बेलायती सेनाबाट 'रिटायर्ड' भएपछि ६ वर्षअघि सन्तोष थलङ र बौद्धमान लिम्बूले पूर्वाञ्चलमै पहिलोपल्ट एल्मुनियम व्यवसाय सुरु गरे । दस लाख रुपैयाँ पुँजीबाट सुरु गरिएको गोर्खा एल्मुनियम फेब्रीकेटर्सको व्यावसायिक सफलतासँगै सुरु लगानीमा दस गुणा वृद्धि भएको छ । धरान- १५ स्थित फेब्रीकेटर्समा २१ जनाले रोजगारी पाएका छन् । सुरुमा भारत र काठमाडौंबाट प्राविधिक झिकाइएको थियो । हाल स्थानीय युवा प्रशिक्षित भइसकेका छन् ।
दुई वर्षदेखि १८ लाख पुँजीबाट ९ जना लाहुरेको समूहले धरान- १३ मा गोर्खा पोल्ट्री फार्म सञ्चालन गरिरहेको छ । फार्मका सेयरहोल्डर तेजबहादुर लिम्बू भन्छन्, 'पूर्वाञ्चलमै सबैभन्दा धेरै २२ हजार कुखुरा एकैपल्ट उत्पादन गर्नसक्ने क्षमता छ, हामीसँग ।' २४ कठ्ठा जमिनमा फैलिएको फार्मको कुल पुँजी १ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
दुई वर्षअघि इटहरीमा २ सय लाहुरेको समूहले १ करोड रुपैयाँको लगानीमा भूपू गोर्खा डिपार्टमेन्ट स्टोर सुरु गरेको छ । सेयरहोल्डर लक्ष्मी थेवे भन्छिन्, 'व्यवसाय निकै राम्रो छ ।' यहाँ ४० जनाभन्दा बढी कर्मचारी छन् । एक-एक करोड रुपैयाँ लगानीमा लाहुरेले सामूहिक रूपमा दमक र उर्लाबारीमा पनि डिपार्टमेन्ट स्टोर खोलेका छन् । स्वदेशमा कार्यरत नेपालीको तुलनामा दसौं गुणा बढी कमाउने लाहुरे अहिले पैसाको उपयोग र बचत गर्न सचेत भइसकेका छन् ।
लाहुरे समुदायबाट १ सय ८० जनाको १८ लाख रुपैयाँ सेयर पुँजीबाट ०५८ जेठमा धरानमा गोर्खा बचत तथा ऋण सहकारी संस्था सञ्चालन भइरहेको छ । प्रबन्धक रत्नकुमार श्रेष्ठका अनुसार यतिबेला आठ सय सेयरहोल्डरको सेयर पुँजी ९२ लाख पुगेको छ । २३ लाख रुपैयाँ डिपोजिटबाट सुरु भएको सहकारीसँग यतिबेला ६ करोड ५० लाखभन्दा बढी निक्षेप छ । यो निक्षेप रकम यहाँका निजी बैंककै हाराहारीमा छ । ७० प्रतिशत लाहुरे परिवारको लगानी रहेको सहकारीले अधिकतम १५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । योभन्दा बढी लाभांश वितरण गर्न सहकारी ऐन, ०४८ले दिँदैन । सहकारीको प्रगतिबारे श्रेष्ठ भन्छन्, 'वाषिर्क २ सय ८५ प्रतिशत निक्षेपमा वृद्धि भइरहेको छ ।'
यतिमात्र होइन, लाहुरेहरू हिजोआज प्रायः सबै व्यवसायमा संलग्न छन् । दसौं लाख रुपैयाँ लगानी गरेर लाहुरे मुगाधन तामाङले हार्डवेयर पसल 'समीर ग्लास हाउस', भक्तशेर राईले भेडेटारमा 'होटल भेडेटार भ्यु', पदम गुरुङले धरानमा 'होटल डि्रमल्यान्ड', पूर्ण सुब्बाले 'पञ्चकन्या रिसोर्ट' सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । लाहुरे परिवारको एक समूहले तीन वर्ष अघिबाट ठूलै लगानीमा धरानमा गोर्खा बुक डिपो सञ्चालन गरेको छ । कुलबहादुर राई र अकलबहादुर मेयाङबो बस व्यवसायमा संलग्न छन् । प्रेम चोङवाङ र शेरमान चोङवाङ धरानका नाम चलेका सुन व्यवसायी हुन् । सुन पसल, मोटरसाइल वर्कशप र रेष्टुराँ तीनवटा व्यवसाय चन्द्र खापुङले सम्हालिरहेका छन् ।
लाहुरेनी चरी लिम्बू धरानकै सबैभन्दा सफल हुन्डी व्यवसायी हुन् । कुलबहादुर लिम्बूले बूढासुब्बा मोटर कम्पनी सञ्चालन गरिरहेका छन् । इलामको माङमालुङ, पाँचथरको सेञ्चेलेङ र रवि तथा झापामा चिया बगानमा लाहुरेको ठूलै लगानी छ । धरानका निजी दुई दर्जनभन्दा बढी विद्यालय लाहुरेकै लगानीबाट सञ्चालित छन् । चौकका साना पसलको गणनै छैन ।
बैंसालु उमेरको कम्तीमा १५ वर्ष विदेशी सेनामा बिताउने लाहुरेहरू ०५० को दसकबाट रिटायर्डपछि व्यवसायमा संलग्न हुनथालेका हुन् । भूतपूर्व गोर्खा सैनिक संघ, बेलायतका सन्तोष थुलङ भन्छन्, 'बेलायती सरकारले गरेको मानवअधिकार हनन, एउटै काममा असमान पारिश्रमिक र सुविधाको विरोधमा गेसोको आन्दोलन सुरु भएपछि पेन्सनमा क्रमिक वृद्धि भयो अनि लाहुरेले व्यवसायमा लगानी गर्न थालेका हुन् ।' एकजना बेलायती गोर्खा सिपाहीले सेवा अवधिमा कम्तीमा २ लाख स्टार्लिङ पाउन्ड -करिब २ करोड ७० लाख रुपैयाँ) हात पार्छन् । सिंगापुर प्रहरीमा कार्यरत नेपालीको आम्दानी पनि उस्तै छ । हाल बेलायती सेनामा करिब ३ हजार ५ सयजना तथा सिंगापुर प्रहरीमा झन्डै २ हजार नेपाली कार्यरत छन् । उनीहरू उमेर र पदअनुसार १५ देखि ३२ वर्षसम्म सेवामा रहने गर्छन् ।
व्यवसायमा लगानी गर्नु भनेको मुलुकको राज्य सञ्चालनमा सहभागिता जनाउनुसरह ठान्छन् लाहुरे । स्वदेशमै रहेका नेपालीको तुलनामा व्यवसाय गर्न उनीहरूलाई कठिन छ । जवानी उमेर विदेशमै बिताउने हुनाले उनीहरूमा स्वदेशी अर्थतन्त्रको राम्रो ज्ञान हुँदैन । त्यसैले सेना, प्रहरीबाट रिटायर्ड भएपछि पनि धन आर्जनका निम्ति उनीहरू इराक, अफ्गानिस्तान, बेलायत, हङकङ, मकाओ, दुबई, जापान, अमेरिका, बु्रनाई तथा पानीजहाजमा सुरक्षाकर्मीका रूपमा जाने गर्छन् ।
गोर्खा रिक्रुट अफिसरका रूपमा बु्रनाई सुल्तानको सुरक्षा टुकडीमा मात्रै ९ सयजना रिटायर्ड बेलायती लाहुरे कार्यरत छन्् । गेसोका अनुसार रिटायर्ड लाहुरेको संख्या २६ हजारभन्दा बढी छ । त्यसमध्ये आधाले मात्रै पेन्सन पाइरहेका छन् । अरूलाई किन दिइएन ? सन्तोष थुलुङ भन्छन्, 'त्यही असमान बेलायती नीतिविरुद्ध हामी आन्दोलनरत छौं । बराबरी श्रम खर्च भइरहे पनि गोराको तुलनामा हामीलाई अत्यन्त न्यून तलब, पेन्सन र सुविधा दिँदै आएको छ ।' रिटायर्डमध्ये करिब ७० प्रतिशत लाहुरे विदेशमा कार्यरत छन् ।
स्वेदशमा मात्र होइन, विदेशमा समेत उनीहरूले व्यवसाय सुरु गरेका छन् । सन् १९९७ पछिका रिटायर्ड लाहुरेलाई बेलायती सरकारले बसोबासको अनुमति दिएकाले त्यहाँ हिजोआज नेपालीको बाक्लो उपस्थिति छ । १९९७ पछि रिटायर्ड भएका ६ सय लाहुरे परिवारसहित बेलायत बसाइँ सरेका छन् । उनीहरूले बेलायतमा ट्राभल एजेन्सी, मनी ट्रान्सफर, दैनिक उपभोग्य वस्तुका पसल र रेष्टुराँ व्यवसाय सञ्चालन गरिरहेका छन् । लन्डन, अल्डरसोड, फान्ब्रो, फक्सटन, आक्सफोर्ड र स्कटल्यान्डमा पसल तथा रेष्टुराँ सफलतापूर्वक सञ्चालन गरिरहेको बताइन्छ । एक दर्जनभन्दा बढी बेलायतकै पहिलो श्रेणीका रेष्टुराँ लाहुरेहरूले चलाइरहेका छन् । पहिलो श्रेणीका रेष्टुराँ सुरु गर्न ५० हजार देखि १ लाख स्टार्लिङ पाउन्ड -करिब १ करोड ३५ लाख रुपैयाँ) आवश्यक पर्छ ।
व्यवसायमा सक्रिय हुनथालेसँगै लाहुरेहरू आ-आफ्ना गाउँ-सहर विकास कार्यक्रममा पनि अगाडि बढेका छन् । ०५१ मा विकासमा जनसहभागिताको नीति ल्याएपछि धरान देशकै नमुना नगर बन्न सफल भएको हो । पूर्वमेयर मनोजकुमार मेयाङबो भन्छन्, '६० प्रतिशत स्थानीयवासीको तथा ४० प्रतिशत नगरपालिकाको लगानीमा धरानको विकास भएको हो ।' यहाँका गल्ली-गल्ली सडक कालोपत्रे तथा दैनिक सफाइ हुनुमा लाहुरेको गतिलो योगदान छ । भानुचोकको घण्टाघर लाहुरे, उनीहरूका सन्तान र स्थानीयवासीको १ करोड रुपैयाँमा निर्माण गरिएको हो । पेन्सन र च्यारिटीका रूपमा धरानमा मासिक करिब ४ करोड ५४ लाख ५० हजार रुपैयाँ भित्रिने गर्छ । मासिक ३० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स यहाँ भित्रिने व्यवसायीको अनुमान छ ।