी दाई भाई होलन तिम्रा पनी बाल बच्चा होलान  /  तिम्ले यस्तै गरेऊ भने उनले पछि के पो गर्लान   / चेतना को बिगुल फुक्दै हिड्दै थियौ ग़ाऊ ग़ाऊ पसि /  आज फेरी कता गयौ भन्दै हिड़थेयौ  हामी होऊ देश बासी /  मान्छे ले नै  मान्छे लाइ किन एस्तो ब्यवहार गर्ने सक्ने /रावण राक्षेस ले सीता लाइ झै हर्न सक्ने /  कती कठोर हदों रहेछ यो मान्छे को मन /  देश विकास गर्छु भन्ने कता गयौ आज झन  / सबैले बोलना पाउनु पर्छ सबैले मन को कुरा खोल्न पाउनु पर्छ/  /  देश को लागी लड़ने हरु डराउदैनन एस्तो संग   / एक मुठी सास रहून्जेल लद्नु पर्छ भय पनी अंग भंग  /                                                                                                                                                                                                                                                                 संपर्क                                                                                                                                                                                                                                                                                                               tulsiram pandey simichaur 8 rangbas pachase gulmi                                                                                                                                                                                                             email  tulsirampandey48@yahoo.com                                                                                                                                                                                                                                tulsirampandey48@gmail.com 

मंगलवार, 3 मई 2011

timro sahar chhodi hide

तिम्रो शहर छाडी आज मेरै गाउ फर्कदैछु । कयौ रहर फाली आज मेरै गाउ फर्कदैछु ।। उकाली ओराली लेक बेशी म त्यही हुर्के । पुरानै याद आउँदा आज मेरै गाउ फर्कदैछु ।। यो शहरको स्वर्थी पेसा त्यगी म आजै । सबैसँग रमाउन आज मेरै गाउ फर्कदैछु ।। आशा पाल्दै दास बन्नु अब उचित छैन । जन्मथलो सम्झी आज मेरै गाउ फर्कदैछु ।। अध्यरो बस्तीतिर ज्योति छर्न हिड्छु अब पुरानै झोलासँग आज मेरै गाउ फर्कदैछु ।।

kabita

तर हजुर, उहिले यो मरुभूमिमा पनि एउटा सुन्‍दर देश थियो रे । पृथ्‍वीको शिर रुपी टाकुरा त्‍यही ठाउँमा थियो रे शन्‍ति र सदाशयका पवतर्कहरु त्य‍ही ठाउँका थिए रे अभावमा पनि गुरांसको फूल बनी हाँस्‍थे रे विविधतामा पनि सहअस्‍तित्‍वको जडले गासिन्‍थे रे यात्रामा अलि पछि परे पनि फडको बढाउँदै थिए रे चन्‍द्र सूर्य ध्‍वजलार्इ माथि उचाल्‍दै देशको गौरव गर्थे रे । उहिले यो मरुभूमिमा पनि एउटा सुन्‍दर देश थियो रे। पछि, अभावमा धैर्यता गुमे पछि गुराँस बनमा लगाइएको डडेलोले टाकुरा पग्‍लियो रे रोषमा मर्यदा गुमे पछि भाइ भाइमै भएको धक्‍काले मान्‍छेको मन भत्‍कियो रे अनि अलिकति बैरीहरुद्वारा उचाल्‍लिएर अलिकति अहममा रौसिएर सबै अागो भइ अग्‍नि युद्व लडे रे चन्‍द्र सूर्य ध्‍वज दनदन बल्‍यो रे हिमाल पग्‍लियो रे नदी सुक्‍यो रे ख्‍यालख्‍याख्‍यालमै देश मरुभूमि भयो रे तर हजुर, उहिले यो मरुभूमिमा पनि एउटा सुन्‍दर देश थियो रे एउटा सुन्‍दर देश थियो रे ।

sutukkai ek kura

सुटुक्कै एउटा कुरा गर्न खोजे मान्छ्यौ की नसोधी मनको जंघार तर्न खोजे मान्छ्यौ की सफा छ हिर्दय सम्पति त सुदामा हु रित्तो जीवन दुर चन्द्र छर्न खोजे मान्छ्यौ की पतझड जीवन सुख्खा चैतको यो खडेरी भो साउन बादल सितल थोपा झर्न खोजे मान्छ्यौ की बसन्तहो सरद ग्रिस्म सिसिर पछी उदाउने मोहित यो मौसम मा चर्न खोजे मान्छ्यौ की शंका हैन विश्वास ठुलो यहि प्रिय जीवन सम्झे रंगाएर सादा जीवन भर्ना खोजे मान्छ्यौ की

biswas

सुन्दरतामा छैन मोह जूनै फुल फुले हुन्छ हासी हासी पिइदिन्छु जहर तिमी घोले हुन्छ आज देखी मेरो निम्ती मदिरा नै भयो साथी निसन्कोच पराइको अँगालोमा फुले हुन्छ बिक्दो राइछ विश्वाश हरु हाठ अनी बजारमा भबरा झै प्रत्येक् फुल चाख्दै तिमी डुले हुन्छ उपहार नै सम्झेने छु तिम्रा प्रत्यक घात हरु म सक्दिन भुल्न तर तिम्ले मलाई भुले हुन्छ

sapna jastai pari gayeu

सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।अमर-अजर हुन्छ भन्थें, हाम्रो प्रेमको कहानी योदेखाउन नपाउँदै कसैलाई, भ्रुणमै तिमीले मारी गयौ ।सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।लड्छु भन्थे जीवनभरि, दु:ख पर्दा हरेक मोडमा,शायद देख्यो दुख धेरै, नभिडेरै हारी गयौ ।सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।हराभरा बनाउँछु भन्थें, मेरो सानु संसारलाई,उजाड देख्यो, उराठ लाग्यो, अन्तै बिरुवा सारी गयौ ।सपना जस्तै पारी गयौ, आँशु मेरो झारी गयौ ।दुई दिन खुशी देखाएर, नफर्किने खोली तारी गयौ ।

eutai sapna eutai bato

 उत्साहित भएर सोधेकी थिएँ; खाहुनको भाषण कस्तो थियो ? सुनैनाको छोटो जवाफ थियो- ''आउनु भा' थिएन'' । दमकको विशाल कार्यक्रममा म जान पाएकी थिइन र पनि चासोको विषय त हुन्थ्यो नै । थप म जिज्ञासु बन्न थालेकी थिएँ- कार्यक्रमहरुको बारेमा । विर्तामोड अग्रसेन भवनअगाडि कार्यक्रम हुने थाहा पाएकी थिएँ तर जान नपाएकी । उसैगरी सोधेकी थिएँ नितुको उत्तर थियो, ''आउनु भा' थिएन ।'' मलाई लाग्ने गथ्र्यो कार्यक्रम र खाहुन पर्यायवाची शब्द हुन् । हरेक कार्यक्रमहरुमा खाहुनको उपस्थिति अवश्य हुने गर्थ्यो र म निकै नै प्रभावित भएकी थिएँ । यतिबेला करिब चारवर्षपछि म खाहुनलाई पुनः सम्झन थालेकी थिएँ निकै धेरै । जतिलाई सोधे पनि खाहुन् कार्यक्रममा उपस्थित थिएन भन्ने सुन्थेँ । यो कुराले मलाई थप सताइरहेको थियो । के भएछ कहाँ गएछ खाहुन ?धेरै कोसिसपछि इटहरीको कार्यक्रममा जाने साइत जुरेको थियो । एघार बजेको कार्यक्रम भनेको भए तापनि मैले करिब १२ बजेमात्र इटहरी चोकमा स्कुटर रोकेँ । त्यतिबेलासम्ममा लिम्बुवान भोलेण्टियस्र लेखिएको व्यानरहरु टाँगिएका बसहरु पचास-साठीवटा अझ पश्चिमतिर गइरहेका थिए । मैले पनि बसहरुलाई पछ्याएँ । बसपार्कमा छेउमा कार्यक्रमस्थल रहेछ । हेर्दाहेर्दै सयौं बसहरुमा लिम्बुवान भोलेण्टियस्रका युवाहरु हजारौं सङ्ख्यामा भेला हुँदै थिए । सुनेकी मात्र थिएँ 'लिम्बुवानका जनप्रदर्शनहरु ठूल्ठूला हुन थालेका छन् रे ।' तर यस पटक मेरै आँखाले देख्ने मौका पाएँ । इटहरी नगरलाई परिक्रमा गर्ने कार्यक्रम रहेछ सबै तयारीमा जुटे । नारा-जुलुश गर्दै भोलेण्टियस्रका युवाहरु अगाडि बढे । सुनेको हल्ला पटक्कै महशुस भएन किनकि सबै जातजातिका युवाहरु उत्तिकै देखिन्थे । तीनवर्षअघि स्टाफ नर्स पढ्ने बहानामा मैले यही सङ्गठनलाई कसैसँग केही नभनी छोडेकी थिएँ तर आश्चार्य लागिरहॆको थियो यति छोटो समयमै जनताले विश्वास गर्न थालेछन् । लिम्बुवानी माटोको इतिहासलाई आत्मसात गर्दै यहाँका धेरै जनताहरु जुरुक्कै उठेर 'एउटै सपना र एउटै बाटो' मा हिँड्न थालिसकेका रहेछन् । मैले स्कुटर राख्ने ठाउँ भेटाउन हम्मे पर्यो । जताततै मान्छेमात्र । निकै तल स्कुटर राखेर कार्यक्रमस्थलमा आएँ । सबै जना लामवद्ध भएर जुलुशमा सहभागी भए । चर्को घाम थियो तर कति जोसिला र उत्साहित नारा लगाउँदै ती युवा र युवतीहरु उफ्री उफ्री अगाडि बढिरहेका थिए । ती जोशहरु देख्ता म पनि जोसिएकी त थिएँ तर मेरो उद्देश्य अलिकति फरक थियो- यी हजारौ मान्छेहरुका बीचमा खाहुनलाई भेट्ने । म पनि कस्ती ! सबैजना एकातिर व्यग्र मेरो भने अहिले नै तुरुन्तै खाहुनलाई नमस्कार गर्न नपाए पनि यही जुलुशमा नारा लगाउँदै यही चर्को घाममा असिन-पसिन हुँदै हिँडिरहेको हेर्ने मन ओर्लिरहेको थियो । खाहुन्लाई देख्न भनेर नै म अलिकति माथिपट्टिको पर्खालमा छाता ओडेर उभिरहेकी थिएँ । गहिरिएर कल्पना गरेँ यो जुलुशमा खाहुनलाई निकै सुहाउँछ । स्मृतिमा तस्वीर थियो- कार्यक्रममा खाहुन र खाहुन कार्यक्रममा । हेर्दाहेर्द्रै जुलुश धेरै अगाडि बढिसकेको थियो तरपनि मान्छेहरु हुलका हुल थिए । खाहुनलाई देखेर अथवा भेटेर ठूलो युद्ध जितिछाड्ने विश्वासमा जुलुश सकिाजेल उभिरहेँ छाता ओढेकी भएपनि पसिनाले निथ्रुक्कै भिजेँ खुट्टा निक्कै थाक्यो तर खाहुन मेरो आँखाको स्वाद बन्न सकेन । उहाँ दाइहरु अथवा नेताहरु प्रायः धेरैलाई देखेँ तर मेरो मन अलिकति अमिलो-तीतो भयो । छेउको पसलबाट अलिकति पानी किनेँ अनि दुईचार घुड्को पियेँ र स्टेज छेउ जान खोजेँ तर सम्भव थिएन । करिब दुई सय मिटर एतैबाट शुरुभएको कार्यक्रम हेर्न थालेँ । खाहुनलाई देख्ने र भेट्ने आसा ताजै थियो विश्वास मात्र भाग्दै थियो । तर स्टेजमा पनि उसलाई देखिन । अन्तमा, म निर्णयमा पुगेँ- यो विशाल कार्यक्रममा पनि खाहुन आएन छ । साङ्गीतिक कार्यक्रम झाँकी भाषण भइरहेको थियो म भने बेचैन थिएँ । यो मेरो पुरानो रोग थियो यतातिर खाहुनको बारेमा बुझ्नलाई चिने जानेको कोही छन् कि भनेर खोजिरहेकी थिएँ । कार्यक्रम आधा सिद्धिएपछि विन्दालाई भेटेँ । खाहुन विन्दा म लगायतका थुप्रै जना विद्यार्थी सङ्गठनमा समकालीन थियौं । खाहुन विद्यार्थीको ठूलो नेता भइसकेको छ रे भनेर सुनेकीसम्म थिएँ हुनुपर्ने पनि हो । अनि विन्दा पनि महिलाको ठूलो नेता रे । चारवर्षपछि विन्दालाई नमस्कार भन्दै बोलाउँदा सजिलै चिनिन् । खुशी लाग्यो । मैले सोचेकी थिएँ अनौठो मान्छे होली । विन्दाको छोटो समय मागेर खाहुनको बारेमा सोधेँ 'खाहुन काठमाडौंमा छ छ-सात महिनादेखि सम्पर्कमा छैन सबैलाई अचम्मै बनाएर भूमिगतजस्तै भा'छ विद्यार्थी नेता नै हो यी ठूल्ठूला कार्यक्रम हुनसक्नुको श्रेय खाहुनलाई पनि जान्छ' इत्यादि जानकारी पाएँ विन्दाबाट । विन्दाले मलाई मेरो बारेमा सोधी । जवाफमा भनेँ स्टाफ नस्र गरेँ सरकारी हस्पिटलमा जागिरेनी भाछु । बधाई दिइन् । लाजसरी भएँ । मलाई महशुस भइरहेको थियो विन्दाहरुले प्रगति गरेछन्- हामी सबैको लागि । मैले भने मेरो व्यक्तिगत जीवनको लागिमात्र गरेँ । एउटा स्क्रटर किनेँ त्यति नै । कार्यक्रम सिद्धिनु आधाघण्टा अगावै म इटहरी चोक गछिया पत्थरी उर्लावारी दमकहुँदै घर फर्केँ । प्रचण्ड घाम दिनभरिको उभ्याई स्कुटरको लामो यात्राले थाकेकी त अवश्य थिएँ तर खाहुनको विषयमा अझ धेरै बुझ्ने कौतुहलताले निँद लागिरहेको थिएन । खाहुनले चारवर्षअघि पनि यस्तै बनाएको थियो । रातको लामो गहिराईसम्म निँद पर्थेन । सबै निदाएका हुँन्थे म ब्यूँझेकी हुन्थे । सायद आज पनि दोहोरिनेवाला थियो । निँद भाग्नमात्र खोजिरहेको थियो। एकदिन एकजना साथीको विवाहमा खाहुन र मेरो पहिलो भेट हुँदा उसले माटो अस्तित्व र समाज परिवर्तनको कुरा गरिरहँदा त्योभन्दा बढी उसको बोल्ने शैली मन्द हाँसिरहने स्वभाव हाउभाउबाट बढी प्रभावित भएँकी थिएँ । विवाहमा साथीहरुसँग एकदमै डटेर काम गर्ने गफ गराइएको नेतृत्व उसैले गर्ने अनि अरु ऊजस्तै युवाहरुले चाहिँ साथ दिने गरेको देख्दा म खाहुनसँग पहिलो भेटबाट नै प्रभावित भएकी थिएँ । सबै कार्यक्रमको निम्तो दिने कार्यक्रममा लाने कार्यक्रममा जानुपर्छ भनेर सम्झाउने बुझाउने खाहुनको बानी थियो । एकदिन उसले सुरुङ्गाको कार्यक्रममा आउनुपर्छ भनेर खबर पठायो । जान्न होला भनेर मन एक प्रतिशत पनि भएन धेरै उत्साहित भएर सउभागी भएँ । त्यो दिन मैले थाहा पाएँ राजनीतिक कार्यक्रमहरुको जिम्मेवारी बोध खाहुनले आत्मैबाट गर्दोरहेछ। सबैजनासँग बोल्ने सबैलाई चिन्ने । टाढाबाट आएका अतिथिहरुले पनि खाहुनलाई नै केन्द्रविन्दु मानेको जस्तो महशुस गरँे । जीवनमा पहिलो पल्ट यस्तो राजनीतिक कार्यक्रममा उठेर परिचय गरेको दिन त्यो दिन थियो मेरो लागि । बारम्बार सम्झन्छु…खाहुनले मलाई के सम्झ्यो होला जतिखेर चिट्ठी लेखेर भनेकी थिएँ- 'खाहुन म त हरेक कार्यक्रममा तपाइँ हुनुहुन्छ र मात्र आएकी हुँ । कार्यक्रममा तपाइँ नहुने हो भने कहिले पनि आउदिन ।' यसरी यो पत्र लेखेकी रात र त्यसदिन पछिको रातहरु मेरो जीवनको जटिल मोड बन्यो । कति डराएकी म ! कति हडबडाएकी ! रातभरि निँदै नलाग्ने! खाहुनलाई सम्झनेबितिक्कै आङ सिरिङ्ग हुने । कतिपटक त लाजले आँखा पनि छोपेकी थिएँ । ऊ सायद व्यस्त भएर पनि होला चिट्ठीको जवाफ तीन महिनासम्म दिएन । त्यो तीन महिना म बेस्सरी तड्पीएँ। एक दिन खाहुनले जवाफमा लेखेको थियो। हो त जुनू तिमीले ठीक भन्यौं । म छु र त तिमी आयौं तिमी छौ र म पनि आउँछु। खाहुनको भाषा बढो कूटनीतिक भाषाको लाग्यो । त्यतिबेला खाहुनको पत्ररुपी शब्दहरुले मेरो तड्पाइको निमित्त हल्का मल्हम्को काम गरको थियो । मैले त्यसपछिका दिनहरुमा अझ प्रगाढरुपमा खाहुनको सम्झना र कल्पना गरेकी थिएँ । ऊसँग कसरी बोल्ने होला उसलाई गिफ्ट किनेर दिँदा के हुन्छ होला कस्तो दिए ऊ खुशी हुन्छ होला आदि इत्यादि बेसमारी सम्झन्थेँ । मैले तीनचार पटक कलम र डायरी उपहारस्वरुप पठाउन उचित सम्झेर पठाएँ । उसले पनि एकदिन 'लिम्बुवानको नलेखिएका कथाहरु' नामक राम्रो किताब उपहारस्वरुप पठाएको थियो । खाहुनले पठाएको पुस्तक एकशब्द नछोडी सबै पढेँ । वास्तवमै त्यहाँभित्रका कथाहरुबाट निक्कै प्रभावित भएँ त्योभन्दा धेरै प्रश्नहरु ममा उठेका थिए- 'खाहुनले यस्तो खालका कथाहरु भएका पुस्तक मेरो लागि किनेर किन दियो होला कथाहरुमा भएजस्तै मसँग हाम्रो समाज परिवर्तनको लागि ठूलो आसा गरेको पो हो कि !' त्यतिबेला मैले खूब टाउको दुखाएकी थिएँ- 'पुस्तकभित्रको कथाहरूमा खाहुन नै बोलिरहेको छ ।'कार्यक्रममा जाँदा बस्दा रहँदा खाहुनको सानातिना झिनामसिना सबै ख्याल गर्थें । एकपटक तीनदिने कार्यक्रम विर्तामोडमा भइरहेको थियो । खाहुनको दाँत माझ्ने ब्रस थिएन । मैले प्रयोग गर्ने गरेको ब्रसमा माजन भरेर ब्रस गर्न भनेँ । उसले पनि सहजै स्वीकारेर धन्यवाद दिँदै प्रयोग गर्यो । पछि उसले भनेको थियो- 'जुनू फ्रेस भएँ ।' म त्यतिबेला बेजोड खुशी भएकी थिएँ । एकदिन मेरो दिदीको छोरी काठमाडौंबाट फर्किनेक्रम्मा खाहुनसँग संयोगले एउटै बसमा परेछिन् । खाहुन र छोरी फरक-फरक सिटमा थिएछन् तर छोरीसँग बस्ने त्यो अधबैंसे मान्छे खराब स्वभावको रहेछ । दुई तीनपटक चेतावनी दिँदा पनि उसको खराब नियतलाई उदाङ्गो पार्न कोसिस गरिरहेपछि छोरी जुरुक्क उठेर अलिकति अगाडिको सिटमा गएर नचिनेको एकजना दाइलाई गुहारिछे । त्यो दाइसँग सिट परिवर्तन गरेर बस्नेक्रम्मा छोरी र खाहुनको भेट भएछ । खाहुन मस्त सुतिरहेको थियो रे । त्यो रात बोलचाल भएन रे । बिहान मात्र चिनजान भएछ । काठमाडौंबाट आएकी तीनचार दिनपछि छोरीले मलाई अचानक खाहुनको बारेमा कुरा झिकिन्। सोह्र-सत्र वर्षकी छोरी खाहुनसँग धेरै प्रभावित भइछिन् । उमेरले होला छोरीले पागलले जस्तै भनेकी थिई- 'छ्यामा खाहुनले मेरो प्रस्ताव स्वीकार गरे मेरो जिन्दगी पूर्ण हुन्छ । ऊसँग भेट भएपछि अर्कै आनन्द महशुस भइरहेछ ।' उनले यो पनि भनिन्- 'छ्यामा खाहुनले मलाई स्वीकार गरे म मेरो जीवनलाई पूरा परिवर्तन गरिदिन्छु ।' त्यसबेला मैले यसरी सम्झाउने कोसिस गरेँ- 'तिमी भ्रममा छौं। खाहुन ठूलो सपना बोकेर हिँडेको मान्छे हो । उसको कुराको प्रसङ्ग महत्वपूर्ण हुन्छ उसको कुरा गर्ने शैली अभूतपूर्व छ तिमीमात्र होइनौं तिमी र हामीजस्ता धेरैले प्रभावित भएर खाहुनलाई मन पराउँछन्।' पछि भेटमा मैले खाहुनलाई यो कुरा सुनाएकी थिएँ ऊ थोरै हाँस्यो । खासमा खाहुन समुन्द्रजस्तो थियो । खाहुनको नजर र व्यवहारमा सबैजना समान हुन्थे । मानिस स्वभाविक रुपमा स्वार्थी हुने रहेछौं । मैले खाहुनसँग जहिले पनि आसा गरेकी थिएँ- खाहुनको नजरमा म अरुभन्दा एकदम नजिक भएकी महशुस गर्न चाहन्थेँ । नबुझिने खालको थियो ऊ । माया-प्रेमको प्रसङ्गमा खाहुन कसैसँग पनि नखुलेको पाएँ । मैले उसको धेरै अध्ययन गर्न भ्याएँ तर पास गर्नै सकिन । म त छोरी मान्छे खुलेर 'माया गर्छु मन पराउँछु' जस्तो शब्द त भन्न सक्दिन नै थिएँ तर व्यवहारले भने सयौं पटक प्रस्ताव गरेँ । यो मेरो भ्रम पनि हुन सक्थ्यो । यो मेरो पागलपन मात्र पनि हुनसक्थ्यो । इन्फ्याचुएइशन् पनि हुनसक्थ्यो । तर यतिबेला यो आन्दोलन र कार्यक्रमहरुमा खाहुनलाई नदेख्दा र नसुन्दा पहिलेकै जसरी थुप्रै प्रश्नहरु उठ्न थालेका थिए । खोई ! के हुनेवाला थियो कुन्नी म विगतमा झैँ सताइन थालेकी थिएँ । खाहुनलाई एकपटक फोन गरेर सोध्न मन लागेको थियो- 'हाम्रो आन्दोलन के भइरहेछ ? अथवा यी विशाल आन्दोलहरुले तपाइँको नेतृत्व पर्खिरहेको छ । एकदिन मैले खाहुनकै घरमा गएर उसको बारेमा बुझ्ने योजना बनाएँ । स्कुटर किनेदेखि त जता जान पनि सजिलो लाग्थ्यो । करिब एकघण्टाको स्कुटर ड्राइभिङपछि म खाहुनको घरमा पुगेँ । यो मेरो खाहुनको सानो घर र बाक्लो गाउँसँगको तेस्रो पटकको साक्षात्कार थियो । थाहा थियो- यो घर थोरै खर्चमा बनेको हो । मिस्त्री लगाई खर्चबाट बनेकोभन्दा पनि जानीनजानी आफैले बनाएजस्तै लाग्ने घर थियो । घर छेउवैमा पानी तान्ने ट्युव् थियो । त्यो बिग्रिएको रहेछ । नबनाई छोडेको थियो । घर छेवैको फूलबारी पहिलेकै जस्तो देखेँ । खाहुनलाई भनेको याद आयो- 'हाम्रो देश पनि विभिन्न फूलहरू मिलेर फूलबारी बनेजस्तै त हो नि । सबै फूलहरूको सत्तिकै महत्व छ, यो सुन्दर फूलबारीमा ।' आज फूलबारी देख्दा खाहुनको त्यही शब्द सम्झनामा दोहोरियो । अलिकति पश्चिमतिर सानो किचन घर थपिएर परिवर्तनको झुल्को दिइरहेको थियो । त्यही किचनको छेवैमा खाहुनको आमा मलाई नै हेर्दै हुनुहुन्थ्यो । चिन्नु भएन सायद, तीनवर्षछिको तेस्रो भेट हुँदै थियो, यो । मैले 'सेवारो आमा' भनेँ । जवाफमा 'सेवारो' भनेर 'छोरी बस्नू' भन्नु भयो । हतासे गुन्द्री ओछ्याउनु भयो । म थचक्क बसेँ । आमाको सबैलाई छोरी भन्ने बानी थियो । अनुमान गरेभन्दा राम्ररी र धेरै कुरा गर्ने हुनुहुन्छ, वहाँ । आफूलाई चिनाएँ । वहाँले बिर्सिनु भएछ । पचपन्न-छपन्न वर्षी आमाले जाँड, रक्सी, चुर केही पनि लिनु हुन्न रहेछ। तर, दिनमा चारपाँच पटक नुन हालेको चिया लुम्बामा पिउने गर्नुहुँदो रहेछ । एकैछिनमा मलाई गिलासमा र उहाँले लुम्बामा चिया खन्याउनु भयो । नुन ठिक्कले हाल्नु भएछ, हामी दुवैले पिउनु थाल्यौं, मेरो योजनाचाहिँ खाहुनको बारेमा बुझ्ने थियो । आमाले भन्दै हुनुहन्थ्यो- 'अझै पनि खाहुनलाई भेट्ने धेरै जना आइरहन्छन् । फोन नाम्बर माग्छन् ।' जवाफमा मैले भनेँ- 'आमा, खाहुनलाई विश्वास र भरोसा गर्ने मान्छेहरू धेरै छन्। तर, एतिबेला, ऊ कार्यक्रमहरूमा नआएको नगएको छ-सात महिना भयो रे । त्यसैले थुप्रैले चासो राखिरहेको छन् ।' मेरो कुरा सुनेपछि आमाले खाहुनको बारेमा भटाभट् भन्नु थाल्नु भयो- ''खोई छोरी, घरमा ऊ हुँदा मान्छे, इष्टमित्र आइरहन्थे । उसकी ठूली बहिनी घरमै बसिरहनु पर्ने । चिसो पानी, चिया बनाएर खुवाउँदै ठिक्क ठूलीलाई त । खाहुन उठ्न पाएको हुँदैनथ्यो, गाउँका युवाहरू, अधबैसेहरू, बुढाहरू कुरा गर्न आइरहने । अलिकिति फुर्सद भयो कि त ठाकठाक् ठूक्ठुक् काम पनि गर्न थाल्ने । यो घर उसैले आफै बनाएको हो । उतापट्टिको कोठा मात्र थियो, पछि उसैले जानी नजानी यो तल्लो र भान्सा घर पनि बनाएको हो । ट्वुवेल धारा बिग्रिएको पनि चार दिन भयो । ऊ भएको भए त एसरी रहन नै नदिने । दुइवटा भाले छन् । झिलझिले बजार लगी बेचेर बनऊ कि भनेको, नानी ।''आमा, खाहुनप्रति पूर्ण् सन्तुष्ट हुनुहुँदो रहेछ । आमा आफ्नो कुरालाई जोड्दै हुनुहुन्थ्यो-''तर, खाहुनले पैसा कमाउन सक्दैन, नानी । आफ्नो लागिभन्दा अर्काको लागि मात्र हेर्ने मान्छेले कसरी कमाउँछ - तर, खाहुनले निक्कै धेरै दुक्ख गरेको छ । क्याम्पस पढ्न इलाम गयो । चिट्ठीमा लेखेको थियो- 'विहान क्याम्पस जान्छु, दिउँसो बाटो खन्ने जागीर खुलेको छ । पैसा कमाउदैछु ।' अनि, एकदिन चाहिँ, चिट्ठीमै पाँनसय पठाइदिएको थियो । सुनाखरी स्कुलमा मिस्त्री काम गर्छु, त्यहाँबाट कमाएको पैसा हो भनेर लेखेको थियो । खाहुन, इलाम पढ्दा उसको लागि पैसा खर्च गर्नु परेन नानी ।''खाहुनको त्यो साहसिक यात्राको कथा आमाबाट सुन्दै जाँदा, मलाई एस्तो लागिरहेको थियो- खाहुन अभ्रख थिएछ । साँच्चै केही नभए पनि ठूलो सपना बोकेर महान यात्राको निम्ति हिँडिरहेको महानयात्री थिएछ । गाउँमा खाहुनको जमिन पनि रहेन छ । यो घर जहाँ छ त्यो जमिन पनि अर्कैको रहेछ । इलामबाट फर्किपछि बोर्डिङ स्कूल पढाउनु थालेछ । त्यो बिग्रिएको पानीको ट्युवबेल उसैले कमाएको पहिलो महिनाको सालरीबाट बनाएको रे । पछि- काठमाडौं गएर पढ्नेक्रम्मा तीनलाख जति ऋण गरेछ । साथीभाइ, आफन्त, छरछिमेकीहरूबाट ऋण गरेर पढ्न काठमाडौं गएको रहेछ । पढ्दै राजनीति गर्दो रहेछ । खाहुन रत्ति पनि नआतिने स्वभावको थिएछ । आमाको कुरा सुनेपछि ममा थुप्रै प्रश्नहरू उठे । खाहुनले घरमा प्रायः काम गर्ने, र खर्च पनि पुर्‍याएर कार्यक्रमहरूको नेतृत्व पनि कसरी गर्न सक्यो होला - उसले आफ्नो पढाइ पनि सँगसँगै लगिरहेको थियो । सङ्घीयता, लिम्बुवान, अस्तित्व र समाज परिवर्तनको निम्ति खाइ-नखाई, सुतीनसुती लागेको मान्छे छ-सात महिनाबाट के भएछ, थप जिज्ञासाका प्रश्नहरू तरङ्गित भए । आमाले यसको खास कुरा सुनाउनु भयो- ''सात महिनाअघि बेलुकी टुप्रुक्क घर आइपुग्यो । मैले सोधेँ, ऋण तिर्ने पैसा पनि लिएर आइस् -'' ऊ झक्र्यो- ''कसरी ल्याउँछु पढिरहेको विद्यार्थीले -'' मैले सबै कुरा सुनाएँ । ऋण दिने मान्छेहरूले मलाई पैसाको कुरा गरेर सताएको कुरा भनिदिएँ । गाली गरेको र धम्क्याएको यी सबै सुनाएपछि पैसा छैन भने तुरुन्तै घर छोडी हाल्नु भनेँ किनभने भोलिपल्ट विहान हुन नपाउँदै साहुहरू आएर खाहुनलाई पकड्नेवाला पक्कै थियो । छोराको त्यो दिनको अनुहार देख्दा म धुरुधुरु रोएँ ।'' खाहुनले भनेको थियो- ''आमा, ऋण मैले चलाएको हो, मेरो पढाइको लागि काठमाडौं गएर पढ्दा मैले खर्च गरेको हो । उनीहरूले धम्क्याए पनि, गाली गरे पनि मलाई गरुन् । म अहिले नै हिँडे भने तपाइँलाई गाली गरिरहन्छन् ।'' त्यतिबेला उसले मलाई सम्झाउँदै भनेको थियो- ''गाली नगर्ने अवस्था बनाइदिन्छु ।' नभन्दै भोलि सबेरैदेखि माइलाकी आमा, यासके, सिराने काइँला, देशी जेठा आए । खोई, कसरी मनायो, गाली बेइजति त कसैले पनि गरेनन् । त्यसको तीनचार दिनपछि, विहानै हिँडेको मान्छे राति आइपुग्यो । त्यो माथिल्लो कोठामा बसेर सुँक्सुँक् रोयो । खाना खान बोलाउँदा पनि निक्लेन । राति बाह्रबजेतिर भोक लागेछ, खाना खाने भनेर मलाई उठायो र मैले नै पस्केर दिएँ । उसको एकजना असाध्यै मिल्ने साथी थियो । मैले नै पनि कति पटक खाना पकाएर दुवैजनालाई खुवाएको थिएँ । खाहुनले त्यो साथी खूब मन पराउँथ्यो । पछि, ऊ अम्रिका गयो । उसैको पैसा पनि चलाएको रहेछ । भर्खरै नेपाल आएको थिएछ । चलाएको त्यो पैसा माग्नेक्रम्मा साथीले हातपात गरेछ । खाहुनले भन्दै थियो, धेरै मिल्ने साथी पैसाको कारण गुमाएँ भनेर । मसँग पैसा थिएन, ऊ त्यो तल्लो घर गएर गंगालाई चारसय मागेर ल्यायो राति नै । विहान चारबजे नै उठेर अचानक हामीसँग विदा मागेर हिँडेको छोरो, आजसम्म आएको छैन । अहिले आउँदिन भन्छ, पातलो फोन गर्छ ।''आमाको कुरा काटेर आमासँग खाहुनको फोन नम्बर मागेँ । आमाले भन्दैहुनुहुन्थ्यो, 'फोन लाग्दैन होला नानी । सबैले लाग्दैन भन्छन् ।' आमाले थैलीबाट कागजकोे टुक्रा निकालेर दिनुभयो । जम्मा तीनवटा नम्बरहरू रहेछन्, मैलै मेरो मोबाइलमा सेभ् गरेँ । साँझ पर्न लागेको थियो । आमाले एतै बसेर मिठो मसिनो खानू छोरी भन्दै हुनुहुन्थ्यो, तर म पनि पर्सिदेखि हस्पिटलमा ड्युटि जोइन गर्नुथियो । त्यसैले भोलि विहानै भद्रपुर जाँदै थिएँ । बस्न अर्समर्थ जनाएँ र साँझपख घर फिरेँ । स्कुटर हाँहिरहेकी थिएँ, खाहुनको कथाले मेरो सोचाइ र बुझाइहरूमा पूरै उथलपुथल ल्याइदियो । खाहुनसँग सम्पत्तिको नाममा केही रहेनछ,, छ भने पनि ढल्न लागेको घर, त्यो पनि अर्कैको घरमा, त्यो पनि अस्ति कहिले जग्घा मालिकले जमिन छोड्नु भनेको थियो रे, अनि ऊसँग केवल उसले पास गरेका मार्स्र्टस डिग्रिको र्सर्टिफिकेट रहेछ । तर पनि मुक्ति पाउनुपर्छ भन्ने आन्दोलनमा कस्तरी लागेको थिएछ भन्ने र्छलङ्ग आज म भएँ । मसँग सम्पत्ति छ । लाहुरेकी छोरी, खर्च कहिले पनि कमी भएन । गर्न सक्नु र चाहनु हो भने सम्पत्तिले पूरै साथ दिएको मान्छे, तरपनि खाहुनको लाइन लिन सकिन । लिन खोजेपनि उद्देश्य खाहुनसम्म थियो । उसलाई भेट्ने उद्देश्यले मात्र सङ्गठनमा हिँडे । आजसम्म खाहुनले देखेको सपना र तय गरेको यात्रा पूरा गर्न सकेको छैन । ऊ आफै पनि परिस्थितिको दासी भएको रहेछ । उसले मलाई मुक्तिको आन्दोलनमा धेरैधेरै सम्झाउने कोसिस त गरेकै थियो, तर म पनि कति एकोहोरी, खाहुन मसँग नजिक हुन चाहँदैन भने म किन सङ्गठन र कार्यक्रमहरूमा जाने ! जस्तो लागि रहने । अहिले मैले सोच्न थालेकी थिएँ- उसले सधैँ देख्ने गरेको सपना र बाटोमा मैले पनि हिँड्न शुरु गरेँ भने हाम्रो सपना र बाटो मिल्नेछ । एउटै सपना र एउटै बाटो भएपछि पो नजिक हुन सकिन्छ । साँच्चै नै, दिमागमा उत्तारचढावहरू आइरहेछ । मनमा छालहरू छचल्किरहेछ । अनि, दिमाग र मनमा एउटा निर्णय जुरुक्क उठेर आयो- खाहुन, एकदिन परिस्थितिको दासत्वको बन्धनबाट मुक्त भएर उसले देख्ने गरेको सपना र हिँड्ने गरेको बाटोलाई निरन्तरता दिन अवश्य आउँछ । मैले एतिबेला उसको रिक्ततालाई पूर्ति गर्नुपर्छ । मैले चारवर्षघि नै चाहेको सामिप्यता अनि पो हुन्छ त ।घर पुग्दा रात परिसकेको थियो । कोठामा पसी मोबाइल झिकेर डायल गर्न थालेँ । मैले भन्न चाहिरहेकी थिएँ- ''खाहुन, लिम्बुवान मुक्तिको हाम्रो सपना र हाम्रो बाटो एउटै हुनेछ ।'' र्सवप्रथम, अन्ठानब्बे एकचालीस छयत्तर एकाउन्न सडसट्ठीमा डायल गरेँ, 'स्वीच अफ् गरिएको छ,' भन्यो । दोस्रोपल्ट अन्ठानब्बे जिरो चौरासी सत्र चारसय सत्तरीम डायल गरेँ, 'सम्पर्क हुन सकेन' भन्यो । तेस्रो नम्बर अन्ठानब्बे जिरो चौरासी त्रियासी चारसय त्रिचालीसमा डायल गरेँ । यो अन्तिम नम्बरमा पनि सर्क हुन सकेन । फेरि पनि डायल गरेँ । डायल गरिरहेँ ।

lovely wife

 प्यारी श्रीमती समुन्द्र्र पारीबाट जुनी जुनी भरिका असिमित माया। पुज्य बाबा आमामा दण्डवत् प्यारा छोराछोरी मा चिरन्जीवि शुभआशिरवाद एवँ प्यारा भाइ बहिनीमा शुभ प्यार आदरणीय दाजु दिदीमा ढोग नमस्कार।

सुन्छु आजकाल नेपालका हरेक बस्ती सडक गल्ली र गाँउमा महिलावाद जिन्दावाद महिला मुत्ति हुनै पर्छ भन्ने नारा घन्किएका छन रे। जसले मन भरि हर्ष बढाएर अब त चेतनाको विकास भइसकेछ भन्ने गर्व गर्छु। अनि गहिरो सोचमा पुग्छु केवल महिलावाद मात्र नभएर सम्पुर्ण मानवतावाद जिन्दावाद हुदै अनाहकमा कुनै नेपाली ले मुर्दावादको श्राप खेपेर अल्पकालमा क्षतविक्ष्त नभइदिनेहो भने कस्तो सुख र शान्ति हुन्थ्यो होला नेपालमा।

प्यारी हुन त तिमी म भन्दा धेरै शिक्षित र व्यावहारिक छौ त्यसैले त सम्पुर्ण घर व्यवहार कसरी चलाउने र भोलिको घर कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा तिम्रा हातमा राखेर केवल मुख र मुठीलाई ऋणले बाँधेर परदेशिएको छु। मअल्पज्ञ हुदाहुदै पनि तिमीलाई केहि सम्झाउन खोज्दैछु। मलाई लाग्छ पुरुष एउटा घुमन्ते भँगेरा जस्

तै हो। जो चाहाराको खोजीमा यत्रतत्र घुम्दै कहिले यहाँ त कहिले वहाँ हुदै मेचीदेखि कालिसम्म हिमालदेखि तराइ सम्म महासागरका टापुटापु हुदै महाद्विपका अन्टार्टिकासम्म पुग्नु पर्दो रहेछ। अनि नारी प्रकृति आफ्नो कला क्षमता र सीपले छपक्क बुट्टा भरेर सुन्दर घर सन्सारको निर्माण गर्ने सिपालु टेलर वर्ड । जसलाई घरमा लक्ष्मीसरस्वतीदेवि र पार्वतीको रुप दिएर पुजा गरिएको बेला तिमीले भुलेर पनि निर्दयताको लात नहान्नु भूमिमा भगवतिले श्राप गर्न सक्छिन।हुन त मैले यहाँ तिमि अधिकारबाट विाचत भएर घरैमा धार्मिक र आस्तिक भावले गजडिदै पुरातनवादी समाजलाई निरन्तरता दिनु भन्न खोजेको होइन यो त तिमीलाई पनि थाहा नै छ सबै महिला जुन्केा तावेइ सिरिमाअेा भेलिन्तिना मार्गरेगपासाङल्ह्यामु सोनिया र सुजाता हुन सक्दैनन न त सबै पुरुष नै विख्यात पुरुष जस्तै।

थ्यगच दचयधकभच ुबथ लयत कगउउयचत मष्कउबिथ या तजष्क षषबनभ। सानो अक्कल र बुद्धिले सहजै भेटाउन सकिने घरबाटै हराएको अधिकारलाई महिलावाद जिन्दावाद हाम्ले मुक्ति पाउनै पर्छ भन्ने नारा लेखिएका प्ले कार्ड बोकेर धोक्रो सुकाउदै चर्को घाममा नारावाजी गरेर सडकमा अलकत्र पोतिएका गट्टा टिपे जस्तै अधिकार टिप्न दौडिनु महामूर्खता होकि जस्तो लाग्छ।


दिनभर जुलुसमा हाजिर भएको ज्यालाले बेलुकी चुल्होमा आगो नबल्न सक्छवृहत जुलुस र महिला सभालाई उत्तेजि पार्दै कुनै सम्पन्न महिलालेः हाम्रो अधिकार यो पुरुसवादले यो गर्यो घरमा दमन गरियो सासु ससुराको कचकच यो भन्दै कसैको घर परिवारको मामिलालाई जोशिला भाषणमा प्रस्तुत गर्दा जोशमा होस गुमाएर आफ्नै साँप्रा ठटाउदै बुरुक्क बुरुक्क नचालिनु भरे राति आफ्नै जीउ दुख्न सक्छ। अनि रातमा ठण्डा भएर सो

च्नु हरेक दिन जुलुसको आयतन बढाउदै जाँदा जोशिला भाषण छाट्ने सम्पन्न नेतृहरुको भत्ता बढेको हुन सक्छसच्चाई र सुमार्गका उपदेश जहाँ जसका सुने पनि हुन्छम कुन बाटो हिड्दा कस्ट पर्दैन भन्ने कुरा स्वयम्ले नै निर्णय गर्ने हो। तर नबुि´कन कतै बहकाउको हुलले ल्याएको बाढीमा नहेलिनु त्यसले तिमि मात्रै होइन सिङ्गो

परिवारलाई नै बगाउन सक्छ।

अनिअनि घरमा महिला अधिकारको घोचो तेसा्रएर महिलाले मात्रै किन भाँडा माझ्ने भन्ने कानुन अघि सारेर हक विाचत भएको झोकमा प्रदेशिएको लोग्नेलाई मुखारित गरि मैले ऋण तिर्न पठाएको पैसाले नयाँ भाँडा किन्दै जुठा भाँडाको उरुङनलगाउनु जसले घरमा आवतजवत गर्ने पाहुनामा तिम्रै असभ्यताको बयान गर्ने बि सय बनाउने छ। पुरुषले कपडा धुनु हुदैनर भन्ने रीट हालेर ऋण काढ्दै नयाँ नयाँ लुगा लगाएर मैला लुगाको चाँङ नथुपारिदिनु कथम् कदाचित म फर्किन भने मकिएर सबै धमिरा लाग्ने छन्। चुलो चौकोमा भएको दमनबाट जोगिने शुत्र बनाउदै भात पकाउन छोडेर चामल बेचि चाउचाउ नकिन्नु यसले तिम्रो र छोरा छोरीको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ। अब त बुहारीले मात्र घर बढार्ने जमाना छैनन् भन्दै कुचोलाई खाटमुनि मिल्काएर कसिङ्गरै कसिङ्गर अनि माकुराको जालोको झुल ओडेर नसुत्नु जसले रोगी बनाउन सक्छ। अब त हामी महिलाको पालो

थ्यगच दचयधकभच ुबथ लयत कगउउयचत मष्कउबिथ या तजष्क षषबनभ। आयो कसले हातमा माटो लगाएर लिपपोत गर्छ भन्दै चच्चे जुत्ता मझेरीमा नठोस्नु जसले माटो उप्किदै गएर खाडल बन्न सक्छ अनि एक दिन तिमि आफै लड्न सक्छौ। आाा लोग्ने मान्छले पनि झार पात उखेल्नु हुन्छ भनेर आँगनका झार मैालाउदै फुलाउदै र फलाउदै बिउ झारेर पिँडी सम्म झाडी फैलिन नदिनु जहाँ बिशालु सर्पको जन्म भएर एक दिन डस्न सक्छ। म त मिटिङमा जानु छ भन्दै ब्याग काखि च्यापेर रोगले ग्रस्त बाबु आमालाई मलमुत्रको ओछ्यानमा नगाडिदिनु त्यसले मलाई मातृत्व श्र्राप लागने छ अनि यहि कुराले तिम्रो अधिकार हनन् भएछ भने म आएपछि कानुनतः सजाएँ म आफैले भोगउला। आफु गाजल लाली पाउडर क्रीम र अत्तरले सजिएर हिड्दा। छोरा छोरीलाई घाँटीभरि मयल जिगि्रङ्ग कपाल खस्रा र फुटेका हातखुट्टा अनि टिठ लाग्दा अनु

हार पारेर नछाडि दिनु तिनका आत्माले मेरो १८ घण्टाको परिश्रमको पसिना माथि श्राप गर्ने छन। दिनहुँ चोक र चौतारामा हुने अधिकार प्राप्तिका छलफलमा भुलेर पनि ःः मेरी नन्द चर्की अमाजु छुस्की सासु बोक्सी भनि आरोप सार्वजनिक नगर्नु।

तिमि पनि तिमि जस्तै महिलाकी नन्दअमाज्यु अनि बुहारी हौतिमिले पनि छोरा छोरी जन्माएकै छौ भोलि सासु हुने नै छौ। पैसा छउन्जेल होटलको खानामा नरम्नु खल्ती रित्तएपछि पेट भोकै भएर छोरा छोरीलाई सुकेनासले सुकाउन सक्छ। खेतिपातीको चटारोको समयमा पनि हाम्रो भेला छ भन्दै काँधमा साडी हालेर हिड्दै खेतबारीमा दुवो नउमार्नु धर्तिले गोत्र हसाउने छ। अधिकारको स्वतन्त्र प्रयोग गर्छु भन्दै भकारीको पुरानो कोदो मकै बेचेर कपाल रातो नपार्नु भोलि भोकको ज्वालाले जलाएर भित्रैबाट कालो पार्नेछ। घाँस कसले काट्छ गोबर फाल्दा हात गन्हाउछ भनि गोठको बेवास्ताले गाईवस्तु नमरुन् ती किन्दा लागेको ऋण अझै चुक्ता गरिसकेको छैन।

सासुले यसो गर्छिन ससुराले यसो भन्छन देवर जेठाजुले नेतृ भन्छन्श्रीमानले यस्तो चिठी लेख्छन् भनि माईति घरकी आमासँग घर भाड्ने जुक्ति नलिनु तिमीले जन्माएकी छोरीले पनि त्यहि पाठ सिक्ने छ र भोलि उसको पनि घर भाँडिनेछ। अब त लामो समय भईसक्यो तिमि अधिकार प्राप्तिमा लागेको सायद पे_िन्सन पाक्नेै आँटे होला आम्दानीको अधिलेख राख्नु आन्दोलनका प्राप्ति उपलब्धि र नाफाहरुलाई वासलात तयार पार्नु भोलि बुहारीहरुले त्यसको फछ्र्यौट गर्न खोज्ने छन्। अनि नोक्सान वा घाटा भयो भन े पश्चातापको लज्जाले भर्दै एउटा चिठी यसरी नलेख्नुः

श्रीमान् लहैलहैको भुमरीमा परेर घर भित्र हराएको अधिकार र हक खोज्न सडक आन्दोलनमा उत्रेछु जसले सुखको पाईला तिर लम्केको परिवारलाई बिगारेर अरुको घरको जग लगाइदिन पुगेछु। अधिकार खोज्नु पर्छ घरको कामले अल्झिएर बस्नु हुन्न सँघर्ष गर्नु पर्छ भनि उक्साउने ठुला बडा भनाउदाका छोरी बुहारीलॆ आज जागिर खाए रे आफ्नो रित्तो घरको भूतले खान खोजिरहेछ। जोसिला भाषण छाट्ने मन्त्रि र नेताका छोरि बुहारी र श्रीमतीले राजधानीमा घर बनाए रे हाम्रो घरका ईटा उप्किएर घर अपाङ्ग भईरहेछ। छरछिमेक र ईष्टमित्रले

कुन विभागको मन्त्रिणी हुने भइयो त भनेर घोचिलेा प्रहार गर्छन्। आन्दोलनका अग्रणिहरुसँग सहयोगको हात थाप्दा नचिनेको बहाना गर्दा रहेछन्। निर्धाको लिस्नु चढेर चतुरहरुको महल बन्दो रहेछ। क्षमा चहान्छु ।

youn katha

कथाकार दिवाकर नेपालीज्यू, अहिले म 'सुकन्या उर्फनिलिमा' को प्रमुख पात्रसँग संवाद गर्दै छु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले हामीलाई जुन आकारमा कीला ठोक्छ त्यही आकारमा विवश भएर बाँच्नु पर्ने बाध्यता । आज म तपाईँको कथाको क्यानभासमा त्यो फ्रेमभित्र बाध्य भएर अटाएकी सुकन्या उर्फ निलिमाको फोटोलाई उतार्ने कोशिश गरिरहेछु । मैले चार वर्षअघि भिडन्तमा मारिएकी सुकन्याको कथा र्सार्वजनिक गरेकी थिएँ । त्यो कथामा जीवन्तता भएर नै जीवन्त भएर बाँचेको थियो पाठकको हृदयमा । सुकन्याको सम्झनामा मैले आफ्ना कैयौँ दिन र रातलाई बगाइ रहेँ झरनाको पानी बगेझैँ । तर एकदिन अचानक बग्दै गरेको झरनाको पानी स्थिर भयो । मेरो स्मृति ब्युँझियो । जसरी शमशानघाटबाट मरेको मान्छे ब्युँझन्छ । साँच्चै सुकन्याको त्यो सुन्दर भौतिक शरीर मेरोअगाडि थियो । यो सपना हो कि विपना मैले छुट्टाउन सकिनँ । उही हेराइ , उही स्वर उही बोलाई सुकन्याको प्रतिरुप थिई ऊ । समयले उही भिडन्त, भिडन्तअघि सुकन्यासँग भएको भेटमा लगेर पछार्‍यो मलाई । म रन्थनिएँ । नेपालकी गाउँकी सुकन्या, भिडन्तमा परेर मरेको आफ्नै आँखाको दृश्यले मेरो आँखा बिझायो । मैले आँखा मजाले मिचेँ तर दृश्य बदलिएन ।साँच्चै अहिले सुकन्या मेरोअगाडि छे ।म उसँग केही वार्तालाप गर्दै छु ।"तिम्रो नाउ ˜ -'"मेरिना । ""घर कहाँ -''नेपाल माडीगाउँ ।""यहाँ कसरी आइपुग्यौ -"बैकंकको एउटा बीस दिने वर्कशपमा छु अहिले म । भिडन्तपछि दुर्इवर्ष सम्म वेडरेस्ट गरेपछि मैले मन्त्रालय परिवर्तन गरेँ । गृहबाट पर्यटन मन्त्रालय सरुवाभएपछि मैले यो दक्षिण एसियाली क्षेत्रीयस्तरको अफिस मेनेजमेन्ट ट्रेनिङ्कमा भागलिने मौका पाएको थिएँ । भत्तापनि राम्रो आउने यो टे्रनिङ्क मलार्इृ भिडन्तमा परेर मानसिक र शारिरीक पीडा भोग्न परेवापत दिइएको उपहारस्वरुप थियो । बीस दिने टेनिङ्गको पिरियडमा होमसिक नहोस् र पढाइको स्ट्रेस नपरोस् भनेर सहभागीहरूलाई यसरी सहयोगी भनौँ वा केटी साथी मिलाइदिने चलन रहेछ । साथी मिलाउने क्रममा अरूले विदेशका केटी रोजे । धेरैले थाई र मलेसियन केटी रोजे तर मलाई किन हो नेपालकै केटी रोज्न मन लाग्यो । नेपालको केटी कम पाइने र मँहगो भए पनि कन्ट्रयाक्टरले मलाई नेपाली केटी नै मिलाई दिएको थियो । नेपाली केटीको जस्तो आत्मीयता, त्यो भावना, त्यो संवेदना विदेशी केटीहरूमा कहाँ हुन्छ र - यो कुरा त विदेशीहरूले पनि अनुभव गरेर भन्न थालिसके ।ऊ अथार्त मेरिना अहिले मेरो छेउमा छे ।"मेरो काका यही होटलमा काम गर्नुहुन्छ । ""तिमीलाई यस्तो काम गर्न लाज वा धिन लाग्दैन ।""यो पेशामा लाज वा घिन भन्ने हुँदैन । लिने र दिने मात्र हुन्छ ।"ऊ अलिकति बोल्ड र स्ट्रङ्ग भएर भन्छे ।ऊ फेरि भन्छे "लाज र घिन नारीलाई मात्र हुने पुरुषलाई चाहिँ किन नहुने वाट अ नानसेन्स " उ अझ बोल्ड देखिन्छे ।म अचम्ममा पर्छु यस्तो कुरा त सुकन्या मात्र गर्न सक्छे । अरू सामान्य केटी यसरी स्टङ्ग भएर बोल्न सक्दैनन । फेरि यस्तो पेशामा लागेको केटीहरू ग्राहकलाई रिझाउन यस्तो संवाद त पटक्कै गर्दैनन् । पक्कै यो सुकन्या नै हुनुपर्छ । तर ऊ त भिडन्तमा मरेको मेरै आँखाले देखेको कसरी सम्भव छ - म अलिक धकाउँछु आफूलाई मूल्याकंन गर्न थाल्छु । वास्तवमा उसलाई मैले बोलाउनु नै मेरो स्तर ऊ बराबर हुनु हो । उसले पाएको विशेषण मैले पनि पाउनु हो । अथवा म पनि ऊ जस्तै पतित हुनु हो । तर हामी पुरुषहरू सधै पवित्र नै हुन्छौ सायद हाम्रो वंशले त्यो पवित्रता लाहा छाप लगाएर समाजबाट प्राप्त गरको छ । म केही बेर घोरिन्छु । अब म ऊसँग संवाद गर्दिन किनभने उसका प्रत्येक वाक्य धारिला छन् । मुटु छेड्नगरी ।हामी एउटा होटलको बन्दकोठा भित्र सोफामा आमनेसामने भएर बसेका छौँ । ऊ फेरि बोल्दिन । सायद मैले फेश गर्न जानिरहेको छैन क्यारे । यस्तो केटीहरूसँगको यो मेरो पहिलो अनुभव हो । दोस्रो , तेस्रो भएको भए म निकै परिपक्व भइसक्थे हुलाँ । सायद उसँग यस्तो गफ गर्न हुँदैनथ्यो की - यस्तोबेला सायद व्यक्तिगत र पारिवारिक गफ गर्न हुँदैन क्यार । मैले बेकारमा नेपाली केटी रोजेछु । विदेशी भए यी समस्याले मलाई पिरोल्ने नै थिएन । उसले मलाई भरपुर मनोरञ्जन भनौँ आनन्द दिन्थी । मैले पनि आघुनिकता अँगाल्न परम्परागत मानसिकता कहाँ फ्याक्न सकेको छु र - जे होश यो केटी पक्कै सुकन्या नै हुनुपर्दछ । उसले मलाई चिनिसकी । तर नचिनेझैँ गर्दै छे । त्यसैले ऊ मसँग खुल्न सकेकी छैन । उसलाई मैले सुकन्या हुँ भनाउनै पर्छ । म के गरौँ - म मस्तिष्कमा विभिन्न र्फमूला उब्जाउदै ब्रेन स्ट्रोमिङ्ग गर्न थाल्दछु । उसलाई सुक्न्या हुँ भनेर मनाउन विगतको उही भिडन्तमा पुर्‍याउँछु । म नम्र भएर भन्छु ।"मेरिना तिमीलाई थाहा छ म को हु ""थाहा छैन । मैले कसरी चिन्नु - हाम्रो पेशामा यो सब हुँदैन - तपाईँ नयामान्छे पर्नु भा जस्तो लाग्छ -" ऊ निकै सामान्य भइसक्छे ।"यु आर राइट मेरिना , म नयाँ मान्छे नै हुँ । अनुभव विनाको फ्रेश तिमीलाई अलिकति दुख हुने भयो । यसको लागि क्षमा चाहन्छु । वास्तवमा मैले तिमीलाई यहाँ मेरो मनको भावना र अनुभव सुनाउन मात्र बोलाएको हुँ । मलाई समय विताउन र मनको भावना पोख्ने साथी मात्र चाहिएकेा हो । त्यसैले मैले नेपाली केटी रोजेको हुँ । सबै यौनकर्मीलाई कामुक नजरले नै हुर्नुपर्छ भन्ने म मान्दिनँ । तिमीलाई म मेरो जीवनको अति अप्रिय घटना सुनाउन चाहन्छु । सुन्छौ हैन -" म उसको मनोविज्ञान पढ्दै आफूतिर आर्कषित गर्ने प्रयास गर्छु ।"सुन्छु , भन्नुभए हुन्छ ।" ऊ अलिक आत्मीय स्वरमा भन्छे ।"ओके हामी यस्तै गफ गरेर यो साँझ यो रात रमाइलोगरी बिताऔँ है -""सुन म नेपालको पश्चिम जिल्लामा सिडिओ भएर जाँदाको घटना हो । त्यो बेला माओवादी सशस्त्रयुद्धमा थिए । माओवादी र सरकारीपक्षबीच ठूलठूला भिडन्त भइरहन्थे । एकपल्ट म बसेको जिल्लामा ठूलो भिडन्त भयो । म मुश्किलले बाँचे । मलाई बचाउने एकजना छापामार केटी थिइन् । तिनको नाम सुकन्या हो । यो जीवन उसैको ऋणी भएर बाँचेको छ । उसले मलाई त्यो समय नबचाएको भए यो धर्तीमा मेरो अस्तित्व धेरैअगाडि मेटिसक्थ्यो । उसको सम्झना मेरो स्मृतिपटलमा प्रत्येक पल जागै भएर रहीरहेको छ । उसले आफ्नो जीवनलाई मृत्युको हातमा सुम्पेर मलाई बचाई । ऊ अब यस संसारमा छैन । ऊ बाँचेकी भए म उसको लागि केही गर्ने थिएँ । मृत्युको मुखबाट बचाउनेलाई बाँच्नेले आफ्नो सम्पुर्ण कुरा दिए पनि त्यो थोरै हुन्छ । त्यसैले उसको त्यो भिडन्तमा मृत्यु भएपछि म विक्षप्त बनेँ । कैयौँ दिनसम्म उसको बलिदानले थिचिएको मेरो यो जीवन आफैलाई थामिनसक्नु बोझिलो भयो । सायद ऊ बाँचेकी भएँ ।" म सुक्कसुक्क गरेर रुन थालेँ ।वास्तवमा नेपाली केटी नेपाली नै हुँदा रहेछन् । जहाँ बसे पनि पनि उही आत्मा, उही भावना उही संवेदना । उसको अनुहारमा धेरै परिवर्तन आइसकेको थियो । म मिशनमा सफल हुँदै थिएँ ।म फेरि भन्न थालेँ "मेरिना मैले उसको कथा लेखेर पनि र्सार्वजनिक गरिसकेको थिएँ । त्यो कथा धेरैले मन पराएका पनि थिए । वास्तवमा सिद्धान्त, धार, विचारभन्दा ठूलो मानवीयता रहेछ । मानवीयताभन्दा ठूलो कुरा यस संसारमा अरू केही रहेनछ । यो युद्ध त हजारौँ वर्षेखि हुँदै आएको हो । हुँदै गर्छ । तर हाम मानव दुर्इदिनको जीवन यस्तै पीडामा बाँच्न बाध्य छौँ । सुकन्यालाई देशमा लोकतन्त्र आएको हेर्ने कत्रो इच्छा थियो । उनले आफ्नो अमूल्य जीवन होमिदिइ क्रान्तिको आगोमा तर क्रान्तिले उसलाई के दियो - मृत्युवाहेक केही दिएन । उसलाई सहिद घोषणा गर्न पनि सकेन । आज सुकन्या बाँचेकी भए उनी कति खुसी हुन्थिन् होला । आज उनको पार्टी सरकार छ । ऊ ठूलो पोष्टमा हुन्थी वा सांसद हुन्थी होला ।"मैले यति भनिसक्दा नसक्दा सुकन्याकेा मुहारमा ठूलो परिवर्तन आइसकेको थियो ।उनी रुलारुलाझैँ गरी भन्न थालिन् "सर तपाईँले मलाई यति धेरै भूमिका बाँधेर भन्नै पर्दैन । तिमी सुकन्या होइनौ भन्दा भइहल्थ्यो नि । म त्यही अभागी सुकन्या हुँ.. सर । भाग्यले ठगिएकी , कर्मले पछारिएकी ।""सुकन्या.. तिमीलाई मैले सुरुमा सोध्दा होइन भन्न सक्थ्यौ । तिमीभित्रको संवेदनालाई जीवित बनाउन म यो सब भनिरहेछु । मैले पहिलो पल्ट देख्दा नै तिमी सुकन्या हौ कि भन्ने अन्दाज गरेको थिएँ । तर पुर्ण विश्वास गर्न सकेको थिइनँ । अनि तिमी यहाँ - यो पेशामा - कसरी आइपुग्यौ - तिम्रो मृत्यु भयो भनेर तिम्री आमाले काजक्रिया पनि गरिसकिन् रे !"""हो सर सबैले मलाई मरेको नै ठान्छन् । त्यो भिडन्तमा तपाईँलाई मैले छोडेर हिँडेपछि बाटामा सेनासँग मेरो मुडभेड भयो । गोली लागेर म ढलेछु । मरे भनेर छोडेर हिँडेछन् । पछि चिनेका गाउँलेले देखेर अस्पताल ल्याइपुर्‍याएछन् । म निकै सिरियस थिएँ रे । मेरो ढुकढुकी मात्र थियो रे । तर इश्वरको लीला भनौँ त्यही अस्पतालमा मलाई र मेरी आमालाई राम्ररी चिन्ने डाक्टर थिए । उनको श्रीमती सुत्केरी हुँदा मेरी आमाले धेरै सहयोग गरेको हुँदा उनी हामीलाई विशेष सहानुभूति राख्दथे । मेरो हालत देखेर उनलाई धेरै दया लागेछ । घाइते लिन काठमाडौँबाट हेलिकप्टर आएको बेला सुकन्या भनेर अर्कै केटीको शव बनाएर मलाई चाहिँ अर्कै नाम राखेर काठमाडौँ पठाइदिएछन् । त्यो भिडन्त त्यो कोलाहलमा कसैले वास्ता गरेनछन् । कपडाहरू सबै बदलेपछि मलाई खासै कसैले चिन्नसकेन । काठमाडौँमा पनि उही डाक्टरले सबै बन्दोबस्त गरिदिएछन् । यसरी म त्यो भिडन्तमा मरेकी थिइनँ सर ।""ओहो सुकन्या तिमी जीवितै हौला भन्ने मैले सपनामा पनि सोचेको थिइनँ । अहिले पनि तिम्रो मुखबाट सुन्दा पनि विश्वास गर्न गारो भइरहेछ । तिमीले मसँग सर्म्पर्क राख्न सक्थ्यौ नि !""त्यसपछि निको भएपछि कहाँ जाने - के गर्ने भन्ने भयो । म यसरी बाँचेपछि पार्टी मलाई पुरै शंका गर्न सक्थ्यो । सजायस्वरुप सफाया गर्न सक्थ्यो अथवा श्रमशिविरमा कठोर याताना दिन सक्थ्यो । त्यसैले पार्टी म गइनँ । बाँच्नका लागि सङ्धर्षगर्नु थियो त्यो पनि भूमिगत भएर । कतै पार्टी मान्छेले चिनिहाल्छ कि भन्ने ठूलो त्रास हुन्थ्यो । भूमिगत हुने कामको खोजीमा म लागेँ । भूमिगत हुने क्रममा यौनक्रर्मी हुन सजिलो भयो । त्यसै पनि लुकेर गर्नुपर्ने यो काम मलाई सजिलो भयो । ठूलठूला होटलमा आउने विदेशीहरूसँगको उठबस गर्दा पैसा पनि प्रशस्त हुन्थ्यो र ज्यानको पनि सुरक्षा हुन्थ्यो ।""तिमी त्यत्रो क्रान्तिकारी भएर लागेकी मान्छे यस्तो स्वाभिमानमा बाँचेकी मान्छे कसरी आफ्नो शरीर , आत्मा अरूलाईै सुम्पन राजी भयौ त सुकन्या.. -""यो सब बाध्यता रहेछ । मान्छेलाई परिस्थितिले नराम्ररी दास बनाउदो रहेछ । मेरा ती क्रान्तिकारी भावना, आत्माविश्वास सबै बालुवामा पानी हालेझँ भए। तर त्यो भावनाले ममा एउटा आत्मविश्वास चाहिँ पलाएको थियो । त्यो के भने म शरीर बेचे पनि सस्तो किसिमको पेशेवर भइन् भनौ पार्कहरूमा ग्राहक रुगेर बस्ते भालु भइनँ । एउटा स्मार्ट र उच्चतहको व्यक्तिहरूसँग उठबस गर्ने महगी पेशेवेर । यह गर्वमा रमाएर बाँच्न थाल्दा मलाई सजिलो पनि भयो । तर यो पेशाले पनि मलाई धेरै दिन टिक्न दिएन । मेरो जीवनमा अरू केही नै हुन लेखेको रहेछ ।"अब ऊ मलाई सर भन्न छोडेकी थिई । उसले लामो आङ्क तानेर बस्ने पोजिशनमा परिवर्तन गरी ।"भन्दै जाऊ सुकन्या.. अलिकति स्न्याक्स र हिस्की पनि लिउ है ।""ओ. के !"म वेटरलाई डाक्न वेल बजाउँछु र उसलाई केही खानेकुरा अर्डर गर्दछु । कोठामा म र ऊ मात्रै छौ । ठूलो सिसावाल झ्यालबाट बैकंकका सडकमा गाडीहरू कमिलाका ताँतीझैँ कुदिरहेका देखिन्थे । सुकन्याको रुप र लावण्यले बैकंकमा आएपछि अझ मौलाउने अवसर पाएको देखिन्थ्यो । ऊ कुनै हिरोइन वा मोडेलझैँ लाग्दथी । ऊ उठेर झ्यालतिर गई । टाइट जिन्सको पेन्टमा सिल्पलेस भेष्टले उसको हस्टपुस्ट पाखुरा र आधा नाङ्को देखिने शरीरले तिर्खालु आँखालाई लोभ्याएझै लाग्दथ्यो । उसको पछाडि ढाडको माथिल्लो भागमा पुलतीको टाटु खोपेको प्रस्ट देखिन्थ्यो । कुमबाट तल लत्रेको कपाल कुनै स्वाभिमानी भई उभिएको पहाडलाई छोपुलाझैँ गर्ने बादल जस्तो लाग्दथ्यो । मैले उसको चालढाल नियालेर हेरेँ । अलिकति बैशालु आँखाले अलिकति जिज्ञासु आँखाले । त्यसलाई शब्दमा परिणत गरे - "सुकन्या तिमीले आफ्नो रूपरङ्कलाई अझ लावण्य बनाएछौ नि !"उसले झ्यालबाहिरको आँखालाई मतिर केन्द्रित पार्दै भनी - "हो मैले आफ्नो रूपरङ्ग स्याहार्ने मौका पाएको छु । मेरो अरू काम नै के हुन्थ्यो र - छापमार हुँदा केही गर्न पाइदैनथ्यो । सिद्धान्तले बाँधिएपछि इच्छा भए पनि मरेर जाँदो रहेछ । तर ग्लैमर्स दुनियाँमा यो नै सबैभन्दा महत्वपुर्ण हुँदोरहेछ । कस्को छाती कति, कस्को कम्मर कति, कस्को थाइ कति भनेर भनिदो रहेछ । मैले यहाँ आएर मोडलिङ्गको टेनिङ्गपनि लिएको छु । त्यसैले मेरो हिडाइ, बोलाई अरूको भन्दा केही फरक हुन्छ । फेरि यही को केही बिज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । बैकंक बसाइ खर्च मामुली छैन । फेरि यहीको केही विज्ञापनमा मोडलिङ्ग पनि गरेकी छु । अपार्टमेन्टको खर्च, आफ्नो व्यत्तिगत खर्च फेरि माथिल्लोस्तरको व्यक्तिसँगको उठबस, डिस्कोथक धाउनु सामान्य छैन । तर पनि अहिलेसम्म म्यानेज गरिरहेछु ।"हिवस्की र स्न्याक्स टेबलमा आइसकेको थियो । सुकन्याको रूप र व्यवहार पहिलाभन्दा धेरै फरक थियो । गाउँकी सुकन्या, छापामार सुकन्या र अहिलेको सुकन्या, सुकन्याका तीनवटै रुप मेरो आँखाको पर्दामा नाच्न थाले चलचित्र भएर । उसको यो रूप र चालढाल देखेर म कुनै स्वप्नलोकमा छु झैँ लाग्दथ्यो । म यही स्वप्नलोकमा बाँच्न चाहन्थे । किनभने आज पुर्णरूपले सुकन्या मेरी थिई । यहा सामाजिक बन्धन, राजनीति घेराबन्दी, आक्रमण मोर्चा केही थिएन । ऊ मात्र मेरी थिई । ऊ र म बीच आफ्ना विगतका घटना, अनुभूति र भावनाहरू थिए । जुनकुरा हामीबीचमा ओहोरदोहोर गर्दथे र आत्मीयताका बलियो सूत्र तयार हुँदै थियो ।हामी हिवस्की चियर्स गरेर स्न्याक्ससँग खान थाल्यौँ ।"त्यसपछि के भयो सुकन्या -" लामो मौनतापछि मैले जिज्ञासा उघारेँ ।ऊ भन्न थाली - "काठमाडौँमा बाँच्न र यो पेशामा लाग्न मलाई सुरुमा धेरै गारो भयो । कति धोका खाएँ । कति हण्डर खाएँ । दिनभरि भूमिगत भएर कोठामा टेलिभिजन हेरेर बस्नुपर्ने र रातपरेपछि सिँगारिएर हिँड्नु पर्ने । निसंकोच पुरुषको अगाडि नागिनुपर्ने । आफ्नो अस्मिता बेचेर बाँच्नुपर्ने बनावटी हाँसोमा शरीरमात्र होइन आत्मापनि सुम्पनुपर्ने । धेरै किसिमका मानिसहरूसँग फेश गर्नुपर्ने । विशेषगरी भारतीयहरू हुन्थे मेरा ग्राहक । तर ती फाइवस्टार र थ्री स्टार मा बस्ने धनाढ्य हुन्थे । त्यसैले मैले पैसाको लागि धेरै बिक्नुपर्दैनथ्यो । म आफ्नो रेट आफै तोक्थे । फेरि कतिपय त रूप.. यौवन... र सन्तुष्टि दिएवापत बेग्लै टिप्स दिने गर्दथे । तर सर मेरो जीवनले अर्कै मोड लिन चाहेको रहेछ.. ।""सुकन्या केहीबेर रोकिई । उसले कहिले भन्न सुरु गर्छेभन्ने प्रतिक्षामा थिएँ म । मेरो प्रतिक्षालाई अझ ब्यग्र बनाउँदै उसले कुरा अन्तै मोडिई ।"मे आइ हेव स्मोक -""अफ कोर्स !"त्यसपछि ऊ ब्यागबाट चुरोट झिकेर लाइटरले सल्काई । धुवाँको मुस्लाले उसको अनुहारलाई चुनौति दिँदै उडेझैँ लाग्दथ्यो । उक्त धुवाँको मुस्लोमा मैले गाउँको अबोध सुकन्याको छाया देखेँ । म उसको बाँकी जीवनको कथा सुन्न व्याकुल थिएँ । चुरोटको सर्को मजाले आठदश चोटि लिइसकेपछि ऊ भन्न थाली "एक दिन अचानक मेरो भेट छापामार बादलसँग भयो । उसले मलाई चिन्यो । ऊ क्यानटोनमेन्टबाट विद्रोह गरेर भागेर काठमाडौ आएको रहेछ । उसले क्यान्टोनमेन्टमा आफूलाई भनेजस्तो सुधिवा दिएर नराखेकोमा असन्तुष्ट थियो । पार्टीका ठूलठूलानेता मन्त्री भएका र सुख भोग गरेका तर छापामारको अवस्था दयनीय भएको भनी आक्रोश व्यक्त गर्दथ्यो । त्यसैले ऊ विद्रोह गर्न भनी क्यान्टोनमेन्टबाट भागेको रहेछ । उसले मलाई पैसा कमाउने एउटा नयाँ जुक्ति बतायेा । उसले सशस्त्र युद्धताका पार्टीले गरेको अनैतिक कार्य र नेता तथा समाजसेवीहरूको भण्डाफोर हुनेगरी पुस्तक निकाल्ने र त्यो पुस्तक बिक्रीबाट आएको रकमबाट भूमिगत भएर बाँच्ने प्रस्ताव राख्यो । उसको प्रस्ताव मलाई ठीकै लाग्यो किनभने सशस्त्रता युध्यताका पार्टीले धेरै अमानवीय कार्य गरेको छँदै थियो । मलाई पनि ठूलठूला समाजसेवीहरू र नेताहरुको गोप्य कुरा थाहा पाएकी थिएँ । त्यसैले हामीलाई लेख्न गारो थिएन । उसले त्यो पुस्तक आफै लेख्ने तर नामचाहि मेरो राख्ने प्रस्ताव राख्यो । मलाई उसको प्रस्ताव ठीकै लाग्यो । त्यसै पनि भूमिगत भएर बाँच्नुपर्ने जीवन । फेरि म विदेश जाने चक्करमा पनि थिएँ । साकार र मेरो सम्झौता भयो ।उसले पुस्तक छाप्यो । पुस्तक राम्रो बिक्री भयो । यसको बढी फाइदा उसले नै लियो । मलाई धम्कीहरू आउन थाले । मैले अझ भूमिगत भएर बस्नुपर्ने बाध्यता आयो । त्यसपछि नेपालमा बस्ने मेरो अवस्था नै रहेन । कुनै पनि दिन मेरो हत्या हुनसक्थ्यो । त्यसैले एउटा व्यापारीसँग मिलेर व्यापार गर्ने प्रयोजन मिलाएर बैकंक आइपुगेँ ।" ्उसको विगतको कथाले मलाई एउटा बेग्लै संसारमा पुर्‍याएको थियो । साँच्चै स्वप्नलोक जस्तो । त्यसै पनि उसको जीवित अवस्थालाई मेरो मस्तिष्कले स्वीकार गरिसकेको नै थिएन । कुने फिल्म वा पुस्तकको रोमाञ्चकारी कथाजस्तो लागिरहेको थियो ।यति भनिसके पछि उसले आफूलाई धेरै हल्का महसुस गरी । हिवस्कीको रमरममा म उसको कथालाई विश्वासमा परिणत गर्न प्रयास गरिरहन्छु । तर किन हो अर्समर्थ पाउँछु । म उसमा गाउँको उही सुकन्याको छवि देखिरहेको हुन्छु । यो अहिले मैले सुनेको कथा त कुनै फिल्मको हुनुपर्छ । मेरो आत्माले पटक्कै विश्वास गर्न मानिरहेको छैन । तर यो सुकन्याजस्ती केटी अनि यो गेटअप । सब भ्रम हुनुपर्छ । म भ्रममा बाँच्न चाहन्छु । सुकन्याप्रतिको मेरो भावुकता उर्लेर आउँछ । म उत्तेजित हुदै उसलाई ग्वार्लम्म अँगालो मार्छु उसका गालाहरुकमा चुम्वन गर्दै भन्छु" सुकन्या तिमीले मलाई नयाँ जीवन दिएकी छौँ । त्यसको लागि भन म के गरु तिम्रो लागि म जे पनि गर्नसक्छु ।"ऊ पनि भावुक हुँदै भन्छे "मेरो लागि केही गर्नुपदैन सर मलाई त्यो खुसी दिनसक्नु हुन्छ जुन मैले अहिलेसम्म पाएको छैन । अहिलेसम्म मैले यौनको त्यो सुख पाइनँ जसमा आत्मीयता हुन्छ, र्समर्पण हुन्छ अनि दरिलो विश्वास । पेशाको रूपमा लिइने यौनमा त्यो सुख मैले कहिले पाइनँ । आजको साँझ म तपाईसँग यही सेयर गर्न चाहन्छु सर ।"सुकन्या अहिले मेरो काखमा लुटपुटिरहेकी छे ।"तिमीलाई जीवित भेटेर मैले आज जीवनको नयाँ अनुभुति गरिरहेछु । मानिसको जीवन कति बाध्यात्मक रहेछ , हेर त्यो कीलामा ठोकिएको फ्रेमजस्तो । भित्तामा झुन्याएको प्रणयलीलामा मग्न युवकयुवतीको फोटो देखाउदै म उसलाई भन्छुहेर हाम्रो जीवनले पनि त्यो फ्रेमभित्रको फोटोजस्तै अटाएर बस्नुपर्ने बाध्यता छ । अनि सानो भूकम्प वा हावाहुरीले त्यो फ्रेम झार्‍यो भने फ्रेम फुटेर चकनाचुर हुन्छ फोटोले उमुक्ति त पाउँछ तर उसको अस्तित्व मेटिसकेकोहुन्छ । हाम्रो जीवजजस्तै हैन !" उसको औँलाहरु खेलाउँदै भावुक हुँदै म भन्छु ।मैले सुकन्यालाई उही गाउँको सुकन्या बनाएर फ्रेमभित्र स्केच गरेँ । उही सुकन्या जस्को सौर्न्दर्यमा मै हुँ भन्ने ब्रहाचारीहरू पनि पग्लन्थे । आज म उसको अगाडि पग्लिरहेको थिएँ ।बिस्तारै फोटोको युवक ममा परिणत हुन्छ र युवती सुकन्यामा । मेरो हृदयदेखि नै भावुकता र कामुकता उर्लेर आएको महसुस गर्छु । म उसको नारीदेहको तातो र्स्पर्शमा मुग्ध हुदै भन्छु आइ नेभर फोरगेट यु सुकन्या । म अब आफूभित्र कुनै उर्जा इलेक्टिक रेलको रफ्तारमा दौडेको महसुस गर्छु दुवै हातले अगालोलाई अझ मजबुत बनाउदै लान्छु । सुकन्या मेरो प्रयासलाई भरमग्दुर सहयोग गर्छे म उनलाई दुवै हातले फूलको थुगाझै उठाएर वेडमा सुताउछु । म आफूलाई ऊ भित्र समाहित गर्दै लान्छु ।केहीछिनपछि हामी बन्धनमुक्त हुन्छौ प्राकृतिक रुपमा । मेरा अग प्रत्येग उमगित हुदै उनका अग प्रत्यगसग समाहित हुन पुग्छन् । हाम्रा हातमा हात ओठमा ओठ र सरिरमा शरिर एक भएर अलौकिक आनन्द लिन तत्पर हुन्छन् । कतै मीठो संगितको मधुर धुन बजेको आभास हुन्छ । बिस्तारै आवेष्टित शरिरको र्स्पर्शसधर्षाट कुनै नौलो कलात्मक आनन्दकोसिर्जना भएको मैले महसुस गरेँ । । मेरा उत्तेजित यौन जनेन्दिय उनका गोप्य जनेन्दिय पछ्याउन थालेँ । यौनसुखको परम उत्कर्षमा थियौँ हामीहरु । सायद उनले यति आनन्दित यति तृप्त र यति उर्जावान आफूलाई कहित्यै पाएकी थिइनन् । उनी परम यौनसन्तुष्टिको आनन्दमा लीन थिइन् । यौन आनन्दको चरम शीखर आरोहण थियौ हामीहरु । सफल शिखर आरोहणपछि हामी शिथिल हुन पुग्छौ ।आवेगात्मक रुपमा चलेको हुरी बतास केही समयको सधर्षपछि शान्त हुन्छ । म कुनै स्वप्नलोकबाट अवतरित भएको थिए । समयले एउटा नया इतिहास कोरेको थियो दुइ आत्माको पुनर्मिलनको ।समय निकै बितिसकेको थियो । सुकन्याले आत्तिदै भनी "अब मैले जानुपर्छ ।""तिमी आजको रात मसँग बिताउन सक्दैनौँ सुकन्या ।मैले उसलाई बलियो गरी आफूमाकस्दै भने ।"हुन्न सर मेरो समय बितिसकेको छ । रात बिताउन धेरै मँहगो पर्छ । बरु भोलि यही समयमा भेट्ने वाचा गर्दछु ।" उसले आफूलाई मबाट अलग गर्दै भनी ।यति भनेर ऊ उठेर आफ्ना कपडा र मेकअप मिलाउन थाली । म उसलाई गहिरिएर अध्ययन गर्न थालेँ । ऊ गएको पुन विवस आँखाले हेन बाध्य भएँ । मैले उसलाई बाई भन्न पनि बिर्सेछु ।भोलिपल्टको टेनिङ्गसकेर म फेरि कोठामा आइपुग्छु। म सुकन्याको व्यग्र प्रतीक्षामा थिएँ । ऊ कहिले आइपुग्ली आज त पक्कै मसँग खुलेर कुरा गर्नेछे । हिजो जस्तो औपचारिकता आज पटक्कै हुने छैन भन्ने कल्पनामा डुबिरहेको थिएँ । केही समय बिताउन म कोठा बाहिर निस्कन्छु । करिडरको निकैपर पुलिस र केही मानिसहरु कोठाको वरिपरि झुम्मिएको देख्छु । के भएको रहेछ - मनमा उत्सुकता जन्मन्छ । उत्सुकता हुर्काउदै त्यो ठाउमा पुग्छु । त्यहा पुलिसहरुले कोठाभित्र कुनै युवतीको लासको फोटो खिचिरहेको देख्छु । म भिडबाट भित्र चियाउन पुग्छु । युवतीको शरीर निवाग निबस्त्र देख्छु । ऊ घोप्टिएकी हुन्छे । उसलाई यौनक्रिडापछि हत्या गरेको स्पष्ट थाहा हुन्थ्यो । यस्ती सुन्दर युवतीलाई कसले मायो होला- को होली यो नेपाली केटी जस्ती - अझ मनमा उत्सुकता गाडिन्छ । म नजिक गएर हेर्ने प्रयास गर्छु नजिकबाट उसको ढाडको टाटु प्रष्ट देखिन्छ । म खरग हुन्छु कुनै पहिरोले मलाई थिचेजस्तो हुन्छ । सुकन्या...... मेरो मुखबाट निस्कन्छ ।मलाई रिगटा लागेर आउछ । म त्यहा बस्न सक्दिन दौडदै कोठामा आउँछु । रिगटा लागेर म सोफामा थचक्क बस्न पुग्छ । मलाई संसार घुमेजस्तो लाग्छ । हिजोको सुकन्यासँग बिताएको समयले मलाई घपलक्कै निल्छ । म केही सोच्न सक्दिनँ । हेर्दाहेर्दै हिजो सुकन्यालाई देखाएको भित्ताको त्यो फ्रेम भुइमा झरेर चकनाचुर हुन्छ । म केही देख्न सक्दिनँ । चक्कर लागरे पुरै टाउको घुम्न थाल्छ । टाउको जोडले समाउछु र चिच्चाउछु "सुकन्या ˜..˜ ..।"