मंगलवार, 3 मई 2011

nepal

नेपाली साहित्यका इतिहासकार एवं समालोचकहरूले नेपाली साहित्यमा हास्यकदम्बको अनुवादसँगै हास्यव्यङ्ग्य लेखन आरम्भ भएको बताउँदै आएका छन् । वि.सं. १८५५ मा शक्तिबल्लभ अर्यालद्वारा संस्कृतमा लिखित एवं उनैद्वारा नेपालीमा अनूदित हास्यकदम्ब नाटकसँगै भित्रिएको यो सिर्जनात्मक धारा क्रमिकरूपमा अघि बढेको पाइन्छ । हुन त यसअघि नै \"सुवानन्ददासको कवितामा र पृथ्वीनारायण शाहका दिव्योपदेशका गद्यमा ध्वन्यात्मकरूपले व्यङ्ग्य आविर्भाव भएको\" समालोचक राजेन्द्र सुवेदीको भनाइ रहेको छ । उनका अनुसार त्यसबेला व्यङ्ग्यको आविर्भाव भए पनि कलात्मकरूपले सचेततापर्ूवक गरिने गरेका व्यङ्ग्य सो अवधिको शिल्पमा पाइँदैन । -नेपाली हास्यव्यङ्ग्य निबन्ध, काठमाडौैंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. ध) । समालोचक कृष्णचन्द्रसिंह प्रधानले कवि सुवानन्ददासको \'पृथ्वीनारायण\' शर्ीष्ाक कवितामा रहेको \"नाम रहया गजानी धरम त रे तरा भरले ते\" जस्ता पङ्क्तिबाट नेपाली साहित्यमा हास्यव्यङ्ग्य गर्ने प्रचलन सुरु भएको बताएका छन् । \'नेपाली साहित्यमा हास्यव्यङ्ग्य ः प्राप्ति र पर्यवेक्षण\', समालोचना, मधर्ुपर्क, हास्यव्यङ्ग्य अङ्क २०५४, पृ. छ) । नुवाकोट, ककनी कब्जा गर्ने कार्यमा समान योगदान दिएका गजानी र कवि सुवानन्ददासमध्ये सुवानन्द पछि परी सम्पर्ूण्ा श्रेय गजानीले पाएको प्रसङ्गलाई लिएर सुवानन्दले आफ्नो मनको भावना यो पङ्क्तिमार्फत प्रस्तुत गरेको पाइन्छ । साथै शक्तिबल्लभ अर्याल, राधाबल्लभ अर्याल, गुमानी पन्तलगायतका कविहरूले तत्कालीन युद्धका बेला युद्धको सेरोफेरोमा रहेर लेखेका कविताहरूमा पनि व्यङ्ग्यात्मक प्रस्तुति भेटिन्छन् । त्यस्ता कविताले राष्ट्रपे्रमका साथै विजय उन्माद, आपसी व्यक्तित्वको टकराव र अङ्गे्रजप्रतिको हेय भावनालाई प्रस्तुत गरेका छन् । \'तनहूँ भकुण्डो\', \'साँढयाको कवित्त\', \'धन्य गोर्खाली राजा\'जस्ता कवितालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यी कविताहरू हास्यव्यङ्ग्यतर्फका सचेत प्रयास भने होइनन् तर अङ्गे्रजसँगको युद्धको समाप्तिपछि भएको सुगौली सन्धिले हाम्रो स्वाभिमानमा ठूलो धक्का दियो र वीरकालीन उन्मादबाट स्रष्टाहरू भक्तिभावतिर उन्मुख हुन थाले । यिनै परिवेशमा नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको अवतरण भएको देखिन्छ । नेपाली भाषामा मौलिक हास्यव्यङ्ग्य रचनाको सिर्जना गर्ने श्रेय भने आदिकविलाई नै जान्छ । उनका \'बिन्ती डिट्ठा बिचारीसित...\', \'रोज् रोज् दर्शन पाउँछू चरणको..\', \'गजाधर सोतीकी घरबूढी अलच्छिनकी रहिछिन्\' जस्ता लघुकविताहरूले हास्यव्यङ्ग्यको मौलिक स्वरूप निर्धारण मात्र गरेन, नेपाली भाषामा सुरुमै उत्कृष्ट हास्यव्यङ्ग्य रचना गर्न सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गरेर देखायो । भानुभक्त आचार्यका कविताले तत्कालीन सामाजिक, प्रशासनिक र पारिवारिक विकृतिहरूलाई तीव्र प्रहार गरेका छन् । \"हास्यको मूल स्रोतको उठान विकृतिबाट र व्यङ्ग्यको मूल स्रोतको उठान विसङ्गतिबाट हुन्छ । यस सर्न्दर्भमा नेपाली समाजमा विकसित विकृति र विसङ्गतिको स्वरूपलाई देख्ने प्रथम सचेत द्रष्टा भानुभक्त आचार्य देखिएका छन् । सामाजिक जीवनमा देखिने विकृतिलाई र विसङ्गतिलाई, आपै+mले भोगेका विषम परिस्थितिलाई सचेततापर्ूवक साहित्यिक परिधान र आवरण दिने काम भानुभक्तले नै गरे । यसरी जीवनका पारिवारिक, सामाजिक, प्रशासनिक विसङ्गतिलाई भानुभक्तले साधारणीकरण गरेको स्थिति हामीले देख्न पाएका छौंँ । यसरी हर्ेदा नेपाली साहित्यमा हास्यव्यङ्ग्यको प्रारम्भिक उठान भानुभक्तको लेखनसँगै भएको हो भन्ने तथ्य स्पष्ट रूपमा देख्न सकिन्छ । भानुभक्तको सामाजिक व्यङ्ग्यलेखन अत्यन्त तीव्र छ ।\" -\'नेपाली हास्यव्यङ्ग्य ः पृष्ठभूमि र विकास\', भूमिका, नेपाली हास्यव्यङ्ग्य निबन्ध, काठमाडौंँ ः साझा प्रकाशन, २०५१, दोस्रो संस्करण, पृ. न) । वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधानका अनुसार पनि भानुभक्त आचार्यले \"विनोदी शैली, शालीन, स्वच्छ र परिहासयुक्त व्यङ्ग्यको प्रयोग गरेर सुरुमै हास्यव्यङ्ग्यलाई प्रतिष्ठा प्रदान गरे ।\" यस्तै ज्ञानदिलदास -१८७८-१९४०) का भजन र गीतहरू उदयलहरीमा सङ्गृहीत छन् र तिनमा ब्राहृमणवादप्रति तीव्र व्यङ्ग्य भेटिन्छन् । उनका रचनामा धार्मिक अन्धविश्वास र रुढिवाद, सामाजिक विसङ्गतिलाई विषय बनाएको पाइन्छ । यसपछि माध्यमिककालमा रचिएका शृङ्गारिक कविताहरूमा फाटफुटरूपमा हास्यव्यङ्ग्यका झिल्काहरू भेटिन्छन् । मोतीराम भट्ट, लक्ष्मीदत्त पन्त, कृष्णप्रसाद रेग्मी, रेवतीप्रसाद उपाध्यााय, गोपीनाथ लोहनी, शिखरनाथ सुवेदी, पहलमानसिंह स्वाँरआदिका रचनालाई यसका उदाहरणका रूपमा लिन सकिन्छ । यसै अवधिमा प्रकाशित सङ्गीत चन्द्रोदय, गफाष्टक श्लोकसङ्ग्रह, शृङ्गार्रदर्पण, कविता कल्पद्रुम, शिखरनाथ भाष्य, सूक्तिसिन्धु, विवाहलीलाजस्ता कृतिमा फुटकर हास्यव्यङ्ग्यात्मक कविताहरू रहेका छन् । यसताक शम्भुप्रसाद ढुङ्गेल, लेखनाथ पौडेल, सोमनाथ सिग्द्याललगायतका साहित्यकारहरूले पनि हास्यव्यङ्ग्यात्मक रचनाको लेखनमा दृष्टि दिएको पाइन्छ । सोमनाथ सिग्द्यालको हास्यपर्ूण्ा अपर्ूण्ा प्रहसन दिगम्बर विवाह वि.सं. १९६३ मा सुन्दरीमा प्रकाशित भएको समीक्षक नरनाथ लुइँटेलले उल्लेख गरेका छन् । यसरी हास्यव्यङ्ग्य शैली कविता विधामा मात्र सीमित भइरहेको तत्कालीन स्थितिमा सिग्द्यालको प्रयासलाई महìवपूण्ा मान्नुपर्छ ।